प्याज खेति प्रविधि
परिचय
प्याजलाई एउटा प्रमुख मसला बालीको रुपमा चिनिन्छ । प्रायः गरेर कृषकहरूले बैशाख महिनामा प्याजखन्ने भएकाले त्यतिबेला बजारमा प्याज प्रशस्त मात्रामा पाइन्छ । त्यसैले बजारमा प्याजको मूल्य घट्न जान्छ र कृषहरूले उचित मूल्य पाउदैनन । तर त्यस समय भन्दा अघि र पछि बजारमा प्याजको मूल्य प्राय उच्च हुने गर्दछ । बजारको माग पूरा गर्नका लागि बाहिरबाट प्याज आयत् हुने गर्दछ । त्यसैले कृषकहरूले प्याज खेतीबाट बढी फाइदा लिनका लागि वेमौसमी प्याज लगाउनुनै एउटा उत्तम उपाय हो । प्याज खेतीको लागि २० देखि ४० डिग्री सेन्टीग्रेडसम्मको तापक्रममा उपयुक्त मानिन्छ । दिनमा ३० डिग्रीसेन्टीग्रेड र रातमा २० डिग्री देदि सेन्टी ग्रेड औषत तापक्रममा प्याजको बिरुवाको वृद्धि तथा विकास राम्रो हुन्छ । बाली पाक्ने समयमा उज्यालो घाम र कम तापक्रम भएको दानाम कार्वो हाइड्रेडको मात्र विकास हुन सहयोग पुयाउँदछ ।
हवापानि
प्याज ठण्डा मौसमा लगाईने हिउँदे तारकारी बालि हो । प्याजको वानस्पतिक बृद्धि र विकास हुनका लागि कम तापक्रम र छोटो दिनको अवश्यकता पर्दछ । भने गानो को विकास को लागि बढी तामक्रम र लामो दिनको अवश्यक पर्दछ । गानो को लागि सबै भौगलिक क्षेत्रमा प्याजको खेति गर्न सकिने भएातपनि विउ उत्पादनका लगि कम पानि पर्ने क्षेत्रमा उपयक्त हुन्छ ।
माटो
बढी उत्पादनको लागि खुकुलो, प्रशस्त प्राङ्गारिक पदार्थ भएको बलौटे दुमट माटो उपयुक्त हुन्छ । माटोको पि।एच। ५।८ देखि ६।८ सम्म राम्रो मानिन्छ ।
जातहरू ः रेड क्रियुल, पुषा रेड, नासिक–५३,अर्लिग्रानो,
प्याज लगाउने समय
पहाडमा तराईमा ,कार्तिक–मंसीर कार्तिक–मंसीर
असाउ साउन ९वेमौसमी जेष्ठ–असार ९वेमौसमी
जग्गाको तयारी
दुई–तीन पटक २० देखि २५ सेमी गहिरो खनजोत गरी जमिन समथर पार्ने । प्याज खेतीको लागि माथिल्लो सतहको माटो सधैं खुकुलो राख्ने ।
बीऊ दर
प्रतिरोपनी ४००–५०० ग्राम ९प्रति कठ्ठा २६४–३३० ग्राम० प्रति रोपनी करिब ३३।५०० ९प्रति कठ्ठा २२।१००० विरुवा सार्ने
मलखाद
मलखादको किसिम प्रति रोपनी
गोबर मल १ मे।ट।
पोटास १० के।जी।
डि।ए।पी। ६ के।जी।
युरिया १० के।जी।
बाली संरक्षण
( मुख्यतया प्याजमा थ्रिप्सकिरा लाग्छ र यसले प्याजको पातलाई काटेर खाने हुँदा पात सुकेर बोट मर्दछ ।
यसलाई नियन्त्रण गर्न निमयुक्त विषादी २ मिली प्रति लिटर मानप्मा घोलेर छर्ने । यस्तै बेर्ना सारेपछि २ पटक खरानी छर्ने । डाउनी मिल्डयु रोग लागेमा पातमा खैरो रङ्गको ढुसी देखापरि विरुवाको बृद्धि रोकिएर विरुवा पहेलो भइ मर्छ ।यस रोगको नियन्त्रण गर्न २ ग्राम कपुअक्सिक्लोराइड र म्यानकोजेव प्रतिलिटर मानप्मा घोलेर एक हप्ताको फरकमा पालैपालो ३ पटक छर्ने । बैजनी धब्बा लागेमा नियन्त्रण गर्ने डाउनी मिल्टयुमा जस्तै गर्ने । कालो पोके रोग लागेमा पातको सतहमा कालो थोप्लाहरू देखा पर्दछन् र पातबाट कालो धुलो झर्दछ ।यो रोग नियन्त्रण गर्न एउटै जमिनमा लगातार प्याज खेती नगर्ने । रोगी बेर्नाहरू उखेलेर नष्ट गर्ने । बेभिष्टिन २ ग्राम प्रति केजीका दरले बीऊको उपचार गर्ने । यस्तै प्याजमा गानो नलाग्दै फूल फूल्ने समस्या ९कोल्टिङ० पनि हुनसक्छ । यसबाट बचाउन सन्तुलन र रुपमा रासायनिक मलको प्रयोग गर्ने, सिफारिस गरिएको जात लगाउने, राम्रोसंग हुर्किएको विरुवा मात्र सार्ने र सकभर पौष महिना भित्रै बेर्ना सारी सक्ने ।