सर्पगन्धा खेति प्रविधि
परिचय
सर्पगन्धा (रावल्फिया) एक वहुवर्षे सदावहार विरुवा हो। यसको व्यापारिक नाम रावलफिया हो। रावलफिया भन्ने शब्द १६ औँ शताब्दिका जर्मन चिकित्सक राउओल्फको नामबाट आएको हो।सर्पगन्धा करवीर परिवारको विरुवा हो। यो विरुवा साधारणतया ५० से।मी। सम्म उचाई भएता पनि कहिले काही १ देखि १।५ मिटरसम्म उचाई भएको पाइन्छ। यसका पातहरू चिल्ला , लामा , भालाकार हुन्छन् र प्रत्येक आँख्लाबाट तीन–तीन वटा पातहरू निस्कीएका हुन्छन्। फूल झुप्पा झुप्पा भएर फुल्दछन् र हल्का सेता र गुलाफी रंगका हुन्छन्। यसका फूलहरू चैत्रदेखि फुल्न शुरु गर्छन् र पोष सम्म फूल फुल्ने क्रम जारी रहन्छ। फलहरू ज्येष्ठको अन्तिमबाट पाक्न शुरु गर्छन्। फलको रंग पाकेपछि कालो हुन्छ। फल र बीउ चेप्टो गोलो हुन्छ। बीउको रंग खैरो हुन्छ र बाहिरी भाग कडा हुन्छ। जाडो याममा यो विरुवा सुसुप्त अवस्थामा रहन्छ र वसन्त ऋतुमा नयाँ पालुवा आउन शुरु भै फूल फूल्न थाल्दछन्।अत्याधिक संकलनले गर्दा यो विरुवा लोप हुने स्थितिमा पुगेकोले प्राकृतिक अवस्थाबाट सङ्कलन गरी व्यापार गर्न प्रतिबन्धित गरिएको छ र यसलाई संकटापन्न विरुवाको सुचीमा समेत राखिएको छ।
फैलावट
प्राकृतिक अवस्थामा यो विरुवा पतझर ओसिलो जंगलमा पाइन्छ। समुद्र सतह देखि १२०० मिटरको उचाई सम्म यो विरुवा पाइन्छ। विशेष गरेर सालको जंगलमा यो विरुवा पाइन्छ। उष्ण प्रदेशिय वनस्पति भएकोले यो विरुवा नेपाल लगायत भारत , वर्मा आदि देशहरूमा पाइन्छ यो एसिया बाहेक अफ्रिका र अमेरिकाको उष्ण भूभागमा समेत पाइन्छ। भारतमा मात्रै यसका ५ प्रजाति पाइन्छन्। हाम्रो देशमा यो तराई क्षेत्रमा पाइन्छ।
हावा, पानी र माटो
यसको खेतीको लागि बलौटे माटो अथवा चिम्ट्याइलो माटो उपयुक्त हुँदैन र दोमट माटो ९क्बलमथ यिबm० उपयुक्त हुन्छ । जग्गाको छनौट गर्दा प्रशस्त मात्रामा प्राँगारिक मल भएको पानी नजम्ने र माटोले पानी सोसेर राख्ने क्षमता भएको माटोमा यसकाजराको उत्पादन राम्रो हुन्छ ।प्राकृतिक अवस्थामा ज्यादै न्यून पाइने भएकोले सर्वप्रथम वनस्पति बिभागले लररा सुनसरी जिल्लामा यसको खेतीको सफल परिक्षण गरी यस्को खेती प्रविधीको बिकास भैसकेको छ ।
खेती प्रविधिः
नेपालमा जनसङ्ख्या वृद्धिको कारणले वन जंगल माथि अत्याधिक चाप हुनुका साथै वन विनाश समेत हुँदै जाँदा हाल यो जडिबुटी प्राकृतिक अवस्थामा दुर्लभ भैरहेको छ भने बाँकी रहेको जंगलबाट अव्यवस्थित सङ्कलन हुनाले लोप हुने स्थितिमा समेत पुगी सकेको छ। तसर्थ यसको खेती गर्नु नै यसलाई संरक्षण गर्ने र यसबाट आर्य आर्जन गर्न सकिने प्रमुख उपाय हुन आएको छ। यसको खेती हाल व्यवस।यिक रूपमा सफल सिद्ध भएको छ पाइएको छ। वनस्पति विभागले यसको खेती विस्तारको सम्भाव्यता अध्ययन गर्न बाँके र कैलालीमा पनि खेती गर्न सूरु गरिएको छ।
नर्सरी
बेर्ना नर्सरी ब्याडमा उमारिन्छ। रावलफियाको विरुवा उत्पादन बीउबाट गर्न चैत्र ÷ वैशाख महिनामा नर्सरी राख्नुपर्दछ। बीउ राख्ने जमीन राम्रोसँग खनजोत गरी माटो मिहिन पार्नु पर्दछ। नर्सरीमा प्रति वर्ग मीटर ४ के।जी। का दरले राम्ररी पाकेका गोवर मिलाउनु पर्दछ। जमीनमा बाली संरक्षण रसायन कीटनाशक फोरेट अथवा फ्युराडन प्रति वर्ग मीटर १००–२०० ग्राम हाल्नु पर्दछ। नर्सरी ब्याड १ मिटर चौडाईको र १० से। मी।अग्लो हुनु पर्दछ भने लम्बाई अग्लो हुनु पर्दछ भने लम्बाई जग्गा अनुसार अथवा १० मीटर सम्मको हुनुपर्दछ। यसरी तयार पारिएको ब्याडमा सर्पगन्धा ९रावलफिया०को बीऊ चैत्र रवैशाखमा छर्नुपर्दछ। बीऊलाई ६ से। मी। गहिरौ , बीऊ देखि बीऊको दुरी ५ से।मी। र लाईन देखि लाईनको दुरी १० से। मी। गरी बीऊ रोप्नु पर्दछ। नर्सरी ब्याड केही छहारी भएको ठाउँमा अथवा नेट हाउसमा उमार्नु उपयुक्त हुन्छ।
बीऊबाट विरुवा तयार गर्ने
बीऊलाई वेविस्टनीनको १५ झोलमा डुबाएर आधा घण्टा पछि निकालेर छहारीमा सुकाउनु पर्दछ। १ हेक्टर जमीनलाई आवश्यक पर्ने बेर्ना उत्पादन गर्न ५।५ के। जी बीऊ आवश्यक पर्दछ। उक्त परिमाणको बीऊ राख्ने नर्सरी तयार गर्न १।५ कठ्ठा जमीनको आवश्यकता पर्दछ। सङ्कलन गर्ने बित्तिकै बाहिरी आवरण निकाली सफा गरी तयार पारिएका ताजा बीऊबाट सबैभन्दा बढी प्रतिशत अर्थात् ७५ प्रतिशत सम्म विरुवा उम्रन्छन् भने बीऊ पुरानो हुँदै गएमा बीऊको उम्रन सक्ने क्षमता घट्दै जान्छ र १ वर्ष पुरानो बीऊबाट विरुवा उम्रदैन। बीऊ रोपेको ३ हप्तापछि उम्रन सुरु गर्दछन् र ८ हप्तासम्म पनि विरुवा उम्रदै गर्छन्। नर्सरी ब्याडमा विरुवाको उचाई १० देखि १२ से। मी। भएपछि विरुवा सार्न योग्य हुन्छन्। यसरी चैत्र ÷वैशाखमा राखिएको नर्सर्रीबाट वर्षायाम शुरु हुनासाथ विरुवाहरू सारिन्छ।
कटिङ्गबाट विरुवा तयार गर्ने
कटिङ्गबाट विरुवा तयार गर्नको लागि पुराना विरुवाको डाँठ उचित मानिन्छ। यसको लागि बलौटे माटोको ब्याड बनाउनु पर्दछ। वैशाख र जेठ महिनामा डाँठलाई १५ देखि २२ से। मी। सम्म लामो हुने गरी काटेर नर्सरी ब्याडमा रोप्नु पर्दछ। यसरी रोपिसकेपछि नर्सरी व्याडलाई डाँठबाट नयाँ मुना नआउन्जेल सम्म चिसो पारेर राख्नु पर्दछ। यसरी काटेर राखिएका डाँठहरूमध्ये ४० देखि ६५ प्रतिशतले जराहरू दिन्छन्। कटिङ्गबाट जरा आइसकेपछि सर्पगन्धा खेती गर्ने जमीनमा लगेर सार्नु पर्दछ। जराको कटिङ्गबाट पनि विरुवा उत्पादन गर्न सकिन्छ। यसको लागि मुख्य जरालाई केही मसिना जरा समेत पर्ने गरी ३ देखि ५ से। मी । लामो गरी काटेर ज्येष्ठ रअसार महिनामा जमीनमा रोप्नु पर्दछ। जराको सानो भाग जमीनमा देखिने गरी रोप्नु पर्दछ। यसरी रोपिइएका जराबाट ३ हप्तापछि नयाँ टुसा पलाउन सुरु हुन्छ। यस विधिबाट ५० देखि ८० प्रतिशत सम्म् जराको कटिङ्गहरू बाँचेको पाइएको छ। कटिङ्गबाट उत्पादित विरुवाबाट बाली उत्पादन राम्रो हुँदैन तर बीऊ उत्पादनको लागि यो प्रविधि उपयुक्त मानिन्छ।
विरुवा सार्ने
नर्सरी व्याडमा विरुवाहरू करिव १० देखि १२ से।मी। अग्ला भएपछि खेती गरिने जमीनमा लागि विरुवाहरू सार्नु पर्दछ। सर्पगन्धा रोप्ने जमीनको तयारी बैशाख र जेठ महिनामा गरिन्छ। जमीन तयार गर्दा प्रति हेक्टर २० टन राम्ररी कुहिएको गोवरमल हाली जमीनलाई गहिरौ गरी खनजोत गर्नु पर्दछ।
असार महिनामा विरुवा रोपेमा राम्रोसँग सर्छ र सिँचाइको पनि आवश्यकता पर्दैन। विरुवाको जरा लामो हुने नभएकोले जरा सोझो पारेर रोप्नु पर्दछ। विरुवा रोप्दा १ लाईन देखि अर्को लाईन ४५ से। मी। र विरुवा देखि विरुवाको दुरी ३० से। मी। हुनु पर्दछ। यसरी रोपेको विरुवाहरूबाट १८ महिनामा वाली सङ्कलन गर्न सकिन्छ। गोडमेल विशेष गरी रोपेको पहिलो वर्ष वर्षा याममा अनावश्यक झारपात गोडी दिनु पर्दछ। पहिलो वर्ष विरुवा सानो हुने भएकोले आवश्यकता अनुसार गोडमेल गरी माटो खुकुलो बनाई दिएमा जरा उत्पादन राम्रो हुन्छ।
सिँचाई
सुख्खा मौसममा ९फागुनमादेखि जेष्ठ० सम्म सिँचाईको आवश्यकता पर्दछ। हप्ता दिन देखि दश दिनको फरकमा र जाडो याममा महिनामा १ पटक सिंचाई गर्नु पर्दछ। सिंचाई गरेको खेतबाट जराको उत्पादन राम्रो हुन्छ। रोग तथा किरा फट्याङ्ग्राको प्रकोपः
सर्पगन्धाको विरुवाहरूमा विभिन्न रोगहरूले आक्रमण गर्दछ। ढुसीबाट हुने रोगमा , पातमा दाग लागेपछि पात नै झर्ने गर्दछ। यो रोगलाई सर्कोस्पोरा लिफ स्पट ९ऋभचअयकउयचब भिबा कउयत० भनिन्छ। अर्को रोगमा पातमा मसिना कालो खैरो रंगका थोप्लाहरू देखिन्छन्। यो रोगले पनि पछि पात नै झर्ने गर्दछ। यसलाई अल्टरनेरिया लिफ स्पट भनिन्छ। अन्य रोगमा पात खुम्चिएर पछि नै झर्ने गर्दछ। यस रोगलाई लिफ मोजाईक ९भिबा यकबष्अ० भनिन्छ। यसको अतिरिक्त जरामा “निमोटोड” ९माटोमा हुने एक किसिमको सुक्ष्म जुका०ले आक्रमण गरेर जरामा गाँठा पार्ने गर्दछ। यस्तो रोग लागेमा विरुवा बढ्न सक्दैन र पातको आकार पनि सानो हुन्छ। ढुसीबाट लाग्ने रोगहरूलाई ढुसी नियन्त्रण गर्ने औषधि प्रयोग गरेमा रोग रोकथाम गर्न सकिन्छ।
यसको खेतीको लागि नरम तथा ओसिलो हावापानी भएको क्षेत्र उपयुक्त मानिन्छ। विरुवाले खुला स्थान भन्दा केही छायाँ मन पराउने भएकोले आंशिक छहारी भएका स्थानमा खेती गर्न उपयुक्त हुन्छ। सर्पगन्धाको खेती तराई देखि १००० मी।को उचाई सम्ममा गर्न सकिन्छ , तापनि तराई र भित्री मधेशहरू यसको खेतीको लागि उपयुक्त मानिन्छ। हाम्रो देशको तराईको पूर्वी क्षेत्र यसको खेतीको लागि राम्रो मानिएको छ।
बाली सङ्कलन
सर्पगन्धाको बाली सङ्कलन भनेको जरा खनेर निकाल्नु हो। रोपेको १८ देखि ३० महिनामा बाली सङ्कलन गर्न सकिन्छ। जरा मंसीर र पौष महिनामा खन्नु पर्दछ किनकि उक्त समयमा जरामा सार तत्त्व बढी हुन्छ। व्यवसायिक खेती गर्दा १५ देखि १८ महिनामा बाली सङ्कलन गर्दा फाईदाजनक हुन्छ। गुणस्तरियता कायम गर्न जरा खन्दा जरामा रहेका मसिना रौं जस्ता जरा समेत रहने गरी र बोक्रा नबिग्रने गरी खन्नु पर्दछ। जरा खनीसकेपछि राम्रोसँग सफा गरी हावादार छहारीमा सूकाउनु पर्दछ। राम्ररी सुकेका जराहरूको सानो सानो टुक्रा पनि पिट–पिट भाँचिने हुन्छ। यसरी सुकाएका जराहरू बोरामा राखी पानी नपस्ने र हावादार कोठामा भण्डार गरिन्छ।
उत्पादन
औषधीमा काम लाग्ने भाग यसको जरा हो। मुख्य जरा २ देखि २।५ फिट सम्मको गहिराईमा सोझै जमीन मुनि गएको हुन्छ भने सहायक जराहरू जमीनको चारैतिर फिंजिएका हुन्छन्। सहायक र मुख्य जरामा रौं जस्ता मसिना जराहरू हुन्छन्। गुणस्तरिय कच्चा पदार्थमा मसीना रौं जस्ता जरा हुनु अति आवश्यक हुन्छ। १८ महिनामा बाली सङ्कलन गरेमा एउटा बोटबाट १०० ग्रामदेखि ४ के। जी सम्म ताजा जरा उत्पादन हुन्छ। १ हेक्टर जमीनबाट २०००–२२०० के। जी। सम्म जरा उत्पादन हुन्छ भने ३० महिनामा सङ्कलन गर्दा जराको उत्पादन ३३००–३६०० के। जी। प्रति हेक्टर उत्पादन हुन्छ। यसरी २ वर्षे विरुवाबाट सुकेको जराको उत्पादन लिन सकिन्छ भने ३ वर्षे विरुवाबाट ३६०० के। जी। सम्म उत्पादन गर्न सकिन्छ।