पालुङ्गो

परिचय

पालुङ्गो उच्चस्तरीय हिउँदे सागबाली हो नेपालको सबैक्षेत्रमा यसको खेती गर्न सकिन्छ यसको कलिला पातको तरकारी बनाएर खाइन्छ देशका केही भागमा माघेसंक्रान्तिका दिनमा पालुङ्गोको सागले सांस्कृतिक महत्व पनि पाउने गरेको भेटिन्छ

पौष्टिक महत्व

पालुङ्गोको सागमा भिटामिन , बी, सी , क्याल्सियम, फलाम, फस्फोरस, प्रोटिन जस्ता तत्वहरू प्रशस्त मात्रामा पाइन्छन्।

हावापानी माटो

पालुङ्गो हिउँदे साग हो। तराई मध्य पहाडमा यो तरकारी हिउँदमा लगाइन्छ भने उच्च पहाडमा हिउँदे तुषारो नपर्ने कुनै पनि बेलामा यसको खेती गर्न सकिन्छ वर्षा यामको झरीबाट जोगाउन सके मध्य पहाडी इलाकामा प्रायः वर्षभरि नै यसको खेती गर्न सकिन्छ प्राङ्गारिक पदार्थ प्रशस्त भएको दोमट माटोमा यसको खेती राम्रो हुन्छ पानी जमेको जिमाहा अम्लीय माटोमा यसको

खेती राम्रो हुँदैन पिएच . देखि . सम्म भएको माटोपालुङ्गो उत्पादनको लागि राम्रो हुन्छ

जातहरु

१पाटने स्थानीय

२हरिपाते

बाली लगाउने तरीका

जमीनको छनोट तथा तयारी

पानी नजम्ने तथा पारिलो जग्गामा यसको खेती राम्रो हुन्छ जमीनलाई पटक जोती, डल्ला फोरी, झार हटाई; माटो मसिनो पारेर राम्ररी सम्याउनु पर्दछ यसको बीउ मसिनो या सानो हुने हँुदा माटो धूलो तथा मसिनो हुनु आवश्यक पालुङ्गो छर्नुअघि अघिल्लो बालीका अवशेष राम्रोसँग हटाउनु पर्छ; जसले गर्दा रोग तथा कीराको प्रकोप कम हुनसक्छ जमीन जोत्ने बेलामा नै राम्रोसँग पाकेको गोबर मल अथवा कम्पोष्ट प्रशस्त मात्रामा छरेर जोत्नु पर्दछ मिटर चौडाइ तथा आवश्यकता अनुसार लम्बाइ भएका साना ड्याङ बनाएर बीउ छरे राम्रो हुन्छ

खानयोग्य १०० ग्राम पालुङ्गो पातमा

निम्नानुसार खाद्यतत्व पाइन्छ

कार्बोहाइड्रेटः३. ग्राम

चिनीः . ग्राम

रेसाः . ग्राम

बोसो . ग्राम

प्रोटिन . ग्राम

भिटामिन एः ४६९ न्यानो ग्राम

भिटामिन सीः ४६९ न्यानो ग्राम

भिटामिन इः ४६९ न्यानो ग्राम

क्याल्सियमः ९१ मिलि ग्राम

फलामः .७१ मिलि ग्राम

म्याग्नेसियमः .८९७ ग्राम

फस्फोरसः ४९ मिलि ग्राम

पोटासियमः ५५८ मिलि ग्राम

ज्ञढद्द

मलखाद व्यवस्थापन

१००० के.जी. राम्रोसँग पाकेको गोबर मल अथवा कम्पोष्ट प्रति रोपनीका लागि आवश्यक पर्दछ

बीउ

पाटने स्थानीयः ५००७०० ग्राम बीउ एक रोपनीको लागि पर्याप्त हुन्छ

अलग्रीन जातः ५००७०० ग्राम बीउ एक रोपनीको लागि पर्याप्त हुन्छ

बाली लगाउने समय

क्षेत्र        लगाउने समय   बाली लिने समय

तराई       कात्तिकपुस    पुसफागुन

मध्य पहाड  भदौमाघ      कात्तिकबैशाख

उच्च पहाड फागुनवैशाख     वैशाखभदौ

बीउ छर्ने विधि

यो पालुङ्गोको बीउ ब्याडमा नराखी सोझै खेतबारीमा छरिन्छ बीउ छर्ने बेलामा कहीं बाक्लो कहीं पातलो हुनु हुँदैन, एकनाशले फिजाएर छर्नुपर्दछ बीउ छरेलगत्तै छापो राखी सिंचाइ गर्नुपर्दछ

पालुङ्गोसँग घुसाउन सकिने अन्य बालीचम्सुर, रायो, भान्टा, काउली

सिंचाइ तथा निकास

माटोमा चिस्यान कायम राख्नको लागि आवश्यकता अनुसार सिंचाइ गर्नुपर्दछ तर पानी जम्न दिनुहुँदैन

गोडमेल

गोडमेलको समयमा झारपात हटाउने, माटो खुकुलो पार्नुको साथै बेर्ना कतै धेरै बाक्लो भए बेड्याउनु

पर्दछ देखि पटकसम्म गोडमेल गर्नुपर्दछ बीउ छरेको ३० देखि ४५ दिनको बीचमा पुनः थप मल

हाल्नुपर्दछ

पालुङ्गोमा लाग्ने मुख्य रोगः कालो थोप्ले रोग, सिन्दुरे, डाउनी मिल्ड्यु

पालुङ्गोमा लाग्ने मुख्य कीरालाई, पात बेरुवा

बाली लिने समय

बीउ छरेको करीब डेढ महीनामा पहिलो बाली लिन सकिन्छ जरा नउखेली पात मात्र काटेर टिपेमा पुनः बाली लिन सकिन्छ यसो गर्दा पालुङ्गोको एउटा बोटबाट तीन पटकसम्म साग÷पात टिप्न सकिन्छ

उत्पादन

जात अनुसार प्रति रोपनी ६००१००० के.जी सम्म उत्पादन लिन सकिन्छ

भण्डारण

यसलाई रेफ्रिजेरेटरमा राखी (३५ डिग्री फरेनहाइट तापक्रममा) दिन सम्म भण्डारण गर्न सकिन्छ