जुकेनी फर्सी खेति प्रविधि
परिचय
स्क्वास फर्सी बाली वा लहरे बाली समूह अन्तर्गत पर्ने भए पनि खासैं लहरा भने जाँदैंन । यो एक प्रकारको तरकारी बाली हो । नेपालमा जुकिनी समूहका जातहरुको खेती गरिने भएकोले यसलाई जुकिनी स्क्वास वा जुकिनी फर्सी पनि भन्ने चलन छ । यसको बोट होचो हुन्छ, फल पनि सानो हुन्छ । यसको बढ्ने एउटै मात्र मुण्टा हुन्छ । कलिलो फल मात्र तरकारीको रुपमा खाने गरिन्छ ।यसको बेमौसमी खेती गरी कृषकहरुले आर्थिक लाभ लिइरहेका छन् । स्क्वासको छिटो उत्पादन लिन काँक्रो र करेलामा जस्तै प्लाष्टिक थैलामा बिरुवा उमारेर मुख्य खेत बारीमा सार्ने चलन छ । यसबाट थोरै जमीनमा नर्सरीको रुपमा बिरुवा हुर्काईन्छ र मुख्य खेतवारीमा सारिन्छ जस्ले गर्दा उत्पादन पनि चाँडै लिन सकिन्छ ।
हावापानि
स्क्वास फर्सी न्यानो तथा गर्मी मौसमको बाली हो । मुख्य रुपमा बसन्त र ग्रीष्म ऋतुमा यसको खेती गरिन्छ। स्क्वासका लागि न्यूनतम १० देखि ३० डिग्री सेन्टिग्रेडको तापक्रम बोटको वृद्धि र फल लाग्नको निमित्त राम्रो हुन्छ । यसले तुषारो खप्न सक्तैन । छोटो दिन र केहि कम तापक्रममा पोथी फूल बढी आउँछ । बढी तापक्रम भएमा भाले फूलको प्रधानता रहन्छ ।
माटो
निकासको राम्रो व्यवस्था र पि।एच। मान ५।५ देखि ६।५ भएको मलिलो हल्का बलौटे देखि दुमट माटोमा स्क्वास खेती गर्न सकिन्छ । अम्लिय माटोमा बाली राम्रो हुँदैन । माटोको पि।एच। मान ५।५ भन्दा कम भएमा प्रति रोपनी १० देखि १५ के।जी। कृषि चुन जमिनको अन्तिम तयारी गर्दानै माटोमा मिसाउनु पर्दछ ।
स्क्वासको जरा गहिरो जाने हुँदा जमिन पनि निकै गहिरो जोत्नु पर्छ ।
जमिनको तयारी
जमिनलाई २–३ पटक राम्रोसँग खनजोत गरी माटो खुकुलो तथा बुर्बुराउँदो बनाउनु पर्छ । जमिन तयार गर्दा १।५ मिटर चौडा डयाङ्ग र दुई डयाङ्गको बीचमा २५ सेन्टिमिटर चौडा र १५ सेन्टिमिटर गहिरो कुलेसो बनाउनु पर्दछ ।
बेर्ना रोप्ने दुरी
हारबाट हारको दूरी १०० से।मि। र बोट देखि बोटको दुरी पनि १०० से।मि। हुने गरी मलखाद भरेर तयार गरिएको ३० ह ३० ह ३० से।मि। को खाड्लमा जरा नखलबलिने गरी माटोको ढिक्का सहितको बेर्ना खाड्लमा रोप्नु पर्दछ ।
जातहरु
स्क्वासका अन्य जातहरुमा ब्ल्याक जुकिनी, ब्ल्याक ब्यूटी छन् भने वर्णसंकर जातहरुमा अन्ना १०१, अन्ना २०२, अन्ना ३०३, टुंग्रीन,लङ्ग ग्रीन, सोन्डो भी, हनि डेजर्ट, दाभिन्च आदि छन् ।
मलखाद
एक रोपनी जग्गाको लागि १ देखि १।५ मे।टन गोबरमल, ७।५ के।जी। यूरिया,७।५ के।जी। डि। ए।पी।,५ के।जी। पोटास मलको आवश्यकता पर्दछ ।
उत्पादन
स्क्वास फर्सी कलिलो बोक्रा नछिप्पिएको अवस्थामा टिप्नुपर्छ । सिकेचरवा चक्कुले भेट्नोसहित टिप्नु उपयुक्त हुन्छ । सकेसम्म सांझपख फल टिपी छहारीमा राखी भेलीपल्ट बजार लैजानु राम्रो हुन्छ ।स्क्वासको उत्पादन लगाएको जात र मौसममा भर पर्दछ । स्क्वासले वसन्त(ग्रीष्मयाममा बढी उत्पादन दिन्छ । गर्मी तथा सुख्खा मौसममा सारेको स्क्वास सारेको ३०र४० दिनमा फल टिप्नयोग्य हुन्छ । एक रोपनीबाट १५०० देखि २००० के।जि। सम्म बिक्रीयोग्य फल प्राप्त हुन्छ ।
रोगहरु
१डाउनी मिल्ड्यू ःडाउनी मिल्ड्यू रोगको कारणले शुरुको अबस्थामा पातको माथिल्लो सतहमा चहकिलो पहेंलारखैरा थोप्लाहरु देखिन्छन् भने तल्लो सतहमा काला रंगका ढुसीदेखा परेर अन्ततः पातहरु सुक्न थाल्दछन् । यस रोगको रोकथामका लागि बेभिष्टिन २ ग्राम प्रति के।जी। बीउका दरले उपचार गरेको बीउमात्र प्रयोग गर्ने तथा रोगको प्रकोप बढि भएमा तामायुक्त ९कपर अक्सिक्लोराइड० बिषादी २९३ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्कने ।
२ पाउडरी मिल्ड्यू
पाउडरी मिल्ड्यू रोगको लक्षणमा पातहरुमा वा डाँठमा सेता वा खैरा धव्वाहरुबाट खरानी जस्तो धुलो निस्कन्छ र फल तथा पात पुरै सेतो पाउडरले ढाकेको जस्तो देखिन्छ । यस रोगको लागि केराथेन २(३ मि।लि। प्रति लिटर पानीमा मिलाई छर्कने वा सर्भो तेल १० मि।लि। प्रति लिटर पानीमा मिसाई छर्कनाले रोगको रोकथाम गर्न सकिन्छ ।
किराहरु
१ रातो खपटे
रातो खपटे कीराले कलिला पातको तल्लो सतहको हरियो भाग कोत्रेर खान्छन् र पातका नसाहरु देखिन्छन् । यस कीरालाई नियन्त्रण गर्न बेर्ना सार्ने वेलामा मालाथियन ५ प्रतिशतको धुलो १ किलोग्राम प्रतिरोपनीका दरले माटोमा छर्नुका साथै बिरुवामा प्रकोप देखिएको अवस्थामाउक्त विषादि २ मि।लि। प्रति लिटर पानीमा मिसाई बिरुवामा छर्नु पर्दछ ।
२फलकुउने औंसा किरा
फलको औंसाको पोथी झिँगाको तिखो फूल पार्ने अँगले कलिलो फललाई छेडेर फूल पार्दछ । पछि फूलबाट औँसाहरु निस्केर फल कुहाउँछन् । फलको औंसाको नियन्त्रण गर्न क्यूलिएर नामक फेरोमन ट्रयापको पासो थापिन्छ जसमा भाले आकर्षित हुने क्यूलिएर ४ थोपा र मालाथायन वा नुभान ५–७ थोपा राखी बनाएको फेरोमन पासो १–२ फिट उचाईमा झुण्डाएर राखिन्छ । यसले गर्दा फल कुहाउने झिंगाको भाले कीराट्रयापमा परि मर्दछ र फलस्वरुप कीराको प्रजनन क्रिया हुन नसकी कीराको संख्या घट्दछ ।