;tjf v]lt k|ljlw
परिचय
यो विरुवा नेपालका महाभारत तथा हिमाली क्षेत्रमा १,८०० मि.देखि ३,००० मि.सम्मको उचाईमा पाइन्छ । खस्रु र ठिंग्रेसल्लाको जंगल भएको भागमा यो विरुवा धेरै भेटाइन्छ । यो विशेष गरेर
सेपिला भागमा फस्टाउँदछ । यो विरुवा सामान्यतया आधा मि. अग्लो हुन्छ । सबै पातहरू सुरिलो डाँठको माथिल्लो भागबाटपलाएका हुन्छन् । यस विरुवाका सबैजसो पातहरू एउटै आँख्लाबाट पलाएका हुन्छन् । प्रत्येक पात झण्डै भाला आकारको भई १५ से.मि. लामो र ६ से.मि. चौडा हुन्छ । पातको टुप्पो चोसोपरेको हुन्छ । विरुवाको टुप्पामा एउटै मात्र फूल फुलेको हुन्छ । फूलका तरेलीहरू हरियो र पहंलो े हुन्छ । एउटै फूलमा भाले तथा पोथी दुवै अंग पाइन्छन् ।यो विरुवाको जडीबुटीमा प्रयोग हुने भाग काण्ड हो । यो काण्ड जमिनमुनि रहने र अदुवा जस्तो हुन्छ । यसको रंग खैरो किसिमको हुन्छ । साधारण अदुवामा जस्तै धेरै हाँगाविंगा हुदैँ न । यो काण्ड६ देखि ९ से.मि.सम्म लामो र २ देखि ४ से.मि.सम्म चौडा हुन्छ । यो काण्डबाट लामा लामाजराहरू पनि निस्केका हुन्छन् ।
खेती
काण्डबाट अथवा बीजबाट यसको विरुवा उमार्न सकिन्छ । यसको खेती नेपालमा गर्नेचलनआइसकेको छैन । खेती गर्नपर्न ु ेखण्डमा निम्न जिल्लाहरूमा खेती गर्न सकिन्छ । जस्तै बैतडी,
जाजरकोट, दार्चुला, बझाङ, दोलखा, मुस्ताङ, काठमाडौ,ं धादिङ, रसुवा, कास्की, पर्वत, पाँचथर,भोजपुर आदि ।
संकलन
सतुवाको जडीबुटी संकलन गर्दा जमिनमुनि रहने अदुवा वस्तो काण्डलाई शरद ऋतुमा बिउहरू राम्ररी पाकिसकेपछि संकलन गर्नुपर्दछ । यसको काण्ड खनेर निकालिन्छ । केही भाग जमिनमुनि छोड्नु पर्दछ । यसो गर्नाले नयाँ बोट पलाएर आउँछ र विरुवा मासिने डर हुँदैन ।
सुकाउने तथा संरक्षण
संकलन गरिएको जडीबुटीबाट माटो, धुलो र नचाहिने अरु भागहरू फाल्नु पर्दछ । यसको लागि बगेको पानीमा पखाल्नु उचित हुन्छ । त्यसपछि घाममा राम्ररी सुकाएर मझौला खालको बोरामा
हालेर सुख्खा हावा लाग्ने ठाउँमा राख्नु पर्दछ ।
उपयोगिता
आयुर्वदिक प्रणाली अनुसार सतुवा पेटमा जुकाहरू मार्नेमा प्रयोग गरिन्छ । यो जडीबुटीको धुलोतातो पानीसंग प्रयोग गरेमा तागत दिने काम गर्दछ ।