परिचय
दक्षिण यूरोपमा बढी फल्ने केशरको माग दिन प्रतिदिन बढ्दो क्रममा छ विश्वकै महँगो र दुर्लभ कृषि उपज मानिने र प्रति के।जि १० लाखमा बिक्री हुने केशर नेपालमा भने पर्याप्त मात्रामा उत्पादन भएको पाईँदैन । नेपालको पछिल्लो तथ्याङ्कका अनुसार ७ देखि १० केजि सम्म मात्रै यसको उत्पादन भएको पाईन्छ । विश्वमा केशरको खेती गर्दै आएका देशमा स्पेन, फ्रान्स, इटाली, ग्रीस, टर्की, भारत, चीन र जापान रहेका छन् ।
केशरको उपयोगिता
केशरको उपयोगिता र गुण धेरै रहेको पाइएको छ । केशरलाई दूध, मह वा पानीमा घोलेर सेवन गर्न सकिन्छ । यसको सेवनले शरीरमा ऊर्जा प्राप्त हुनुका साथै अनेक रोगसँग लड्नको लागि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । गर्भवती महिलाले सेवन गर्नाले बच्चा तन्दुरुस्त जन्मिने र आमालाई प्रसवपीडा कम हुने, केशरको नियमित सेवनले अनुहारमा चमक आउने, पाचनप्रणाली ठीक रहने, मधुमेह नियन्त्रण हुने, कामशक्ति वृद्धि हुने जस्ता फाइदा हुने विज्ञहरुले बताएका छन् । यार्सागुम्बामा हुने गुणहरु समेत पाइने केशरलाई बहुमूल्य मसलाको रुपमा प्रयोग पनि गरिने गरिन्छ ।
केशर खेती गर्ने तरीका
नखनेर जमिनमा नै राखीरहने परम्परागत र पात पँहेलिन थालेपछि गाना झिक्ने, गाना भण्डार गर्ने र फेरी लगाउने आधुनिक गरी दुई तकिाबाट यसको खेती गर्ने गरिन्छ । असोज महिनामा खेति गर्नपर्ने केशर खेतिका लागि १ देखि १।५ फिट गहिरो गरी जग्गा खन्ने, एक रोपनीमा ४० डोको गोठेमल राख्ने, ३ फिट चौडा भएको व्याड तयार गर्ने, व्याडको लम्बाई ठाउँ हेरी बनाउने, व्याडको उचाई ६ इन्च जति बनाउने, एक रोपनीमा नाइट्रोजन, फास्फोरस र पोटास ५ के।जि। राख्ने, किराको प्रकोप भएमा मालाथिन पाउडर छर्ने तरिका अपनाउनुपर्ने हुन्छ ।
यो खेति गर्नुअघि गाना ग्रेडिङ गर्ने, गानामा अनावश्यक टुसाहरु आउने दिने, ठूला टुसाहरु राखी अरु टुसा फाली दिने, तखतामा फुलाउने साइज हेरी २०–३० ग्रामको गानामा दुईवटा राख्ने, व्याडमा फुलाउने रव्याडमा फुलाउन २ इन्च जति लामा टुसा भएमा गाना जमिनमा लगाउने गनुपर्छ ।
लगाउने तरीका र उत्पादन
केशरको गानालाई एक घण्टासम्म वेमिस्टिनको झोलमा डुबाउने, लहर देखि लहरको दुरी १५ से।मि। ६ इन्च राख्ने, गाना देखि गानाको दुरी १० से।मि। ४ इन्च राख्ने, गहिराई १० से।मि। ४ इन्च सम्म राखेर केशर लगाइसकेपछि परालले छोपिदिने गर्नुपर्छ ।
केशरको फुल १५ दिनपछि फुल्छ । विहान शित ओभाएपछि फुल टिप्ने गर्नुपर्छ । टिपपसकेपछि पानीको मात्रा हटाउनको लागि शिशाको बाकस भित्र मैन कागजमा फुल राखेर २–३ घण्टासम्म सुकाउने गर्नुपर्छ ।
एउटा फुलमा १०–१५ मि।ग्रा। केशर प्राप्त हुन्छ । एक लाख देखि १।५ लाख फुलबाट एक कि।ग्रा। केशर प्राप्त हुन्छ । १ के।जि। केसर उत्पादन गर्न २५ देखि ३० ग्राम तौल भएका ७५० देखि ८०० गाना आवश्यक पर्छ ।
केशरको व्यवसाय
विश्वबजारमा केशरको मूल्य अत्यधिक छ । प्रति केजी आठदेखि दश लाखसम्म नेपाली रुपैयाँ मूल्य पर्ने केशरको व्यवसाय र व्यवसायिक खेती नेपालमा शून्य प्रायः छ ।
यसको खेतीका निम्ति उपयुक्त जमिन र वातावरण नेपालमा भरपुर छ । तर, हालसम्म सरकारले कुनै चासो नदिएको कारण नेपालमा केशर खेतीको उत्पादन हुन सकेको छैन । नेपालजस्तो निम्न अर्थतन्त्र भएको मुलुकमा यस्तो बहुमूल्य र गुणकारी केशरको खेती हुन जरुरी छ ।