मरिच खेति प्रविधि
परिचय
मसलाको राजा भनेर चिनिने मरिच एक बहुबर्षे, सदाबहार, लहरे झाड हुने वाली हो । यसको बोट लहरे झाङ हुने भएकाले यसलाई सहाराको आवश्यकता पर्छ । यसको वानस्पतिक नाम पाइपर निग्रम (Piper nigrum) हो जुन पिपरेसी (piperaceae)परिवार अन्तर्गत वनस्पति जगतमा पर्छ । यो वालीमा मुख्य तत्व पाइपेरिन पाइन्छ जसले यसलाई पिरो बनाउँदछ । सामान्यतया हामीले प्रयोग गर्ने गरेको मरिच पाकेर सुकाइएको हुन्छ जसलाई peppercorn भनिन्छ ।
बानस्पतिक हिसावले मरिच झाङ जस्तो बोट, प्रयोग गरिने फललाई ड्रुप भनिन्छ जसमा सिङ्गो बीयाँ हुन्छ । यसका प्रयोग गरिने मुख्य अवस्थाहरु यसप्रकार छन्
कालो मरिच – पकाएर सुकाएको फल
हरियो मरिच – सुकाएको काचोँ फल
सेतो मरिच – पाकेको फलको बियाँ
उपयोगिता
कालो मरिचको प्रयोग विभिन्न परिकारमा मसला, आयुर्वेदिक औसधि जस्तै खाना पचाउने, भोक जगाउने, खोकीको उपचार, श्वासप्रश्वास र मुटु रोगको लागि प्रयोग गरिन्छ साथै दनत मञ्जन तथा टुथपाउडरमा पनि प्रयोग गरिन्छ ।
उन्नत जातहरु
विश्वमा अत्यधिक प्रयोग गरिएका जातहरुमा वेलानकोट्टा, कोट्टानादन, कल्लुवली, ,पन्नियूर, चेरियाकानियाककाडन र कोरिमुण्डा आदि पर्छन । चेरियाकानियाककाडान र कोट्टानदान गुणस्तरीय मानिन्छन् भने पन्नियूर हाइब्रिड जात हो ।
हावापानी
मरिच न्यानो, आद्र्र हावापानी र बढी वर्षामा हुने, उष्ण प्रदेशिय बाली हो । पहाडी क्षेत्रको न्यानो तथा बढी आद्रता भएको ठाउँमा पनि यसको खेती गर्न सकिन्छ । समुद्री सतहदेखि १५०० मिटर सम्म खेती गर्न सनिे यो वालीलाई २००० देखि ३००० मिमि पानी चाहिन्छ भने सापेक्षित आद्र्रता ६०–९५ ५ उपयुक्त हुन्छ । मरिच बृद्धिको लागि २३–३५ डिग्री सेल्सियसको तापक्रम चाहिन्छ । यसले १० डिग्री सेल्सियस भन्दा कम तापक्रम सहन सक्दैन । मरिचलाई लामो वा छोटो दिनले फरक पार्दैन तर उपयुक्त प्रकाश पाएन भने ५० ५ सम्म उत्पादन घट्न सकछ ।
माटो
निकासको राम्रो व्यवस्था भएको, केही भिरालो, हलुका चिम्ट्याइलो वा बलौटे माटो उपयुक्त हुन्छ । पि एच मान ४।५–६ सम्म भएको पूर्वी मोहडा भएको जमिन चाहिन्छ ।
रोप्ने तरिका
नेपालमा बर्षायाम सुरु भएपछि २–३ वटा जरा भएको मरिचको बोट९अगततष्लन० सहारा दिने विरुवाको उत्तरतर्फ रोप्नुपर्छ जसले गर्दा बिरुवाले पर्याप्त प्रकाश पाउँछ । प्रत्येक कलमीमा ४–५ ओटा आँख्ला हुनुपर्छ । जरा पलाउनको लागि कम्तीमा एक आँख्ला÷टुसा जमिनभित्र हुनुपर्छ ।
विरुवाको दूरी र आडको व्यवस्थापन
बिरुवाहरुबीच २।५ मि। र लाइनहरुबीच २।५ मि। को दूरी कायम गरिन्छ जसले गर्दा आड र झाङ्गिनको लागि पर्याप्त ठाउँ पुगोस । आडको लागि अन्य बिरुवाहरु, सिमेन्टको पिलर, काठको पोल, फलामे तार आदि प्रयोग गर्न सकिन्छ ।
मलखादको प्रयोग
उचित र सन्तुलित मात्रामा मलखाद प्रयोग गर्नुपर्छ जसले दिगो समयसम्म बिरुवाको वृद्धि, बिकास र उत्पादन कायम राखोस् । मरिचलाई १०० ग्राम नाइट्रोजन, ४० गा्रम फस्फोरस, ४० ग्राम पोटास प्रतिबोट प्रतिबर्ष राख्न सिफरिस गरिएको छ । मलखाद प्रयोग गर्दा उपयुक्त मलको स्रोत, मात्रा, समय र ठाउँमा हाल्नुपर्छ । रोपेको पहिलो बर्ष एक तिहाइ, दूई बर्षे बिरुवाको लागि दूई तिहाई र तेस्रो बर्ष पुरै सिफारिसअनुसार मल हाल्नुपर्छ । मल हाल्दा फेदबाट ३० से मि टाढा, १५ से मि गहिरो कुलेसोमा हाल्नुपर्छ । कम्पोष्ट मल १० के जी प्रतिबोटको दरले हाल्नुपर्छ ।
सिचाँइ र मल्चिङ
चिस्यानबिना मरिच बाँच्न नसक्ने भएकाले यदि सुख्खा मौसम छ भने २ ३ हप्ताको एक चोटि सिचाँइ दिनुपर्छ । चिस्यानको लागि र चिस्यान जोगाइराख्न मल्चिङ गर्न सकिन्छ ।
काँटछाँट
विरुवालाइ सही आकार दिन र रोगमुक्त राख्नुका साथै स्वस्थता र उत्पादकत्व कायम गर्न काँटछाँट जरुरी हुन्छ । जव विरुवा १ मि लामो हुन्छ तलको पात हटाइदिनुपर्छ । उपयुक्त छहारी र सहारा दिन तथा रोग र किराहरुबाट जोगाउन घरेलु उपकरणहरुले काँटछाँट गर्न सकिन्छ ।
बाली टिपाइ र उत्पादन
मरिचको गेडा पहेंलिएर एउटा झुप्पामा १ २ ओटा गेडा रातो भइसकेपछि टिपेर, सुकाएपछि गेडा छुट्याइन्छ। त्यसपछि केही दिन सुख्खा ठाउँमा, घाममा सुकाउने अनि गेडा चाउरिएर कालो भएपछि भण्डारण गरिन्छ । तराइमा मंसिरदेखि पौषसम्म र पहाडमा पौषदेखि फागुनसम्म टिपिन्छ ।
साधारणतया १०० के जी हरियो मरिचको २६–३९ के जी सम्म सुकेको करिच पा्रप्त हुन्छ । यसको उत्पादकत्व २७५ के जी प्रति हेक्टर उत्पादन भएको पाइन्छ ।