मकै खेति प्रविधि

परिचय

मकैको उत्पत्तिका सम्बन्धमा दुई विचारधाराहरू छन्पहिलो मतअनुसार मकैकोउत्पत्ति मध्यअमेरिका मेक्सिकोमा भएको हो दोश्रो मतअनुसार मकैको उत्पत्ति दक्षिण अमेरिका (पेरु, बोलिभिया इक्वेडर) मा भएको हो मकैको मूल पूर्वज कोसे मकै हुनुपर्छ भन्ने विचारधारा बढी भरपर्दो देखिन्छ कोसे मकैसँग टियोसिन्टी (Euchlaena mexicana ट्रिप्साकम (Tripsacum spp.) कउउ।० का केही प्रजातिहरूको क्रस (मिश्रण) बाट हालको मकै उत्पन्न भएको हुन सक्छ मकै  Gramineae  परिवारतथा  Maydeae  ट्राइबअन्तर्गत पर्दछ मकै  Zea genus  मध्ये एक मात्र खेती योग्य प्रजाति हो

हावापानी

मकैको धानचमर निस्कने बेलामा वातावरणको तापक्रम १० डिग्री सेल्सियस भन्दा बढी ३५ डिग्री सेल्सियस भन्दा कम हुन आवश्यक हुन्छ उक्त तापक्रम भन्दा घटी वा बढी भएमा दाना नलाग्ने समस्या हुन्छ चिसो महिनामा कम तापक्रमका कारणले दाना नलाग्ने समस्याबाट बच्न कात्तिक महिनामा मकै लगाउनु हँुदैन कि असोजमा वा मंसिरमा मकै लगाउनुपर्दछ

जमिनको तयारी

जमिन तयारी गर्नको लागि पटक क्रश गरेर जोत्नुपर्छ माटोको अवस्था अनुसार जोताइपछि डल्ला फुटाएर बुर्बुराउँदो बनाउँदा बीउको उमार राम्रो हुन जान्छ जसले गर्दा बोटहरूको घनत्व कायम भै उत्पादन राम्रो हुन्छ सुख्खा जमिनमा जोत्नुभन्दा पहिले सिचाइ गरी जोतेमा माटो सजिलै बुर्बुराउदो हुन्छ जमिनको तयारीगर्दा सकेसम्म लेजर लेबलरले जमिन सम्याउनु पर्दछ जमिन सम्मो भयो भने निम्नलिखित फाइदाहरू हुन्छन्

) मेसिनले बीउ रोप्दा माटोको समान गहिराईमा बीउ पर्दछ बिरुवाहरूएकनासले उम्रिन्छन्

) सिचाइ गर्दा कम पानीले पनि पुग्छ तथा बिजुली खपत पनि कम हुन्छ

) सिचाइ गर्दा हरेक बोटले पानी पाउँछ

) खाल्डाखुल्डीमा पानी जम्ने समस्या हुँदैन

 

मकैका जातहरू

मकैको खाद्यान्न उत्पादनका लागि नेपालमा सिफारिस भएका जातका साथै पञ्जीकृत भएका जातहरू पनि प्रयोग गर्न सकिन्छ मकैका जातहरू

नेपालमा मकैको बीउ उत्पादन गर्नका लागि सिफारिस भएका जातहरू मात्र प्रयोग गर्नुपर्दछ । नेपालको हावापानीअनुसार सिफारिस भएका जातहरूलाई तीन भागमा बाँड्न सकिन्छ । जस्तै

(क) उच्च पहाडका लागि उपयुक्त जातहरू,

(ख) मध्य पहाडका लागि उपयुक्त जातहरू,

(ग) तराई तथा भित्री मधेसका लागि उपयुक्त जातहरू,

(क) उच्च पहाडका लागि उपयुक्त जातहरू

(१) गणेश

यो जात वि.सं. २०५४ (सन् १९९७) मा सिफारिस भएको हो । यो जातको उद्गमस्थल नेपाल हो । यसको पुर्खा पुल ९ ए हो । यसको उचाइ २५० से.मि. देखि २८० से.मि. हुन्छ । यो १७५ दिनमा पाक्दछ । यो सबैभन्दा अग्लो बोट हुने, मकै÷आलु बाली चक्रमा सुहाउने, मोटो र बलियो डाठँ हुने, घोंगाको टुप्पो नाङ्गो हुने, पाक्न धेरै दिन लाग्ने जात हो । यो सेतो जातको मकै हो । यसको उत्पादन ३.५४.५ टन प्रतिहेक्टरहुन्छ ।

(२) गणेश

यो जात वि.सं. २०४६ (सन् १९८९) मा सिफारिस भएको हो । यसको उद्गमस्थल नेपाल हो । यो विदेशी र नेपालका स्थानीय जातहरूमध्ये १८ लाइनको संमिश्रणबाट तयार पारिएको हो । यसको उचाइ २०५ से.मि. देखि २१० से.मि. हुन्छ । यो १५० देखि १८० दिनमा पाक्दछ । यो जात मकै÷कोदो बाली चक्रमा सुहाउने, नढल्ने र कम मलिलो माटोमा पनि राम्रो फसल दिने गर्दछ । यो पहेँलो जातको मकै हो । यसको उत्पादन ३४ टन प्रतिहेक्टर हुन्छ ।

(ख) मध्य पहाडका लागि उपयुक्त जातहरू

(१) खुमल पहेंलो

यो जात वि.सं. २०२२ (सन् १९६५) मा सिफारिस भएको हो । यसको उद्गमस्थल भारत हो । एन्टिगुवा जि २ डि र ग्वाटेमाला को क्रसबाट तयार पारिएको हो । यसको उचाइ २०५ से.मि. देखि २१० से.मि. हुन्छ । यो १२०देखि १३० दिनमा पाक्दछ । यो बढी उत्पादन दिने, नढल्ने र ५०० फिट उचाइसम्म लगाउन सकिने जात हो । यो सुन्तले रङ्गको मकै हो । यसको उत्पादन ४.८९ टन प्रतिहेक्टर हुन्छ ।

(२) मनकामना

यो जात वि.सं. २०४४ (सन् १९८७) मा सिफारिस भएको हो । यसको उद्गमस्थल नेपाल हो । यो विदेशी र नेपालका स्थानीय जातहरूमध्ये १९ लाइनको संमिश्रणबाट तयार पारिएको हो । यसको उचाइ १८८ से.मि. देखि २१५ से.मि. हुन्छ । यो १२० देखि १३० दिनमा पाक्दछ । यो कसिएका घोगा हुने, सेते रोग (डाउनी मिल्डयु) सहनसक्ने जात हो । यो सेतो रङ्गको मकै हो । यसको उत्पादन ३५ टन प्रतिहेक्टर हुन्छ ।

(३) मनकामना

यो जात वि.सं. २०५९ (सन् २००२) मा सिफारिस भएको हो । यसको उद्गमस्थल सिमिट (मेक्सिको) हो । यसको पुर्खा पपुलेशन २२ सी ८ हो । यसको उचाइ २३५से.मि. हुन्छ । यो १४२ दिनमा पाक्दछ । यो कसिएका घोगा हुने तथा भाँच्ने बेलामापनि हरियो हुने जात हो । यो सेतो रङ्गको मकै हो । यसको उत्पादन ५.६ टनप्रतिहेक्टर हुन्छ ।

(४) देउती

यो जात वि.सं. २०६३ (सन् २००६) मा सिफारिस भएको हो । यसको उद्गमस्थलसिमिट (मेक्सिको) हो । यसको पुर्खा जेड एम – ६२१ (एस ए डी भी १ एफ १) हो ।यसको उचाइ २४० से.मि. हुन्छ । यो १३०१३५ दिनमा पाक्दछ । यो पातको डढुवा रोग र खैरो धब्बे रोग सहन सक्ने जात हो । यो सेतो रङ्गको मकै हो । यसको उत्पादन५.७ टन प्रतिहेक्टर हुन्छ ।

(५) शीतला

यो जात वि.सं. २०६३ (सन् २००६) मा सिफारिस भएको हो । यसको उद्गमस्थल सिमिट (मेक्सिको) हो । यसको पुर्खा पपुलेशन ४४ (ए इ डी) टक्सपिनो हो । यसको उचाइ २३७ से.मि. हुन्छ । यो १३८ दिनमा पाक्दछ । यो पातको डढुवा रोग र खैरो धब्बे रोग सहन सक्ने जात हो । यो सेतो रङ्गको मकै हो । यसको उत्पादन ६.१ टन प्रतिहेक्टर हुन्छ ।

(६) मनकामना

यो जात वि.सं. २०६५ (सन् २००८) मा सिफारिस भएको हो । यसको उद्गमस्थल सिमिट (मेक्सिको) हो । यसको पुर्खा पपुलेशन ४५ सी ८ हो । यसको उचाइ १७० से.मि. हुन्छ । यो १४०१४५ दिनमा पाक्दछ । यो बढी उत्पादन दिने, पात तथा डाँठमा लाग्ने धब्बे रोग सहन सक्ने, मोटो डाँठ, नढल्ने र भाँच्ने बेलामा पनि हरियो रहने जात हो । यो पहेंलो रङ्गको मकै हो । यसको उत्पादन ५.१ टन प्रतिहेक्टर हुन्छ ।

(७) पोषिलो मकै

यो जात वि.सं. २०६५ (सन् २००८) मा सिफारिस भएको हो । यसको उद्गमस्थल सिमिट (मेक्सिको) हो । यसको पुर्खा क्ढढत्ीथ्त्त(ज्न्(ब्द्य हो । यसको उचाइ २१० से.मि. हुन्छ । यो १४०१४५ दिनमा पाक्दछ । यो लाइसिन र ट्रिप्टोफेनको मात्रा अरुसामान्य जातमा भन्दा दोब्बर हुने जात हो । यो सेतो रङ्गको मकै हो । यसको उत्पादन५.६ टन प्रतिहेक्टर हुन्छ ।

(८) मनकामना

यो जात वि.सं. २०६६ (सन् २००९) मा सिफारिस भएको हो । यसको उद्गमस्थल नेपाल हो । यो १० पपुलेशनको संमिश्रणबाट तयार पारिएको हो । यसको उचाइ १९१ २५१ से.मि. हुन्छ । यो १४०१४५ दिनमा पाक्दछ । यो बढी उत्पादन दिने, पात तथा डाँठमा लाग्ने धब्बे रोग सहन सक्ने, मोटो डाँठ, नढल्ने र भाँच्ने बेलामा पनि हरियो रहने जात हो । यो सेतो रङ्गको मकै हो । यसको उत्पादन ६.६ टन प्रतिहेक्टर हुन्छ ।

(९) मनकामना

यो जात वि.सं. २०६६ (सन् २००९) मा सिफारिस भएको हो । यसको उद्गमस्थल नेपाल हो । यो १३ पपुलेशनको संमिश्रणबाट तयार पारिएको हो । यसको उचाइ १८८२३७ से.मि. हुन्छ । यो १४०१४५ दिनमा पाक्दछ । यो बढी उत्पादन दिने, पात तथा डाँठमा लाग्ने धब्बे रोग सहन सक्ने, मोटो डाँठ, नढल्ने र भाँच्ने बेलामा पनि हरियो रहने जात हो । यो पहेंलो रङ्गको मकै हो । यसको उत्पादन ५.१ टन

प्रतिहेक्टर हुन्छ ।

(ग) तराई तथा भित्री मधेसका लागि उपयुक्त जातहरू

(१) रामपुर कम्पोजिट

यो जात वि.सं. २०३२ (सन् १९७५) मा सिफारिस भएको हो । यसको उद्गमस्थल थाइल्याण्ड हो । यो थाई कम्पोजिट१ र सुवान१ को क्रसबाट तयार पारिएको हो । यसको उचाइ २१० से.मि. देखि २२० से.मि. हुन्छ । यो ११५ देखि १३० दिनमा पाक्दछ । यो सेते रोग (डाउनी मिल्डयु) सहन सक्ने, कसिएका घोगा हुने जात हो । यो पहेलो जातको मकै हो । यसको उत्पादन ४.४२ टन प्रतिहेक्टर हुन्छ ।

(२) अरुण

यो जात वि.सं. २०३९ (सन् १९८१) मा सिफारिस भएको हो । यसको उद्गमस्थलसिमिट (मेक्सिको) हो । यो यु एन सी ए सी२४२ र फिलिपिन्स डी एम आर को क्रशबाट तयार पारिएको हो । यसको उचाइ १४० से.मि. देखि २०० से.मि. हुन्छ । यो ८० देखि ९० दिनमा पाक्दछ । यो होचो बोट हुने, नढल्ने तथा खोया रातो हुने जात हो । यो हल्का पहेलो जातको मकै हो । यसको उत्पादन ३.० टन प्रतिहेक्टर हुन्छ ।

(३) रामपुर

यो जात वि.सं. २०४६ (सन् १९८९) मा सिफारिस भएको हो । यसको उद्गमस्थल नेपाल हो । यो विदेशी र नेपालका स्थानीय जातहरू मध्ये १७ लाइनको संमिश्रणबाट तयार पारिएको हो । यसको उचाइ १५० से.मि. देखि २०० से.मि. हुन्छ । यो १०५ देखि ११० दिनमा पाक्दछ । यो सेते रोग (डाउनी मिल्डयु) सहन सक्ने जात हो । यो फिका पहेलो जातको मकै हो । यसको उत्पादन ३.५४.५ टन प्रतिहेक्टर हुन्छ ।

(४) अरुण

यो जात वि.सं. २०५२ (सन् १९९५) मा सिफारिस भएको हो । यसको उद्गमस्थल नेपाल हो । यो विदेशी र नेपालका स्थानीय मकैको संमिश्रणबाट तयार पारिएकोहो । यसको उचाइ १४० से.मि. देखि २०० से.मि. हुन्छ । यो ९० देखि १०० दिनमापाक्दछ । यो होचो बोट हुने, नढल्ने र चाँडै पाक्ने जात हो । यो सेतो जातको मकैहो । यसको उत्पादन ३.५४.५ टन प्रतिहेक्टर हुन्छ ।

बीउ दर

मकै लाइनमा लगाउने हो भने प्रति रोपनी के.जी. अर्थात प्रतिहेक्टर २० के.जी. बीउआवश्यक पर्दछ यदि मकै हलोको पछाडि लगाउने हो भने ३० के.जी. प्रतिहेक्टरका दरले बीउ आवश्यक पर्दछ

बीउ लगाउने तरिकाएक हारदेखि अर्को हारको दूरी ७५ से.मि. एक बोटबाट अर्को बोटको दूरी २५ से.मि. कायम गरी रोप्नुपर्दछ चाँडो पाक्ने जातलाई एक हारदेखि अर्को हारको दूरी ६० से.मि. एक बोटदेखि अर्को बोटको दूरी २५ से.मि. कायम गरी रोप्नुपर्दछ

बीउ लगाउने समय

लेकमा फाल्गुनचैतमा मकै लगाउनु पर्दछ त्यसैगरी, मध्य पहाडमा चैतवैशाखमा मकै लगाउनुपर्दछ तराई तथा भित्री मधेसका लागि वसन्ते बाली हो भने फागुनचैतमा, वर्षे बाली हो भने वैशाखजेठमा हिँउदे बाली हो भने भदौअसोजमा मकै लगाउनुपर्दछ

मलखाद

हामीले माटो परीक्षणको रिपोर्टको आधारमा मलखादको प्रयोग गर्नुपर्छ सामान्य अवस्थामा राम्ररी कुहिएको प्राङगारिक मल (गाई, भैंसी, कुखुरा आदिको मल वा कम्पोष्ट मल) १५ टन प्रतिहेक्टरका दरले जमिन तयारी गर्ने बेलामा हाल्नुपर्दछ ।त्यसका साथै रासायनिक मलअन्तर्गत डि..पी., युरिया पोटास क्रमश करिब ३बोरा, बोरा ११÷ बोरा प्रतिहेक्टरका दरले हाल्नुपर्छ एक बोरा भन्नाले ५० के.

जी. भन्ने बुझ्नुपर्दछ डि..पी. पोटासको सम्पूर्ण भाग जमिन तयारी गर्ने बेलामा हाल्नुपर्दछ भने नाइट्रोजनको आधा भाग मकैको बोट घुँडा घुँडा भएको अवस्थामा आधा भाग जुँगा चमर निस्कने बेलामा हाल्नुपर्दछ

सिचाइ

वर्षे मकैलाई सिचाइको आवश्यकता पर्दैन वसन्ते हिउँदे मकैका लागि रोप्ने बेलामा माटोमा चिस्यान कम भएमा सिचाइ गर्नुपर्दछ माटोको चिस्यानको अवस्था

हेरी सिचाइ व्यवस्थापन घटीबढी हुन सक्दछ साधारणतया, जुँगा निस्कने अवस्था दाना पोटिलो हुने अवस्था बढी सम्वेदनशील हुन्छ यस्तो अवस्थामा माटोमाचिस्यान कमी देखिएमा सिचाइ दिनुपर्दछ

गोडमेल तथा झारपात व्यवस्थापन

मकैमा झारपात नियन्त्रणका लागि दुई पटक गोडमेल गर्नु उपयुक्त हुन्छ पहिलो गोडाई बिरुवा उम्रेको देखि हप्तामा दोस्रो गोडाई, पहिलो गोडाईको देखि हप्तामा गर्नुपर्दछ दोस्रो गोडाइमा उकेरा पनि लगाउनुपर्दछ

पूर्व बालीमा झारपातको बीऊ तयार हुन नदिने नपाकेको गोबर मलबाट झारपातको बीऊ आउने हुँदा पाकेको मल मात्र प्रयोग गर्ने

मकैको पहिलो गोढाई बीऊ रोपेको २० देखि २५ दिनपछि गर्ने बाक्लो भएको बिरुवा हटाउने साथै उकेरा लगाउने

दास्रो गोढाई बोट घुँडा जति अग्लो भएपछि गर्ने युरिया मलटप ड्रेस गरी मकैलाई उकेरा दिने

बाली भित्र्याउने

मकैको दाना उप्काई खोयामा गाडिने भाग तिर कोट्याई हेरेमा कालो पत्र देखिएमा मकै पाकेको निश्चित हुन्छ

साधारणतया मकैको दानाको चिस्यान ३० प्रतिशतभन्दा कम

भएपछि मकै भाँच्न उपयुक्त हुन्छ

मकैको घोगा सुकेपछि घाम लागेको बेलामा भाँच्ने

मकैको घोगालाई झुत्ता बनाएर झुण्ड्याउने वा घोगालाई राम्ररी

घाममा सुकाएर मात्र भण्डारण गर्ने

राम्ररी सुकेको घोगालाई छोडाई दानालाई पनि चार घाम सुकाएर दानाको चिस्यान १० देखि १२ प्रतिशत भएपछि भण्डारण गर्ने अथवा राम्ररी सुकेको दानालाई हावा नछिर्ने गरी दुई सय ५०

माइक्रोनको सेतो प्लाष्टिक ब्यागमा भण्डारण गर्ने सुपर ग्रेन वा हर्मेटिक ब्यागमा १२ प्रतिशत चिस्यान भएका अनाज बिउलाइ महिनासम्म सुरक्षित भण्डारण गर्न सकिन्छ

 

उत्पादन

मकैको उत्पादन जात मौसम तथा बाली व्यवस्थापनमा निर्भर

गर्दछ

उन्नत जातको उत्पादन दुई सय केजी प्रति रोपनी लिन सकिन्छ

 

कीरा

साधारणतया मकै छरेदेखि भण्डारणसम्म कीराको आक्रमण हुने गर्दछ समय ठाउँ अनुसार क्षतिको आकार पनि कम धेरै हुन्छ जस्तै कुनै वर्ष लाहीको आक्रमण बढी हुन्छ भने कुनै वर्ष नहुन पनि सक्छ मकैमा लाग्ने केही महत्वपूर्ण कीराहरूको बारेमा तल वर्णन गरिएको

. गबारो

यो गबारो पुतलीको बच्चा (लार्भा) हो यसले मकैको जराबाहेक सबै भागमा आक्रमण गर्दछ लार्भाले पात, गुबो, चम, घोगा सबैलाई क्षति पु¥याउँदछ भर्खरै आक्रमण भएको अवस्थामा काँटीले प्वाल बनाएजस्तो देखिए पनि आक्रमण बढ्दै जाँदा प्वालहरू ठूलाठूला हुन्छन् बिरुवा सानै भने गुवो मर्न पनि सक्छ  तर ठूला बिरुवा नमरे पनि बढ्ने शक्ति कमजोर भई उत्पादनमा ह्रास आउँछ योकीराको व्यवस्थापनको लागि निम्न उपायहरू अपनाउन सकिन्छ

मकै समयमा नै रोप्ने

घुम्ती बाली अपनाउने (सँधै एकै ठाउँमा मकै मात्र नरोप्ने)

गबारो लागेको देखिनासाथ जति सक्दो छिटो हटाउने यसका लागि खेलबारीको निरीक्षण गरिरहनुपर्दछ

बीउ केही बढी मात्रामा प्रयोग गर्नेयसो गर्दा पनि गबारोको धरै संख्या देखिएमा सेविन प्रतिशत जि. (कार्बारिल)१२ देखि १५ के.जी. प्रतिहेक्टरको दरले वा देखि दाना प्रतिबोटको गुबोमा वा

. प्रतिशत झोल बनाई पातमा छर्ने वा थायाडन ३५ . सी. (इण्डोसल्फान) मि. लिलिटर पानीमा मिसाई छर्ने यसरी छर्दा मकैको बोट पाते अवस्थामा वा घँुडाघुँडा उचाइको अवस्थामा हुनुपर्दछ विषादी सबैतिर एकनासले पर्ने गरी छर्नुपर्दछ विषादीले मानिसलाई तथा अन्य जनावरलाई पनि हानी गर्ने हुँदा सावधानीपूर्वक बेलुकीपख छर्दा राम्रो हुन्छ विषादी प्रयोग गर्दा सकेसम्म मुखमा

मास्क एवं हात खुट्टामा पूरै ढाक्ने गरी कपडा लगाउने गर्नुपर्दछः

. फौजी कीरा

यो पनि एक प्रकारको पुतलीको बच्चा (लार्भा) हो यसले पनि पात तथा गुबो खाई मकैको बोटलाई ठुटै पार्दछ यसले यति धेरै पात खान्छ कि पातको मूलनशाबाहेक

सबै हरियो पात खाई बोटलाई नाङ्गै पारिदिन्छ 

यसको नियन्त्रणका लागि निम्न लिखित उपायहरू अपनाउनुपर्दछ

 १जमिनको सरसफाइ गर्ने तथा पुराना बालीका भाग तथा ढोडलाई जलाउने

फौजी कीरा लागेको जमिनमा सम्भव भए सम्म हल्का सिचाइ छोटो समयको लागि गर्ने

थोरै संख्यामा भएमा डेसिस (डेल्डामेथ्रिन ) मि. लि. प्रतिलिटर पानीमा मिसाई छर्ने तथा विषादि छर्दा सावधानी गबारोमा बताएजस्तै गरी अपनाउनुपर्दछ

 

. लाही

लाही मसिनो कीरा हो यसको रङ हल्का हरियोदेखि गाढा हरियो हुन्छ यीकीराहरूले गुबोको वरिपरि, धानचमर तथा मकैका कलिला जुँगामा बसी रस खान्छन् फलस्वरुप मकै पहेंलो हुने दाना नलाग्ने, लागे पनि चाउरिएर जाने हुन्छ यसले फाल्ने दिशामा गुलियो पदार्थ ९जयलभथ मभध० हुन्छ जुन पछि ढुसी लाएर कालो हुन्छ यस प्रकृयाबाट विस्तारै सम्पूर्ण बोट नै कालो भएर जान्छ (चित्र २९ ३०) चितवनमा पहिले लाही नगन्य मात्रामा मात्र देखिन्थ्यो तर हाल यसको प्रकोप बढ्दै गइरहेको यसको नियन्त्रणका लागि मालाथियन .०५ % छर्न सकिन्छ

 

. घुन

मकैको भण्डारणमा नोक्सान पु¥याउने प्रमुख कीराहरूमध्येको एक घुन हो ।घुनकोनियन्त्रणका लागि मकै पूर्णरुपले सुकिसकेपछि मात्र भाँच्नुपर्दछ भण्डारण गर्दा मकैको चिस्यान १३ % भन्दा कम हुनुपर्दछ भण्डारण गरिएका मकैका दाना तथा झुत्ताहरूलाई समयसमयमा सुकाइरहनुपर्दछ मकैका झुत्ताहरू झुण्डाउँदा आगोको धुवाँ लाग्ने ठाउँमा झुण्डाउनुपर्दछ मकैको बीउ छान्दा टुप्पो खोस्टालेपूरै ढाकिएको घोगाबाट छान्नुपर्दछ बोझोको धूलो १० ग्राम प्रति के.जी. मकैका दरले मिसाएर भण्डारण गरेमा वा टिमुरको धूलो मकै १ः१० को अनुपातमा मिसाएर भण्डारण गरेमा पनि घुनको समस्या कम गर्न सकिन्छ

ds}Fdf nUg] /f]ux?

पातमा लाग्ने डढुवा

दक्षिणी पात डढुवा   यो रोग खासगरी गरम जलवायु भएको ठाउँमा देखा पर्छ नेपालका तराई तथा भित्री मधेस यो रोग बढी लाग्ने क्षेत्र हुन् यो रोगको आक्रमणले पातमा साना गोलाकार थोप्लाहरू नसाहरूको बीचमा देखिन्छन् पछि यी थोप्लाहरू एक आपसमा जोडिएर पात डढेको रुपमा देखिन्छन्

उत्तरी पात डढुवा यो रोग अलि चिसो जलवायु भएको ठाउँमा देखा पर्दछ खासगरी उच्च पहाडी तथा मध्य पहाडी भेगमा यो बढी लाग्छ तर हिउँदे मकैबालीमा तराई तथा भित्री मधेशमा पनि यो रोग देखा पर्दछ यो रोगको आक्रमणले पातमा डुङ्गाजस्तो आकारका दागहरूदेखापर्दछन् दागहरू एक अर्कामा जोडिदा पात डढेको जस्तो देखिन्छ यी दुवै उत्तरी दक्षिणी पात डढुवा रोग निवारणका लागि रोप्नुभन्दा अघि वेभिस्टिननामक ढुसीनासक विषादी ग्राम प्रतिकेजीका दरले बीउको उपचार गर्नुपर्दछ मकैका ढोड, पात तथा अवशेषहरूमा यो रोगको जीवाणु बाँचीरहने हुनाले बाली भाँचिसकेपछि खेतबारीमा रहेका अवशेषहरूलाई जलाउनु पर्दछ मकैको शुरुको  अवस्थामा रोग बढी मात्रामा लागेमा डायथेन एम ४५ (मेनकोजेब) विषादी स्प्रे गरेर रोग नियन्त्रण गर्न सकिन्छ सिफारिस भएका उन्नत जातहरूमा रोग सहन सक्नेक्षमता भएकोले यी जातहरूको प्रयोग गर्नु नै रोगबाट बच्ने सर्वोत्तम उपाय हो

 घोगा कुहिने रोग

घोगा कुहने रोग धेरै जसो कम तापक्रम बढी सापेक्षिक आद्रता चिस्यान) भएको ठाउँमा देखिन्छ अनेक प्रकारका रोगका जीवाणुले आक्रमण गर्दा घोगा कुहिने हुन्छ यीमध्ये फ्युजेरियम नामक ढुसीद्वारा उत्पन्न हुने घोगा कुहिनेरोगको प्रकोप नेपालमा बढी फ्युजेरियम ढुसीले आक्रमण गर्दा घोगा कुहिने प्रकृया घोगाको टुप्पोबाट शुरु भई फेदतिर बढ्छ आक्रमण भएको घोगामा दानाको रंग गुलाबी हुन्छ गुलाबी संगको ढुसी घोगामा देखिन्छ यसरी घोगा कुहिएपछि मकैका दानाहरू नष्ट हुन्छन् कृषकले नोक्सानी सहनुपर्छ यो रोग नियन्त्रणका लागि विभिन्न उपाय अपनाउनु पर्छ जस्तै स्वस्थ बीउ प्रयोग गर्नु, बीउलाई वेभिष्टिन भन्ने विषादीले बीउ उपचार गर्नु, खोस्टा टुप्पोसम्म छोपिएको घोगाबाट बीउ छान्नु, घोगामा कीराको आक्रमणबाट रोग शुरु हुने हुँदा कीराको उचित नियन्त्रण गर्नु आदि

मकैको पात डाँठमा लाग्ने धब्बे रोग

यो रोग नेपालमा विस्तारै मुख्य रोगको रुपमा देखिँदै यसले मकै उत्पादनमा १० देखि ९० प्रतिशतसम्म नोक्सान गर्दछ यो रोग वर्षे मकैमा जहाँ उच तापक्रम साथै बढी सापेक्षिक आद्र्रता भएको ठाउँमा बढी देखापर्दछ यो रोगको लक्षण धानचमर बाहेक मकैका सबै भागमा देखिन्छ रोगको शुरुको लक्षण तल्लो मकैको पातबाट शुरु हुन्छ जसले माटोलाई छुन्छ रोग लागेपछि पात डाँठमा पानीले भिजेजस्तो, पराले रङका धब्बाहरू देखिन्छन् रोग मकैको बोटमा माथि बढ्दै जाँदा पछि गएर थुप्रै फुस्रा सानासाना गिर्खाहरू देखा पर्दछन् बढी प्रकोप भएमा पूरै मकैका घोगा नै कुहिन्छन् यो रोगको रोकथामको लागि एउटै जग्गामा मकै खेती लगातार नलगाउने, मकैकोतल्लो डाँठमा रहेका पात खोस्टा ९क्जभबतज० हटाउने मकै भाँचिसकेपछि मकैकाअवशेषहरू जस्तै ढोड, पात आदिलाई राम्ररी जम्मा गरी जलाउने गर्नुपर्दछ

ध्वाँसे थेग्ले रोग

 नेपालको पूर्वी तथा मध्य पहाडी भेगको मकै बालीमा केही वर्षदेखि ध्वाँसे थेग्ले रोग व्यापक भएको पाइएको यो रोग सर्कोस्पोरा जिया मेडिज ९ऋभचअयकउयचब शभब(mबथमष्क० नामक ढुसीद्वारा लाग्दछ यो रोगको लक्षण बोटमा धानचमरा निस्कने बेलातिर मात्र पातमा देखिन्छ यो रोग प्रायः श्रावणदेखि पातमा देखा पर्न शुरु भई भाद्रसम्ममा फैलिएर सम्पूर्ण पात नष्ट हुन्छ रोगको प्रकोप धेरैबढेको बेला मकैको उत्पादनमा शत प्रतिशतसम्म क्षति पुग्दछ छिप्पिएका पातहरूमा रोगका थोप्लाहरू खैरो÷ध्वाँसे आधा से.मि. देखि से.मि. लामो, साँगुरा चतुर्भुज आकारका भै पछि ती थोप्लाहरू एक आपसमा जोडिएर पातहरू पूरै मर्न सक्छन् ।रोग अवरोधी (रोग कम लाग्ने) जात जस्तै देउती, मनकामना, गणेश जस्ताजातहरू लगाउने, मकै चाँडै रोप्ने, बालीका अवशेष जस्तै ढोड, पात आदिलाई नष्टगर्ने रोगको प्रकोप अत्यधिक भएमा ढुसी रोग नाशक विषादीमध्ये पहिलो स्पे्र गर्दाडायथेन एम४५  ग्राम प्रतिलिटर पानीको दरले दास्रो स्प्रे टिल्ट २५% ईसी ) मि.लिलिटर पानीमा मिसाई छर्नुपर्दछ यो रोगनियन्त्रणको लागि एकीकृत बाली संरक्षण (आई. पी. एम.) अपनाउनु पर्दछ