मुसुरो खेति प्रविधि
परिचय
मुसुरो नेपालमा अत्यन्त लोकप्रिय कोसे बालीको रूपमा रहेको छ । नेपालमा यसको खेती धान अथवा मकै बाली आधारित प्रणालीमा गर्ने प्रचलन छ । कुल कोसे बाली खेती मध्ये यस बालीले मात्र ६४ प्रतिशत क्षेत्रफल ओगोटन सफल रहेको छ । सबैभन्दा महत्त्वपूर्ण कुरामुसुरोलाई नम्बर १ निर्यात बालीको रूपमा लिइन्छ । नेपालको तराई भूभाग जहाँ ९५ प्रतिशत मुसुरो खेती गरिन्छ र धान पछि मुसुरो छर्ने वेलामा बढी चिस्यान हुनु वा सुख्खा हुनु बाली स्थापनामा समस्याको रूपमा रहेको छ ।
यसको महत्त्व निर्यात बालीको अलावा मुसुरोको दाल प्रोटिन तथा विभिन्न खनिज पदार्थहरू आइरन, जिङ्क आदिको घनिभूत श्रोत भएकोले नेपालको मध्यम वर्गीय समाज तथा गरिब कृषकहरूको लागि भरपर्दो श्रोत भएको छ । नेपालमा झन्डै ६००००० घरधुरी कृषकहरू मुुसूरो खेतीमा संलग्न रहेका छन् । यस बालीले हावामा भएको नाइट्रोजन मल माटोमा स्थिर करण गर्ने भएकोले माटोको उर्वराशक्तिमा दिगोपन ल्याउन र खेती प्रणालीमा पनि सुधार आउने हुनाले वाली विविधीकरणमा समेत सहयोग पुगेको छ ।
हावापानी
तराई मधेश, मध्य पहाडी फाँट र उपत्यकाहरुमा हिँउदे बालीको रुपमा खेती गरिन्छ ।धान र मकै खेती पछि बेचेखुचेको चिस्यानमा मुसुरो खेती हुन्छ ।
माटो
पानी नजम्ने माटो हुनु पर्दछ । दुमट माटो र माटोको पि।एच। न्युट्रल हुनु यसका लागि वेश हो । आम्लीय माटो यो बालीका लागि उपयुक्त हुंदैन ।
जातहरु :
० पच्चिम तराई क्षेत्र : खजुरा मुसुरो-१ र खुजुरा मुसुरो-२ आदी
० तराई, नदीका फाँटर मध्य पहाडी ईलाका : शितल, महेश्वर, भारती, सगुन, सिमल, शिशिर जातका उपयुक्त हुन्छन् ।
रोप्न र बाली लिने समय :
० मध्य पहाडमा कार्तिक मंसीरमा रोपिन्छ भने फागुन चैत्रमा बाली लिने समय हुन्छ ।
० तराई तथा भित्रि मधेशमा पनि कार्तिक मंसीरमा रोपेर फागुन चैत्रमा नै बाली लिने गरिन्छ । तर जान, स्थानीय हावापानी र प्रविधि अनुसार लगाउने र बाली लिने समय केही फरक हुन सक्छ ।
जग्गाको तयारी र बाली लगाउने तरीका
० सामान्यत स् धान काट्नु भन्दा १० देखि १५ दिन अगाडि नै धानबाली भित्र मुसुरोको बीउ छर्न सकिन्छ ।
० धानखेत भित्र हिंड्दा जमीनमा हल्का पाईला प¥यो भने बीउ छर्न चिस्यान उपयुक्त हुन्छ ।
० यदि मुसुरो मात्र वा अन्तरबालीका रुपमा मुसुरो खेती गर्ने भए जमीनमा आवश्यक चिस्यान रहने गरी २(३ पटक खनजोत गर्ने ।
० अन्तरबाली लगाउँदा तोरी र मुसुरो लगाउनु उचित मानिन्छ ।
० एक हारमा मुसुरो र अर्को हारमा तोरी लगाउने ।
० मुसुरोलाई तयारीमा जमीनमा मेसिनको प्रयोगबाट पनि छर्न सकिन्छ ।
विउ दर
० प्रति रोपनी १ केजी प्रति कट्ठा १।५ केजी बीउ आवश्यक पर्दछ ।
० बीउ गुणस्तरीय र झारपातको बीउ रहित शुद्ध हुनु पर्दछ ।
० मुसुरो र तोरी मिसाएर खेती गर्दा प्रति रोपनी १।५ केजी, प्रति कट्ठा १ केजी मुसुरो र ५०० ग्राम प्रति रोपनी र ३३० ग्राम प्रति कट्ठा तोरी आवश्यक पर्दछ ।
बीउ उपचार
० बीउलाई १२ घण्टा पानीमा भिजाई छर्दा छिटो उम्रिन्छ र उत्पादन बढ्छ ।
०बोट ओइलाउने र जरा कुहिने रोग नियन्त्रण गर्न बेभिस्टिन २ ग्राम वा नेभिस्टिन ३ ग्राम प्रति केजी बीउको हिसावले उपचार गर्ने ।
मलखाद
० रासायनिक मलको परिणाम माटोको उर्वराशक्ति , अघिल्लो बाली, कम्पोष्ट मलको परिणाम र बालीको जातमा भरपर्दछ ।
० सामान्यत डिएपी ५ केजी प्रति रोपनी र ३।५ केजी प्रति कट्ठाको हिसावले जग्गा तयारीको अन्तिम अवस्थामा हाल्ने ।
० बोरन कमी भएको माटोमा प्रति रोपनी १ केजी र प्रति कट्ठा ०।७ केजी बोरेक्स हाल्ने ।
सिँचाइ आवश्यक भएमा एक वा दुई सिँचाइ दिनुहोस्।
झारपात व्यवस्थापन
( मुसुरोको खेतमा झारपातहरूको संख्या हेरी वा प्रकोपको आधारमा एकदेखिदुई पटक गोडमेल गर्नु पर्दछ । पहिलो गोडाई २० देखि २५ दिन पछि र दोस्रो गोडाई झारपातको प्रकोप हेरी ४० देखि ४५ दिनमा गर्नु पर्दछ ।
( मुसुरो रोपेको ३ दिन भित्र ९७२ घण्टा भित्र० झारनासक विषादी पेन्डीमेथालीन ९३० इ।सी।० ३।३ लिटर प्रति हेक्टरको दरले ७५० लि। पानीमा मिसाई छर्कनु पर्दछ वा मुसुरो रोपेको २५ दिन पछि पोस्ट इमर्जेन्सझारनासक विषादी इमाजेथापाइर ३७।५ देखि ५० ग्राम प्रति हे।का दरले ७५० ली। पानीमा मिसाई छरेमा साँघुरो वा चौडा पाते झार नियन्त्रण गर्न सकिन्छ । कुटुली कोसा (Vicia spp.)लाई मुसुरो बालीमा आपत्तिजनकरनिर्धारित झार मानिन्छ। तसर्थ, यसलाई बीउ खेतबाट बाहिर निकाल्न वा राम्रोसँग नियन्त्रण गर्नुपर्दछ।
कीराहरु
कोसे गबारो ९हेलिकोवरपा आर्मिजेरा०, लाहि एफिड्स ९कालोस् एपिस क्रासिभोरा० र एपिस फाबारे थ्रिप्स, लिगस बग्स, सीडकोर्न म्यागोट्स र वायरवार्महरू मुसुरोका प्रमुख कीराहरू हुन्। फूल फुल्नुअघि वा फुल्ने बेलामा गम्भीर सङ्क्रमण भएमा रोगोर वा रोक्सियन ९डाइमेथोएट० वा अन्य कीटनाशकहरू जस्तै साइपरमेथ्रिन ०।००४%, डेमेटोन मिथाइल ०।०५%र फेनभ्यालेरेट ०।०१% ले पर्याप्त रूपमा नियन्त्रण गर्न सकिन्छ।
रोगहरू
स्टेम्फिलियम ब्लाइट र ओइलाउने रोग मुसुरो बालीका दुई प्रमुख रोगहरू हुन्।
नियन्त्रण उपायहरू स् कृपया सम्बन्धित बीउ कम्पनी, ल्क्ब्ँ, ल्ब्च्ऋ(न्ीच्ए, खजुरा र स्थानीय सरकारका प्राविधिकहरूसँग सम्पर्क गर्नुहोला । स्टेम्फिलियम ब्लाइट व्यवस्थापनको लागिस खजुरा मसुरो ९४, खजुरा मसुरो ९३ र श्रद्धाकालो मुसुरो जस्ता रोग प्रतिरोधी जातहरू लगाउनु आवश्यक छ, रोप्ने मितिमा हेरफेर गर्नुपर्दछवा चाँडो रोप्नु पर्दछ। रोग प्रभावकारी नियन्त्रण गर्न साफ वा क्लोरोथालोनिल नामक ढुसिनासक विषादी २९३ग्राम प्रति लिटर पानीमा मिसाइ स्प्रे गर्नुपर्दछ।
बाली काट्ने र थ्रेसिंग
बीउ कटाई बिरुवा ९०५ पहेँलो रङको भए पछि र औँलाहरू बिच थिचेर दबाब दिँदा दाना कडा भएका अवस्थामा गर्नुपर्छ। यस चरणमा तल्लो कोसाहरू सामान्यतया खैरो हुन्छन्। बिरुवालाई काटेर २९३ दिन वा सोभन्दा बढी सुकाउनको लागि बन्डलमा राख्नुपर्छ। थ्रेसिङलाई लठ्ठीले प्रहार गरी बीउ सफा गरी ८९९ प्रतिशत ओसिलो भएमा भण्डारण गर्नुअघि सुकाउनु पर्दछ।