फर्सी खेति प्रविधि
परिचय
ग्रीष्म—वर्षा मौसम अर्थात् सामान्यतः जेठदेखि भदौको बीचमा खेती गरिने लहरे बालीहरूमध्ये फर्सी नेपालमा व्यापक प्रचलन भएको तरकारी बाली हो। यसको पात र काण्डमा मसिना रौं जस्ता झुस हुन्छन्। यसको लहराका कलिला मुन्टा, कलिला पात तथा हरिया र पाकेका दुवैथरी फल (फर्सी) को तरकारी बनाएर खाइन्छ । पाकेको फर्सीलाई उसिनेर, तेलमा फ्राई गरेर अथवा पोलेर समेत खान सकिन्छ । पाकेको फर्सीको बियाँ पनि खाने गरिन्छ । अरू तरकारीको तुलनामा फर्सीको उत्पादन क्षमता, पौष्टिक तत्व र भण्डारण क्षमता बढी हुन्छ
हावापानी र माटो
फर्सी गर्मी मौसमको बाली हो । यो २५–३० डि।से। दिउँसोको तापक्रम तथा १८–२०० से। रातिको तापक्रममा राम्रो सप्रन्छ । यसले तुषारो खप्न सक्दैन । परिपक्व हरिया फल १०० से। भन्दा कम तापक्रममा राखेमा फलमा ठण्डीबाट हुने घाउ लाग्दछ । वायुको ४० डि।से। भन्दा माथिको तापक्रमले फुल्न तथा फल्नमा नकारात्मक असर गर्दछ । प्राङ्गारिक पदार्थ प्रशस्त भएको, माटोको पी।एच। मान ६।५–७।५ भएको, राम्रो पानीको निकासी भएको दोमट वा बलौटे दोमट माटो फर्सीको खेती गर्न अति उत्तम मानिन्छ ।
जातहरूः
वानस्पतिक गुणका आधारमा फर्सी नेपाली, युरोपियन वा हिउँदे फर्सी र सुख्खा तथा गर्मी यामको स्क्वास गरी ती किसिमका छन् । ‘सोनार ०२२’ जातको फर्सी तराई र मध्य पहाडमा खेती गर्न सिफारिस गरिएको छ । यसको लहराको लम्बाइ ४००–६०० से।मि। हुन्छ । बेर्ना सारेको ७५–८० दिनमा फल टिप्न सकिन्छ । उत्पादन ५५ मे।टनरहे। हुन्छ ।
बाली लगाउने र लिने समयः
बिउ सोझै बारीमा रोप्ने वा प्लास्टिक थैलामा हुर्काएका बेर्ना सार्ने काम उच्च पहाडमा वैशाख–जेठमा, मध्य पहाडमा फागुन–चैतमा र खोंच, बेंसी, तराईमा माघ–फागुनमा गरिन्छ । त्यसैगरी बाली लिने समय तराईमा वैशाख देखि भदौसम्म, मध्य पहाडमा असार देखि असोजसम्म र उच्च पहाडमा भदौ देखि असोजसम्म हुन्छ । क्षेत्र अनुसार अगौटे बाली तराईमा, मध्यम मौसमी मध्य पहाडमा र पछौटे बाली उच्च पहाडमा लगाउने र लिने गरिन्छ ।
बिउदरः एक रोपनी जमिनको लागि १२५ ग्राम ।
रोप्ने दूरीः हारबाट हार २ मिटर र बोटबाट बोट २ मिटरको फरक । बीउ रोप्दा २ दाना बिउ एक ठाउँमा रोपिन्छ । बेर्ना सार्दा एक ठाउँमा एउटा बेर्ना सारिन्छ । बिउ उम्रेपछि दुईटा मध्ये एउटा बलियोलाई राख्ने र कमजोरलाई हटाउनु पर्दछ ।
जमिनको तयारीः फर्सी लगाउने जमिन २–३ पटक गहिरो गरी डल्ला फोडेर झार जिलाउने ।
दुई–दुई मिटर चौडा ड्याङ बनाउने र दुई ड्याङको बीचमा ३० से।मि। फराकिलो कुलेसो बनाउने ।
निश्चित दूरीमा ३०×३०×३० से।मि। साइजका खाडल खनेर वा खाडल नखनी ड्याङ्गमा बिउ रोप्ने वा बेर्ना सार्ने ।
मलखाद तथा सिंचाइः
एक रोपनी जमिनको लागि १५०० के।जी। गोबर मल, ५ के।जी। नाइट्रोजन, ३ के।जी। फस्फोरस र ३ के।जी। पोटास, २ के।जी बायोजाम, १ के।जी सूक्ष्म तत्वको धुलोको आवश्यकता पर्दछ । पहिलो थप मल १।२५ के।जी। नाइट्रोजन प्रति रोपनीका दरले बोटले त्यान्द्रा निकालेपछि दिने र दोस्रो थप मल फुल्न थालेपछि दिनुपर्दछ । बिउ रोप्दा र बेर्ना सार्दा पानी दिनुपर्दछ । यसलाई चिस्यान धेरै चाहिन्छ । फर्सीलाई सुख्खा मौसममा ७–१० दिनमा नियमित रूपले सिंचाइ गर्नुपर्दछ । फल परिपक्व हुन थालेपछि सिंचाइ दिन कम गर्नुपर्दछ ।
गोडमेल तथा थप मल
फर्सीको बीउ अथवा बेर्ना रोपेको २०—२५ दिन पछि हल्का गोडमेल गर्नु पर्दछ । बिरुवाको वरपरको माटो
खुकुलो बनाउनु पर्दछ र झारपात हटाउनु पर्दछ । बेर्ना सारेको करीब ३० दिनमा एकपटक र ५०—६०
दिनमा दोस्रो पटक थप मल हाली उकेरा दिनु पर्दछ । थप मल सँगै सिंचाइ पनि आवश्यक पर्दछ ।
छापो दिने
बेर्ना सारिसकेपछि सुकेको घाँस, पराल, रूखका पात आदिले छापो दिनु पर्दछ । सुक्खा र गर्मी समयमा
छापोको महत्व एकदम बढी हुन्छ । छापो दिनाले चिस्यान कायम गर्न मद्दत पुग्दछ ।
थाँक्रा दिने
फर्सीलाई बलियो थाँक्रा अनिवार्य रूपमा दिनुपर्दछ । घर, कौसी वा गोठको छानोमा चढाएर थाँक्रोको
व्यवस्था गर्न सकिन्छ । होचो टाँड वा छापो बनाएर पनि थाँक्राको काम लिन सकिन्छ ।
बाली टिप्ने समय
बिरुवा रोपेको करीब डेढ दुई महीना पश्चात् फर्सीका मुन्टा टिप्नको लागि तयार हुन्छन्। बीउ रोपेको
लगभग तीन महीना पछि कलिला गट्टा अर्थात्फल टिप्ने बेला हुन्छ । फर्सीका हरिया गट्टा आकर्षक रङ
र साइजका भएपछि तुरुन्तै प्रयोगका लागि टिप्नु पर्दछ । फर्सीका गट्टा (फल) टिप्दा भेट्नु सहित टिप्नु
पर्दछ । पाकेको फलको लागि बोटमा नै फर्सी पाकेर छिप्पिएपछि टिप्नु पर्दछ ।
उत्पादन
एक रोपनी जग्गामा ३००० देखि ५००० के.जी. सम्म फर्सी उत्पादन गर्न सकिन्छ ।
भण्डारण
बोटमै पाकेको फर्सी १०—१२ डिग्री से. तापक्रम र ७५ प्रतिशत सापेक्षित आद्र्रताको स्थानमा ५—८
महीनासम्म भण्डार गरेर राख्न सकिन्छ । लामो अवधिको लागि भण्डार गर्नको लागि घाउ चोट नलागेका,
परिपक्व फल छान्नु पर्दछ । टिपेका फल अर्थात् फर्सीलाई भुईंमा राख्नुहुँदैन । सुक्खा हावा लाग्ने र ठण्डी
ठाउँमा सुकेको पराल ओछ्याएर पराल माथि एउटा एउटा गरेर राख्नु पर्दछ ।
रोग तथा किराहरु
किराहरु
फल कुहाउने औसाः
यसले प्राय सबै लहरे तरकारीहरुमा ठुलो नोक्सान गर्दछ । भाउ झिँगा ६ मि.मि लामा खैरा पहेलो पेट भएका, पारदर्शी पखेटा भएका,
लार्भाहरु खुट्टा नभएका र एकातर्फ चुच्चो परेका हुन्छन्।
माउ खपटेले फलको बोक्रा नजिकै भित्र फूल पार्दछन्, फुलबाट लाभ्रे बनेपछि फललाई छेडेर भित्र गुदी खान थाल्दछन्। लाभ्रे विकसित हुँदै गर्दा
प्वाल पारेको ठाउँ कुहिएको धव्वा देखिन्छ पछ िसबै फल कुहिन्छ ।
व्यवस्थापनः
√ प्रभावित फलहरु जम्मा गरी २–३ फिट गहिरो खाडलमा पुर्ने
√ झारपात नियन्त्रण, वाली लिएपछिको जोताई र पानी जमाउनाले प्यूपा अवस्थामा नियन्त्रण गर्न सकिन्छ ।
√ ब्रोकोन्डी प्रासाइड प्रयोग गर्ने ।
√ विषादी युक्त चारा राख्ने ।
√ मोहिनी पासो राख्ने ।
नुनमा १ मि.ली प्रति लिटर पानीमा राखेर छर्ने ।
√ भ्ऋ को मालाथायन ९०० मि.ली+४५० ग्राम मर्चा १८० लिटर पानीमा घोलेर स्प्रे गर्ने (तयार गरेको दिनमा
राता खपटेः
यो किराले लहरे तरकारी बाहेक केराउ बालीमा पनि आक्रमण गर्दछ । खपटे राता चम्कीला हुन्छन्। ७ मि.मि. लामा २.६ मि.मि चौडा र
तल्लो भाग कालो हुन्छ । लाभ्रे पहेला सेता र टाउको खैरा र पूर्ण विकसित हुँदा १२ मि.मि लम्बाइका हुन्छन्र माटो मुनी रहन्छन्। माउ खपटेले
हरियो भाग खाएर नोक्सान गर्दछन्भने लाभ्रेले जरा र माटोसँग छोइएका फलहरुमा प्वाल पारेर खान्छ ।
माउ खपटेले १५०–३०० वटा अण्डा पार्दछ जुन माटोमुनी रहेर जरा खान्छन्, र २–३ हप्तामा पूर्ण विकसित हुन्छन्। बर्षमा ५–८ पुस्ता
हुर्कन्छन्।
व्यवस्थापन ः
√ खपटे हातले संकलन गरेर मार्ने
√ मालाथिएन पाउडर २० कि.ग्रा÷हेक्टर छर्ने ।
√ सेभिन १ ग्राम वा मालाथियन ५० इं.सि १ मि.ली प्रति लिटरका दरले छर्ने ।
रोगहरु
सेतो धुले ढुसी ः
यो ढुसिले लहरे तरकारी बाहेक आलु भिण्डी केराउ आदिमा असर र्गछ र यो अति ठुलो नोक्सान पु¥याउने रोग हो ।
यो रोग लाग्दा सुरुमा सेता खैरा धव्वा पातमा देखिन्छ पछि पात डाँठमा सेतो धुलो जम्मा हुँदैजान्छ पात तथा लहरा मर्दछन्।
यो रोगका जिवाणु लहरे जातको बाली अवसेस र जंगली लहरे झारमा आश्रय लिन्छन्।
कम सापेक्षित आद्रता र ३५ डिग्री से. तापक्रममा चाडों फैलन्छन्।
व्यवस्थापनः
√ लहरे झारपात नोक्सान गर्ने,
√ बाली अवसेस जलाउने वा पुर्ने
√ सल्फर २० कि.ग्रा प्रति हेक्टर डस्टीङ गर्ने
√ क्यारा थियन २ मि.ली प्रति लिटर पानीमा राखेर छर्ने ।
डाउनी मिल्डीउः
यो पनि लहरे तरकारीहरुमा क्षति पु¥याउने ढुसि बाट हुने रोग हो ।
गाडा हरियो भागको विच विचमा हल्का हरियो भागको विकास हुन्छ र चाँडैनै त्यस्ता धव्वा हल्का पहेँलो र कुना परेका धव्वामा परिणत हुँदै पुरै
पात झर्दछ । यो रोगका जिवाणु लहरे वाली, लहरे झार र वालीका अवसेसहरुमा आश्रय लिन्छन, उक्त आश्रय स्थलबाट पानीले पखालेर माटोमा झार्दछ र खपटे
किराहरुले तिनीहरुलाई निरोगी बोट सम्म सार्ने काम गर्दछन्।
व्यवस्थापनः
√ स्वाजातिय झार नष्ट गर्ने
√ घुम्तीवाली अपनाउने
√ थिरम २ ग्राम प्रति किलो विउका दरले उपचार गर्ने ।
√ साप्ताहिक रुपमा डाइथेन्एम्४५ ३ ग्राम प्रति लिटर पानीका दरले स्प्रे गर्ने ।