सुयमुखी खेति प्रविधि

परिचय

सूर्यमूखी एक महत्वपूर्ण तेलहनबाली हो तेलहनबालीमा विश्वमा यसको चौथो स्थान यसको उत्पति स्थल दक्षिण अमेरिका तथा मेक्सिको मानिएको अमेरिकाबाट स्पेन १६ औँ शताब्दीमा, स्पेनबाट इंग्ल्यान्ड इंग्ल्यान्डबाट रुस तथा भारत १९ औँ शताब्दीमा आएको हो नेपालमा तेलहन बालीको कूल ,१४,८३५ हेक्टर क्षेत्रफल मध्ये यसको खेती १५६० हेक्टर जग्गामा गरिन्छ, उत्पादन १९२८ मे।ट। उत्पादकत्व १२३६ किरहे रहेको ९कृषि मन्त्रालय २०११० स्वास्थ्य प्रति जनचेतना बढेकाले भविष्यमा नेपालमा यो खेतीको क्षेत्रफल बढ्ने सम्भावना यसको क्षेत्रफल नबढ्नुका कारणहरुमा देशमा तेल प्रसोधन उद्योगको कमी, सिंचाइको कमी, तेलको महत्व आम जनतामा ज्ञात नहुनु, सुगाको प्रकोप आदि हुन्

जात

मोडर्न ड्वार्फ स् हाचो, बोट १।५ मिटर सम्म अग्लो, १०० दिनमै तयार हुने सरदर १।५ मे।ट। उत्पादन दिने आदि यस जातका विशेषता हुन् हाल कम्पोजिट जात मध्ये यो जात सबभन्दा उत्तम देखिएको हाल तेलबाली कार्यक्रममा मोडर्नड्वार्फ लगाएको मिश्रित बोट मध्येबाट हाचो राम्रो, रोग कमलागेकोे बोट छानिएर बढि उत्पादन दिने बोटको उचाई एकनाशको हुने गरी जातिय सुधार गरिएको

हाइब्रिड जाहरु

विभिन्न हाइब्रिड जातहरु पनि भारत तथा अन्य देशबाट ल्याइ पहिले देखिनै फाटफुट नेपालमा खेती गरिदै आएको कम्पोजिट जात भन्दा यसको उत्पादन दोब्बर हुन्छ तर प्रत्येक वर्ष बिउ फेर्नूपर्ने बाहिरबाट आयात गर्दा धोखामा पर्ने समस्या हुन्छ

माटो

हल्का दोमट माटो, पानीको निकासको व्यवस्था भएको ठाउँमा यसको खेती राम्रो हुन्छ गर्मी मौसममा मध्यम तथा खाला जमिनमा पनि यसको खेती गर्न सकिन्छ तर पानीको निकास राम्रो हुनु पर्दछ पि।एच मान ६।५८।५ भएको गहिरो माटोमा यसको खेती राम्रो संग सप्रिन्छ वर्षौ सम्म सूर्यमूखी एउटै माटोमा लगाउनु हुदैँन २र३ वर्षमा बाली फेरबदल गर्दै जानुपर्दछ

रोप्ने समय तरिका

सूर्यमूखी वर्षको जुनसुकै मौसममा रोप्न सकिन्छ तापनि तराई क्षेत्रमा हालमा गरेको परिक्षणमा सूर्यमूखी मोडर्नड्वार्फ तथा हाइब्रिड एसएच ३३२२ असोजको दास्रो हप्ता देखि कार्तिकको पहिलो हप्तामा लगाउदा उत्पादन १।५ मे।ट।रहे। पाइएको तथा डढुवा रोगकोे प्रकोप कम हुन्छ बसन्त ऋतुमा माघको दोस्रो फाल्गुणको पहिलो साता सम्ममा रोप्दा मोडर्न ड्वार्फको उत्पादन राम्रो भएको पाइएको तर सिंचाइको व्यवस्था हुन आवश्यक हुन्छ फूल फूल्नेबेला तापक्रम ३८ डि।से। वा सोे भन्दा माथी भएमा दाना बन्न प्रतिकुल असर पर्न गई उत्पादन कम हुन्छ पाखो जग्गामा वर्षा मौसममा जेष्ठअषाढमा लगाउन सकिन्छ रोप्ने समयमा माटो सुख्खा भएमा बिउ १२ घण्टा पानीमा भिजाउने ३र४ घण्टा छायाँमा सुकाएर रोप्नाले राम्रो संग उम्रन्छ वर्षामा लगाएको सूर्यमूखी वसन्तमा हिउंदमा लगाएको भन्दा चाँडो तयार हुन्छ तर हिउंदमा लगाएको सूर्यमूखीमा लिनोलेइक एसिडको मात्रा बढी हुन्छ

बिउदर

बिउको मात्रा बीउको आकार तथा मौसममा भर पर्दछ हाइब्रिड जात ( किलो तथा अन्य कम्पोजिट जात १०(१२ किलो रहेक्टर लाग्दछ ८०५ उमार शक्ति भएको बिउ लगाउन उपयुक्त हुन्छ रोप्ने गहिराइ माटोको किसिम तथा चिस्यान अनुसार से।मी। हुनुपर्दछ माटोको चिस्यान अनुसार बिउ १० दिनमा उम्रन्छ

बिउ उपचार

सूर्यमूखी बिउलाई ( ग्राम क्यापटान वा थिरामले प्रति किलो बिउलाई उपचार गर्नाले बिउबाट उत्पन्न्न हुने रोग नियन्त्रण हुन्छ डाउनी मिल्ड्यु रोेग लाग्ने ठाउँमा क्रिलोस्किल ग्राम प्रति किलो, बिउको दरले उपचार गर्नाले नियन्त्रण हुन्छ बाली स्याहारे पछि तुरन्त ताजा बिउ लगाउन परेमा इथरेल झोलमा घण्टा भिजाएमा सुसूप्तावस्था ९म्यचmबलअथ० तोडिन्छ

लगाउने दुरी तथा बिरुवा सङ्ख्या

लाइनको दुरी ६० से।मि। फरक पारी लगातार बिउ खसाल्ने रापेको १५ दिनपछि २०३० से ।मि। मा बेडाउने उत्पादन माटोको मलिलोपन तथा प्रति हेक्टर बिरुवाको सङ्ख्यामा भर पर्दछ एक हेक्टरमा ५५००० बिरुवा भएमा राम्रो हुन्छ यसका लागि ६० से।मि। लाइनको ३० से।मि। बोट देखिको बोटको दुरीमा राख्नु पर्दछ

मलखाद

एक हेक्टरमा २४ क्विन्टल उत्पादन दिने बालीले माटोबाट ११४ किलो नाइट्रोजन, २६ किलो फसफोरस, १४१ किलो पोटासियम, १७ किलो सल्फर, ४१ किलो क्याल्सियम लिएको रिपोर्ट अनुसन्धानबाट पाइएको त्यसैले सूर्यमूखीबाट राम्रो उत्पादन लिन सन्तुलित रुपमा मलखाद राख्नु पर्दछ कुहेको गोबर मल १० मे।ट।, डि।ए।पि १२५ किलो, यु्रिया १३० किलो, बोेरेक्स किलो प्रति हेक्टर राख्नु पर्दछ सूर्यमूखीको तेलको मात्रा बढाउन सल्फरको आवश्यकता पर्दछ डि।ए।पि। को सट्टा सिंगल सुपर फोसफेट प्रयोग गर्न सकेमा तेलको मात्रा बढी हुन्छ

झार नियन्त्रण

बालीको सुरुको अवस्थामा ४५ दिनभित्र झार नियन्त्रण गर्नुपर्दछ रोपेको २० तथा ४० दिनमा झार नियन्त्रण गर्नाले उत्पादन राम्रो हुन्छ पेन्डिमिथालिन नामक झार नाशक विषादी मि।लीरलिटर पानीमा मिसाइ बिउ छरेको दिन भित्र छरेमा झार नियन्त्रण हुन्छ तर झार नाशक औषधि छर्दा माटोको माथिल्लो तहमा प्रशस्त मात्रामा चिस्यान हुनु आवश्यक हुन्छ चिस्यान कम भएमा झार पुरा मर्दैन

माटो चढाउने तथा उप्केरा दिने

बोट वृद्धि राम्रो गराउन ढल्नबाट बचाउन दोस्रो पटक गोडमेल गर्दा १५र२० से।मि। माटो चढाउनु पर्दछ यसले हावा हुरीबाट बोट ढल्नबाट बचाउँछ

सिंचाइ

माघ फाल्गुणमा लगाएको बालीमा माटोको चिस्यान माटोको किसिम हेरि पटक सम्म सिंचाइ दिनुपर्दछ रोपेको २०, ४० ६० दिनमा सिंचाइ भए पुग्छ पछिल्लो सिंचाइ गर्दा हावा नलाग्ने मौका पारी गर्नुपर्दछ अन्यथा बाली ढल्न सक्छ

बेजात छनौट

पछि फूलेको, कमजोर बढी अग्लो बिरुवा बिउको लागि खेती गरिएका बालीबाट हटाउनु पर्दछ

परागसेचन क्रिया

सूर्यमूखी परपरागसेचन हुने बाली हो त्यसैले उचित मात्रामा माहूरी वा अन्य किराको सहयोगबाट परागसेचन हुन आवश्यक हुन्छ माहूरीको क्रियाकलाप कम भएको ठाउँमा फूलफूल्ने बेलामा हातमा कपडा बाँधी बिहान ११ बजेको बिचमा हल्का मोसार्नु पर्दछ प्लटको छेउमा माहूरी पालन गर्दा मह तथा सूर्यमूखीको उत्पादन बढ्छ

चरा नियन्त्रण

दाना लाग्ने बेलामा चराको प्रकोप बिहान बेलुका बढि हुन्छ करिब एक महिनासम्म चरा धपाउने काममा सक्रिय भइ लाल्नु पर्दछ

रोग तथा किरा नियन्त्रण

पात डढुवा रोग स्

यो रोग लागेमा बोटको तल्लो पातमा गाढा देखि कालो गोलाकार अथवा अण्डाकार थोप्लाहरु देखिन्छ थोप्लाहरु पहेंलो अथवा मरेको क्षेत्रले घेरिएको हुन्छ जसको मध्यमा खैरो, सेतो मरेको जस्तो हुन्छ रोग तल्लो पातबाट माथिल्लो पातमा बढ्दै जान्छन् ओइलाउँदै जान्छन्, डाँठमा पछि थोप्लाहरु गाढा धर्सा जस्ता हुन्छन् पछि लाम्चो हुँदै जान्छन् डाँठ कालो भएर भाचिन्छन् हावामा आद्र्रता बढि भएमा यो रोग बढी लाग्दछ नियन्त्रण गर्न रोग देखिना साथ ३०, ४० ५० औँ दिनमा डाइथेन एम ४५ रोग विषादी ग्रामरलिटर पानीमा मिसाई छर्नाले रोग नियन्त्रण हुन्छ उत्पादन बढी हुन्छ बाली चक्र अपनाउने, गर्मी मौसममा गहिरो जोताइ गर्दा यो रोग नियन्त्रण हुन्छ

थुंगा कुहिने रोग

रोग लागेमा थुंगाको रंग खैरो हुन्छ पछि खैरो रंगको ढुसीको विकास हुन्छ थुंगाको पछाडी कुनै आकार नभएको पानीले भिजेको जस्तो थोप्ला देखिन्छ थोप्लाहरु खैरो, नरम भई गलेको हुन्छ फुल फूल्नेबेला झरी ९सिमसिम० पानी पर्दा यो रोगको प्रकोप बढी हुन्छ रोग बढी लागेमा दाना मसिनो हलुंगो भइ उत्पादनमा कमी आउँछ अत्यधिक रोग लागेमा थुंगा पूरै गलेर नष्ट हुन्छ, दाना खाँदा तितो स्वादको हुन्छ तथा तेलको मात्रा घट्न जान्छ गेडा कालो धुलो ढिकामा बद्लिन्छ

नियन्त्रण

झुसिल किरा नियन्त्रण गरेर रोगको प्रकोप कम गर्न सकिन्छ थुंगा निस्कने बेला फोलोथियन ०।१५ अथवा थायमेट ०।२ मिलाएर छरेमा रोग नियन्त्रण हुन्छ

बाली स्याहार्ने

सूर्यमूखीको थुंगाको पछाडीको भाग कागती रंगको पहेंलो पात पनि पहेंलो भएपछी बाली तयार भएको बुझ्नु पर्दछ बाली स्याहार्न ढिलो भएमा चरा, मुसाबाट नोक्सान भई उत्पादन घट्न जान्छ थुंगा टिपेपछि दिन घाममा सुकाइ लौरोले अथवा मेसिनले थुंगाबाट बिउ निकाली ३र४ घाम सुकाएर १० चिस्यानमा गोदाममा राख्दा घुन किरा तथा ढुसीबाट नोक्सान हुदैंन राम्रो। संग नसुकाएमा बिउको उमार शक्ति कम हुन्छ तेल खानमा पनि तितो हुन्छ

उत्पादन

राम्रो संग खेती गर्दा ३० क्विन्टल प्रति हेक्टर उत्पादन लिन सकिन्छ

सूर्यमूखीको तेल निकाल्ने तरिका

सूर्यमूखीको दानामा पाइने ५३ तेल मध्ये ३५४०५ तेल तोरी पेल्ने मिलबाट निम्न बमोजिम कार्यगरी निकाल्न सकिन्छ

१। सूर्यमूखी धोएर राम्ररी सुकाउने, तोरी पेल्ने मिलमा तोरी भन्दा बढी स्पेलर कसेर पेल्ने, यसो गर्दा कम्तिमा ३५ तेल पाइन्छ

२। सूर्यमूखी घाममा सुकाउने, तत्कालै हल्का जातोमा पिसेर बोक्रा निकाल्ने यसो गर्दा करिब तिहाइ बोक्रा घट्छ अनि नम्बर मा गरे जस्तै गरी पेल्ने यसो गर्दा बोक्रा निकाल्ने पछिको तौलको ५० भन्दा बढी तेल पाइन्छ