पशुपालन फार्मको स्थल छनौट गर्दा ध्यान दिनुपर्ने महत्पूर्ण कुरा हरु

कुनै पनि पशुपालन व्यवसाय गर्नका लागि सर्वप्रथम फार्म सन्चालन गरिने स्थलको छनौट गर्नुपर्ने हुन्छ । सफल फार्म ब्यवस्थापनमा फार्मको सन्चालन हुने स्थलको अत्यन्तै महत्वपूर्ण भुमिका रहेको हुन्छ जस्का लागि निम्न कुरा हरुमा ध्यान दिनुपर्दछ ।


१) स्थलाकृती र जल निकासा 


सन्चालनमा आउने फार्म फार्मको वरपरको जमिनबाट माथि उठेको हुनुपर्दछ जसले गर्दा बर्षा , बाढी वा अन्य श्रोतबाट फार्ममा पानी जम्न पाउँदैन । फार्मको लागि स्थान छनौट गर्दा बाढी ढल भित्रिन नपाउने तथा पानी नजम्ने जमिन छनौट गर्नु पर्दछ। समतल तथा मिलेको जमिन छनऔट गरेमा फार्म व्यवस्था पनको तयारी गर्नमा लागत कम लाग्दछ । पशुको स्वास्थ्यमा हानी गर्ने दुर्गन्धित वातावारण भएको स्थान छनौट गर्नु हुंदैन ।

 

२) माटोको प्रकार 


उर्वर जमिन लाई घांस तथा अन्य वाली खेती गर्ने योजना बनाई कम उर्वर जमिनमा गोठ, खोर अथवा भवनको निर्माण गर्ने गरि जमिन छनौट गर्नुपर्दछ । गोठ, भवन , खोर निर्माण गर्ने जमिन साह्रै रुखो वा सुख्का हुन हुंदैन । जमिन सुख्का हुंदा बर्षा याममा माटो फुलिने, चर्कने समस्या आगन सक्छ ।

 

३) सूर्यको प्रकाश र हावा वाट बचाउ 


पशुपालन फार्म निर्माण गर्दा सूर्यको प्रकाशको प्रभाव पर्ने, नपर्ने कुरा लाई ध्यान दिनु पर्छ । फार्म रहेको स्थानमा
फार्मको उत्तरी दिशा मा सुर्यको अधिकतम प्रकाश पर्ने र दक्षिणी दिशा मा न्यूनतम प्रकाश पर्ने गरि फार्म निर्माण गर्नु पर्दछ।सूर्यको प्रकाशले गोठको भुईंमा रहेका परजिबी हरुलाई नियन्त्रणमा राख्ने गर्दछ भने पशुको प्रजनन्लाई समेत सूर्यको प्रकाशको आवश्यकता रहने बैज्ञानिक सोध हरुमा भेटिन्छ । गोठनिर्माण गर्दा गोठको भुई, नाली ,डुंड मा समेत सूर्यको प्रकाश पर्ने गरि निर्माण गर्नु पर्दछ । चिसो तथा तातो दुवै थरि को हावा को प्रवेग बाट गोठलाई बचाउने गरि गोठको निर्माण गर्दा फार्ममा पालिने पशुको स्वास्थ्य स्थितिमा प्रभाव पर्दैन।


४) पहुँच 


फार्म निर्माण गर्दा बजारिकरण तथा अन्य व्यवस्थापकीय पक्षलाई मध्यनजर गरि सम्भव भएसम्म बजार सुविधा को १०० मिटर भन्दा टाढा नहुने गरि निर्माण गरेमा व्यवस्थापकीय पक्ष सहज हुन जान्छ ।

 

५) स्थायित्व र सुन्दरता 


फार्मको स्थायित्वलाई कायम गर्नका लागि फार्मको संरचना हरु पनि मजबुत किसिमको निर्मान गर्नुपर्छ । साथै
फार्मको सौन्दर्यता लाई समेत ध्यानमा राखि सोहि अनुरुपको वातावरणमा फार्म निर्माण गर्नाले फार्मको मूल्यमा समेत बृद्धी हुन्छ ।

 

६) पानी को आपुर्ती 


पशुपालनमा सरसफाई तथा उपभोगका लागि प्रशस्त स्वस्थ पानी को आपुर्ती को सुनिश्चितता लाई मध्यनजर गर्नुपर्दछ।

 

७) वरपरको वातावरण


बन्यजन्तुको प्रभाव भएको क्षेत्रलाई नकार्ने, वरपरको जमिन पशु चौपाया चिप्लने, चोरी डकैती को अवस्था श्रृजना
हुने, जैबिक सुरक्षाको नजरबाट संबेदनशिल क्षेत्रलाई राम्रो संग बिश्लेषण गर्नु पर्दछ ।

 

८) मजदुर 


ईमानदार, नियमित , कर्मनिष्ठा , क्षमतावान, सिपालु मजदुरको सुनिश्चितता गरेर मात्र फार्म व्यवसाय सन्चालन
गर्ने ।


९) बजार व्यवस्था 


पशु व्यवसायीले नियमित बजारको पहुंच भेट्न र नियमित मुनाफा लिनका लागि सोहि अनुरुपको बजार ब्यवस्था भएको समुदाय वा क्षेत्र छनौट गर्दा जोखिम न्युनिकरण हुन जान्छ ।

 

१०) बिधुत आपुर्ती 


फार्ममा पर्याप्त बिजुली बत्ती तथा बिधुतीय सामाग्री को सन्चालन गर्न सकिने नसकिने बिष्लेषण गर्ने ।

 

११) अन्य 

पशु स्वास्थ्य सेवाको पहुंच, पशुको खाध्य सामाग्री को उपलब्धता , फार्म व्यवस्थापक तथा मजदुरहरुको
स्वास्थ्य, शिक्षा आदी को लागि सुविधा , आर्थिक कारोवारका लागि बित्तीय संस्था , बैंक, सहकारी आदी को व्यवस्था ईत्यादी महत्वपुर्ण कुरा हरुको सुविधा लाई समेत ध्यान दिई फार्म सन्चालन स्थान छनौट गर्नु पर्दछ ।