मरिच खेति प्रविधि

परिचय

मसलाको राजा भनेर चिनिने मरिच एक बहुबर्षे, सदाबहार, लहरे झाड हुने वाली हो यसको बोट लहरे झाङ हुने भएकाले यसलाई सहाराको आवश्यकता पर्छ यसको वानस्पतिक नाम पाइपर निग्रम (Piper nigrum) हो जुन पिपरेसी (piperaceae)परिवार अन्तर्गत वनस्पति जगतमा पर्छ यो वालीमा मुख्य तत्व पाइपेरिन पाइन्छ जसले यसलाई पिरो बनाउँदछ सामान्यतया हामीले प्रयोग गर्ने गरेको मरिच पाकेर सुकाइएको हुन्छ जसलाई peppercorn भनिन्छ

बानस्पतिक हिसावले मरिच झाङ जस्तो बोट, प्रयोग गरिने फललाई ड्रुप भनिन्छ जसमा सिङ्गो बीयाँ हुन्छ यसका प्रयोग गरिने मुख्य अवस्थाहरु यसप्रकार छन्

कालो मरिचपकाएर सुकाएको फल

हरियो मरिचसुकाएको काचोँ फल

सेतो मरिचपाकेको फलको बियाँ

उपयोगिता

कालो मरिचको प्रयोग विभिन्न परिकारमा मसला, आयुर्वेदिक औसधि जस्तै खाना पचाउने, भोक जगाउने, खोकीको उपचार, श्वासप्रश्वास मुटु रोगको लागि प्रयोग गरिन्छ साथै दनत मञ्जन तथा टुथपाउडरमा पनि प्रयोग गरिन्छ

उन्नत जातहरु

विश्वमा अत्यधिक प्रयोग गरिएका जातहरुमा वेलानकोट्टा, कोट्टानादन, कल्लुवली, ,पन्नियूर, चेरियाकानियाककाडन कोरिमुण्डा आदि पर्छन चेरियाकानियाककाडान कोट्टानदान गुणस्तरीय मानिन्छन् भने पन्नियूर हाइब्रिड जात हो

 

 हावापानी

मरिच न्यानो, आद्र्र हावापानी बढी वर्षामा हुने, उष्ण प्रदेशिय बाली हो पहाडी क्षेत्रको न्यानो तथा बढी आद्रता भएको ठाउँमा पनि यसको खेती गर्न सकिन्छ समुद्री सतहदेखि १५०० मिटर सम्म खेती गर्न सनिे यो वालीलाई २००० देखि ३००० मिमि पानी चाहिन्छ भने सापेक्षित आद्र्रता ६०९५ उपयुक्त हुन्छ मरिच बृद्धिको लागि २३३५ डिग्री सेल्सियसको तापक्रम चाहिन्छ यसले १० डिग्री सेल्सियस भन्दा कम तापक्रम सहन सक्दैन मरिचलाई लामो वा छोटो दिनले फरक पार्दैन तर उपयुक्त प्रकाश पाएन भने ५० सम्म उत्पादन घट्न सकछ

माटो

निकासको राम्रो व्यवस्था भएको, केही भिरालो, हलुका चिम्ट्याइलो वा बलौटे माटो उपयुक्त हुन्छ पि एच मान ४।५ सम्म भएको पूर्वी मोहडा भएको जमिन चाहिन्छ

रोप्ने तरिका

नेपालमा बर्षायाम सुरु भएपछि वटा जरा भएको मरिचको बोट९अगततष्लन० सहारा दिने विरुवाको उत्तरतर्फ रोप्नुपर्छ जसले गर्दा बिरुवाले पर्याप्त प्रकाश पाउँछ प्रत्येक कलमीमा ओटा आँख्ला हुनुपर्छ जरा पलाउनको लागि कम्तीमा एक आँख्ला÷टुसा जमिनभित्र हुनुपर्छ

विरुवाको दूरी आडको व्यवस्थापन

बिरुवाहरुबीच २।५ मि। लाइनहरुबीच २।५ मि। को दूरी कायम गरिन्छ जसले गर्दा आड झाङ्गिनको लागि पर्याप्त ठाउँ पुगोस आडको लागि अन्य बिरुवाहरु, सिमेन्टको पिलर, काठको पोल, फलामे तार आदि प्रयोग गर्न सकिन्छ

मलखादको प्रयोग

उचित सन्तुलित मात्रामा मलखाद प्रयोग गर्नुपर्छ जसले दिगो समयसम्म बिरुवाको वृद्धि, बिकास उत्पादन कायम राखोस् मरिचलाई १०० ग्राम नाइट्रोजन, ४० गा्रम फस्फोरस, ४० ग्राम पोटास प्रतिबोट प्रतिबर्ष राख्न सिफरिस गरिएको मलखाद प्रयोग गर्दा उपयुक्त मलको स्रोत, मात्रा, समय ठाउँमा हाल्नुपर्छ रोपेको पहिलो बर्ष एक तिहाइ, दूई बर्षे बिरुवाको लागि दूई तिहाई तेस्रो बर्ष पुरै सिफारिसअनुसार मल हाल्नुपर्छ मल हाल्दा फेदबाट ३० से मि टाढा, १५ से मि गहिरो कुलेसोमा हाल्नुपर्छ कम्पोष्ट मल १० के जी प्रतिबोटको दरले हाल्नुपर्छ

सिचाँइ मल्चिङ

चिस्यानबिना मरिच बाँच्न नसक्ने भएकाले यदि सुख्खा मौसम भने हप्ताको एक चोटि सिचाँइ दिनुपर्छ चिस्यानको लागि चिस्यान जोगाइराख्न मल्चिङ गर्न सकिन्छ

काँटछाँट

विरुवालाइ सही आकार दिन रोगमुक्त राख्नुका साथै स्वस्थता उत्पादकत्व कायम गर्न काँटछाँट जरुरी हुन्छ जव विरुवा मि लामो हुन्छ तलको पात हटाइदिनुपर्छ उपयुक्त छहारी सहारा दिन तथा रोग किराहरुबाट जोगाउन घरेलु उपकरणहरुले काँटछाँट गर्न सकिन्छ

बाली टिपाइ उत्पादन

मरिचको गेडा पहेंलिएर एउटा झुप्पामा ओटा गेडा रातो भइसकेपछि टिपेर, सुकाएपछि गेडा छुट्याइन्छ। त्यसपछि केही दिन सुख्खा ठाउँमा, घाममा सुकाउने अनि गेडा चाउरिएर कालो भएपछि भण्डारण गरिन्छ तराइमा मंसिरदेखि पौषसम्म पहाडमा पौषदेखि फागुनसम्म टिपिन्छ

साधारणतया १०० के जी हरियो मरिचको २६३९ के जी सम्म सुकेको करिच पा्रप्त हुन्छ यसको उत्पादकत्व २७५ के जी प्रति हेक्टर उत्पादन भएको पाइन्छ