परिचय
मेन्था तुलसी परिवारमा पर्ने झार वर्गको बहुबर्षीय बिरुवा हो । यो ६०
से. मी. सम्म अग्लो हुन्छ । यसका पातहरु २.५—५ से. मि. लामा र गोला हुन्छन् ।
प्याजी सेतो गुलाबी रंगका फूलहरु पातको कापमा र काण्डको माथिल्लो भागमालहरै फूलेका हुन्छन् ।
मेन्थाको जराबाट सजिलै उम्रने र सर्ने बिरुवा हो । यसको जरा बाहेक सम्पूर्ण
भागबाट सुगन्धित तेल उत्पादन गर्न सकिन्छ । तेलमा हुने मुख्य रासायनिक तत्व
मेन्थोल सुगन्धित, कडा, ताजा तथा केही तितो स्वादको हुन्छ ।
यसको खेतीको लागि गर्मी हावापानी औसत तापक्रम २५–३०ण्
ऋ तथा औसत वार्षिक वर्षा १००–
२०० से.मी. भएको ठाउँ उत्तम हुन्छ । यसको खेतीको लागि नेपालको तराई, भित्री मधेस तथा
पहाडको तल्लो भेगका जग्गाहरु उपयुक्त हुन्छ (पाठक, २०७१ः पुन, २०७४) । सिंचाई सुविधा
राम्रो भएको, माटोको अम्लियपन (उज्) ६–७.५ भएको र प्रशस्त प्राङ्गारिक पदार्थ मिसिएको,
बलौटे वा चिम्ट्याइलो माटो भएको पानी नजम्ने जग्गा आवश्यक पर्छ ।
उपयुक्त हवापानी, प्रदुषण रहित वातावरण, उद्योग तथा चिहान आदिबाट टाढा भएको जग्गाको
छनौट गर्नु पर्छ । माटो परिक्षण गराउँदा किटनाशक विषादी तथा विषाक्त गह्रौं धातुको अवशेष
९उभकतष्अष्मभ बलम जभबखथ mभतब िअयलतबmष्लबलतक चभकष्मगभ० को अवस्था पनि यकिन गर्नु पर्छ । यसको
लागि छनौट गरिएको जग्गाको नजिकैको वार्षिक मौसमी विवरण, पहिले गरिएको जग्गाको
उपयोग अथवा पहिले गरिएको बालीको प्रकार तथा पद्धति, हालसालै प्रयोग गरिएका रसायनिक
मल, विषादी आदि संसर्ग हुन सक्ने हरेक वस्तुको बारेमा जानकारी राख्नु पर्दछ । जनावरहरुको
सहज पहुँचबाट पनि सुरक्षित भएको ठाउँ हुनु पर्छ । खेती गर्नु अघि स्थानीय निकायको कानूनी
प्रकृया अनुसरण गरी खेती दर्ता तथा अनुमति लिने कार्य गर्नु पर्दछ । मेन्था खेती सम्वन्धि
प्रत्यक्ष सम्र्पकमा रहेर कार्य गर्ने कामदार, कर्मचारी एवं सरोकारवालाहरुलाई समय समयमा
असल खेती अभ्यास सम्बन्धी तालिममा अद्यावधिक गराउनु पर्दछ ।
उत्पादन÷प्रसारण गर्ने तरिका
मेन्थाको खेती विशेष गरी जमिनमुनि फैलिएका काण्डहरु÷सकर रोपेर गरिन्छ । यसको बीउ तथा
बेर्नाबाट खेती गरिदैँन । स्वस्थ्य तथा राम्ररी हुर्केको माउ बोटहरु छानेर सकरहरु तयार गरिन्छ ।
करिव १५ से.मी. जमिनमुनी फैलिएको काण्डहरुलाई (सकरलाई) कम्तिमा २–३ वटा आँख्ला रहने
गरि ५–१० से.मी. को टुक्रा हुने गरी काट्नु पर्छ । उक्त टुक्रा पारिएका सकरहरुलाई माघ महिना
भित्रमा सिधै खेतमा रोप्न सकिन्छ अथवा टुसा नपलाउन्जेल सम्म नर्सरी ब्याडमा पनि रोप्न
सकिन्छ । एक हेक्टर जग्गामा खेती गर्न करीव ३००–४०० के.जी. सकरको आवश्यकता पर्दछ
नर्सरी ब्याडको तयारी
सकर÷बीउलाई स–सानो टुक्राहरु पारिसके पछि सिधै तयारि जग्गामा नरोपिकन पहिले ब्याडमा
सार्न पनि सकिन्छ । यसको ब्याड बनाउँदा अरु खेतीका लागि बनाए जस्तै नै करीव १–२ हप्ता
अघि राम्ररी खनजोत गरी, माटो मसिनो पारी, घाँसपात तथा अरु बोटका जराहरु हटाउने र
२ भाग माटो, १ भाग राम्ररी पाकेको मल तथा १ भाग बालुवा मिसाई करीव १०–१५ से.मी.
उठाएर बनाउनु पर्छ ।
नर्सरी ब्याडमा सकर सार्ने
नर्सरी ब्याडको बुर्बुराउँदो माटोमा टुक्रा पारिएका मसिना सकरहरुलाई एक आपसमा नखप्टिने
गरी छरी मसिनो माटोको पातलो तहले छोप्ने र हल्का सिंचाई गर्ने । करीव १०ह२० वर्ग मीटरको
नर्सरीबाट ४००–५०० के.जी. सकर उत्पादन हुन्छ ।
तयारी जग्गामा सकर रोप्ने÷सार्ने तरिका
जग्गामा आवश्यकता अनुसार मल मिसाएर राम्ररी खनजोत गरी सके पछि सबभन्दा पहिले
लाईन कोर्ने र टुक्रा पारीएका स–साना सकरहरु करीव १० से.मी.को फरकमा सुताएर रोप्ने ।
एक लाईन देखि अर्को लाईन सम्मको दुरी करीव ३०–४५ से.मी. फरक पार्नु पर्छ । लाईनमा
रोपि सकेपछि हल्का मसिनो माटोले छोपि दिने र हल्का सिंचाई पनि गर्नु पर्छ ।
सिंचाई
मेन्था खेतीको लागि पानीको मात्रा अलि बढि नै चाहिने भएकोले समय समयमा सिंचाई गर्नु
अनिवार्य हुन्छ नत्र भने यसको प्रशोधन गर्दा तेल कम निस्कन्छ । जग्गामा चिस्यान कम हुने
बित्तिकै सिंचाई गरी दिनु पर्छ तर पानी भने जम्न दिनु हुँदैन किनकी बोटहरु मर्न सक्छन् ।
बिरुवा सारिसके पछि र पहिलो बाली काटी सके पछि सिंचाई गरी दिनाले बिरुवा हल्लक्क बढ्छन् ।
सिंचाईको लागि प्रयोग हुने पानी पिउन योग्य र प्रदुषणरहित हुनु पर्छ । खासगरी ढलबाट
निस्किएको वा रसायनिक मल हालेको खेतबाट बगेको पानी प्रयोग गर्नु हुँदैन । सकेसम्म
पानीको प्रयोगमा मितब्ययीता अपनाउन, थोपा सिंचाई, स्प्रिंकलर आदिको प्रयोग गर्दा राम्रो हुन्छ ।
गोडमेल
समय समयमा गोडमेल तथा घाँसपातहरु उखेल्ने गर्नाले बिरुवाहरु छिटो हुर्कने तथा बढि
झाँगिएर पनि आउँछ । यसको बोट जति बढि झाँगिएर फैलिन्छ त्यति नै तेल उत्पादन राम्रो
हुन्छ ।
मलखादको ब्यवस्थापन
कुनै पनि खेती ब्यवसायिक रुपमा अगाडी बढाउन जग्गाको माटो परीक्षण गर्नु अनिवार्य हुन्छ
किनकी खेती गर्दा कुन मल कति हाल्नु पर्छ भन्ने पहिले नै थाहा हुन्छ र सोही अनुरुप मलको
ब्यवस्थापन गर्न सहज हुन्छ । माटोमा आवश्यक खनिज तथा रसायनिक तत्वहरुको कमी भएमा
बिरुवाहरुको उत्पादन क्षमतामा प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा असर पार्दछ । मेन्था खेतीको लागि
नाईट्रोजन तत्व बढि चाहिने भएकोले अर्गानिक कम्पोष्ट मलहरु बढि प्रयोग गर्नु पर्दछ ।
रोपाईको समयमा डि.ए.पि. ६०–७५ के.जी. तथा म्युरेट अफ पोटास ३० के.जी. प्रति हेक्टरका
दरले राख्नु पर्ने र रोपेको डेढ महिना पछि ६० के.जी. यूरिया मल र पहिलो कटाई पछि फेरी
६० के.जी. थप टप डे«सिङ दिनु पर्ने जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनि, तामागढिको
अनुभव छ । तर रसायनिक मल प्रयोग गरिएको मेन्थाको तेल भन्दा प्राङ्गारीक तथा जैविक मलहरु
प्रयोग गरीएको तेलको माग पश्चिम मुलुकहरुको बजारमा बढि भएकोले सकेसम्म जैविक मलहरु
जस्तै पिनामल, बोन मिल, भर्मिकम्पोष्ट आदि को मात्र प्रयोग गर्नु उत्तम हुन्छ । एक हेक्टर
जग्गाको लागि करीव १५–२० टन कम्पोष्ट मलको आवश्यकता पर्दछ तर आफ्नो जग्गाको
प्रकृति हेरी मलको परीमाण केही घटबढ पनि हुन सक्छ
बाली संकलन
बिरुवा रोपेको करीव ४ महिना (१०५–१२० दिन) पछि अर्थात मनसुन शुरु हुनु भन्दा अघि जेठ
महिनाको दोश्रो हप्तामा पहिलो बाली संकलन गर्नु पर्छ । जेठ महिनामा फूल फुल्न थाल्छ र
फेद तिरका पातहरु पहेंलिन थाले पछि बाली संकलन गर्न तयार हुन्छ । यस समयमा बाली
संकलन गर्दा तेल उत्पादन प्रतिशत बढि पाइएको छ । मनसुन शुरु भएपछि पातहरु झर्ने तथा
तेल उत्पादन प्रतिशत पनि घट्दै जाने हुन्छ । यस पछि फेरी असोज कार्तिकमा दोश्रो तथा
माघ–फागुनमा तेश्रो बाली संकलन गर्न सकिन्छ । तर प्राय नेपालमा पहिलो एक बाली लिई
त्यसपछि धान रोप्ने चलन छ । बाली संकलन गर्दा घाम लागेको दिनमा सफा तथा प्रदुषण र
हित हँसियाले फेद तिर केही अंगुल छोडी पुरै बोट काटिन्छ । बाली काटि सकेपछि सफा डोका
तथा बोराहरुमा राखेर प्रशोधनको लागि डिष्टिलेसन युनिट सम्म पुर्याउनु पर्छ । यसरी बाली
ढुवानी गर्दा ढुवानी गर्ने गाडी वा अन्य कुनै साधन सफा स्वच्छ तथा प्रदुषण रहित हुनु पर्छ ।
विषादी, मल ओसार्ने गाडीको प्रयोग नगर्ने, गर्नै परेमा राम्ररी सफा गरी प्रयोग गर्नु पर्छ ।