तनेबोडी

परिचय

तनेबोडी कोशेबाली समूहको लहरे तरकारी बाली हो । यसको कोशााको लम्वाई जात अनुसार ४०/८० से।मीसम्म हुन्छ । यो तनेबोडी तरकारी र सलादतको रुपमा समेत प्रयोग गरिन्छ । यसमा प्रोटिन र भिटामिन प्रशस्त मात्रामा पाइन्छ भने यसको खेतीले माटोको उर्वराशक्ति बढाउँछ ।

हावापानीःयो बालीले वढी तापक्रम सहन सक्दछ उपयुत्त तापकं्रम १८३२ डी. से. हो यसले छहारी सहन सक्छ

माटोःपानी नजम्ने कम मलिलो माटोमा पनि खेती गर्न सकिन्छ यो वाली अम्लीय प्रकारको माटोमा पनि खेती गर्न सकिनछ तर क्षारीय माटोमा यो फस्टाउदैन

जातहरू तथा बीउ दरः

 खुमल तने (रातो) सर्लाही तने (कालो), प्रमुख दुई प्रचलित जात हुन् के.जी. प्रति रोपनी बीउको आवश्यकता पर्दछ

जमिन तयारीःशुरुमा २०३० से.मी. गहिरो हुने गरी जोती तयसपछि पुनः हल्का जोतेर जमिन तयार गर्नु पर्दछ ।वलौटे माटोमा एकै पटक जोतेर कुलेसो वनाई बाली लगाउन सकिन्छ

जग्गा तयारी, मलखाद, लगाउने समय, थाँक्रो दिनेः

 राम्ररी ÷ पटक खनजोत गरी डल्ला फोर्ने पानी नजम्ने गरी दोमट माटोमा यसको खेती राम्रो हुन्छ २०२५ डोको राम्ररी कुहिएको गोठे मल अथवा कम्पोस्ट मल, के.जी. युरिया, के.जी. डी..पी. के.जी. पोटास प्रति रोपनीका दरले जग्गा खनजोत गर्दा राम्ररी माटोमा मिलाउनुपर्छ यो पनि कोसे बाली भएकाले यसले ब्याक्टेरियाको सहायताबाट जरामा नाइट्रोजन जम्मा गर्छ त्यसैले नाइट्रोजनयुक्त मलले भने टपड्रेस गरिरहनु पर्दैन यसको लगाउने समय तरिका घिउ सिमीकै जस्तो हुन्छ तनेबोडीपनि घिउ सिमीजस्तै लहरे बाली भएकोले थाँक्रो दिनुपर्छ

 

 सिंचाइ गोडमेलः

 बीउ छर्नुभन्दा पहिले राम्ररी पानी पटाउनुपर्छ प्रशस्त चिस्यान छँदै बीउ रोप्नुपर्छ त्यसपछि आवश्यकतानुसार सिंचाइ गर्दै जानुपर्छ झारपात उम्रेपछि कुटो अथवा खुर्पीले राम्ररी खनेर गोड्नुपर्छ

 बाली लिनेतथा उत्पादनः

 बीउ रोपेको ६०७० दिनमा हरियो कोसा टिप्न तयार हुन्छ प्रति रोपनी सरदर २०० देखि ४०० के.जी. हरियो कोसा उत्पादन हुन्छ यसमा

बाली संरक्षण

कीरामा मुख्यत  लाही कीरा लाग्छ यो कीराले विरुवाको पात डाँठबाट रस चुस्छ पातमा कालो ढूसी जम्मा भएको देखिन्छ

यस्तै सूर्तिको पात खाने लाभ्रे पनि लाग्न सक्छ लार्भाले कलिलो पात खान्छ भने बयस्क कीराले पात डाँठ खाई नोक्सान पु¥याउँछ 

यसलाई नियन्त्रण गर्न कीराको फुल लार्भालाई नष्ट गर्ने, निमयुक्त बिषादी मि।लि।प्रति लिटर पानीमा घोलेर विरुवामा छर्ने वा सर्वो तेल १० मि।लि। प्रति लिटर पानीमा घोलेर छर्ने

रोगमा मुख्यत डाउनी मिल्ड्यु सिन्दुरे रोग लाग्दछ 

रोगको नियन्त्रण गर्न सिफारिस गरिएको रोग निरोधक जातहरु लगाउने