परवल खेती प्रविधि
परिचय
परवल लहरेबाली अर्थात् फर्सी समूह अन्तर्गत पर्ने एक बहुवर्षिय तरकारी वाली हो । यसको खेती गर्मी तथा ओसिलो हावापानीमा राम्रो फस्टाउँने गर्दछ । प्रशस्त वर्षा हुने नेपालका तराई तथा भित्री मधेशमा परवलको खेती राम्रो हुन्छ । परवल खेतीको लागि अति सुख्खा मौसम उपयुक्त हुँदैंन । परवलको वृद्धि विकासका लागि औसत तापक्रम ३० देखि ३५ डिग्री सेन्टिग्रेड, अधिकतम तापक्रम ४० डि।से। र न्यूनतम तापक्रम २० देखि २५ डि।से। आवश्यक हुन्छ । अत् नेपालमा परवल खेती कसरी गर्ने कृषि व्यवस्थापन सूचना प्रणलीले तयार पारेका टिप्सहरु पढौं ।
हावापानि
यसको खेती गर्मी तथा ओसिलो हावापानीमा फस्टाउँछ । प्रशस्त वर्षा हुने नेपालका तराई तथा भित्री मधेशमा परवलको खेती राम्रो हुन्छ। यसको वृद्धि विकासका लागि औसत तापक्रम ३० देखि ३५ डिग्री सेन्टिग्रेड, अधिकतम तापक्रम ४० डि।से। र न्यूनतम तापक्रम २० देखि २५ डि।से। आवश्यक हुन्छ। यसले अति सुख्खा मौसम सहन सक्तैन ।
माटो
यसले पानी जमेको अवस्था र तुसारो सहन सक्दैन । पानीको राम्रो निकास भएको बलौटे दोमट तथा दोमटमाटोमा यसको खेती सप्रन्छ। माटोको पिएच मान ६देखी ७ चाहिन्छ ।
जातहरु
१ सेता धर्सा भएको लामो
२ हरियो लामो
३ हरियो गोलो
४ फैजाबाद परबल १
५ फैजाबाद परबल ३
६ फैजाबाद परबल ५
जग्गाको तयारी
गर्मी तथा सुक्खा समयमा २(३ पटक गहिरोसँग जमिन जोत्नु पर्दछ । रोप्ने बेलामा फेरी २(३ पटक खनजोत गर्नु पर्दछ ।ड्याङ३०० सेमी चौडा र २ ड्याङको बिचमा ५० सेमी फराकिलो कुलेसो बनाउनु पर्दछ । हार हार को बिचमा २००सेमी र बोट बोट को बिचमा १००सेमीफरकमा रोपिन्छ ।
प्रसारण बिधी
परबलको बिउ रोपेर खेती गरिदैन ।यसको जरा काटेर बनाएका १५ सेमी लामा तुक्रा वा लहरा कातेर बनएका ५० सेमी लामा तुक्रा रोपिन्छ । लहरा काटेका टुक्रा रोप्ने प्रचलन बढि छ । लहराका टुक्रालाई गोलो आकार कोबनाइ दुबैटुप्पा ५(१० सेमी जमिनमाथी पर्ने गरी १५ सेमी गहिराइमा रोपिन्छ । भाले र पोथीका फूल अलग अलग बोटमा हुने भएकोले भाले र पोथी बोटको अनुपात १स्९ हुनु पर्दछ ।यसरीप्रत्यक १० वटा बोट रोप्दा १भाले बोट रोप्नु पर्दछ । फली रहेको स्वस्थबोटकालहराहरु भदौ देखी कार्तिक सम्मनिकालीन्छ । लहरका सबै पातहरु हटाइन्छ । रोप्न लायक १ लहराको टुक्रा १०(१५ आख्ला भएको र ५०(६० सेमी लामो हुनु पर्दछ । १ रोपनी जमिनमा रोप्नको लागी २००(२५० लहराका टुक्राहरु आवस्यक पर्दछ ।
विरुवा रोप्ने दुरी
प्रति रोपनी लहराका १५०(२०० टुक्राहरुको आवश्यकता पर्दछ । एक लाईन देखि अर्को लाईनको दुरी २मीटरतथा बोट देखि बोटको दुरी १ मीटर कायम हुने गरी रोप्नु पर्दछ ।परवलको बोटको ५० से।मी। लामो ४(५ वटा आँख्ला भएको लहराका टुक्रा काटी गोलो पारेर बिंडा बटारे जस्तो गरी बटार्नु पर्दछ। गोलाई करिब ३० से।मी। हुनु पर्दछ । काटेको दुबै टुप्पो माटोको १०९१५ से।मी। बाहिर पार्ने गरी १० से।मी। गहिरो गरेर रोप्नु पर्दछ।
सिंचाइ
सिंचाईको व्यवस्था भएको ठाउँमा गरमी मौसममा ८(१० दिनको फरकमा पानी दिनु पर्दछ। पानी बढी भएमा निकास खोली दिनु पर्दछ। परवललाई छाप्रोमा चढ्न नदिने क्षेत्र वा ठाउँमा सिंचाई गर्दा पानी जम्न दिनु हुँदैन र जमिनमा नै फैलाइने भएकोले सिंचाईले फल बिगार्न सक्दछ।
काँटछाँट
परवल बहुवर्षिय बाली भएकोले दोश्रो वर्षदेखि पाँचौ वर्षसम्म खुट्टी बाली लिने हुँदा लहरा काँटछाँट गरिन्छ। हिउँदमा बिरुवा करिब९करिब सुशुप्तावस्थामा जान्छ र वृद्धि विकास र फल्न पनि रोकिन्छ। हिउँद शुरु हुनु भन्दा अगाडी पहिलो बाली टिपेपछि मध्य आश्विन देखि मंसिर मध्यसम्ममा परवल बिरुवाको फेदबाट अर्थात् जमिनबाट १५ से।मी। माथि ३०(५० से।मी। फूल लहरा छोडेर बाँकी टुप्पा तर्फको लहरा काटेर हटाईन्छ। यसरी काटिदिँदा बाँकी रहेको भागबाट हाँगाहरु धेरै आउँछन् र मध्य फाल्गुण देखि बढी फूल र फल लाग्न शुरु हुन्छ ।
थाँक्रो र छाप्रो
खेतबारीरअग्लो ठाउँमा गरिने परवल खेतीको लागि थाँक्रो वा छाप्रोको व्यवस्था गर्नु पर्दछ। नयाँ टुसा पलाउने बेलामा बाँस र सुतरी अथवा तारको छाप्रो बनाई सो छाप्रोमा लहरा चढाउनाले फललाई कुहिनबाट बचाउन सकिन्छ र लामो समयसम्म फल्छ र बढी फल लाग्दछ।
हेरचाह
लहरा रोपेपछि फल नलागेसम्म ३(४ पटक गोडमेल गर्नु पर्दछ। परवलको लहरा जमिनमा नै बढ्न दिने हो भने झारपात नियन्त्रण गर्न र फललाई कुहिनबाट जोगाउन लहरा मुनी छापो दिनुपर्दछ । लहराले जतासुकै जरा हालेर झ्याङ्गिन नपाओस् भनेर समय समयमा ओल्टाईपल्टाई गर्नु पर्दछ । छापोका लागि सुकेका झारपात, खर, पराल आदि प्रयोग गर्न सकिन्छ।
बाली संरक्षण
किराहरु
१ रातो खपेट
यस कीराले विरुवाको कलिलो अवस्थामा बढी क्षति पुर्याउँदछ। वयस्क खपटे चम्किलो रातो हुन्छ र लार्भा फिका पहेंलो हुन्छ। यसको ब्यवस्थापनमा रोग अवरोधक जात लगाउने, वायोलेप १ ग्राम प्रति लिटर पानीमा मिसाई बेलुकीपख छर्ने वा एन पि भी १ मि।लि प्रति लिटर पानीमा मिसाएर १०–१५ दिनको फरकमा छर्नु पर्दछ।
२फल कुहाउने औंसा
फल कुहाउने औंसाफल भित्र पसेर फलको गुदी खान्छ र फल कुहाई दिन्छ । यसको रोकथामका लागि मालाथियन ५० ईसी को झोल बनाएर १०(१५ दिनको फरकमा २(३ पटक छर्नु पर्दछ ।
रोगहरु
१सेतो धुलो ढुसी रोग
पातको माथिल्लो सतहमा सेतो खैरो ढुसीको विकास भई रोगी विरुवाका पातहरु पँहेलिन्छन् र सुक्न थाल्दछन् । आक्रमण बढी भएमा पात डाँठ साथै लहरामा पाउडर छरे जस्तो देखिन्छ। यसको रोकथाम गर्न घरेलु उपचार विधि जस्तै गाई भैंसीको गहूँत १ भाग र १० भाग पानी मिसाई ४–५ दिनको फरकमा छर्ने, बढी नै आक्रमण भएको खण्डमा क्याराथेन ०।२ प्रतिशत अथवा बेभिष्टिन ०।१ प्रतिशत ७–१० दिनको फरकमा ३–४ पटक छर्नु पर्दछ।
बाली उत्पदन
जात, मौसम तथा खेती व्यवस्थापनका आधारमा पहिलो र दोश्रो वर्षमा प्रति रोपनी ५०० देखि १००० के।जी। परवल फल्दछ भने तेश्रो र चौथो वर्षमा १।५ देखि २ मे।टन सम्म परवल फल्दछ। एक पटक रोपेको बोटले ४(५ वर्षसम्म उत्पादन दिन्छ ।