रायो साग खेति प्रविधि

परिचय

हरिया सागपातहरूमा रायोको प्रथम स्थान आउँछ । सबभन्दा प्रचलित तरकारीहरुमा यसको दोश्रो स्थान आउँछ । यसमा भिटामिनहरू ए। बी। सी। ई। का साथै फलाम, क्याल्सियम र प्रोटिन प्रशस्त मात्रामा पाइने हुँदा पौष्टिक दृष्टिकोणले महत्वपूर्ण छ । यसको खेती तराईदेखि उच्च पहाडसम्म गर्न सकिन्छ ।

हावापानी र माटो

रायो साग तराइ देखि मध्य पहाड सम्म हिउदे बाली को रुपमा खेती गरिछ भने उच्च पहाड मा भने समर सिजन मा गरिन्छ।येस्ले धेरै तुसारो र हिमपात सहन सक्दछ।यदि तापक्रम धेरै कम भयो भने साग मा तितोपन आउदछ त्यसैगरि धेरै तापक्रम भयो भने पनि पात को गुणस्तर मा कमि आउदछ।येस्को खेती लगभग सबै माटो मा गर्न सकिन्छ तर अत्याधिक जैबिक पदार्थ भयेको र पि एच ५।५ देखि ६।५ सम्म भयेको दोमट माटो नै उपयुक्त मानिन्छ।

 

जातहरु

नेपालमा रायो साग का धेरै स्थानीय जात हरु खेती गरिदै आये पनि सुधारियेका जात हरु जस्तै गुजमुच्छे रायो,दुधे रायो,टङ्खुवा रायो आदि निकै प्रचलित छन।

 

१। खुमल चौडा पात

यो जात हल्का ठाडो हुन्छ।पातहरु धेरै हरिया,मुलायम र चहकिला हुन्छन।पातहरु ४०(५० अm लामा र ३०(४५ अm चाक्ला हुन्छन।

 

२। मार्फा चौडा पात

यो जात हल्का ठाडो हुन्छ।पातहरु कम हरिया,पातमा कम नसा भयेका,लामा र चाक्ला हुन्छन। पातहरु ४०(४५ अm लामा र २०(३० अm चाक्ला हुन्छन।

 

३। खुमल रातो पात

यो जात ठाडो र मध्यम ठाडो दुबै प्रकारको हुन्छ।पात हरु हेर्दा राता राता देखिन्छन। पातमा नसा हुदैन।येस्को टिपाइ गर्न अल्लि बढी समय पर्खनु पर्दछ।पातहरु २५(३० अm लामा र १५(२० अm चाक्ला हुन्छन।

बाली लगाउने समय

रायो खेती मध्य पहाडी क्षेत्रमा वेमौसमी अन्तरवालीको रुपमा बाह्रै महिना लगाउने गरिन्छ तर व्यवसायिक उत्पादनको लागि भने उच्च पहाडमा फाल्गुणवैशाख, मध्यपहाडमा भदौमंसिर सम्म भित्री मधेश वा तराईमा असोजपौष सम्म लगाएको वाली राम्रो हुन्छ

 

जग्गाको तयारी

रायो छिटो तयार हुने वाली भएकोले लगाउनु भन्दा अगाडी जमीनको तयारी राम्ररी गर्नु पर्दछ। यसको लागि २५३० से।मि। गहिराई सम्म राम्ररी खनजोत गरी प्रांङ्गारिक मल प्रशस्त हाल्नु पर्दछ माटोलाई बुर्बुराउदो तुल्याउनु पर्दछ

मलखाद ब्यबस्थापन

येस्को खेती गर्दा गोठे मल प्रती हेक्टर २० मेट्रीक टन आवस्यक पर्दछ। त्यस्तै १००स्४०स्४०पन ल्एप्र हेक्टर आवस्यक पर्दछ।कम्पोस्ट ,फस्फोरस,पोटास को पूरा भाग नाइटोजन को ४० केजि जमिनको तयारी गर्ने बेला मा प्रयोग गर्नु पर्दछ। बाकि रहेको नाइट्रोजन लाई पुन भागमा बिभाजन गरि २० केजि रोपेको २५(३० दिन भित्र,२० केजि ४५(५० दिन भित्र २० केजि रोपेको ७०(८० दिन भित्र प्रयोग गर्नु पर्दछ।

बेर्ना उत्पादन विधि

 

३र४ पटक राम्ररी खनजोत गरी डल्ला फोर्ने माटो नरम बनाउनुपर्छ दुई(तीन मिटर लामो, एक मिटर चौडा २०(२५ से।मि। सतहदेखि उठेको डयाङ् बनाउनुपर्छ त्यसरी तयार गरेको डयाङ्मा राम्ररी कुहिएको गोबर मल मिसाई सतह मिलाउनुपर्छ ( से।मि। को फरक पारी ( से।मि। गहिरो हुने गरी बीउ रोप्नुपर्छ बालुवा अथ्वा धूलो माटोले बीउ पुरेर परालको छाम्रो हाल्नुपर्छ माटो चिसो राख्नलाई समय(समयमा सिंचाई गर्दै जाने बीउ उम्रेपछि परालको छाप्रो हटाइदिनुपर्छ करिब एक महिना उमेर पुगेका बेर्नाहरू सार्न योग्य हुन्छन्

 

बीउ दर

 

३० ग्राम प्रतिरोपनी

 

सार्ने दुरी

 

हारको फरक ३० से।मि।

 

बोटको फरक १०(१५ से।मि।

 

गोडमेल सिचाइ

बिरुवा सारेर नसरे सम्म लगातार हल्का सिचाइ गर्नु पर्दछ। हप्ता हप्ता मा सिचाइ दिनु पर्दछ।समय समयमा झारपात हटाउनु पर्दछ।

बाली लिने समय

 

बेर्ना सारेको २०(२५ दिनपछि पात टिपेर साग खान हुन्छ पात टिप्दा बोटलाई चोट कम पर्ने  गरी जरा नखल्बलिनेगरी हल्कासँग हँसिया अथवा चक्कुले पाठ काट्नु राम्रो हुन्छ बोट बढ्दै गएपछि टिप्दै जानुपर्छ

 

उत्पादन

 

१५००(२००० किलो हरियो पात प्रति रोपनी उत्पादन हुन्छ

 

बाली संरक्षण

 

यसलाई लाग्ने भाइरस रोग अति हानिकारक हुन्छ त्यसैले रोग लागेका बोटहरू उखेलेर हटाइदिनुपर्छ यसलाई सेतो ढुसी रोग पनि लाग्न सक्छ यसलाई रोकथाम गर्न बारी सफा राख्नुपर्छ रोग लागेका पुराना पातहरू हटाइदिनुपर्छ त्यस्तै निलोतुथो चुनको मिश्रणको झोल बनाई छर्नुपर्छ यसलाई लाने कीराहरूमा साही झुसिल्कीरा मुख्य हुन्