रामतोरिया खेति प्रविधि
परिचय
भिन्डी अथ्वा रामतोरिया कपास परिवारको एक पौष्टिक तरकारी हो । यसको उत्पत्ति क्षेत्र अफ्रिका वा एसियाको उष्ण भाग भएको मानिन्छ । यसको फल तारेर वा पकाएर तरकारीको रूपमा प्रयोग गरिन्छ । यसको डाँठबाट कमसल खालको रेसा परि बनाउन सकिन्छ । यसमा भएको चिप्लो पदार्थ कागज उद्योगमा प्रयोग गरिन्छ । रामतोरियामा भिटामिन ए।वि।स।र फलाम प्रशस्त पाइन्छ । यसले पाचन प्रक्रियामा सहयोग गर्दछ ।
हावापानी र माटोः
रामतोरिया गर्मी मौसमको बाली हो । यसको सफल खेती गर्न उच्च तापक्रम, तेजिलो घाम र ओसिलो हावा भएको ४ महिनाको बाली अवधि चाहिन्छ । शीतोष्ण क्षेत्रमा यसको खेती गर्मी मौसममा गरिन्छ । यसको बोटकोवृद्धि, पूmल्ने र फल्न २५– ३० डि.से. तापक्रम उपयुक्त हुन्छ । दिउँसोकोतापक्रम ४२ डि.से. भन्दा माथि पुगेपछि पूmल झर्न थाल्दछन्। यसले तुषारोखप्न सक्दैन । रामतोरियाको खेती धेरै किसिमका माटोमा गर्न सकिन्छ । प्राङ्गारिक पदार्थ प्रशस्त भएको र पानी अडाउन सक्ने बलौटे दोमट वा दोमट माटोमा यसको खेती राम्रो हुन्छ । माटोको ६.०–७.५ पी.एच. मान उपयुक्त हुन्छ ।
जातहरूः
नेपालमा रामतोरियाका धेरैस्थानीय र बजारमा पाइने उन्नत जातहरूको खेतीगरिन्छ । सरकारी तहबाट खेती गर्न सिफारिस गरिएका जात पार्वती र अर्को अनामिका हुन्।
पार्वतीः
यो २०५१ सालमा उन्मोचित भएको धेरै उत्पादन दिने, अगौटे जात हो । यो नेपालको तराई, मध्य पहाड र उच्च पहाडमा खेती गर्न सिफारिस गरिएको छ । यो जातले पातको नसा पहँेलिने रोग (थ्भिियध ख्भष्ल mयकबष्अ ख्ष्चगक) सहन सक्दछ । यसको फल मध्यम हरियो हुन्छ । बीउ रोपेको ५०–६० दिनमा पहिला फल टिप्न सकिन्छ ।
अर्का अनामिकाः
यो २०६७ सालमा उन्मोचित गरिएको खुला सेंचित जात हो । नेपालका तराई, मध्य पहाड र उच्च पहाडमा खेती गर्न सिफारिस गरिएकोछ ।
बाली लगाउने समयः
उच्च पहाडमा रामतोरियाको बीउ वैशाख–जेठमा रोपेर असार– साउनमा बाली लिइन्छ मध्य पहाडमा फागुन देखि असारसम्म बीउ रोप्ने र जेठ देखि असोजसम्म बाली लिन सकिन्छ । तराईमा माघ देखि असारसम्म बीउ रोपेर वैशाख देखि असोजसम्म कलिला फल टिप्न सकिन्छ ।
जमिनको तयारीः
गहिरो गरी ३–४ पटक जोतेर माटो तयार गरिन्छ । तेस्रो जोताइ गर्दा गोबर मलराखिन्छ र अन्तिम जोताइ गर्दा रासायनिक मल राखिन्छ ।
मलखादः
एक रोपनी जमिनको लागि १००० के.जी. गोबर मल, ८ के.जी. युरिया, ६ के.जी. डी.ए.पी. र ३ के.जी. पोटास चाहिन्छ । बीउ रोप्नुभन्दा २–३ हप्ता पहिला गोबर मल राखिन्छ । डी.ए.पी. र पोटासको पूरै मात्रा र युरियाकोआधा मात्रा अन्तिम जोताइ गर्दा राखिन्छ । बाँकी महिना पछि र अर्को १.२५ के.जी. बीउ रोपेको २ महिनापछिगोड्ने, थप मल दिने र सिंचाइ दिनेगरिन्छ ।
बीउ दरः
बीउको मात्रा बीउ रोप्ने मौसममा भर पर्दछ । एक रोपनी जमिनका लागि हिउँदे बाली लिन १ किलोग्राम बीउ रोपनी चाहिन्छ । वर्षामा ५०० ग्राम बीउ प्रति रोपनीभए पुग्छ ।
बीउ रोप्ने तरिकाः
हिउँदे बालीका लागि ड्याङ नबनाईकन हार–हारको बीचमा ५० से.मि. र बोटको बिचमा ३० से.मि. फरकमा दुई–दुई दाना बीउ २–३ से.मि. गहिराइमा रोपिन्छ । वर्षे बालीका लागि १२० से.मि. चौडाइका ड्याङ बनाउनेदुई ड्याङको बीचमा ३० से.मि. खाली राख्ने जसमा १५ से.मि. गहिरो कुलेसोपर्दछ । एक ड्याङमा दुई हारमा बीउ रोपिन्छ । हार – हारको बीचमा ६० से.मि. बोट–बोटको ३० से.मि. फरकमा
२÷२ दाना बीउ रोप्दा राम्रो हुन्छ । बीउलाई २४ घण्टा पानीमा भिजाएर पछि पानी ओबाएपछि रोप्नुपर्दछ ।
गोडमेल र सिंचाई ः
रामतोरिया बीउ उम्रेपछि बोट सँगसँगै प्रशस्त झारपात पनि उम्रन थाल्दछ । यसको पहिलो गोडाई एक–डेढ महिनामा झारपात नियन्त्रण गर्न आवश्यक छ । बोट बढिसकेपछि पातले जमिनको सतह ढाक्ने हुँदा त्यति झारपात आउँदैन । तरकारी उत्पादनको लागि माघमा लगाइएको रामतोरियामा बराबर सिंचाईको आवश्यकता पर्दछ । बाली अवधिमा ७–१० पटक सिंचाई गर्नुपर्छ । मनसुनी वर्षा शुरु हुनुअघि नै १–२ पटक सिंचाईको जरुरत पर्दछ ।
बाली संरक्षण ः
रामतोरियामा लाग्ने कीराहरूमा डाँठमा प्वाल पार्ने गवारो, कपासको रातो चुसाहा खपटे र फट्ने कीरा लाग्दछ । रामतोरियामा लाग्ने प्रमुख रोगहरूमा पातको नसा पहेंलिने रोग, पाउडरी मिल्ड्यु लाग्दछ । पातको नसा पहेंलिने रोग भाइरसबाट हुने रोग हो । रोगी बोट देख्नासाथ उखेलिदिनुपर्छ । यो रोग फैलाउने कीराको नियन्त्रणको लागि सिस्टमिक बिषादी छर्नुपर्दछ । पाउडरी मिल्ड्युको रोकथामको लागि क्याराथिन इ.सी.०२५% वाकेलेक्सिनछर्नुपर्छ ।
बाली उत्पादन ः
रामतोरिया रोपेको ७०–१०० दिनमा कोशा पटक–पटक गरी टिप्नुपर्छ । ताजा उपयोगको लागि कोसा नछिप्पिएको कमलो अवस्थामा टिपिन्छ । एक रोपनीमा सरदर ६ सय किलो उत्पादन हुन्छ ।