तोरी खेति प्रविधि

परिचय

ब्रासिकाजेनसभित्र व्रासिका कम्पेस्ट्रीस व्रासिका जुनसिया दुई समूहहरु छन पहिलो समूह व्रासिका कम्पेस्ट्रीस अन्तरगतसर्य्यूँ तोरी पर्दछन् यसलाई अंग्रेजीमा Rape seedभनिन्छ यो व्रासिका जुनसिया  समहभन्दा होचो हुन्छ पात नरम सानासाना भुत्ला भएका हुन्छन बीउको रंग पहेंलो वा खैरो हुन्छ वाहिरी भाग चिप्लो हुन्छ तर व्रासिका जुनसिया जसलाई अंग्रेजीमा  Mustard  भनिन्छ यसलाई राई वा लाहा पनि भनिन्छ यसको बोट अग्लो हुन्छ हांगाहरु लाग्दछ कोसाहरु छोटो सुरिलो हुन्छन बीउ खैरो वा गाढा खैरो हुन्छ वाहिरी भाग खस्रो हुन्छ

हावापानि

तोरी तथा सस्र्यु वाली तराई तथा पहाड दुवै हावापानीमा लगाउने वालीहरु हुन कम तापक्रम, सफा सुखा मौसम, प्रशस्त घाम उपयुक्त चिस्यान भएको अवस्थामा तेल उत्पादन राम्रो हुन्छ, यी वालीहरु यस्तो हावापानी भएको क्षेत्रमा लगाउनु पर्दछ पानी जम्नु हुंदैन तर हल्का सिचाई दिनु पर्दछ

माटो

सबै किसिमका माटोमा लगाउन सकिन्छ तर हल्का दोमट माटोमा राम्रो हुन्छ माटोको पिएच न्युट्ल हुनु पर्दछ हल्का क्षारीय ९बपिबष्लिभ०माटो पनि सहन सक्छ माटोमा पानी जम्नु हुँदैन

जातहरु

तोरीका लागि जातहरु उन्मोचन भएका छन् ती हुनः विकास, लुम्ले , प्रगति, उन्नति, प्रीति मोरंग तोरी यस बाहेक हाइव्रिड जे।वाई। १६ पंजिकरण गरी कृषकर्ला खेत ीगर्न अनुमति दिइएको

मलखाद

सबै बालीहरुका लागि मुख्य तत्वहरु नाईट्रोजन, फस्फोरस पोटासको आवशयकता पर्दछ यिनहिरुको पूर्तिका लागि डि।ए।पी।, यूरिया पोटास दिइन्छ तर यी बालीहरुमा यी तत्व बाहेक सल्फरको बढिनै आवशयकता पर्दछ त्यसैले सल्फरको पूर्तिका लागि १५ के।जी। सल्फेक्स प्रति हेक्टरका दरले जमिन तयारीकै बेलामा प्रयोग गर्नु पर्दछ ।भएसम्म कम्पोष्टमल वा गोबरमल प्रयोग गर्नु पर्दछ यस बाहेक यी बालीहरुका लागि नाईट्रोजन, फस्फोरस पाटास क्रमशः ६०८०, ४०२० के।जी÷हेक्टर प्रयोग गर्नु पर्दछ माथिको सिफारिस पुरा गर्न यूरिया ९६ के।जी।, डि।ए।पी। ८७ के।जी। पोटास ३३ के।जी। प्रति हेक्टर ९डेढ विगाहा० का दरले प्रयोग गर्नु पर्दछ सिंचाईको ब्यवस्था नभएमा माथिको मात्राको आधा मात्र प्रयोग गर्नु पर्दछ यूरिया बाहेक सबै मल जमिन तयारीकै बेलामा प्रयोग गर्नु पर्दछ यूरियामा आधा जमिन तयारी गर्दा चौथाई चौथाई गरी सिंचाई गरेपछि प्रयोग गर्नु पर्दछ

सिचाँई तथा गोडमल

साधारणतया बर्षे पानी संचित भएको चिस्यानमा यो बाली लगाईन्छ बर्षाको पानीकै आशमा कृषकहरु निर्भर रहन्छन् तर यी बालीहरुलाई पनि फुल खेल्ने कोसा भरिने बेला चिस्यान चाहिन्छ रसिंचाई दिनु पर्दछ, जसले गर्दा राम्रो उतपादन लिन सकिन्छ ।झारपातले उत्पादनमा २०३०५ सम्म ह्रास ल्याएको पाईन्छ बालीको शुरु अवस्थामा नै झारपात नियन्त्रण गर्नु पर्दछ यसका लागि  मानिसद्धारा वा साना गोडमेल गर्न यन्त्र प्रयोग गर्न सकिन्छ झारमार्ने औषधी प्रयोग गर्नुपर्दा ३३ ग्राम आईसो प्रोटुरन दवाई २७३३ लिटर पानीमा मिसाई कटृा वालीमा झार उम्रनु भन्दा पहिले छरेमा झार नियन्त्रणमा सहयोग पुग्दछ

वाली लिने समय

कोसाहरु खुल्नु भन्दा केहि अगाडी जब पहेंलो खैंरो रंगका हुन्छन् तोरी तथा रायो बाली काट्ने समय हुन्छ, जसले गर्दा दानाहरु झर्नबाट बच्दछन तोरी रायो सस्र्यूं भन्दा बढी झर्दछ राम्ररी ख्याल गर्नु पर्दछ काटी सकेपछि दिनसम्म राखी चुटेर दाना झार्नु पर्दछ सुकाई थन्क्याउनु पर्दछ भण्डारण गर्न पर्दा दानाको चिस्यान १०५ भन्दा बढी हुनु हुंदैन

रोगहरु

डढुवा रोग

ढुसीबाट लाग्ने यो रोगले पुराना पातमा आक्रमण गर्न शुरु गर्दछ साना गोला खैरा थोप्लाहरु पातमा देखिन्छन्, पछि यी थोप्लाहरु मिल्छन् पातनै मर्दछ कोसामा रोग सरेमा साना, नराम्रा चाउरिएका दाना फल्छन्

 

व्यवस्थापन विधि

 

·  म्यान्कोजेब ७५ डब्लु।पी। विषादी ग्राम प्रति किलो ग्राम वीऊका दरले उपचार गरी वीउ छर्ने

 

· म्यान्कोजेव ७५ डब्लु।पी। वा कपरअक्सिकलोराईड ५० डब्लु पी ढुसीनाशक विषादी ग्राम प्रति लिटर पानीमा मिसाइ छर्ने

२डाउनी मिल्ड्यू

यो रोग लागेको विरुवाको पातको माथिल्लो भागमा पहेंला धब्बाहरु देखिन्छन् भने त्यसको ठीक मुनी सेतो ढुसी पलाएको देखिन्छ रोगको आक्रमण बढी भएमा फुलमा पनि असर गर्दछ ।फुलहरु  विकृत भई बटारिएको देखिनुका साथै सेतो धुलोले ढाकिएको हुन्छ यस्ता फुलमा कोसा लाग्दैन

 

ब्यवस्थापनका उपायहरुः

 

·         रोग रहित स्वास्थ्य वीउ लगाउने

 

·         रोगको लक्षण देखिना साथ ०।२५ जिनेब वा ०।९५ काराथेन १० दिनको फकमा पटक छर्ने

३सेतो फोके वा ह्वाईट ब्लिक्टर भन्ने रोग

यो रोग लागेमा विरुवाका पात, डांठ फुलमा सेतो फोका देखिन्छन् पछि ति फोकाहरु फुटेर सेतो धुलो छरिन्छन् फुलहरु विकृत भई दाना लाग्दैन

 

ब्यवस्थापनक उपायहरुः

 

·         बाली समयमा लगाउने

 

·         रोगी विरुवालाई उखेली जलाउनु पर्दछ जमिन सफा राख्ने

 

·         ०।२५ जिनेब विषादी तुरुन्त छर्ने आवश्यकता अनुसार १० दिनको फरकमा पुनः छर्ने वा

 

·         मेटालाकसिल ९रिडोमिल० ०।०५५ एक मि।लि। लिटर प्रति लिटर पानीमा मिसाई १५ दिनको फरकमा छर्नाले प्रभाबकारी रुपमा नियन्त्रण भएको पाईएको

किराहरु

१झुसिल कीरा

यो कीराको लाभ्रेले शुरुमा झुण्डम केहि बोटको पातमा बसी कोत्रेर खान्छ पछि लाभ्रेहरु फैलिएर पात तथा कोसाहरुमा खान थाल्दछ

 

ब्यवस्थापन

 

·         कीराको नियन्त्रणको लागि शुरुमा लाभ्रेको झुण्डलाई पातसंगै टिपी नष्ट गरी दिने

 

·         प्रकोप बढि भएमा १।५ मि।लि। थायोडन प्रति लिटर पानीका दरले घोली मध्यान्तरमा छर्ने