तोरी खेति प्रविधि
परिचय
ब्रासिका ‘जेनस‘ भित्र व्रासिका कम्पेस्ट्रीस र व्रासिका जुनसिया दुई समूहहरु छन । पहिलो समूह व्रासिका कम्पेस्ट्रीस अन्तरगत ‘सर्य्यूँ‘ र तोरी पर्दछन् र यसलाई अंग्रेजीमा Rape seedभनिन्छ । यो व्रासिका जुनसिया समहभन्दा होचो हुन्छ । पात नरम र साना–साना भुत्ला भएका हुन्छन र बीउको रंग पहेंलो वा खैरो हुन्छ र वाहिरी भाग चिप्लो हुन्छ । तर व्रासिका जुनसिया जसलाई अंग्रेजीमा Mustard भनिन्छ र यसलाई राई वा लाहा पनि भनिन्छ । यसको बोट अग्लो हुन्छ र हांगाहरु लाग्दछ । कोसाहरु छोटो र सुरिलो हुन्छन र बीउ खैरो वा गाढा खैरो हुन्छ र वाहिरी भाग खस्रो हुन्छ ।
हावापानि
तोरी तथा सस्र्यु वाली तराई तथा पहाड दुवै हावापानीमा लगाउने वालीहरु हुन । कम तापक्रम, सफा सुखा मौसम, प्रशस्त घाम र उपयुक्त चिस्यान भएको अवस्थामा तेल उत्पादन राम्रो हुन्छ, यी वालीहरु यस्तो हावापानी भएको क्षेत्रमा लगाउनु पर्दछ । पानी जम्नु हुंदैन तर हल्का सिचाई दिनु पर्दछ ।
माटो
सबै किसिमका माटोमा लगाउन सकिन्छ तर हल्का दोमट माटोमा राम्रो हुन्छ । माटोको पिएच न्युट्ल हुनु पर्दछ र हल्का क्षारीय ९बपिबष्लिभ०माटो पनि सहन सक्छ । माटोमा पानी जम्नु हुँदैन ।
जातहरु
तोरीका लागि ६ जातहरु उन्मोचन भएका छन् । ती हुनः विकास, लुम्ले १, प्रगति, उन्नति, प्रीति र मोरंग तोरी २ । यस बाहेक हाइव्रिड जे।वाई। १६ पंजिकरण गरी कृषकर्ला खेत ीगर्न अनुमति दिइएको छ ।
मलखाद
सबै बालीहरुका लागि मुख्य तत्वहरु नाईट्रोजन, फस्फोरस र पोटासको आवशयकता पर्दछ र यिनहिरुको पूर्तिका लागि डि।ए।पी।, यूरिया र पोटास दिइन्छ । तर यी बालीहरुमा यी तत्व बाहेक सल्फरको बढिनै आवशयकता पर्दछ । त्यसैले सल्फरको पूर्तिका लागि १५ के।जी। सल्फेक्स प्रति हेक्टरका दरले जमिन तयारीकै बेलामा प्रयोग गर्नु पर्दछ ।भएसम्म कम्पोष्टमल वा गोबरमल प्रयोग गर्नु पर्दछ । यस बाहेक यी बालीहरुका लागि नाईट्रोजन, फस्फोरस र पाटास क्रमशः ६०–८०, ४०–२० के।जी÷हेक्टर प्रयोग गर्नु पर्दछ । माथिको सिफारिस पुरा गर्न यूरिया ९६ के।जी।, डि।ए।पी। ८७ के।जी। र पोटास ३३ के।जी। प्रति हेक्टर ९डेढ विगाहा० का दरले प्रयोग गर्नु पर्दछ । सिंचाईको ब्यवस्था नभएमा माथिको मात्राको आधा मात्र प्रयोग गर्नु पर्दछ । यूरिया बाहेक सबै मल जमिन तयारीकै बेलामा प्रयोग गर्नु पर्दछ । यूरियामा आधा जमिन तयारी गर्दा र चौथाई चौथाई गरी सिंचाई गरेपछि प्रयोग गर्नु पर्दछ ।
सिचाँई तथा गोडमल
साधारणतया बर्षे पानी संचित भएको चिस्यानमा यो बाली लगाईन्छ र बर्षाको पानीकै आशमा कृषकहरु निर्भर रहन्छन् । तर यी बालीहरुलाई पनि फुल खेल्ने र कोसा भरिने बेला चिस्यान चाहिन्छ रसिंचाई दिनु पर्दछ, जसले गर्दा राम्रो उतपादन लिन सकिन्छ ।झारपातले उत्पादनमा २०–३०५ सम्म ह्रास ल्याएको पाईन्छ । बालीको शुरु अवस्थामा नै झारपात नियन्त्रण गर्नु पर्दछ । यसका लागि मानिसद्धारा वा साना गोडमेल गर्न यन्त्र प्रयोग गर्न सकिन्छ । झारमार्ने औषधी प्रयोग गर्नुपर्दा ३३ ग्राम आईसो प्रोटुरन दवाई २७–३३ लिटर पानीमा मिसाई १ कटृा वालीमा झार उम्रनु भन्दा पहिले छरेमा झार नियन्त्रणमा सहयोग पुग्दछ ।
वाली लिने समय
कोसाहरु खुल्नु भन्दा केहि अगाडी जब पहेंलो । खैंरो रंगका हुन्छन् तोरी तथा रायो बाली काट्ने समय हुन्छ, जसले गर्दा दानाहरु झर्नबाट बच्दछन । तोरी र रायो सस्र्यूं भन्दा बढी झर्दछ र राम्ररी ख्याल गर्नु पर्दछ । काटी सकेपछि ५–६ दिनसम्म राखी चुटेर दाना झार्नु पर्दछ र सुकाई थन्क्याउनु पर्दछ । भण्डारण गर्न पर्दा दानाको चिस्यान १०५ भन्दा बढी हुनु हुंदैन ।
रोगहरु
१ डढुवा रोग
ढुसीबाट लाग्ने यो रोगले पुराना पातमा आक्रमण गर्न शुरु गर्दछ । साना गोला खैरा थोप्लाहरु पातमा देखिन्छन्, पछि यी थोप्लाहरु मिल्छन् र पातनै मर्दछ । कोसामा रोग सरेमा साना, नराम्रा र चाउरिएका दाना फल्छन् ।
व्यवस्थापन विधि
· म्यान्कोजेब ७५ डब्लु।पी। विषादी ३ ग्राम प्रति किलो ग्राम वीऊका दरले उपचार गरी वीउ छर्ने ।
· म्यान्कोजेव ७५ डब्लु।पी। वा कपरअक्सिकलोराईड ५० डब्लु पी ढुसीनाशक विषादी २ ग्राम प्रति लिटर पानीमा मिसाइ छर्ने ।
२डाउनी मिल्ड्यू
यो रोग लागेको विरुवाको पातको माथिल्लो भागमा पहेंला धब्बाहरु देखिन्छन् भने त्यसको ठीक मुनी सेतो ढुसी पलाएको देखिन्छ । रोगको आक्रमण बढी भएमा फुलमा पनि असर गर्दछ ।फुलहरु विकृत भई बटारिएको देखिनुका साथै सेतो धुलोले ढाकिएको हुन्छ । यस्ता फुलमा कोसा लाग्दैन ।
ब्यवस्थापनका उपायहरुः
· रोग रहित स्वास्थ्य वीउ लगाउने
· रोगको लक्षण देखिना साथ ०।२५ जिनेब वा ०।९५ काराथेन १० दिनको फकमा २–३ पटक छर्ने ।
३सेतो फोके वा ह्वाईट ब्लिक्टर भन्ने रोग
यो रोग लागेमा विरुवाका पात, डांठ र फुलमा सेतो फोका देखिन्छन् र पछि ति फोकाहरु फुटेर सेतो धुलो छरिन्छन् । फुलहरु विकृत भई दाना लाग्दैन ।
ब्यवस्थापनक उपायहरुः
· बाली समयमा लगाउने ।
· रोगी विरुवालाई उखेली जलाउनु पर्दछ र जमिन सफा राख्ने ।
· ०।२५ जिनेब विषादी तुरुन्त छर्ने र आवश्यकता अनुसार १० दिनको फरकमा पुनः छर्ने । वा
· मेटालाकसिल ९रिडोमिल० ०।०५५ एक मि।लि। लिटर प्रति लिटर पानीमा मिसाई १५ दिनको फरकमा छर्नाले प्रभाबकारी रुपमा नियन्त्रण भएको पाईएको छ ।
किराहरु
१झुसिल कीरा
यो कीराको लाभ्रेले शुरुमा झुण्डम केहि बोटको पातमा बसी कोत्रेर खान्छ । पछि लाभ्रेहरु फैलिएर पात तथा कोसाहरुमा खान थाल्दछ ।
ब्यवस्थापन
· कीराको नियन्त्रणको लागि शुरुमा लाभ्रेको झुण्डलाई पातसंगै टिपी नष्ट गरी दिने ।
· प्रकोप बढि भएमा १।५ मि।लि। थायोडन प्रति लिटर पानीका दरले घोली मध्यान्तरमा छर्ने ।