भेडे खुसानी खेति प्रविधि
परिचय
भेंडे खुर्सानी उष्ण र शीतोष्ण क्षेत्रहरुमा न्यानो मौसममा खेती गरिने महत्वपूर्ण तरकारी बाली हो। यसको उद्गमस्थल मध्य अमेरिका, विषेश गरी ब्राजिल मानिन्छ । नेपालमा भने भेंडे खुर्सानी राणाकालमा काठमाडौं उपत्यकामा पसेको अनुमान गरिन्छ । पुर्णरुपमा पाकेको फल,जात विषेश रङ्ग जस्तै रातो, पहेंलो वा सुन्तला रङ्गको हुने भएता पनि नेपालमा हरियो अवस्थामा नै टिप्ने गरिन्छ। भेंडेखुर्सानी पोषिलो फल तरकारी हो । यसमा भिटामिन ए, सी र खनीज लवणहरु प्रशस्त मात्रामा पाइन्छन्। विदेशमा भेंडेखुर्सानी सलादको रुपमा काँचै खाने गरिएतापनि नेपालमा भने तरकारी पकाएर वा अचार बनाएर प्रयोग गरिन्छ ।
हावापनी
भेडेखुर्सानी न्यानो हावापानीमा राम्रोसँग फस्टाउने बाली हो ।भेडेखुर्सानीको बीउ १८ डिग्री सेन्टिग्रेटभन्दा माथिको तापव्रmममा उम्रन्छ । योभन्दा तलका तापव्रmममा बीउ निकै समयसम्म नर्सरी ब्याडमा नै रहन्छ र कुहिएर जाने सम्भावना बढी हुन्छ । चिसो समयमा बीउलाई प्लास्टिकको गुम्बजभित्र नर्सरीमा हुर्काउन सकिन्छ । बिरुवाको राम्रो बृद्धि र आर्थिक उत्पादनको लागि दिनको तापक्र्र्रम२४–२८ डिग्री सेन्टिग्रेट र रातको तापक्रम १६–१८ डिग्री सेन्टिग्रेटर आर्द्रता ६०–६५ प्रतिशत अत्यन्त उपयुक्त मानिन्छ । तापक्रम ४० डिग्री सेन्टिग्रेटभन्दा माथि भयो भने फुल र फल झर्ने समस्या हुन्छ । भेडेखुर्सानीले धेरै वर्षा सहन सक्दैन । माटोमा चिस्यान बढी भयो भने ओइलाउने रोगको प्रकोपले पूरै बाली नै सखाप हुन्छ ।
माटो
पानीको राम्रो निकास र सिँचाइको व्यवस्था भएको दोमट, पि.एच ५.५–६.८ भएको माटो भेडे खुर्सानीका लागि राम्रो हुन्छ ।
जातहरू
क्यालीफोर्निया वन्डर ः फल गाढा हरियो, ठूलो र ३–४ ओटा उभार भएको हुन्छ । पहिलो टिपाई बेर्ना सारेको ७५ दिनपछि गर्नसकिन्छ । यसको औसत उत्पादन १२० देखि १४० क्विन्टल प्रति हेक्टर हुन्छ । यो मध्य महाडको लागि उपयुक्त जात हो । यलो वन्डर ः बोट होचो र फल ३–४ ओटा उभार भएको, औसत उत्पादन १००–१२५ क्विन्टल प्रति हेक्टर हुन्छ । यसका फल गाढा हरियो रङ कोमल र
बाक्ला ेपेरिकार्प भएका, पहिलो टिपाइ बेर्ना सारेको ७० दिनपछि गर्न सकिन्छ । यो जात मध्य पहाडका लागि उपयुक्त हुन्छ ।
सोलन भरपुर ः पहिलो टिपाइ ७०–७५ दिन पछि गर्न सकिन्छ । फल मध्यम आकारको, गाढा हरियो र औसत तौल ५०–६० ग्रामको हुन्छ । फाइटोप्थोरा र कोलेटोट्रायकम फल सड्ने रोग सहन सक्ने जात हो । मध्य पहाड र बेसीको लागि उपयुक्त छ ।
पुसा दीप्ति ः यो हाइब्रीड जात हो । यसका फल हल्का हरियो र सोली आकारका हुन्छन् ।
भारत ः हाइब्रीड जात, गाढा हरियो, मोटो, ३–४ ओटा उभार भएको, औसत उत्पादन २०० क्विन्टल प्रतिहेक्टर हुन्छ । टोबेको मोज्याक भाइरस प्रतिरोधी जात, मध्य पहाडी क्षेत्रको लागि उपयुक्तहुन्छ ।
जमिनको तयारी र मलखाद
पहिलो र दोस्रो पटक माटो पल्टाएर गहिरो खन जोत गर्ने, डल्ला फोर्ने र झारपात जिल्याई अघिल्लो बालीको अवशेष हटाउनुपर्छ। पिरे खुर्सानीको तुलनामा भेंडे खुर्सानीको लागि मलखादको आवश्यकता अत्याधिक पर्दछ। खन जोतकै क्रममा १५०० केजी राम्ररी पाकेको गोबर वा कम्पोष्ट मल माटोमा मिलाउने। अन्तिम जोताईमा आधि भाग अर्थात ४ केजी युरिया, १० केजी डि।ए।पी। र ५ केजी पोटास मल राम्ररी छर्ने। बाँकी ४ केजी युरिया मध्ये २ के।जी। बेर्ना सारेको ४५ दिन अर्थात पहिलो गोडमेलमा र अर्का २ केजी फूल फुलेर फल लाग्ने बेलामा टपड्रेस गर्नुपर्दछ।
बेर्ना उत्पादन
मध्य पहाडमा फागुनमा ब्याड तयार गरेर बीउ खसाल्ने, माथिबाट छापो दिने र त्यसपछि प्लास्टिकको गुम्बज बनाई ढाकिदिने । समय समयमा गुम्बज उघारेर माटोको चिस्यान र कीराको निरीक्षण
गर्ने । बेर्ना हुर्कन लगभग ४० देखि ४५ दिनसम्म लाग्दछ । बीउ उम्रनका लागि २०–२५ डि. से. तापव्रmमको आवश्यक पर्छ । १ मि. चौडाई र आवश्यकता अनुसारको नर्सरी ब्याड बनाउने । १ वर्ग मि. जग्गामा पाकेको गोबरमल ४ के. जी., युरिया ५ ग्राम, डि. ए. पी. १० ग्राम, पोटास ५ ग्राम र वेभिस्टिन ३ ग्राम बीउ जमाउनु भन्दा ५ दिन अगाडि प्रयोग गर्ने । ८–१० से. मी. फरकमा १–२ से.मी.कुलेसो बनाउने र२ से. मी. फरकमा १–१ ओटा बीउ खसाल्ने । हल्का माटो वा बालुवाले बीउ पुरेपछि माथिबाट पराल, खरले छापो दिने । वर्षाको पानीबाट बचाउन प्लास्टिकको अर्ध गुम्बज बनाउने । ब्याड बनाउँदा १०–१५ से. मी. उठाएर बनाउनु पर्दछ नत्र बेर्ना र डाँठ कुहिने रोग लाग्छ । बीउ टुसाउन थालेपछि पराल हटाउने । बेर्नामा २ पात भएपछि १ मि.लि. नुभान र २ ग्राम बेभिस्टिन प्रति लि. पानीमा घोली छर्ने । आवश्यक परेमा सूक्ष्मतत्व जिप्कोप्लेकस वा जिप्लेक्स मध्ये कुनै १ मि. लि. प्रति लिटर पानीमा राखी छर्ने । बीउको मात्रा एक हेक्टरको लागि खुला परागित जात ८००–१००० ग्राम तथा हाइब्रिड २५०–५०० ग्राम (३०–४० ग्राम प्रति रोपनी)
रोप्ने समय
मध्य पहाड (८००–१५००) ः फागुन–वैशाख
खोंच बेसी र टारको लागि ः कात्तिक–मङ्सिर र माघ–फागुन
तराई ः असोज–कात्तिक
बेर्ना सार्ने
लाइनदेखि लाइनको दूरी ६० से. मी. तथा बोटदेखि बोटको दूरी ४५ से. मी. हुनुपर्छ । बिरुवामा ४–५ ओटा पात आएपछि बेर्ना सार्नु पर्दछ । बेर्ना सार्नु भन्दा ५ दिन पहिलादेखि सिँचाइ बन्द गर्नु पर्दछ ।
बेर्ना सार्ने दिन २ घण्टा पहिला राम्ररी ब्याड भिजाई छोप्नु पर्दछ । ठीक रोप्ने समयमा बेर्नालाई सावधानीपूर्वक माटोसँगै उखेलेर सार्नु पर्दछ । बेर्ना सारिसकेपछि जरा वरिपरि हातले हल्कासँग माटो थिचिदिने जसले गर्दा जरा र माटोको सम्बन्ध राम्रो हुन्छ । त्यसपछि बेर्नाको फेदमा हल्का सिँचाइ गर्नु पर्दछ । बेर्ना राम्रोसँग नसर्दासम्म जमीनको चिस्यानमा विशेष ध्यान पु¥याउनु पर्दछ । बर्षादको मौसममा डेढ फिट अग्लो ड्याङ बनाई रोप्ने । बेर्ना २–३ बजेपछि रोप्नुपर्छ र तत्काल छापो दिई पानी दिनुपर्छ । बेर्ना रोप्दा नर्सरीमा जति भाग माटोमा छ, त्यति भाग मात्र माटोले छोप्नुपर्छ । बिरुवा सार्दा जरा नखुम्च्याई सार्नुपर्छ र सारिसकेपछि बोट नछोई छापो दिनुपर्छ ।
सिंचाई
बिरुवा नसरेसम्म बिहान वा बेलुकी हजारीबाट पानी दिने । पानी दिँदा पात र डाँठमा नपार्ने । चिस्यान हेरेर एक हप्ताको अन्तरमा सिँचाइ दिने । चिस्यान कम भएमा पूmल र फल झर्दछ ।
गोडमेल
बालीको लागि दिएको खाद्यतत्व झारपातले खाइदिने हुनाले समयमा नै झारपात हटाउनु पर्छ । गोडमेल गर्दा सानो कुटोले हलुकासंगमाटोको माथिल्लो सतह खोस्रेर गोडमेल गर्नु पर्दछ । रासायनिक मल प्रयोग गर्नु अगाडि गोडमेल गर्ने । गोडमेलको समयमा बोटमा केही माटो चढाई दिनुपर्छ ।
बाली टिप्ने र टिपेपछि व्यवस्थापन
राम्ररी विकसित भएको स्वस्थ फल टिप्न उपयुक्त हुन्छ । भेडे खुर्सानीको टिपाइ बिरुवा रोपेको ६०–७५ दिन पछि सुरु गर्न सकिन्छ । धारिलो चक्कुको सहायताले परिपक्व अवस्थाका फल सावधानीपूर्वक टिप्नु पर्दछ । टिप्ने समयमा गरिने सावधानीले फलको गुणलाई संरक्षण गर्न ठूलो मद्दत गर्दछ । टिपाइ गर्न शीत नभएको बेला बेलुकी पख गर्नु पर्दछ । टिपेपछि सावधानीपूर्वकटोकरीमा राख्नुपर्दछ । प्रतिबोट २–३
किलो उत्पादन लिन सकिन्छ । चोट पटक लागेका फल हटाउने ।धूलो माटो लागेका फललाई भिजेको कपडाले सफा गर्ने ।समान रङ र साइजको आधारमा ग्रेडिङ गर्ने । भेडे खुर्सानीलाई कार्टुनमा प्याक गर्न सकिन्छ । एउटाmकार्टुनमा १०–१२ किलो भेडे खुर्सानी राख्नु पर्दछ । भेडे खुर्सानी ७–१० डिग्री सेन्टीग्रेड तापव्रmममा ३ हप्तासम्म राख्न सकिन्छ ।
रोग किरा व्यवस्थापन
थ्रिप्स
थ्रिप्सले रस चुसेर पात माथि तिर दोब्रीएका हुन्छन्। यसरी दोब्रीएर पात सानो हुने हुँदा विरुवाले खाद्य तत्व तथा पानी लिन सक्ने क्षमतामा ह्रास आउँछ । किराको अधिक आक्रमण भएको अवस्थामा पात कालो भइ सुक्न थाल्दछ तथा फल लाग्न छोड्छ।
व्यवस्थापन
संक्रमित विरुवाको भागहरु जस्तै पात, फूल तथा फललाई हटाउनुपर्दछ।
किरा लागेको भागहरु हटाई खेत बारीलाई सफा राख्नुपर्दछ।
निमको दाना बाट निकालिएको ४ प्रतिशत झोल छर्केर पनि ब्यवस्थापन गर्न सकिन्छ।
क्लोरोपाइरीफस २ एमएल प्रति लिटर वा एसेफेट १५ ग्राम प्रति लिटर वा इमिडाक्लोरोपीड २ एम एल प्रति लिटरका दरले छर्कने।
माइटस्
किराको लाभ्रे तथा वयस्कले भेंडे खुर्सानीको पात, मुना तथा फलको रस चुस्छ जसले गर्दा पात तल तिर दोब्रिन्छ। यसरीपात, फल तथा बोटको आकार सानो हुन्छ तथा पूल र फल झर्छ। उच्च तापक्रम तथा आद्रतासँग यो किराको प्रकोप बृद्धिहुन्छ।
व्यवस्थापन
थ्रिप्सको जस्तै
लाही किरा
बच्चा तथा वयस्क लाहीले पातको नसा तथा कलिला पातको रस चुस्ने गर्दछन्। यसको प्रकोपले पातलाई दोब्राउने मात्र नभई भाइरस रोगको पनि सार्दछ।
व्यवस्थापन
बालीको निगरानी नियमित रुपमा गर्ने।
इमिडाक्लारोपेीड ९०५ मिलि प्रति लिटर वा डाएमथेऐट ९२मिलि प्रति लिटर छकर्ने०।
फलको गभारो
यो किरा राती सक्रीय हुने हुनाले वालीको क्षती पनि रातको समयमा हुन्छ।वयस्कले फल, पूल तथा पातमा ठूलो संख्यामा अण्डा पार्दछ जहा बाट लाभ्रे निस्कन्छ र फल र पात खाएर नोक्सानी गर्दछ।रातीको तापक्रम कम भएको चिसो तथा उच्च आद्रता भएको समयमा यसले बढी क्षती गर्दछ।
व्यवस्थापन
किराको वयस्क तथा लाभ्रेलाई टिपेर नष्ट गर्ने।
थायोडिकार्ब १ एम एल प्रति लिटर वा कार्बमरील ३ ग्राम प्रति लिटर छर्कने।
मेथोमाइलवेट प्रयोग गरी वयस्कलाई पासोमा पारेर किराको व्यवस्थापन गर्न सकिन्छ।
१० केजी धानको भुसमा १ केजी गुण वा भेली मिसाई ६ देखि ८ घण्टा सम्म राख्ने र यसरी मिसाइ राखेको मिश्रणमा मेथोमाइल मिसाई स—साना डल्लाहरु बनाई गभारोले आक्रमण गरेको बाली वा जरा नजिक राख्ने। यसलाई रातको समयमा राख्नुपर्दछ।
जराको जुका
तिन चार बर्ष सम्म एउटै खेतमा गोलभेंडा परिवारका बाली लगाउँदा यो समस्या आउँछ । सुरुमा पात पहेंलिने लक्षण देखिन्छ भने पछि पात सानो हुने, पातको संख्या कम हुने तथा फलको संख्यामा उल्लेख्य कमि आउँछ । संक्रमित बोट उखेलेर हेर्दा जरामा स—साना गिर्खाहरु देखिन्छ जसभित्र निमाटोड हुन्छन्।
व्यवस्थापन
सयपत्री, मकै र बन्दा जस्ता बाली लगाएर बालीचक्र अपनाउने।
जैविक विषाधी जस्तै निमकोपिना १०० केजी प्रति रोपनीको दरले बेर्ना रोप्नुभन्दा ४—५ दिन पहिले प्रयोग गर्ने।
पूराडान २५ केजी प्रति रोपनीका दरले बेर्ना रोप्ने समयमा प्रयोग गर्ने।
भेंडे खुर्सानीका प्रमुख रोगहरु
बोर्ना ओइलाउने रोग
जमिनको सतह देखि केही माथि बेर्नामा संक्रमण देखिन्छ जसले गर्दा बेर्ना ओइलाई मरेर जान्छ। बेर्ना मुख्य खेतमा सार्दा बेर्नामा चोट पटक लागेको छ भने पनि बेर्ना ओइलाउने समस्या देखिन सक्छ।
व्यवस्थापन
कार्बेन्डाजीम १ ग्रामप्र तिलिटर, मेटालेक्जिल २ ग्राम प्रति लिटर वा कपर अक्सीक्लोराइड ३ ग्राम प्रति लिटर वा क्याप्टन १ ग्राम प्रति लि प्रति बोट २५ देखी ३० एमएलका दरले विरुवाको जरामा हाल्ने।
खराने रोग
सुरुवाती अवस्थामा पातको माथिल्लो भागमा पहेंला धब्बाहरुका रुपमा लक्षण देखिन्छ भने पातको तल्लो भागमा सेतो धूलो जस्तो देखिन्छ जुन पछि पुरै पहेँलिएर पातको तल्लो भागलाई ढाक्छ। संक्रमणको पछिल्लो अवस्थामा पात सुकेर झर्ने सम्म हुन्छ। रोगको संक्रमणको कारण पातको तथा फलको बृद्धि कम हुन्छ फल स्वरुप उत्पादनमा ह्रास आउछ।
नियन्त्रण
माइकोबुटानील १ ग्राम प्रति लि, डिनोक्याप १ एम।एल। प्रति लिटर, एजोजास्ट्रोविन ०।५ एम।एल। प्रति लिटर, वापेन्कोनाजोलविन ०।५ एम।एलं। प्रति लि को दरले प्रयोग गर्ने।
भाइरस रोग
भाइरस रोग लाहि र थ्रिप्स किराहरुबाट प्रसार हुन्छ। पात तल तथा माथि तिर दोब्रिन्छ जसको मध्य भागमा पहेंलो धब्बाहरु हुन्छन्। संक्रमण ज्यादा भएमा पात झर्ने, विरुवा होचो हुने तथा फलको गुणस्तरमा ह्रास आउँछ।
व्यवस्थापन
नर्सरीमा बेर्ना हुर्काउँदा ५० मेस को नाइलन नेट प्रयोग गर्ने।
लाहि, माइटस तथा थ्रिप्सको उचित व्यवस्थापन गर्ने।
संक्रमित विरुवा तथा विरुवाका भागहरु नष्ट गर्ने।