kl/ro
उखु एक नगदे बाली श्रेणी अन्तर्गत पर्ने लोकप्रिय वनस्पति श्रेणीको एक वस्तुको नाम हो। आजको समयमा विश्वका ५०% कृषकहरूले उखु खेती अपनाएका छन्। उखु चिनि, मिश्री, सखर, आदी गुलियो पद्वार्थको कच्चा पदार्थ हो। उखुको रसलाई रासायनीक परिवर्तन गरेर उक्त वस्तुहरूको उत्पादन गरिन्छ। हाम्रो नेपालमा पनि प्राय: तराईका कृषकहरूले उखु खेती अपनाएका छन्।त्यसै गरी भारत लगायत विभिन्न मुलुकहरूका कृषकहरूले उखु खेति अपनाएका छन्।
जमिन ÷खेत तयारी
१ प्हिला डिस्क ÷ मोल्ड बोर्ड हलोको प्रयोग गरी खेत जोतौ ।
२ माटोलाई मिहिन पार्न एक पछि अर्को गरि, ३–४ पटक कल्टिभेटर र ह्यारोको प्रयोग गरौं ।
३ यदि जमिन समतल छैन भने ल्याण्ड लेभलरको प्रयोग गरेर समतल बनाऔं।
४ जमिनमा कडा माटोको सतह देखा परेमा, सब–स्वईलरको मद्दतले त्यसलाईफाडौं ।
५ गोबर मल र जैविक मल प्रयोग गर्नु भन्दा पहिला, खेतहरुको माटो परिक्षणगराऔं । (हरेक ४ वर्षमा एक पटक)
६ दोस्रो पटक ह्यारो र कल्टिभेटर चलाईसकेपछि, प्रति बिधा यी कम्पोष्ट रजैविक मलहरु प्रयोग गरौं ।
एफ.वाई.एम वा गोबर मल २ १३४ क्विन्टल
निम केक २ १६० केजी
जैविक मल ई.एस.बी २ ३.३ केजी
जैविक मल पी.एस.बी २ ३.३ केजी
हावापानी
उखु खेतीका लागि उष्ण वा शीतोष्ण हावापानी उपयुक्त हुन्छ तर उपोष्ण प्रदेशमा पनि उखु खेती लगाउन सकिन्छ।
जग्गाको छनौट
प्राकृतिक वर्षा वा सिँचाइ मध्ये कुनै किसिमले वर्षमा छ महिना वा सो भन्दा बढी समयसम्म पानीको आपूर्ति हुनुपर्छ। बलौटे, चिप्लो वा मट्याइलो जस्ता विभिन्न प्रकारका माटामा उखु खेती हुन सक्छ र यसले केही हदसम्म माटाको लवणत्व पनि सहन गर्न सक्छ। राम्ररी पानी निकास हुने ठाउँको चिप्लो खालको माटो उखु खेतीका लागि उत्तम हुन्छ।
बिउको छनौट
उखुको बिउ सडेको, ओइलाएको, दाग लागेको वा टुसामा रोग लागेको हुनु हुँदैन। बिउ छनौट गर्दा उखुका लाँक्राको माथिबाट दुई तिहाइ खण्डमात्र प्रयोग गर्नु राम्रो हुन्छ।
रोपाइ
जमिनलाई विभिन्न खण्डमा छुट्याउनु पर्छ। ड्याङको दुरी ७५ से।मि। हुनुपर्छ।
मलखादको प्रयोग
नाइट्रोजनस् १५० केजीरहेक्टर
फोस्फोरसस् ७५ केजीरहेक्टर
पोटासस् १०० केजीरहेक्टर
रोपाइका क्रममा आधा नाइट्रोजनका साथमा एद्दइछ, प्द्दइ को पुरा मात्रा प्रयोग गर्नुपर्छ। उकेरा लगाउने बेलामा नाइट्रोजनको बाँकी आधा भाग प्रयोग गर्नु पर्छ। टुसाबाट लिइने खेतीका लागि चाहिँ नाइट्रोजनको मात्रा प्रति हेक्टर २२५ केजीका हिसाबले बढाउनु पर्छ
लगाउने समय
उखु हिउंदे बाली हो र कार्तिक देखि माघ महिनासम्ममा लगाउने गरिन्छ । कार्तिकमा लगाएको उखुलाई शरदकालीन र माघमा लगाएकोलाई वसन्तकालीन उखु भनिन्छ ।
रोप्ने तरिका
उखु हल्का ड्याङ्ग देखिने ड्याङ्ग र खाल्टो खनेर लगाईन्छ । आजकल खाल्टो खनेर लगाउने प्रचलन नै बढि छ । खाल्टो खनी तीन आंख्ला भएको वीउ टुक्राहरु एक पछि अर्को गरी राखी माटोले पुरी सम्म पार्नु पर्दछ ।
जातहरु
हालसम्म सिफारिस भएका जातहरु हुन जितपुर–१, जितपुर–२, जितपुर–३ र जितपुर–४ । जितपुर–३ र जितपुर–४ सम्पूर्ण तराई क्षेत्रमा लगाउन सकिन्छ । जितपुर–२ खासगरी असिंचित क्षेत्रका लागि सिफारिस गरिएको हो भने जतपुर २ सिंचित क्षेत्रको लागि सिफारिस गरिएको हो ।
विउ दरः एक बिगाहामा माथि भनिए अनुसारका टुक्राहरु २५–२६ हजार चाहिन्छ ।
विउको छनोटःउखुबोटको तलको भाग हटाई माथिल्लो भागबाट तीन वटा आंख्ला भएको ३०–३५ से मी लामो टुक्राहरु बनाई वीउको लागि प्रयोग गर्नु पर्दछ । टुक्रा बनाउदा रोग कीरा लागेको बोटबाट बनाउनु हुदैन र खुटृी बालीबाट पनि वीउ छनौट गर्नु हुंदैन ।
सिचाई
सिचाई दिने परिमाण माटो र वर्षाको अवस्थामा भर पर्दछ । साधारणतया बर्षा शुरु हुनु भन्दा अगाडी ४–५ पटक र वर्षा पछि १–२ पटक दिन सकेमा राम्रो उत्पादन लिन सकिन्छ । शरदकालीन उखुमा सिंचाई बढी चाहिन्छ ।
मलखाद
नाईटेजन, फस्फोरस र पोटास तत्वयुक्त मलहरुको सन्तुलित मात्रामा प्रयोग गर्नु पर्दछ । यसका लागि उपलब्ध मलहरु क्रमशः यूरिया, डि।ए।पी। र पोटास हुन र यी मलहरु बजारमा उपलध छन् ।
मल परिमाण समय
डि।ए।पी। १३०।० रोप्ने बेला
पोटास ६७।० रोप्ने बेला
यूरिया २७६।० ९सिंचित० रोपेको ९० र १२० दिनमा
२११।० ९असिंचित० आधा आधा गरी बांड्ने र प्रयोग गर्नेयसमा नाईट्रोजन मलको लागि ५ भागको १ भाग प्रांगारिक मलबाट पनि पूर्ति गर्न सकिन्छ
उखुकोखुटृी बाली खेती
उखु काटेपछि तुरुन्त सिंचाई गरी मलखाद दिनु पर्दछ । नाईटेजन युक्त मल ९यूरिया० पहिलो बाली भन्दा करीब २०५ बढि दिनु पर्दछ । आधीमल पहिलो सिंचाई गरेपछि बां आधी दोस्रो वा तेस्रो सिंचाई गरेपछि राम्ररी बांडेर दिनु पर्दछ । यसरी पहिलो बाली सरहनै खुटृी बालीको पनि खेती गर्नु पर्दछ र लाभदाक उत्पादन लिन सकिन्छ । रोगी बोटको भने खुटृी बाली गर्नु हुंन र खाली ठाउंहरुमा आंख्ला सहितको वीउ डांठ रोपी दिनु पर्दछ ।
उखु काटी सकेपछि तल डांठबाट फेरि पलाउंदछ र अर्को बालीको रुपमा पुनः खेती गरिन्छ र लाभदायक रुपमा उखु उत्पादन लिन सकिन्छ । यस्तो खेतीलाई खुटृी बाली भनिन्छ । यसका लागि उखु भने तल फेदबाट नै कोटेको हुनु पर्दछ अन्यथा माथिको भागबाट उम्रेको बोटबाट राम्रो उत्पादन हासिल गर्न सकिदैन । यस बाहेक उखु काट्न माघसम्म रहेमा वेश हुन्छ । यसरी जमिन तयारी गर्न नपर्ने, वीउको खर्च नलाग्ने भएकाले किफायत रुपमा बाली भित्र्याउन सकिने भएकाले खुटृी बाली फायदा जनक छ । तर दोस्रो पछि तेस्रो बालीका लागि भने खुटिृ बाली लाभकारी हुंदैन ।
उखु काटने र समेटने तरिका
उखु काट्दा उप्केरा लगाएको माटो हटाई मुनी डांठसम्मको भाग काट्नु पर्दछ । सुकेको पातहरु हटाउनु पर्दछ र टुप्पो भाग पनि काटेर हटाएपछि सफा डांठमात्र को भाग बांधी मिलमा बेच्नको लागि लग्ने गरिन्छ ।
उखु काटने उचित समय
उखु काट्दा उप्केरा लगाएको माटो हटाई मुनी डांठसम्मको भाग काट्नु पर्दछ । सुकेको पातहरु हटाउनु पर्दछ र टुप्पो भाग पनि काटेर हटाएपछि सफा डांठमात्र को भाग बांधी मिलमा बेच्नको लागि लग्ने गरिन्छ ।
उखुमा लग्ने रोगहरु
१। उखुको घांसे रोग
उखुको यो रोग माईक्रोप्लाज्मबाट हुन्छ । रोग लागेको बोटहरु सानो, सुइरो र पहेंलो पात भएको हुन्छ । यी बोटहरु एकै ठाउंमा धेरै उम्रेर घांसको झुप्पा जस्तो देखिन्छ र लाक्रा पेल्न लायक हुदैन ।
ब्यवस्थापनः
१(रोग प्रतिरोधी जात लगाउन प्रयास गर्ने ।
२रोगी विरुवा हटाउने ।३
(स्वस्थ वीउको छनौट गरी लगाउने । यसका लागि वीउ उपचार गरेर मात्र प्रयोग गर्ने । उपचारको लागि माथि उल्लेख गरे अनुसार अनुसरण गर्ने ।
२ उखुको ओइलाउने रोग
यो रोग पनि ढुसीकै कारणबाट हुन्छ । असोज महिना देखि देखिन थाल्दछ । रोगी बोटको माथिल्लो पात पहेंलो भई ओईलाएर सुक्न थाल्दछ । चिरेर हेर्दा रातो खैरो रंग देखिन्छ ।
ब्यबस्थापनका उपायहरुः
उखुको वीउ टुक्राइ सकेपछि ५४डिग्री सेन्टिग्रेड को आद्र वायुले ४ घण्टा सेकी वेभिस्टीनके झोल ९१ ग्राम प्रति लिटर पानी० वा डाईथेनियम ४५ ९२।५ ग्राम प्रति लिटर पानी० को झोलमा डुवाई उपचार गरी रोप्नु पर्दछ ।
३
यो ढुसीबाट हुने रोग हो र प्राथमिक संक्रमण वीउबाट हुन्छ र खडा बालीमा हावाबाट पुनस्फैलन्छ । यो खुट्टी बालीमा बढि लाग्दछ । रोगी विरुवाको वीचको भाग कालो भएर धेरै फिट लामो भईचाबुक जस्तो देखिन्छ ।
ब्यवस्थापनका उपायहरुः
५० डिग्री सेन्टिग्रेडको आद्र वायुले चार घण्टासम्म उपचार गरी वेभिस्टीनको झोल ९१ ग्राम प्रति लिटर पानीमा० मा वीउ उपचार गरी रोप्नु पर्दछ ।
४उखुको रातो सडन रोग
यो ढुसी जन्य रोग हो । रोगको प्रथम लक्षण साउन महिनातिर शुरु हुन्छ र काट्ने बेलासम्म देखिन्छ । रोगी विरुवाको डांठहरुको आंख्ला सानो र लम्बाई पटृी चाउरी परेको हुन्छ । पातको मूल नसामा रातो दाग देखिन्छ र यो पातको दुबै सतहबाट प्रष्टसंग देखिन्छ । लाक्रामा धब्बा, सुक्ने खुम्चिने र खुकुलो हुने लक्षणहरु देखिन्छन् । उखु चिरेर हेर्दा कुहिएको रातो तन्तुहरुको बीच सेतो धर्सा।दाग प्रस्ट देखिन्छ र रोगी बोटबाट अमिलो गन्ध आउंदछ ।
ब्यवस्थापनका उपायहरुः
(रोगी विरुवा हटाउने र नष्ट गर्ने ।
(उखुको वीउ टुक्राइ सकेपछि ५० डिग्री सेन्टिग्रेड को तातो पानीमा २ घण्टा वा ५४डिग्री सेन्टिग्रेड आद्रवायुले ४ घण्टासम्म उपचार गरी वेभिस्टीनको झोल ९एक ग्राम प्रति लिटर पानीमा० वा डाइथीनियम ४५ ९२।५ ग्राम प्रति लिटर० पानीको झोलमा डुबाई उपचार गरी रोप्नु पर्दछ ।
किराहरु
१प्लासी गवारो
पोथी पुतलीले समुह समुहमा पारेको फुलबाट निस्केका लार्भाले टुप्पोबाट ३–५ अन्तर गांठमा प्रवेश गरी प्वाल पार्दछन् र लाक्राभित्र तिब्ररुपले सुरुंग बनाई क्षेति पुर्याउदछ ।
ब्यबस्थापनका उपायहरुः
उखु काटि सकेपछि ठुटाहरु जलाई दिने जसले गर्दा गवारोको अचल अवस्था नष्ट हुन्छ ।
(उखु रोपेको ३०–४० दिनपछि टइकोग्रामा एक लाख प्रति हेक्टरका दरले दश दिनको फरकमा ५–६ पटक छाड्ने ।
(कीराको प्रकोप बढि भएमा बत्तिको पासो राखी कीराको अवलोकन गर्ने र बढि संख्यामा पुतली आएको बेला लार्भिन ७६५ डब्लु।पी। स्प्रे गर्ने ।
(प्रकोप बढि हुने क्षेत्रमा रोपांईकै समयमा फर्टेरा ९०।४५ दाना० वा फिप्रेनिल ९०।३५ दाना० ०।७५–१।० के।जी। प्रति कटृाका दरले उखुको नालामा हाली माटोले पुर्ने र सिंचाई गर्ने ।
२ उखुको फड्के कीरा
यसले विरुवाको पात तथा लाक्राबाट रस चुसी खान्छ, जसले गर्दा विरुवाको वृद्धि कम हुन्छ र अन्य रोगले पनि आक्रमण गर्दछ । यसले छाडेको गुलियो पदार्थमा ढुसीको पैmलावट हुन्छ, जसले गर्दा प्रकाश संस्लेषण घटाउंछ र उत्पादनमा कमी पुर्याउंदछ । बढि घनत्व, उच्च नाईटेजन मल र पानी जम्नाले यसको बृद्धि बढि हुन्छ ।
नियन्त्रणका उपायहरु
(खेती ब्यवस्थापन ।
(मल बढी नदिने ।
(पानी जम्न नदिने ।
(बर्षायाममा तलका खुकुला पातहरु हटाई दिने ।
(बाली ब्यवस्था गर्दा प्राकृतिक शत्रु नष्ट नहोस भन्नाका लागी सबै विरुवा भागको ःगअिज बनाउने ।
जैविक नियन्त्रण
इपिरी क्यानीया मेलानोल्युकाको कोकुन वा फुल चार पांच हजार प्रति हेक्टरका दरले छाड्ने ।
(मेटारिजियम र वीउ भेरियन वासियानाले संयुक्त रुपमा उपचार गरिएका २५० वयस्क फड्के कीरा प्रति हेक्टरका दरले छाड्ने ।
रसायनिक औषधी प्रयोगः
करन्जिन नामक बनस्पति जन्य विषाधी २ मि।लि। प्रति लिटर पानीमा मिसाई छर्ने वा
(फिप्रोनिल ०।७५–१।० के।जी। प्रति कठ्ठाका दरले उखुको नालामा छर्ने र माटोले पुरी सिंचाई गर्ने वा
(क्लोरपाइरीफस ९१०५ इ।सी।० १६००–२००० मि।लि। प्रति ८००–१००० लिटर पानीमा मिसाई छर्ने ९प्रति हेक्टर० ।
। फेदको अगौटे गवारोको विनाशको लक्षण कस्तो हुन्छ र नियन्त्रण कसरी गर्ने
यो कीराले उखुको कलिलो अवस्थामा खान्छ । क्षेति पुर्याएपछि मृत गुवो देखिन्छ । मृत गुवोको तल मसिना प्वालहरु हुन्छन् जो गवारोले खाएको हो ।औषधी प्रयोग गर्नु पर्दा माथि भने अनुसार नै प्रयोग गर्न सकिन्छ । कीरा रोकथामका लागि छिटो पाक्ने र चांडै बढ्ने जात लगाउनु पर्दछ । सुख्खा भए कीरा देख्नासाथ सिंचाई गर्ने र पानी बढी भए निकासको ब्यवस्था गर्ने । बसन्तकालीन उखुमा रोपेको ४५ र ६० दिनमा २–३ इंन्च माटोको चढाई गर्ने ।
बाली उठाउने
हातैले वा औजाररयन्त्रहरूको प्रयोग गरेर उखु बाली उठाउन सकिन्छ। हातैले उठाउँदा पहिले उखुबारी आगो लगाउनु पर्छ। आगाले डाँढमा असर नपुर्याइकनै सुकेका पातहरू डढाउनुका साथै लुकेर बसेका विषालु सर्पहरूलाई धपाउन मदत गर्दछ। त्यसपछि किसानहरूले हँसिया वा चक्कुको प्रयोग गरेर जमिनको सहतभन्दा ठिक माथि उखुका डाँक्ला काट्छन्।
मेसिनका सहायताले उखु बाली उठाउनका लागि कम्बाइन वा उखु कटुवा को प्रयोग गरिन्छ। यस्ता यन्त्रहरूका सहायतले जमिनका सतहमा उखु काट्ने, पातहरू थुत्ने, समान आकारका टुक्रा बनाउने र गाडीमा बोझाउने गरिन्छ। त्यसपछि रहलपहल वस्तुलाई फेरि खेतमै मिल्काइन्छ।यन्त्रका सहायताले उखु काट्दा पहिले आगो लगाउनु नपर्ने हुँदा जमिनमा सुकेका पातहरू रहिरहन्छन् । ती पातहरूलाई अर्को पटक बाली लगाउँदा बिरुवा छोप्ने झ्यासका रूपमा प्रयोग गर्न सकिन्छ।
प्रशोधन
काटिएको उखुलाई तत्कालै प्रशोधन(प्रक्रियामा लैजानु पर्छ अन्यथा उखुका लाँक्रामा रहेको चिनी तत्त्व घट्दै जान्छ।भर्खरै काटिएको उखुलाई मिलमा पेलेर सर्वप्रथम कच्चा चिनी निकालिन्छस त्यसपछि स्थानीय उपभोगका लागि रङ् खुइल्याएर धुलो चिनी निकालिन्छ।
त्यसपछि प्रशोधकले प्रशोधित सेतो चिनी बनाउँछ जसमा ९९५ चिनी हुन्छ। चिनी प्रशोधकले कच्चा चिनीलाई शुद्धीकरण गर्दछ। उखु प्रशोधन गर्दा उखुका लाँक्राबाट चिनी निकालिन्छ। यसका उप(उत्पादनका रूपमा खोइला, सख्खर आदि निस्कन्छन्। उखुका खोइलाको प्रयोग आगो बाल्न, कागज उत्पादन गर्न, कृषि बाली छोप्ने झ्यासका रूपमा र रासायनिक उत्पादनका लागि कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिन्छ।