गोलभेंडा खेति प्रविधि

परिचय

गोलभेंडा सोलानेसी परिवार अन्तर्गत पर्ने तरकारी  हो गोलभेंडाको उत्पत्ति दक्षिण अमेरिकाको पेरु, इक्वेडर बोलिभिया क्षेत्रको एण्डिज पर्वतमालामा भएको मानिएको छ। गोलभेंडा न्यानो मौसममा उष्ण, उपोष्ण शितोष्ण हावापानी भएको क्षेत्रमा खेती गरिने तरकारी बाली हो गोलभेंडामा प्रशस्त मात्रामा विभिन्न प्रकारका खनिज पदार्थ, भिटामिन सि, फस्फोरस, क्याल्सियम, सोडियम, पोटासियम लगायत अन्य धेरै तत्वहरु पाईन्छ गोलभेंडामा लाइकोपिन नामक  बुढ्यौली रोक्ने तत्व पाइन्छ गोलभेंडालाई तरकारीको रुपमा तथा सलादको रुपमा प्रयोग गर्नुको साथै यसबाट अचार, केचप, जुस पनि तयार गरेर प्रयोग गर्न सकिन्छ नेपालका प्राय सबै जिल्लाहरुमा गोलभेंडा खेती गरिन्छ गोलभेंडा मौसमी बेमौसमी तथा  उचित ब्यवस्थापन गर्न सकेमा बाह्रै महिना खेती गर्न सकिने भएकोले तरकारीमा यसको ठूलो महत्व

हावापानि

गुणस्तरीय र  राम्रो  उत्पादन लिनको लागि न्यानो र सुख्खा मौसम उपयुक्त हुन्छ । यसले बढी वर्षा र तुषारो सहन सक्दैन । यसको खेतीको लागि २०२४ डि।से। तापक्रम  उपयुक्त मानिएको छ । गोलभेंडाको फल बढ्नका लागि र फल पाक्नका लागि १८२७ डि।से। तापक्रम उपयुक्त हुन्छ । १२ डि।से। भन्दा कम तापक्रमले गोलभेंडाको सबै किसिमको वृद्धि विकासलाई प्रतिकूल असर गर्दछ । दिउँसोको तापक्रम २५ डि।से। र रातको तापक्रम १५२० डि।से। भएमा  राम्रो उत्पादन लिन सकिन्छ भने   तापक्रम लामो समय सम्म ३५ डि।से। भन्दा माथि भएमा  परागसेचनमा असर परी कम फल लाग्दछ ।

माटो

प्रायः सबैजसो माटोमा गोलभेडा खेती गर्न सकिने भएता पनि प्राङ्गरिक बस्तु ९इचनबलष्अ mबततभच० प्रशस्त भएको उर्वर दोमट माटो गोलभेंडा खेतीका लागि उपयुक्त हुन्छ, माटोको पी।एच। ६ देखी ७ भएको,पानी नजम्ने माटो गोलभेडाको लागि उपयुक्त हुन्छ । पि।एच। मान कम भएमा गोलभेंडामा बिषेशगरि क्याल्सियम तत्वको लगायत अन्य ९नाईट्रोजन, फस्फोरस, पोटास, सल्फर, आदि० तत्वहरुको उपलब्धता कम हुन्छ ।

जातहरु

  सृजना

सृजना गोलभेडाको जातिय गुण

-गोलभेंडामा नेपालको पहिलो वर्णसंकर जात,फल रातो मुटू आकारको टुप्पा तिखो भएको हुन्छ

- फलको बोक्रा बाक्लो ९४४।८ मिलिमिटर० हुनुका साथै फलको स्वाद मध्यम अमिलो हुन्छ

- बोटको उचाई ४।५ देखि मिटर सम्म हुन्छ

- बेर्ना सारेको ७५८० दिनमा फल तयार हुन्छ

- देखि १० महिनाको अवधि सम्म फल टिप्न सकिन्छ

-एक फलको तौल ६० देखि ८० ग्राम ९मध्यम० हुन्छ

- ओईलाउने रोग ९ब्याक्टेरीयल वील्ट० सहन सक्ने सहन सक्ने

- मध्य पहाडको ८०० देखी १६०० मिटर तराईको १५० मिटर भन्दा माथिका उर्बर तथा सिंचित क्षेत्रहरुमा उपयुक्त।

- २०६६ सालमा पञ्जीकृत भएको

मनिसा

-अग्लो बिरुवा उचाई २।५ मिटरसम्म हुन सक्छ  त्यसैले बलियो टेका दिनुपर्छ

-बेर्ना सारेको ६० दिनपछि फल तयार हुन्छ तथा ९० देखि १२० दिनमा अधिकतम फल तयार हुन्छ

-एक बिरुवामा १२ के।जी। सम्म फल लाग्ने

-अण्डा आकारको रातो रङ्गको फल

-बाक्लो छाला भएकोले केहि दिनसम्म भण्डारण गर्न सकिन्छ

-एक फलको तौल ८०१०० ग्राम सम्म हुन्छ

-तापक्रम सहन सक्ने

-सुख्खा मौसममा खेती गर्न सकिने,फागुनदेखि चैत्र श्रावणदेखि भाद्रमा मध्य पहाड तथा आश्विनदेखि माघसम्म तराईमा बेर्ना सार्न सकिन्छ।

3पुसा रुबी

-बेर्ना सारेको ६० दिनमा उत्पादन लिन सकिने अगौटे जात हो

-फल पुरा गोलाकार हुदैन मध्यम गहिरो नलीहरु ९क्ष्निजत mभमष्गm ागचचयधक० हुन्छ

-समान रातो फल, एक फलको तौल ५०७५ ग्राम हुन्छ  पात तुलनात्मक रुपमा साँगुरो हुन्छन्

-६०६५ दिनमा फल टिप्न तयार हुन्छ, बीउको मात्रा धेरै हुन्छ

-तराइ, मध्य उच्च पहाडको लागी सिफारिस गरिएको

-२०४६ सालमा उन्मोचित गरिएको

4 रोमा

-बेर्ना सारेको ६५७० दिनमा उत्पादन लिन सकिने  मध्यम जात हो

-फल अण्डाकार, नरम, चिल्लो, समान रुपमा बाक्लो, दुई भाग ९द्यष्(अजबmदभचभम० हुने बीउको मात्रा थोरै भएको हुन्छ

-एक फलको तौल ६०८० ग्राम हुन्छ, पात चौडा आलुको पात जस्तो हुन्छ

-६०६५ दिनमा फल टिप्न तयार हुन्छ

-एकै पटकमा फल्ने हुनाले बोट होचो झाङ्गिने किसिमको हुन्छ

-तराइ, मध्य उच्च पहाडको लागी सिफारिस गरिएको

-२०५१ सालमा उन्मोचित गरिएको

5 अविनास

-एकै पटक फल्ने अथवा छिमलमा फल्ने जातको बिचको बिरुवा १२० से।मी। लामो हुन्छ

-प्रशस्त मात्रामा फुल्ने, फल्ने, १०१२ के।जी। एक बोटमा फल लाग्न सक्ने, एक फलको तौल ८० देखि १०० ग्राम सम्म हुन्छ

-रातो रङ्गको गोलाका फल हुने

-गर्मी तथा पात घुम्रिने रोग सहन सक्ने

-६०६५ दिनमा प्रथम उत्पादन लिन सकिन्छ तथा ९०१२० दिनमा अधिकतम उत्पादन हुन्छ

-सुख्खा माटो तथा सुख्खा समयमा राम्रो हुन्छ तर बर्षा समयमा राम्रो हुदैन श्रावणदेखि भाद्रमा मध्य पहाड तथा आश्विन देखि माघसम्म तराईमा बेर्ना सार्न उपयुक्त हुन्छ

6 एन। एस।८१५

-छोटो बिरुवा, ९० से।मी। सम्म अग्लो हुन्छ

-धेरै हांगाहरु हुन्छन् पटकसम्म धेरै फुल लाग्छ

-गर्मी सहन सक्ने

-गोलोदेखि अण्डाकार रातो फल, एक फलको तौल ७०९० ग्राम हुन्छ

-राम्रो फल्छ, के।जी। प्रतिबोट मे।टन प्रति रोपनी

-५०६० दिनमा फल टिप्न तयार हुन्छ , तर ८० देखि ९० दिनमा बढी फल लिन सकिन्छ

-बाक्लो छाला भएकोले भण्डारण धेरै दिनसम्म गर्न सकिन्छ  तथा टाढा बजारको लागी उपयुक्त

-माघदेखि बैशाख, मध्य आषाढदेखि भाद्र पहिलो हप्तासम्म मध्य पहाड तथा आश्विन देखि माघ सम्म तराईमा रोप्न सकिन्छ

7 एन। एस। ८१२

-छोटो बिरुवा, ९० से।मी। सम्म अग्लो हुन्छ

-हांगाहरु ठीकै संख्यामा पटक फुल्ने

-गर्मी सहन सक्ने, अण्डाकार रातो रङ्गको फल, प्रति फल ७०९० ग्राम तौल हुने

-प्रति बोट के। जी। फल्ने

-५५ दिनमा फल तयार, अधिकतम उत्पादन ८०९० दिनमा

-माधदेखि बैशाख आषाढ दोश्रो हप्तादेखि भाद्रको दोस्रो हप्तासम्म मध्य पहाडमा तथा आश्विन देखि  माघसम्म तराईमा बेर्ना सार्न सकिन्छ

8 सुरक्षा

-छोटो बिरुवा ८० से। मी सम्म अग्लो हुने

-हांगाहरु तथा फुलको संख्या ठिकै

-अलि अण्डाकार रातो फल, फलको छाला बाक्लो, तर भण्डारण गुण नराम्रो, फल टिपेको रात मात्र राख्न सकिने

-बेर्ना लगाएको ५५ दिनदेखि फल तयार हुने, प्रतिबोट के।जी। फल्ने

-गर्मी तथा ओइलाउने रोग सहन सक्ने

-मध्य पहाडमा माघदेखि श्रावण तथा भाद्रदेखि माघसम्म बेर्ना सार्न सकिने

9 टि५९७५

-बोट १०० से। मी। सम्म अग्लो हुने

-धेरै हांगा आउने पटक सम्म फुल्ने

-गर्मी, पात तथा फलमा लाग्ने धेरै रोग सहन सक्ने

-अलि अलि अण्डाकार साईजको रातो रङ्गको फल दिन् प्रति बोट के। जी। फल लाग्ने, प्रति फलको तौल ७०९० ग्राम हुने

-छाला राम्रो भण्डारण गुण राम्रो भएको

-माघदेखि बैशाख, मध्य आषाढदेखि शुरु भाद्रसम्म मध्य पहाड तथा आश्विन देखि पौषसम्म तराईमा बेर्ना सार्न सकिन्छ

वीउ दर

एक रोपनी जग्गाको लागि देखि ग्राम वीउको आवश्यकता पर्दछ ९एक ग्राम राम्रो उमारशक्ति भएको वीउबाट सरदर १५० देखी सय बेर्ना उत्पादन हुन्छ

वेर्ना जमाउने तरिका

गोलभेडा नर्सरीमा बेर्ना जमाएर रोपिन्छ जमिनमा नर्सरी राख्ने हो भने सकभर कुनै तरकारी बालीको खेती नगरेको माटोमा नर्सरी राख्दा राम्रो हुन्छ नर्सरी मिटर चौडा आबश्यकताअनुसार लम्बाईको बनाउन सकिन्छ नर्सरी राख्दा प्रायः ब्याडमा राख्ने चलन भएतापनि स्वस्थ बलियो बेर्ना उत्पादनको लागि प्लाष्टिकको थैलो वा बजारमा उपलब्ध सेल ट्रेरप्लग ट्रेमा राख्नुपर्छ इञ्च लम्बाई इञ्च चौडा प्लाष्टिकको थैलो तयार गरी पानी तर्कने वटा प्वाल पार्ने भाग जंगलबाट ल्याईएको माटो वा पोखरीको पिँधको माटो९अथवा निर्मलीकरण गरेको माटो भाग, राम्ररी पाकेको मल भाग भाग बालुवाको मिश्रणले थैलो भर्ने० ९बालुवा मिसिएको माटो भएमा बालुवा नराख्ने० से।मि। जति गहिराइमा एकएक वटा वीउ राख्ने वीउलाई माटो वा राम्ररी पाकेको कम्पोष्ट वा वालुवाले छोप्नुपर्छ हजारीको सहायताले माटोमा चिस्यानको अबस्था बिचार गरी बेला बेलामा हजारीबाट हल्का सिंचाई गर्नु पर्दछ बीउलाई भाग झोल मलमा भाग पानी हालेर घण्टा भिजाउँदा जराको वृद्धि विकासमा सहयोग पुर्याउँछ यदि सेल ट्रेरप्लग ट्रेमा विरुवा जमाउने हो भने कम्तीमा एक वर्ष पुरानो रोग तथा कीराको जिवाणु झारपातको बीउ रहित कम्पोष्ट वा वर्ष काठको बोक्रा कुहाएर बनाएको कम्पोष्ट अथवा नरिवलको जटाबाट बनेको धुलो मधुमास को प्रयोग गर्नु पर्दछ यदि मधुमासको प्रयोग  गर्ने हो भने आधा भाग मधुमासमा आधा भाग रोग तथा कीरा मुक्त गड्यौली मल वा पाकेको कम्पोष्ट प्रयोग गर्दा विरुवाको बृद्धि विकास राम्रो भएको पाइएको

जग्गा तयारी तथा लगाउने तरीका

बाहिर खुलाठाउँमा जमिन तिन चार पटक जोतेर वा खनेर झारपात हटाएर आवश्यक ठाउँबाट पानी तर्काउने कुलेशो बनाई पानी नजम्ने ब्यवस्था मिलाउनुपर्दछ सामान्यतया गोलभेंडा खेतीकालागि ४० डोको वा २०००के।जी कम्पोष्ट वा गोठे मल प्रति रोपनी प्रयोग गर्नु पर्दछ कम उर्बराशक्ति भएको माटोमा प्रांगारिक तथा सूक्ष्म जैविक मलको मात्रा बढाउनु पर्दछ

बाहिर खुलाठाउँमा होचो हुने जातको लागि १२० से मी साइजको प्लटमा २० से मी उचाईमा हार बेर्ना ६० से।मी को दुरीमा रोप्ने

बाहिर खुलाठाउँमा अग्लोहुने जातकोलागि १४० से मी साइजको प्लटमा २० से मी उचाईमा हार बेर्ना ६० से।मी को दुरीमा रोप्ने प्रत्येक प्लट पछि वाटेकोलागी ४०÷५० से।मि। खाली ठाउँ छोडनु पर्दछ प्लास्टिकको घर भित्र भने ÷ मि हारमा बेर्ना १मी को दुरीमा रोप्ने

 

तालिम काँटछाँट

होचो बोट हुने गोलभेंडामा सुरुमा आएका फिट उचाई सम्मका मुनाहरूलाई हटाउने मि।अग्लो टेका दिने

अग्लो बोट हुने गोलभेंडामा मि।अग्लो टेका मि।को फरकमा गाड्ने तल्लो भाटा वा डोरी जमिनको सतह भन्दा १५० से।मि। माथी दोस्रो भाटा वा डोरी जमिनको सतह भन्दा मि। माथी दिने

अग्लो बोट हुने गोलभेंडामा सुरुदेखि मुख्य काण्डमा ४५से।मी उचाई सम्मका मुनाहरूलाई हटाउने त्यस पछि वटा मुना राखि भाटोको दुबै तर्फ पठाउने मुख्य काण्डलाई माथि जान दिने बोट बढ्दै गएपछि तल्लो भागका पहँेला पातहरू हटाई दिनु पर्दछ

 

सिँचाई बाहिर खुलाठाउँमा पाखो बारीमा बर्षायाममा गोलभेंडा खेती गरिएको भने सिंचाईको आवश्यकता पर्दैन तर माटोमा चिस्यानको मात्रा कम भने सिंचाई दिन जरुरी हुन्छ प्लास्टिक घर भित्र पनि आवश्यकता हेरी सिंचाई गर्नु पर्दछ यसको लागि हाल बजारमा उपलब्ध थोपा सिंचाइ प्रयोग गर्दा बेस हुन्छ

 

गोलभेंडामा झार नियन्त्रण

झारको प्रकोप हेरी पटक सम्म झार उखेल्नु पर्दछ

गोलभेंडाकोवेर्ना सारेको २०२५दिनमा ४०४५दिनमा गोडमेल गर्ने गोडमेल गर्दा हल्का उकेरा दिन जरुरी हुन्छ

गोड मेलको दुबै समयमा प्रत्येक पटक फल टिप्दा सिफारिस अनुसार मलखाद दिनुपर्दछ

बाहिर खुलाठाउँमा गोलभेंडा ले पानी जमेको सहन सक्दैन, २० से।मी। उच्च डयाङ्उठाई जात अनुसार एक डेढ मिटर चौडा प्लटमा गोलभेंडा लगाई निकासको राम्रो व्यबस्था मिलाउन सकिन्छ

गोलभेडामा लाग्ने मुख्य किराहरुः

 

१।गोलभेडा फलको गवारो

 

   हुर्केका लाभ्रेले फुल, कोपिला, चिचिलि फल खान्छन।फलहरुमा प्वाल पनि पार्दछन।जसले गर्दा खेतीमा नोक्सान हुन पुग्छ।

 

व्यवस्थापनः

सोलानेसी परिवारका बालि९आलु, क्याप्सिकम, खुर्सानी, आदि० लगाएका खेतबारीमा गोलभेडा खेती नगर्ने

किराहरु टिपेर मार्ने

जैविक विषादी बि।टि ( एम एलर१ लिटर पानीमा मिसाएर प्रयोग गर्ने

– Thiodan, Cypermethrin पनि प्रयोग गर्न सकिन्छ।

 

२। सेतो झिंगा

 

  यस किराले रस चुसेर खाने गर्छ पातहरु पहेला हुन्छन्।बोटमा फल फुल कम लाग्ने हुन्छ।

व्यवस्थापनः

निमजन्य विषादी पानीमा मिसाएर प्रयोग गर्ने

पहेलो स्टिकि ट्रायापको प्रयोग गर्ने

रोगर एमएलरलिटर पानीमा मिसाएर छर्ने

३।लिफ माईनर

 

      यो किराले पुरै पात सुकाएर खैरो बनाउछ।यसले डाठ, फलमा पनि असर पुराउँछ।

व्यास्थापनः

गाई(भैसीको पिसाब भागमा १० भाग पानी मिसाएर ( दिनको फरकमा छर्कन

निमजन्य विषादी एमएलरलिटर पानी मा मिसाएर छर्कने

लाही

परिचय

यि कीराले बिरुवाको विभिन्न भागबाट रस चुसेर खान्छन् साथै भाइरसजन्य रोगहरू पनि सार्दछन्

व्यवस्थापन

-विभिन्न प्रकारका प्राकृतिक शत्रुहरुले लाही कीरालाई नाश गर्दछन् ।जस्तैः स्त्री स्वभावको खपटे, यिनको पहिचान, संरक्षण उपयोग गर्ने।

-झोलमल वा गहुँत पानी १ः५ को अनुपातमा , हप्ताको फरकमा छर्ने

-गहुँको मसिनो पिठो बिहानै शीत नओभाउदै छर्ने वा पानीमा मिसाई स्प्रे गर्ने, पिठो सुके पछि लाही कीराको कमलो शरिर फुटेर कीरा मर्दछन्

-निममा आधारित विषादी एजाडिरिक्टिन जस्तैः निम्बिसिडिन, मल्टिनिम मिलि प्रति लिटर पानीमा मिसाई छर्ने

-दैहिक विषादी डाइमेथोयट वा इमिडाक्लोरोपिड वा ईवामेक्टिन बेन्जोएट जन्य रासायनिक कीटनाशक बिषादीको प्रयोग गर्ने