पशुपालन व्यवसाय गर्दा निम्न आवश्यक कुराहरु अपनाउँदा उचित हुन्छ ।
१. पशुपालन व्यवसायको योजना बनाउने
२. व्यवसायलाई कानुनी अस्तित्व प्रदान गर्ने
३. व्यवसायलाई राज्यको राजस्वको दायरामा ल्याउनका लागि करदाता सेवा कार्यालयमा दर्ता गराउने ।
४. व्यवसायको बैंक खाता सन्चालनमा ल्याउने ।
५. व्यवसायको आफ्नै लेखा प्रणालीको बिकास गर्ने ।
६. फार्म सन्चालनका लागि आवश्यक ईजाजत पत्र वा दर्ता प्रमाण पत्र प्राप्त गर्ने ।
७. पशु बिमा गराउने ।
८. व्यवसायिक पहिचान बनाउने ।
९. सुचना प्रबिधि संग व्यवसायलाई जोड्ने, व्यवसायको वेभसाईट बनाउने ।
१०. व्यवसायको फोन तथा सम्पर्कको व्वस्था गर्ने ।
चरण १:
पशुपालन व्यवसायको योजना बनाउने,व्यवसायिक योजनामा निम्न कुरा समेटिनु पर्छ जस्तै
क. व्यवसाय सुरु गर्न कति लगानी लाग्छ र व्यवसायमा भईरहने खर्च कति हुन्छ?
ख. व्यवसायले पकडमा राख्ने बजार कस्तो प्रकारको छ ?
ग. उपभोक्तालाई कुन दरमा उत्पादन उपलब्ध गर्न सकिन्छ ?
घ. आफ्नो व्यवसायलाई के नाम दिनुहुन्छ ?
क. व्यवसाय सुरु गर्न कति लगानी लाग्छ र व्यवसायमा भईरहने खर्च कति हुन्छ?
व्यवसाय सुरु गर्दा फार्मको जमिन, भौतिक संरचना निर्माण, फार्म यान्त्रिकरण, पशु आहार, बिमा, बिधुत र कामदार, बजार व्यवस्थाको लागत अनुमान गरिन्छ । व्वयसायमा भईराख्ने खर्चमा भौतिक संरचना मर्मत सम्भार खर्च, पशु आहार खर्च, उपकरण मर्मत खर्च, बिमा नबिकरण ईत्यादी पर्दछ । डेरी फार्मिङमा पशु आहारामा मात्रै कुम बार्षिक लगानीको २५% रकम खर्च हुने गरेको पाईन्छ । त्यसै गरि ब्रोईलर पालनमा ७०% भन्दा माथि खर्च पशु आहारामा नै हुने गर्दछ।सर्वपक्षीय खर्चहरुलाई समेटेर लागत अनुमान निकाल्न सकिन्छ ।
ख. व्यवसायले पकडमा राख्ने बजार कस्तो प्रकारको छ ?
व्यवसायिक योजनाले समेट्न पर्ने महत्वपूर्ण कुरा हो बजार । आफ्नो व्यवसायले बजारको कस्तो क्षेत्र, बजारको
आकार, कुन क्षेत्रलाई समेट्छ भन्ने ज्ञान हुन जरुरी छ । रेष्टुरां ,डेरी , सहकारी ईत्यादी कुन क्षेत्रमा बजार बिस्तार गर्न सकिन्छ भनेर कुनै समुदायको व्यक्ती, संस्था संग सोधपुछ गरि बजार अध्यन गर्दा व्यवसाय गर्ने नयाँ प्रस्ताबहरु श्रृजना हुन्छ। बजारमा के कुरा को कमि छ र कसरी उक्त बस्तुको आपुर्ती गर्न सकिन्छ भन्ने तर्फ योजनाले मार्ग लिनुपर्छ ।यदी व्यवसायको उत्पादन अनलाईन प्रणालीबाट व्यापार गर्न सकिन्छ भने उपभोक्ता को संख्या सो अनुरुपल बृद्धी गर्नका लागि के कस्ता रणनिती अपनाउन सकिन्छ त्यसलाई आवधिक योजनामा राख्नुपर्दछ ।
ग. उपभोक्तालाई कुन मुल्य दरमा उत्पादन उपलब्ध गर्न सकिन्छ ?
उत्पादनको मुल्य निर्धारण गर्ने बिभिन्न कारक तत्वहरु भएतापनि उत्पादनको मुल्यलाई मुख्यत: ३ तथ्याङ्क बिन्दु
उत्पादन लागत, आवश्यक मुनाफा प्रतिशत, र उपभोक्ता ले कुन हद सम्म मूल्यलाई थेग्न सक्छ ? यि कुराहरुले निर्धारण गर्दछ ।
घ. आफ्नो व्यवसायलाई के नाम दिनुहुन्छ ?
व्यवसायको उचित नाम राख्न बास्तबमा चुनौतीपूर्ण छ ।व्यवसायको नाम दर्ता गराउनुपुर्व प्रदेश वा संघ स्तरमा सो नाममा व्यवसाय दर्ता छ छैन अध्ययन गरेर र सो नाममा वेभसाईटको डोमेन उपलब्ध छ छैन ख्याल गरेर आफ्नो ट्रेडमार्क बनाउन सकिन्छ ।
२. व्यवसायलाई कानुनी अस्तित्व प्रदान गर्ने
व्यवसायलाई कानुनी रुपमा अस्तित्व दिनका लागि स्थानिय तहमा दर्ता गर्ने, तथा सम्बन्धित कार्यालयमा दर्ता गराउने।
३ व्यवसायलाई राज्यको राजस्वको दायरामा ल्याउनका लागि करदाता सेवा कार्यालयमा दर्ता गराउने ।
४. व्यवसायको बैंक खाता सन्चालनमा ल्याउने ।
आर्थिक कारोबार सहजताको लागि व्यवसायको नाममा रहेको बैंक खाता सन्चालन गर्ने ।
५. व्यवसायको आफ्नै लेखा प्रणालीको बिकास गर्ने ।
परम्परागत शैलीबाट माथि उठेर बिभिन्न कम्प्युटराईज्ड सफ्टवेयरको दायरामा लेखा प्रणालीलाई लैजाने ।यसो गर्नालेव्यवसायको लेखा जोखा बिष्लेशण, व्यालेन्स सिट अध्ययन , दैनिक उत्पादन तथ्यांक लाई व्यवस्थित बनाउन ईत्यादी गर्नसकिन्छ ।
६. फार्म सन्चालनका लागि आवश्यक ईजाजत पत्र वा दर्ता प्रमाण पत्र प्राप्त गर्ने ।
कतिपय व्यवसाय जस्तै कालिजपालन, बंदेलपालनका लागि सम्बन्धित निकायवाट ईजाजत लिनुपर्ने हुन्छ , त्यसै गरि मासु पसल दर्ताका लागि पनि ईजाजत प्राप्त गर्नुपर्दछ ।सम्बन्धित स्थानिय निकायको ऐन अनुसार दर्ता प्रमाण-पत्र को पनिआवश्यक पर्न सक्छ ।
७. पशु बिमा गराउने ।
जोखिम व्यवस्थापनको लागि पशुको र फार्म दुवैको बिमा गर्नुपर्दछ । कतिपय पशुका रोगहरु मानिसमा सर्ने हुनालेपशुसंग काम गर्ने कामदारहरुको पनि स्वास्थ्य बिमा गराउन उचित हुन्छ ।
८. व्यवसायिक पहिचान बनाउने ।
व्यवसायको आफ्नै ब्राण्डीङ गर्नाले आफ्नो पहिचान मजबुद हुन्छ । अन्य व्यवसाय संग प्रतिस्पर्धात्मक क्षमता बढाउनकालागि ब्राण्डीङ निकै प्रभावकारी औजारको रुपमा लिईन्छ ।
९. सुचना प्रबिधि संग व्यवसायलाई जोड्ने,
व्यवसायको वेभसाईट बनाउने ।वेभसाईट मार्फत उपभोक्ताहरुलाई सम्पूर्ण जानकारीमुलक सूचना प्रदान गर्ने ।
१०. व्यवसायको फोन तथा सम्पर्कको व्वस्था गर्ने ।