बोइ्राो खेति प्रविधि
परिचय
यो घाटि बसेको निको पार्न, भोक जगाउन र पिनासको उपचार गर्न प्रयोग गरिने सामान्य जडिबुटी हो्र यदाकदा यो खानेकुरामा मसलाको रूपमा पनि प्रयोग हुन्छ्र जापानी समाजमा यसलाई बीरताको प्रतीकको रूपमा पनि लिइन्छ ९ पातको रूप समुराई तरवारको आकारको हुना ले०्र यसको स्वाद अलि परपराउने , पीरो र तीतो अनि र वासना सुगन्धित मिश्रण युक्त हुनाले अङ्ग्रेजीमा sweet flag भनिन्छ्र ।बोझो नेपालका हिमाली भेकका नदी , खोलानालातिर अक्सर समुद्री सतहभन्दा २,००० मी। उचाईसम्म पनि अलि दलदल परेका ठाउँमा पाइन्छ। यो विरुवा जमीनमुनि रहेको काण्डबाट पल्हाई आउँछ। काण्ड जमीनमुनि समकोण भएर २० से।मी। देखि १ मी। सम्म फैलिएर रहेको हुन्छ। यो फिक्का सुन्तला वा खैरो गुलाफी रंगको र ०।६ देखि २।० से।मीको मोटाई भएको हुन्छ। यो काण्डलाई सजिलैसँग टुक्रा गर्न सकिन्छ। यसको भित्री भाग सेतो वा अलि गुलाफी रंगको हुन्छ। काण्डको माथिल्लो सतहमा मसिनो झुस हुन्छ र तल्लो सतहमा जरा झरी दाग बसेका हुन्छन्। यसको वासना सुगन्धित र स्वाद अलि परपराउने , पीरो र तीतो हुन्छ।
खेती
बोझोको खेती यसको काण्डबाट गरिन्छ । नतिशीतोष्ण वा केही न्यानो जलवायु तथा प्रशस्त
मल, घाम र दलदल परिस्थिति यसलाई अति उपयोगी हुन्छ । टुसा निस्केको भागहरूलाई कोपिला
रहने गरी टुक्रा टुक्रा पारी मसिनो वालुवा मिसिएको माटोमा हरेक टुक्रामा रहेको टुसा वा
कोपिला माटो बाहिर निस्कने गरी ०.३ मि. फरकमा गाडिन्छ । यो विरुवाको लागि हरियो मल
उपयोग गरिन्छ । माटोलाई काफी सिंचाई दिई नरम बनाइएको हुनु पर्दछ ।
संकलन
यो जडीबुटी बाली रोपिएको एक वर्षपछि नै संकलन गर्न सकिन्छ । हरेक बसन्त ऋतुमा माटो
मुनिबाट काण्ड संकलन गरिन्छ । संकलन गर्दा जमिनभित्र काण्डको केही भाग छोड्नु पर्दछ ।
यसले गर्दा विरुवा मासिने डर हुँदैन र यसै काण्डबाट अर्काेवर्ष बोट पल्हाएर आउँछ । प्रत्येक एक
एकड जमिनमा सुकेको बोझोको काण्ड १,१५२ के.जी.सम्म प्राप्त गर्न सकिन्छ ।
सुकाउने तथा संरक्षण
यसरी संकलन गरिएको काण्ड पानीमा पखालिन्छ र टुक्रा टुक्रा गरी घाममा राम्ररी सुकाइन्छ ।
राम्ररी सुकिसकेपछि ७५ प्रतिशतसम्म तौलमा कम हुन्छ । सुकेको काण्ड बोरामा कसेर ओभानो
गोदाममा राखिन्छ ।
उपयोगिता
आयुर्वदिय पद्धति अनु े सार यस जडीबुटीको काण्ड ग्रन्थी, बाथ, ज्वरो, शुल, कफदोष इत्यादिमा
प्रयोग गरिन्छ । यसले भोग जगाउँछ, कण्ठ रोगलाई हित गर्दछ ।