भटमास खेति प्रविधि

परिचय

भटमास  न्थिअष्लभ mबह ी। ःभककष्एिक महत्वपुर्ण वर्षे दलहन बाली हो । नेपालमा यसको उत्पादकत्व १।२५ टन प्रति हेक्टर । यो बालीले जम्मा दलहन बालीको ८५  क्षेत्रफलमा र ८५ उत्पादनमा हिस्सा राख्दछ ।यसको खेती मुख्यगरी नेपालको मध्य पहाड, उपत्यका, टार तथा वेसी क्षेत्रमा गरिन्छ । हाल यो बाली तराई तथा भित्री मधेशमा पनि फैलिदैं छ । तथ्यांक केलाउदा यो बालीले मध्य पहाड तथा उपत्यकामा अधिक क्षेत्र ओगटेको पाइन्छ । पोल्ट्री फिड तथा खाद्य उद्योगमा भटमासको दाना बनाउन तथा खाद्यान्न परिकार दालमोट आदि बनाउन तराई र भित्रि मधेशमा यसको विशेष माग छ । हाल यसको आपुर्ति ब्राजिल, अर्जेन्टिना, इथोपिया, भारत बाट अबौै रुपैंयाको आयत भइरहेको छ ।भटमास खेती समुन्द्र सतहदेखि पाँच सयदेखि दुई हजार मिटरको उचाईमा सफलतापुर्वक गर्न सकिन्छ । भटमास पाखोबारीमा मकैसँग मिश्रित वा अन्तरबाली प्रणालीको रुपमा वा एक्लो भटमास बालीको रुपमा लगाइन्छ भने धान खेती गर्ने जग्गामा आलीमा लगाउने प्रचलन छ । कोसेबाली अनुसन्धानले गरेको विभिन्न परिक्षणबाट चांडै पाक्ने, धेरै उत्पादन दिने, प्रोटिन वा चिल्लो पदार्थ घनिभूत पाइने नयां प्रजातिको विकास, पहेंलो छिरवीरे रोग तथा किरा सहन सक्ने जातको विकास भएको र जलवायु परिवर्तन अनुकुलन प्रविधि विकासको लागि अनुसन्धान कार्य जारी रहेको छ ।

 

हावापानी र माटो

भटमास खेती तराईदेखि मध्य पहाडसम्म उपोष्ण हावापानी भएको ३० देखि ३५ डिग्री सेन्टीग्रेट तापक्रम भएको ठाउँ उपयुक्त हुन्छ । भटमासको बीउ अन्कुरणको लागि माटोको तापमान १० देखि १५ डिग्री सेन्टीग्रेट भन्दा बढी तापक्रम आवश्यकता पर्दछ । मकै खेती राम्रो हुने जुनसुकै ठाउंमा पनि भटमास खेती गर्न सकिने भएकोले नेपालको उच्च हिमाली भाग बाहेक सबै ठाउँमा यसको खेती गर्न सकिन्छ । बोट वृद्धिको लागि २० देखि २५ डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिएको छ । कोसा पाक्ने बेलामा पानी परेमा यस बालीलाई हानिकारक हुन्छ । पानी नजम्ने दोमट माटो यस बालीको लागि राम्रो मानिन्छ । अरु बाली भन्दा यो बाली रुखो र अम्लीय माटो वा कम पी।एच।भएको माटोमा पनि लगाउन सकिन्छ । तर लगातार त्यसै जमीनमा लगाउंदा अम्लियपन बढी हुन गई बोट राम्रो नफस्टाउने भएकोले बाली चक्र प्रणाली अपनाउनु पर्ने हुन्छ । माटोको पी।एच। ६ देखि ७।५ हुन जरुरी छ । माटोको अम्लियपन बढी भएमा ५ सय के।जी। प्रति हेक्टरको दरले कृषि चुन हाल्नु पर्दछ ।

 

जग्गा छनोट

भटमासको बीउ वृद्धिको लागि जग्गा छनौट गर्दा जग्गा सकभर समतल परेको, मलिलोपन पर्याप्त भएको सजिलै पानीको निकास हुन सक्ने तथा हानीकारक झारपातहरुको प्रकोप नभएको जग्गा छनोट गर्नुपर्छ । बीउ उत्पादन गर्ने हो भने अघिल्लो वर्षमा भटमास बाली नलगाएको जग्गा छनोट गर्दा राम्रो हुन्छ । भटमास स्वयंम सेचन हुने बाली हँुदा प्रजनन, मूल बीउ तथा प्रमाणित बीउ उत्पादन गर्ने जमिनको न्युनतम पृथकता दुरी ३ मिटर भए पुग्छ । यदि वर्षामा पानी जम्ने समस्या छ भने भटमासलाई डयाङ्ग बनाइ रोप्न सकिन्छ ।

 

जमिनको तयारी

भटमासको लागि साधारणतया मकै लगाउने जग्गा तयारी गरे जस्तै गरिन्छ । यसको लागि जमिनलाई गोरु वा टयाक्टरले तान्ने हलोले १५ पर्दछ । अन्तिम जोताइ पछि राम्रोसँग डल्ला फोरी पाटा लगाई सम्याउनु पर्दछ । मकैँंग अन्तरबाली वा घुसुवा बालीको रुपमा भटमास रोप्दा मकै भॉच्नुभन्दा १५२० दिन अगावै मकै बाली भित्रको झारपात हटाई कुटो कोदालोले खनजोत गरी रोप्नु पर्दछ ।

 

जातहरु

हिल, हार्डी , रेन्सम, सेती , तरकारी भटमास १, लुम्ले भटमास १ पुजा आदि हुन ।

 

बीउ उपचार

बीउ रोप्नुभन्दा अगाडि बीउबाट उत्पन्न हुने ढुसीजन्य रोग, भाईरस तथा ब्याक्टेरिया नियन्त्रणको लागि थिराम, वा वेभिष्टिन ५० प्रतिशत डव्लु।पी। ३ ग्राम प्रति के।जी। बीउको दरले राम्ररी मोलेर उपचार गरी छर्नु  पर्दछ । जैविक मलले वीउ उपचार गर्नु छ भने राइजोजियम जापोनिकम ९च्जष्शयदष्गm वबउयलष्अगm० नामक रोपण ९ स्ट्रेन ० ८०० ग्रा।प्रति ६० के।जी। बीउको दरले उपचार गर्नु पर्दछ । राईजोवियमले उपचार गरेको  बीउलाई ढुसीनासक विषादीले उपचार गर्नु हुँदैन ।

बाली लगाउने समय

भटमास लगाउने उपयुक्त समय पहाडी क्षेत्रमा वैशाखदेखि जेठ महिना भरि रोपी सक्नु पर्छ र तराई तथा भित्री मधेशमा जेठ १५ देखि आषाढ अन्तिम हप्तासम्म हो ।  भटमास बाली प्रकाश संवेदनशिल बाली भएकोले छिटो लगाएमा बोट फैलिने र फल कम लाग्ने हुन्छ । तर, ढिलो लगाएमा बोटको वृद्धि कम हुन गई उव्जनी घट्दछ तसर्थ उचित समयमा बाली लगाउनु पर्दछ  ।

बाली चक्र

एकल बाली

भटमास – गहुँ     , भटमास – केराउ भटमास – मुसुरो  , भटमास –तोरी अन्तर बालीको रुपमा भटमाससँग मकै, कोदो, उखु र बदाम पनि लगाउन सकिन्छ ।

 

मलखाद

मकै बालीसँग लगाउँदा भटमासको लागि छुटटै मल प्रयोग गर्नु पर्दैन । त्यसैगरी धानको आलीमा लगाउँदा यस बालीलाई मलको जरुरत पर्दैन । भटमास एक्लो बालीको रुपमा लगाउंदा २०ः४०ः२० के।जी। ना।फो।पो। प्रति हेक्टर तथा गोबर कम्पोस्ट मल करिब ५ देखि ७ क्विन्टल प्रति कठ्ठाका दरले जमिन तयार गर्ने बेलामा माटो मिलाउनु पर्दछ । सिफारिस रासायनिक मलको मात्रा परिपुर्ति गर्न ३ के।जी। डी।ए।पी। १।३ के।जी। म्युरेट अफ पोटास तथा ३०० ग्राम यूरिया प्रति कटठाको दरले हाल्नु पर्दछ ।

रोप्ने तरिका

भटमास एक्लो बालीको रुपमा लगाउंदा माटोको उर्वरापनको आधारमा लहरदेखि अर्को लहरको दुरी ५० देखि ६० से।मी। र एक बोटदेखि अर्को बोटको दुरी ७ देखि १० से।मी र। ३ देखि ४ से।मी। गहिरो खनी प्रति स्थानमा २ दाना रोपी माटोले राम्ररी ढाक्नुपर्दछ । मकैसँग अन्तरबालीको रुपमा लगाउँदा उक हार मकै र दुई हार भटमास लगाउनु पर्दछ । मकैमा हारको दुरी एक मिटर राख्नु पर्दछ भने भटमासमा हारदेखि हारको दुरी २० से।मी हुनु पर्दछ । धान खेतमा लगाउँदा खेतको आलीमा चुच्चे कुट्टोले प्वाल बनाउँदै ५१० से।मी। मा बीउ रोप्दै जानु पर्दछ ।

बीउ दर

भटमासको बीउ दर बीउको आकार, उमारशक्ति, जात तथा लगाउने समयमा भर पर्दछ । भटमास एक्लो बालीको रुपमा लगाउंदा ६० के।जी। प्रति हेक्टरको दरले रोप्नु आवश्यक पर्दछ । तर मिश्रित अन्तरबालीको रुपमा लगाउदा यो भन्दा थोरै बीउ ४० के।जी। प्रति हेक्टरको दरले भए पनि पुग्छ । एक्लो बाली लगाउँदा २ के।जी। प्रति कठ्ठा तथा मकैसँग अन्तरबाली लगाउँदा अवस्था हेरि १।५ के।जी। प्रति कठ्ठासम्म लाग्दछ ।

झारपात नियन्त्रण

दुवो, मोथे, सेरु , कोनेझार , दुधेझार , जंगलीजुट , सेलोसिया इत्यादी भटमास बालीका प्रमुख झारहरु हुन । भटमासमा झारपातको कारणले मात्र ३५ देखि ३७।५ प्रतिशत सम्म उत्पादनमा ह्रास आउन सक्छ । तसर्थ झारपातको नियन्त्रणको लागि झारपातको प्रकोप हेरि रोपेको २५ देखि ३० दिनमा पहिलो पटक र ४५ दिन पछि दोश्रो पटक गोडमेल गरी उप्केरा वा ड्यांङग लगाइ दिनु पर्दछ । रासायनिक विधिबाट झारनाशक विषादी पेन्डीमेथालिन ३।३ लिटर प्रति हेक्टरका दरले ७ सय ५० देखि ८ सय लिटर पानीमा मिसाई ३ दिन भित्र छर्कि सक्नु पर्छ ।

 

सिंचाई

भटमास वर्षे बाली भएकोले साधारणतया सिंचाईको आवश्यकता पर्दैन । तर धेरै समयसम्म खडेरी परेमा सिंचाईको आवश्यकता पर्दछ । विशेषगरी भटमास हॉंगा हाल्ने बेलामा तथा कोसामा दाना भरिने बेलामा सिंचाई दिनु पर्ने हुन्छ । तर पानी जम्नु हुंदैन ।

बाली काट्ने र भित्रयाउने

भटमास बाली पाकिसकेको हो वा होईन भन्ने राम्रो पहिचानको लागि बोटको पातहरु पहेंलिएर झर्न थालेपछि, बोट तथा कोसाहरु सुनौलो पहेंलो रङ्गमा परिवर्तन भएपछि वाली काट्न तयार भएको बुझिन्छ। पाकिसकेको भटमासलाई फेदमा काटी दुई दिनसम्म घाममा सुकाई खलोमा लगी चुट्नु पर्दछ । बाली काट्ने समयमा वीउको चिस्यान १५ प्रतिशत हुनु पर्दछ । भटमासलाई थ्रेसर मेशिनमा चुट्ने हो भने वीउको चिस्यान १३१४ प्रतिशत भन्दा कम हुनु पर्दछ । बीउ वा दानाहरु सफा गरी ३ देखि ४ दिन सम्म घाममा सुकाइ भण्डार गर्नु पर्दछ ।भण्डारण गर्दा बीउको चिस्यान ११९१३ प्रतिशत हुनु पर्दछ साथै प्रति २ कुइन्टल बीउमा १ चक्की सेल्फोस कपडाको टालोमा पोको पारी ३० से।मि। गहिरो बीउ भित्र राख्नु जरुरी छ । बीउलाई स्टील बिन, टिन क्यान, बाँसको भकारी वा डालो, पोलिथिन ब्याग वा जुटको बोरामा ८१० प्रतिशत चिस्यानकायम हुने गरी राखि भण्डारण गर्नु पर्दछ । बातानुकित घरमा भण्डारण गर्नु पर्दा तापक्रम १०२० डिग्री सेल्सियस र सापेक्षिक आर्दता ६० प्रतिशतभन्दा कम हुनु पर्दछ ।

उत्पादनः स्थान र जात अनुसार १।५ देखि २।५ मे।टन÷हे। सम्म उत्पादन हुन्छ ।

वाली संरक्षणः भटमासमा लाग्ने प्रमुख रोग किरा हरु तल दिईएको छ ।

रोगहरु ः– पातको थोप्ले रोग, डाँठ तथा जरा कुहिने रोग, डढुवा, व्यकटेरियल पोण्टुल आदि रोगहरु प्रमुख छन् । थोप्ले रोग र डढुवाका लागी मेनकोजेव स्प्रे गर्न सकिन्छ भने डाँठ तथा जरा कुहिने रोग नियन्त्रणका लागी थिराम वा क्यपटान वा थिराम ं वेभिष्टीन ३ ग्राम÷के।जी। का दरले बीउ उपचार गर्न सकिन्छ ।

किराहरुः भटमासको झुसिलिकिरा, पात वेरुवा,लाही, फेंद काटनेकिरा प्रमुख हुन । यिनको नियन्त्रणका लागी वा च्यनयच प्रयोग गर्न सकिन्छ ।

उत्पादन तथा वजार व्यवस्थापनः वाली काटी सकेपछि राम्ररी सुकाई भटमासलाई भण्डारण वा विक्रि गर्नु पर्दछ । सडक यातायात पुगेको स्थानमा भटमासले राम्रो मूल्य पाउने गरेकोले हालका वर्षहरुमा विभिन्न जिल्लाहरुमा यसको उत्पादन वढेको पाईएको छ । तुलनात्मकरुपमा राम्रो प्रतिफल दिने र खेती गर्न सजिलो भएकाले आगामी दिनमा यो वाली विस्तार गर्न सकिने प्रशस्त सम्भावना देखिन्छ ।