गोलभेंडा खेति प्रविधि
परिचय
गोलभेंडा सोलानेसी परिवार अन्तर्गत पर्ने तरकारी हो । गोलभेंडाको उत्पत्ति दक्षिण अमेरिकाको पेरु, इक्वेडर र बोलिभिया क्षेत्रको एण्डिज पर्वतमालामा भएको मानिएको छ। गोलभेंडा न्यानो मौसममा उष्ण, उपोष्ण र शितोष्ण हावापानी भएको क्षेत्रमा खेती गरिने तरकारी बाली हो । गोलभेंडामा प्रशस्त मात्रामा विभिन्न प्रकारका खनिज पदार्थ, भिटामिन सि, फस्फोरस, क्याल्सियम, सोडियम, पोटासियम लगायत अन्य धेरै तत्वहरु पाईन्छ । गोलभेंडामा लाइकोपिन नामक बुढ्यौली रोक्ने तत्व पाइन्छ । गोलभेंडालाई तरकारीको रुपमा तथा सलादको रुपमा प्रयोग गर्नुको साथै यसबाट अचार, केचप, जुस पनि तयार गरेर प्रयोग गर्न सकिन्छ । नेपालका प्राय सबै जिल्लाहरुमा गोलभेंडा खेती गरिन्छ । गोलभेंडा मौसमी र बेमौसमी तथा उचित ब्यवस्थापन गर्न सकेमा बाह्रै महिना खेती गर्न सकिने भएकोले तरकारीमा यसको ठूलो महत्व छ ।
हावापानि
गुणस्तरीय र राम्रो उत्पादन लिनको लागि न्यानो र सुख्खा मौसम उपयुक्त हुन्छ । यसले बढी वर्षा र तुषारो सहन सक्दैन । यसको खेतीको लागि २०–२४ डि।से। तापक्रम उपयुक्त मानिएको छ । गोलभेंडाको फल बढ्नका लागि र फल पाक्नका लागि १८–२७ डि।से। तापक्रम उपयुक्त हुन्छ । १२ डि।से। भन्दा कम तापक्रमले गोलभेंडाको सबै किसिमको वृद्धि विकासलाई प्रतिकूल असर गर्दछ । दिउँसोको तापक्रम २५ डि।से। र रातको तापक्रम १५–२० डि।से। भएमा राम्रो उत्पादन लिन सकिन्छ भने तापक्रम लामो समय सम्म ३५ डि।से। भन्दा माथि भएमा परागसेचनमा असर परी कम फल लाग्दछ ।
माटो
प्रायः सबैजसो माटोमा गोलभेडा खेती गर्न सकिने भएता पनि प्राङ्गरिक बस्तु ९इचनबलष्अ mबततभच० प्रशस्त भएको उर्वर दोमट माटो गोलभेंडा खेतीका लागि उपयुक्त हुन्छ, माटोको पी।एच। ६ देखी ७ भएको,पानी नजम्ने माटो गोलभेडाको लागि उपयुक्त हुन्छ । पि।एच। मान कम भएमा गोलभेंडामा बिषेशगरि क्याल्सियम तत्वको लगायत अन्य ९नाईट्रोजन, फस्फोरस, पोटास, सल्फर, आदि० तत्वहरुको उपलब्धता कम हुन्छ ।
जातहरु
१ सृजना
सृजना गोलभेडाको जातिय गुण
-गोलभेंडामा नेपालको पहिलो वर्णसंकर जात,फल रातो मुटू आकारको टुप्पा तिखो भएको हुन्छ ।
- फलको बोक्रा बाक्लो ९४ – ४।८ मिलिमिटर० हुनुका साथै फलको स्वाद मध्यम अमिलो हुन्छ ।
- बोटको उचाई ४।५ देखि ५ मिटर सम्म हुन्छ ।
- बेर्ना सारेको ७५–८० दिनमा फल तयार हुन्छ ।
- ९ देखि १० महिनाको अवधि सम्म फल टिप्न सकिन्छ ।
-एक फलको तौल ६० देखि ८० ग्राम ९मध्यम० हुन्छ ।
- ओईलाउने रोग ९ब्याक्टेरीयल वील्ट० सहन सक्ने सहन सक्ने ।
- मध्य पहाडको ८०० देखी १६०० मिटर र तराईको १५० मिटर भन्दा माथिका उर्बर तथा सिंचित क्षेत्रहरुमा उपयुक्त।
- २०६६ सालमा पञ्जीकृत भएको ।
२ मनिसा
-अग्लो बिरुवा उचाई २।५ मिटरसम्म हुन सक्छ त्यसैले बलियो टेका दिनुपर्छ ।
-बेर्ना सारेको ६० दिनपछि फल तयार हुन्छ । तथा ९० देखि १२० दिनमा अधिकतम फल तयार हुन्छ ।
-एक बिरुवामा १२ के।जी। सम्म फल लाग्ने ।
-अण्डा आकारको रातो रङ्गको फल ।
-बाक्लो छाला भएकोले केहि दिनसम्म भण्डारण गर्न सकिन्छ ।
-एक फलको तौल ८०–१०० ग्राम सम्म हुन्छ ।
-तापक्रम सहन सक्ने ।
-सुख्खा मौसममा खेती गर्न सकिने,फागुनदेखि चैत्र र श्रावणदेखि भाद्रमा मध्य पहाड तथा आश्विनदेखि माघसम्म तराईमा बेर्ना सार्न सकिन्छ।
3पुसा रुबी
-बेर्ना सारेको ६० दिनमा उत्पादन लिन सकिने अगौटे जात हो ।
-फल पुरा गोलाकार हुदैन र मध्यम गहिरो नलीहरु ९क्ष्निजत mभमष्गm ागचचयधक० हुन्छ ।
-समान रातो फल, एक फलको तौल ५० –७५ ग्राम हुन्छ र पात तुलनात्मक रुपमा साँगुरो हुन्छन् ।
-६०– ६५ दिनमा फल टिप्न तयार हुन्छ, बीउको मात्रा धेरै हुन्छ ।
-तराइ, मध्य र उच्च पहाडको लागी सिफारिस गरिएको छ ।
-२०४६ सालमा उन्मोचित गरिएको ।
4 रोमा
-बेर्ना सारेको ६५–७० दिनमा उत्पादन लिन सकिने मध्यम जात हो ।
-फल अण्डाकार, नरम, चिल्लो, समान रुपमा बाक्लो, दुई भाग ९द्यष्(अजबmदभचभम० हुने र बीउको मात्रा थोरै भएको हुन्छ ।
-एक फलको तौल ६०–८० ग्राम हुन्छ, पात चौडा र आलुको पात जस्तो हुन्छ ।
-६०– ६५ दिनमा फल टिप्न तयार हुन्छ ।
-एकै पटकमा फल्ने हुनाले बोट होचो र झाङ्गिने किसिमको हुन्छ ।
-तराइ, मध्य र उच्च पहाडको लागी सिफारिस गरिएको छ ।
-२०५१ सालमा उन्मोचित गरिएको ।
5 अविनास – २
-एकै पटक फल्ने अथवा छिमलमा फल्ने जातको बिचको बिरुवा १२० से।मी। लामो हुन्छ ।
-प्रशस्त मात्रामा फुल्ने, फल्ने, १० – १२ के।जी। एक बोटमा फल लाग्न सक्ने, एक फलको तौल ८० देखि १०० ग्राम सम्म हुन्छ ।
-रातो रङ्गको गोलाका फल हुने ।
-गर्मी तथा पात घुम्रिने रोग सहन सक्ने ।
-६० – ६५ दिनमा प्रथम उत्पादन लिन सकिन्छ । तथा ९० – १२० दिनमा अधिकतम उत्पादन हुन्छ ।
-सुख्खा माटो तथा सुख्खा समयमा राम्रो हुन्छ तर बर्षा समयमा राम्रो हुदैन । श्रावणदेखि भाद्रमा मध्य पहाड तथा आश्विन देखि माघसम्म तराईमा बेर्ना सार्न उपयुक्त हुन्छ ।
6 एन। एस। – ८१५
-छोटो बिरुवा, ९० से।मी। सम्म अग्लो हुन्छ ।
-धेरै हांगाहरु हुन्छन् २ – ३ पटकसम्म धेरै फुल लाग्छ ।
-गर्मी सहन सक्ने ।
-गोलोदेखि अण्डाकार रातो फल, एक फलको तौल ७० – ९० ग्राम हुन्छ ।
-राम्रो फल्छ, ४ – ७ के।जी। प्रतिबोट ९ ४ – ७ मे।टन प्रति रोपनी ० ।
-५० – ६० दिनमा फल टिप्न तयार हुन्छ , तर ८० देखि ९० दिनमा बढी फल लिन सकिन्छ ।
-बाक्लो छाला भएकोले भण्डारण धेरै दिनसम्म गर्न सकिन्छ तथा टाढा बजारको लागी उपयुक्त छ ।
-माघदेखि बैशाख, मध्य आषाढदेखि भाद्र पहिलो हप्तासम्म मध्य पहाड तथा आश्विन देखि माघ सम्म तराईमा रोप्न सकिन्छ ।
7 एन। एस। ८१२
-छोटो बिरुवा, ९० से।मी। सम्म अग्लो हुन्छ ।
-हांगाहरु ठीकै संख्यामा २ पटक फुल्ने ।
-गर्मी सहन सक्ने, अण्डाकार रातो रङ्गको फल, प्रति फल ७० – ९० ग्राम तौल हुने ।
-प्रति बोट ४ – ६ के। जी। फल्ने ।
-५५ दिनमा फल तयार, अधिकतम उत्पादन ८० – ९० दिनमा ।
-माधदेखि बैशाख र आषाढ दोश्रो हप्तादेखि भाद्रको दोस्रो हप्तासम्म मध्य पहाडमा तथा आश्विन देखि माघसम्म तराईमा बेर्ना सार्न सकिन्छ ।
8 सुरक्षा
-छोटो बिरुवा ८० से। मी सम्म अग्लो हुने ।
-हांगाहरु तथा फुलको संख्या ठिकै ।
-अलि अण्डाकार रातो फल, फलको छाला बाक्लो, तर भण्डारण गुण नराम्रो, फल टिपेको १ – २ रात मात्र राख्न सकिने ।
-बेर्ना लगाएको ५५ दिनदेखि फल तयार हुने, प्रतिबोट ४ – ६ के।जी। फल्ने ।
-गर्मी तथा ओइलाउने रोग सहन सक्ने ।
-मध्य पहाडमा माघदेखि श्रावण तथा भाद्रदेखि माघसम्म बेर्ना सार्न सकिने ।
9 टि – ५९७५
-बोट १०० से। मी। सम्म अग्लो हुने ।
-धेरै हांगा आउने ३ – ४ पटक सम्म फुल्ने ।
-गर्मी, पात तथा फलमा लाग्ने धेरै रोग सहन सक्ने ।
-अलि अलि अण्डाकार साईजको रातो रङ्गको फल दिन् प्रति बोट ६ – ८ के। जी। फल लाग्ने, प्रति फलको तौल ७० – ९० ग्राम हुने ।
-छाला राम्रो भण्डारण गुण राम्रो भएको ।
-माघदेखि बैशाख, मध्य आषाढदेखि शुरु भाद्रसम्म मध्य पहाड तथा आश्विन देखि पौषसम्म तराईमा बेर्ना सार्न सकिन्छ
वीउ दर
एक रोपनी जग्गाको लागि ५ देखि ७ ग्राम वीउको आवश्यकता पर्दछ । ९एक ग्राम राम्रो उमारशक्ति भएको वीउबाट सरदर १५० देखी २ सय बेर्ना उत्पादन हुन्छ ० ।
वेर्ना जमाउने तरिका
गोलभेडा नर्सरीमा बेर्ना जमाएर रोपिन्छ । जमिनमा नर्सरी राख्ने हो भने सकभर कुनै तरकारी बालीको खेती नगरेको माटोमा नर्सरी राख्दा राम्रो हुन्छ । नर्सरी १ मिटर चौडा र आबश्यकताअनुसार लम्बाईको बनाउन सकिन्छ । नर्सरी राख्दा प्रायः ब्याडमा राख्ने चलन भएतापनि स्वस्थ र बलियो बेर्ना उत्पादनको लागि प्लाष्टिकको थैलो वा बजारमा उपलब्ध सेल ट्रेरप्लग ट्रेमा राख्नुपर्छ । ३ इञ्च लम्बाई ३ इञ्च चौडा प्लाष्टिकको थैलो तयार गरी पानी तर्कने ४ वटा प्वाल पार्ने र २ भाग जंगलबाट ल्याईएको माटो वा पोखरीको पिँधको माटो९अथवा निर्मलीकरण गरेको माटो २ भाग, राम्ररी पाकेको मल १ भाग र १ भाग बालुवाको मिश्रणले थैलो भर्ने० ९बालुवा मिसिएको माटो भएमा बालुवा नराख्ने० र १ से।मि। जति गहिराइमा एक–एक वटा वीउ राख्ने । वीउलाई माटो वा राम्ररी पाकेको कम्पोष्ट वा वालुवाले छोप्नुपर्छ । हजारीको सहायताले माटोमा चिस्यानको अबस्था बिचार गरी बेला बेलामा हजारीबाट हल्का सिंचाई गर्नु पर्दछ । बीउलाई १ भाग झोल मलमा ४ भाग पानी हालेर ६–७ घण्टा भिजाउँदा जराको वृद्धि विकासमा सहयोग पुर्याउँछ । यदि सेल ट्रेरप्लग ट्रेमा विरुवा जमाउने हो भने कम्तीमा एक वर्ष पुरानो रोग तथा कीराको जिवाणु र झारपातको बीउ रहित कम्पोष्ट वा २–३ वर्ष काठको बोक्रा कुहाएर बनाएको कम्पोष्ट अथवा नरिवलको जटाबाट बनेको धुलो मधुमास को प्रयोग गर्नु पर्दछ । यदि मधुमासको प्रयोग गर्ने हो भने आधा भाग मधुमासमा आधा भाग रोग तथा कीरा मुक्त गड्यौली मल वा पाकेको कम्पोष्ट प्रयोग गर्दा विरुवाको बृद्धि विकास राम्रो भएको पाइएको छ ।
जग्गा तयारी तथा लगाउने तरीका ः
बाहिर खुलाठाउँमा जमिन तिन चार पटक जोतेर वा खनेर झारपात हटाएर र आवश्यक ठाउँबाट पानी तर्काउने कुलेशो बनाई पानी नजम्ने ब्यवस्था मिलाउनुपर्दछ । सामान्यतया गोलभेंडा खेतीकालागि ४० डोको वा २०००के।जी कम्पोष्ट वा गोठे मल प्रति रोपनी प्रयोग गर्नु पर्दछ । कम उर्बराशक्ति भएको माटोमा प्रांगारिक तथा सूक्ष्म जैविक मलको मात्रा बढाउनु पर्दछ ।
बाहिर खुलाठाउँमा होचो हुने जातको लागि १२० से मी साइजको प्लटमा २० से मी उचाईमा २ हार बेर्ना ६० से।मी को दुरीमा रोप्ने ।
बाहिर खुलाठाउँमा अग्लोहुने जातकोलागि १४० से मी साइजको प्लटमा २० से मी उचाईमा २ हार बेर्ना ६० से।मी को दुरीमा रोप्ने । प्रत्येक प्लट पछि वाटेकोलागी ४०÷५० से।मि। खाली ठाउँ छोडनु पर्दछ । प्लास्टिकको घर भित्र भने १÷१ मि हारमा बेर्ना १मी को दुरीमा रोप्ने ।
तालिम र काँटछाँट
होचो बोट हुने गोलभेंडामा सुरुमा आएका १ फिट उचाई सम्मका मुनाहरूलाई हटाउने र १ मि।अग्लो टेका दिने ।
अग्लो बोट हुने गोलभेंडामा २ मि।अग्लो टेका २—२ मि।को फरकमा गाड्ने र तल्लो भाटा वा डोरी जमिनको सतह भन्दा १५० से।मि। माथी र दोस्रो भाटा वा डोरी जमिनको सतह भन्दा २ मि। माथी दिने ।
अग्लो बोट हुने गोलभेंडामा सुरुदेखि मुख्य काण्डमा ४५से।मी उचाई सम्मका मुनाहरूलाई हटाउने । त्यस पछि २ वटा मुना राखि भाटोको दुबै तर्फ पठाउने र मुख्य काण्डलाई माथि जान दिने । बोट बढ्दै गएपछि तल्लो भागका पहँेला पातहरू हटाई दिनु पर्दछ ।
सिँचाई बाहिर खुलाठाउँमा र पाखो बारीमा बर्षायाममा गोलभेंडा खेती गरिएको छ भने सिंचाईको आवश्यकता पर्दैन तर माटोमा चिस्यानको मात्रा कम छ भने सिंचाई दिन जरुरी हुन्छ । प्लास्टिक घर भित्र पनि आवश्यकता हेरी सिंचाई गर्नु पर्दछ । यसको लागि हाल बजारमा उपलब्ध थोपा सिंचाइ प्रयोग गर्दा बेस हुन्छ ।
गोलभेंडामा झार नियन्त्रण
झारको प्रकोप हेरी २— ३ पटक सम्म झार उखेल्नु पर्दछ ।
गोलभेंडाकोवेर्ना सारेको २०—२५दिनमा र ४०—४५दिनमा गोडमेल गर्ने र गोडमेल गर्दा हल्का उकेरा दिन जरुरी हुन्छ ।
गोड मेलको दुबै समयमा र प्रत्येक पटक फल टिप्दा सिफारिस अनुसार मलखाद दिनुपर्दछ ।
बाहिर खुलाठाउँमा गोलभेंडा ले पानी जमेको सहन सक्दैन, २० से।मी। उच्च डयाङ्उठाई जात अनुसार एक डेढ मिटर चौडा प्लटमा गोलभेंडा लगाई निकासको राम्रो व्यबस्था मिलाउन सकिन्छ ।
गोलभेडामा लाग्ने मुख्य किराहरुः
१।गोलभेडा फलको गवारो
हुर्केका लाभ्रेले फुल, कोपिला, चिचिलि र फल खान्छन।फलहरुमा प्वाल पनि पार्दछन।जसले गर्दा खेतीमा नोक्सान हुन पुग्छ।
व्यवस्थापनः
– सोलानेसी परिवारका बालि९आलु, क्याप्सिकम, खुर्सानी, आदि० लगाएका खेतबारीमा गोलभेडा खेती नगर्ने
– किराहरु टिपेर मार्ने
– जैविक विषादी बि।टि १(२ एम एलर१ लिटर पानीमा मिसाएर प्रयोग गर्ने
– Thiodan, Cypermethrin पनि प्रयोग गर्न सकिन्छ।
२। सेतो झिंगा
यस किराले रस चुसेर खाने गर्छ र पातहरु पहेला हुन्छन्।बोटमा फल र फुल कम लाग्ने हुन्छ।
व्यवस्थापनः
– निमजन्य विषादी पानीमा मिसाएर प्रयोग गर्ने
– पहेलो स्टिकि ट्रायापको प्रयोग गर्ने
– रोगर २ एमएलरलिटर पानीमा मिसाएर छर्ने
३।लिफ माईनर
यो किराले पुरै पात सुकाएर खैरो बनाउछ।यसले डाठ, फलमा पनि असर पुराउँछ।
व्यास्थापनः
– गाई(भैसीको पिसाब १ भागमा १० भाग पानी मिसाएर ३(४ दिनको फरकमा छर्कन
– निमजन्य विषादी ३ एमएलरलिटर पानी मा मिसाएर छर्कने
४ लाही
परिचय
यि कीराले बिरुवाको विभिन्न भागबाट रस चुसेर खान्छन् साथै भाइरसजन्य रोगहरू पनि सार्दछन् ।
व्यवस्थापन
-विभिन्न प्रकारका प्राकृतिक शत्रुहरुले लाही कीरालाई नाश गर्दछन् ।जस्तैः स्त्री स्वभावको खपटे, यिनको पहिचान, संरक्षण र उपयोग गर्ने।
-झोलमल वा गहुँत पानी १ः५ को अनुपातमा १, १ हप्ताको फरकमा छर्ने ।
-गहुँको मसिनो पिठो बिहानै शीत नओभाउदै छर्ने वा पानीमा मिसाई स्प्रे गर्ने, पिठो सुके पछि लाही कीराको कमलो शरिर फुटेर कीरा मर्दछन् ।
-निममा आधारित विषादी एजाडिरिक्टिन जस्तैः निम्बिसिडिन, मल्टिनिम ३–५ मिलि प्रति लिटर पानीमा मिसाई छर्ने ।
-दैहिक विषादी डाइमेथोयट वा इमिडाक्लोरोपिड वा ईवामेक्टिन बेन्जोएट जन्य रासायनिक कीटनाशक बिषादीको प्रयोग गर्ने ।