सफल पशुपालन व्यवसायका लागि आवश्यक आधारहरु
१. आफुले संचालन गर्ने व्यवसायको छनौट, निर्णय तथा पहिचान
सफल व्यवसायको लागि व्यवसायले मात्र नभई ब्यवसाय गर्ने व्यक्तीले पनि आफ्नो पहिचान बनाउनु अत्यन्तै पर्दछ।आफु के का लागि चिनिने र आफ्नो व्यवसायलाई के को रुपमा चिनाउने भन्ने बिषयलाई ध्यान दिई ब्यवसायको छनौटगर्नु पर्दछ ।यस चरणमा दुध उत्पादन, मासु जन्य उत्पादनका लागि कुन पशु वा पशुको कुन नश्ल छनौट गर्ने कुराहरु पर्दछन्।
पशुपालन व्यवसाय भित्र पनि धेरै प्रकारको व्यवसाय सन्चालन गर्न सकिने हुंदा व्यवसायको सुरुवाती चरणमा कुनै बिशेष व्यवसायलाई मात्र छनौट गर्दा विशेष व्यवसायलाई आफ्नो पूर्ण समय, बौद्धिकता, महत्व दिएर कार्य गर्न सकिन्छ ।
कुनै पनि व्यवसाय सुरु गर्नुभन्दा पहिले त्यस बिषयको प्राबिधिक, व्यवस्थापकीय पक्ष, जोखिम व्यवस्थापन, व्यवसायसुध्रिकरण जस्ता सबै क्षेत्रमा गहन अध्ययन गरेर मात्र व्यसायमा लाग्दा उचित हुन्छ ।
२. समूह निर्माण तथा सन्जाल बिस्तार
आफ्नो व्यवसाय संग सम्बन्धित व्यवसायिक व्यक्ती, समूह, सहकारी तथा प्राबिधिक, प्रबिधि बुझेको र नयाँ
प्रबिधिलाई अपनाउन तत्पर रहेका व्यक्ती , बित्तीय संस्थाका कर्माचारी, बैंक तथा बित्तीय सँस्था, लगानीकर्ताहरुसंग राम्रोसम्बन्ध बनाईराख्नु पर्दछ जसले गर्दा आफ्नो व्यवसायिक जिवनमा कुनै बेला यस्तो सन्जालको सहयोग प्राप्त गर्न सकिन्छ ।
३. अरुमा भर नपर्ने
समूह वा सन्जालमा कार्य गर्नु अतिनै आवश्यक रहंदा रहंदै पनि कतिपय समयमा आफ्नो व्यवसायलाई अन्य कोहिको सहायतामा सन्चालन हुने गरि सन्चालन गर्नु हुंदैन । अन्य कोहिको वा सरकारी सँस्थाको अनुदानमा मात्र भर पर्नाले , उक्त लक्षय प्राप्तिका लागि समय बर्बादी हुने सम्भावना पनि रहने गर्छ ।त्यसैले आफु संग जे जति श्रोत उपलब्ध छ, त्यसबाटनै व्यवसाुको सुरुवात गर्नु उचित हुन्छ ।आत्मनिर्भर रहि कार्य सन्चालन गर्नाले व्यक्तीको श्रृजनात्मक क्षमता अभिवृद्धी हुनुका साथै आत्मसन्तुसष्टी तथा अभिप्रेरणा मिल्ने गर्दछ ।
४. सानो सुरुवात
व्यवसायी संग आज जे जति श्रोत छ, उक्त श्रोत संग सम्बन्ध नराखि सानो मात्राको पशुपालन व्यवसाय गर्नाले पहिलो चरणमा जोखिम न्युनिकरण हुने, सानो व्यवसायबाट पशुको व्यवहार, आहार व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन, प्रजनन् जस्ता व्यवस्थापकीय पक्षहरुको अनुभब हुने , व्यवसाय घाटालाई वयवस्थित गर्न सक्ने र व्यवसाय बिस्तार सम्ब्न्धी सम्पूर्ण जानकारी मिल्ने गर्दछ । उदाहरणका लागि ६ वटा गाईपालन बाट डेरी व्यवसाय सुरुवात गर्न सकिन्छ ।
५. क्षमता अभिबृद्धीमा केन्द्रित हुने
पशुपालन व्यवसायीले अन्य जुनैपनि व्यवसाय सन्चालन गरे जस्तै व्यवसाय सन्चालनमा ल्याउने वातावरण श्रृजना
हुनुपर्दछ ।पशुको उत्पादन तथा उत्पादकत्व बृद्धीमा जहिल्यै केन्द्रित भई लाग्ने पर्छ भने व्यवसाय बिस्तार तथा व्यवसायको क्षमतामा योगदान नदिने कुराहरुलाई वेवास्ता गर्दा उचित हुन्छ ।
फार्म व्यवस्थापनका निम्न बिषयमा क्षमता अभिबृद्धी गर्नु अपरिहार्य हुनेछ ।
क. गोठ , खोर व्यवस्थापन
गोठको आकार, मोहोडा, प्रकार, पशुलाई आवश्यक भुईको क्षेत्रफल, टाँड, मल मुत्र व्यवस्थापन, मलको उचित प्रयोग आदी ।
ख. पशु आहारा व्यवस्थापन
बहुबर्षे, हिउंदे, डाले घांस खेती, सन्तुलित दाना बनाउने, पशुको उमेर र अवस्था अनुरुपको
आहारा व्यवस्था, पानी, खनिज, भिटामिन को प्रयोग सम्बन्धी जानकारी आदी ।
ग.पशुको प्रजनन् व्यवस्थापन
पशुको प्रजन्न वाट उन्नत नश्लको सन्नती उत्पादन बारे जानकारी, पशुको ऋतु चक्र, बाली खोजे नखोजेको पहिचान, उचित समयमा कृतिम गर्भधान जस्ता उन्नत प्रबिधिको प्रयोग, पशु स्वास्थ्यकर्मीको परामर्श आदी ।
घ. पशु स्वास्थ्य व्यवस्थापन
पशुको आकस्मिक तथा प्राथमिक उपचार, प्राबिधिक संगको सम्पर्क, घरेलु उपचारको व्यवस्था, पशुमा पूर्ण खोप, रोग लागेको बेला उचित उपचार र फार्म मा रोग भित्रन नदिनका लागि फार्मको जैविक सुरक्षा को व्यवस्था ।
६. आफ्नो पहिचानसंग साँचो रहने
कुनै पनि व्यवसायको आफ्नो बिशेष पहिचान बनाउनु पर्दछ । व्यवसाय बिस्तार हुने क्रममा मुनाफा धेरै लिने उदेश्यले आफ्नो व्यवसायबाट उत्पादित बस्तुको पहिचान तथा गुणस्तर खस्काउने, व्यवसायिक सेवाको गुणस्तर न्युन गर्ने जस्ता गतिबिधिहरुले व्यवसायको सक्कल पहिचान गुम्न सक्छ र व्यवसाय विस्तारको गतिलाई रोक्न सक्ने हुंदा आफ्नो पहिचान तथा ब्राण्डलाई संधै एकनास राख्नु उचित हुन्छ ।
७. सहकर्मीलाई खुशी राख्ने
आफ्नो व्यवसायिक सहकर्मी, कामदारहरुलाई खुशी राख्ने, प्रेरणा दिने, बेला मौकामा सामान्य भेला गर्ने , जस्ता
कृयाकलापले व्यवसायमा उर्जा मिल्ने गर्दछ ।