केराउ खेति प्रविधि

परिचय

केराउ कोसेबालीहरू मध्ये अति महत्वपूर्ण बाली हो यसको खेती नेपाल अधिराज्यभर गर्न सकिन्छ यो हिउँदे बाली भए पनि उच्च पहाडी क्षेत्रमा यसको खेती वर्षामा पनि गर्न सकिन्छ यो बाली प्रोटिनको मुख्य स्रोत हो प्रोटिनका साथै भिटामिन . सी. क्याल्सियम, mस्फोरस कार्बोहाइडे« पनि प्रशस्त मात्रामा यसबाट प्राप्त हुने भएकाले यसलाई महत्वपूर्ण तरकारी मानिन्छ यो काँचै खाँदा पनि मीठो हुन्छ

हावापानी तथा माटोः

 केराउलाई चिसो हावापानीको आवश्यकता पर्दछ यसले तुषारो खप्न सक्छ, तर पूm कोसा लाग्ने समयमा तुषारोले नोक्सान पु¥याउँछ १० देखि १८डि.से. तापक्रम यसका लागि उपयुक्त हुन्छ तर आर्केल जातको खेती केही गर्मी मौसममा गर्न सकिन्छ सबै किसिमको माटो यसका लागि उपयुक्त मानिन्छ

 जातहरू

 केराउका धेरै जात नेपालमा खेती गरिन्छ तर पनि तीन जात प्रमुख छन्

 :आर्केल, यो अगौटे जातको बाली हो

 :न्यू लाइन पर्फेक्सन, यो पछौटे जातको बाली हो। यसमा ढुसी रोग कम लाग्छ

 

 :सिक्किम लोकल, यो पनि पछौटे जातको बाली हो यो वर्षामौसमका लागि प्रचलित

जमीनको तयारी

 

केराउको जरा माथिल्लो सतहमा बढी फैलिने भएको हुँदा जग्गाको तयारी गर्दा धेरै गहिरो जोताई गर्नु आवश्यक पर्दैन । जग्गा तयार गर्दा ३४ पटक राम्रोसँग खनजोत गरी डल्ला फोरेर माटो हलुका बनाई सम्याउनु पर्दछ । जग्गामा पानी जम्ने किसिमको भएमा कुलेसो काटी पानी तर्काउने व्यवस्था समेत गरी जमिनको तयारी गर्नु पर्दछ । कोसेबालीले माटोमा नाईट्रोजन जम्मा गर्ने भएकोले खेतबारीमा बर्षमा एकपटक केराउ बाली लगाएमा माटोमा मलिलोपना रहन सक्छ र माटोजन्य रोगको रोकथाम गर्न समेत मद्दत पुग्दछ ।

बीउदर बीउ रोप्ने दूरीः

 सिक्किम न्यू लाइन पर्फेक्सनको किलो अर्केलको बीउ किलो प्रति रोपनी चाहिन्छ बीउ रोप्ने दूरी पनि न्यू लाइन पर्फेक्सन सिक्किमको हारको फरक ४५ से. मि. तथा बोटको फरक से. मि. राख्नुपर्छ भने अर्केलकोः हारको फरक ३० से. मि. बोटको फरक से. मि. कायम गर्नपर्छ

 

बाली लगाउने समय

 

केराउका विभिन्न जात अनुसार बाली लगाउने समय र बली पाक्ने समयमा फरक पर्दछ । अतः भौगोलिक क्षेत्रानुसार नेपालमा केराउ बाली लगाउने र बाली लिने समय निम्नानुसार छ ।

 

विभिन्न भौगोलिक क्षेत्रमा केराउ बीउ छर्ने र बाली लिने समय स्

जात                              भौगोलिक क्षेत्र                 बीउ छर्ने समय                            बाली लिने समय

आर्केल                           उच्च पहाड                      चैत्रबैशाख                                आषाढ भाद्र

आर्केल                            मध्य पहाड                     आश्विनकात्तिक                        पौषमाघ

आर्केल                            तराई                               आश्विनकात्तिक                         पौषमाघ

न्यू लाईन, सिक्किमे         उच्च पहाड                       चैत्रबैशाख                                 आषाढ कात्तिक

न्यू लाईन, सिक्किमे       मध्य पहाड                       भदौआश्विन                               पौषफाल्गुण

न्यू लाईन, सिक्किमे      बेसी , तराई                        आश्विनकात्तिक                           मंसिरमाघ

 

मलखाद

 

२०(२५ डोको राम्ररी कुहिएको गोठेमल अथवा कम्पोष्ट मल किलो फोस्फोरस किलो पोटास प्रतिरोपनीका दरले जग्गा खनजोत गर्ने समयमा प्रयोग गर्नुपर्छ। यसलाई अरु बालीलाई जस्तै नाइट्रोजनयुक्त मलले टपड्रेस गर्न आवश्यक छैन किनभने यो बालीले आफ्नो जरामा वायुमण्डलको नाइट्रोजन ब्याक्टेरियाको सहायताले भित्र जम्मा गर्छ। यसरी जम्मा भएको नाइट्रोजन आफूले पनि प्रयोग गर्छ त्यसपछिको अर्को बालीलाई पनि उपलब्ध हुन्छ। केराउ केराउ जस्तै कोसेबालीले जरामा वायुमण्डलको नाइट्रोजन ब्याक्टेरियाको सहायताबाट जम्मा गर्ने भएकोले खेतबारीमा सालमा एक पटक कोसेबाली खेतीगर्न सकेमा खेतबारीको मलिलोपन कायम रहन्छ त्यसैले कासेबाली हाम्रो लागि महत्वपूर्ण बाली हो

सिंचाइ गोडमेलः

 बीउ छर्नुभन्दा पहिले खेतबारीमा पानी पटाउने राम्रो चिस्यान कायम भएको बेलामा बीउ छर्नुपर्छ उम्रेको २०२५ दिनमा दोस्रो पल्ट पानी पटाउनुपर्छ त्यसपछि आवश्यकतानुसार पानी लगाउनुपर्छ अरु बालीको तुलनामा यो बालीलाई कम पानी चाहिन्छ झारपात देखिनासाथ कुटो वा कोदालोले हल्का खन्नुपर्छ

थाँक्रा दिने

 

केराउ बालीका होचा तथा लहरा जाने दुबै प्रकारका जातहरु छन् लहरा जाने जातका बोटहरुलाई थाँक्रोको आवश्यकता पर्दछ अग्ला मध्यम लहरा जाने जातलाई प्रत्येक बिरुवाको फेद नजिक फिटको बाँसको भाटा, रुखको हाँगा वा लठ्ठी गाडेर थाँक्रा दिएमा विरुवाहरु लहराको सहायताले सहारा माथि चढुदछन् विरुवाले घाम पानी राम्रो पाउनुका साथै कोसाको उत्पादन बढी हुन्छ माटोबाट आक्रमण गर्ने कीराको प्रकोप पनि कम हुन्छ यसरी बोटलाई सहारा दिन थाँक्राका लागि प्रयोग गरिने हाँगालाई एभब द्यचगकज पनि भनिन्छ। होचा जातहरुलाई नजिक रोपिने हुँदा एक अर्काको सहारा लिने हुन्छन् थाक्रोको आवश्यकता पर्दैन

 

मुख्य मुख्य रोग

 

केराउ बालीलाई बढी सेतो धुले ढुसी लाग्दछ भने अन्य रोगमा बोट ओईलिने रोग, सिन्दुरे रोग छन्

 

सेतो धुले ढुसी रोग

 

शुरुमा पातहरुमा केही रङ्ग बदलिएका दागहरु देखिन्छन् ती दागहरुबाट पाउडरजस्तो सेतो धुलो निस्केर पात, डाँठ कोसा पुरैलाई ढाक्दछ रोगलागेका कोसा भण्डारणमा छिटो कुहिन्छ

 

रोकथाम

 

रोगी बोटहरु जलाउने क्याराथन विषादी मि।लि। प्रति लिटर पानीमा मिसाई १०१० दिनको फरकमा पटक सम्म छर्ने

 

फ्यूजारियम ओइलाउने रोग

 

यो पनि ढुसीबाट लाग्ने रोग हो पात पहेंलो भएर बोट ओइलाउन शुरु हुन्छ पुरै बोट ओइलाएर मर्दछ फेद चिरेर हेर्दा भित्र रातो खैरो देखिन्छ

 

रोकथाम

 

रोग नलागेको खेतबारीमा केराउ लगाउनु पर्दछ रोग निरोधक जात बोनेभिल लगाउने

 

सिन्दुरे रोग

 

शुरुमा पातमा सेता फोकाहरु देखिन्छन् पछि फोकाहरु खैरो रंगको भै फुटेर धूलोले पात भरिन्छ कोसामा पनि यस्ता फोकाहरु देखिन्छन् रोग लागेका पातहरु सुकेर बोट चाडैँ मर्छ

 

रोकथाम

 

रोगी बोटहरु जलाई खेतबारी सफा राख्ने यसको रोकथामका लागि निलोतुथो चुनाको सम्मिश्रण ९१० ग्राम निलोतुथो १० ग्राम चुना लिटर पानीमा घोल्ने० छर्ने

 

मुख्य मुख्य कीरा

 

केराउमा लाग्ने मुख्य कीरा लाही कोसामा प्वाल पार्ने लार्भे नै हो

 

लाही

 

लाही कीराले यसको वयस्क तथा बच्चा दुबै अवस्थामा केराउको कलिला पात, फूल, डाँठ तथा कोसामा आक्रमणगरी रस चुस्दछन् यसले विरुवाको रस चुस्नुको साथै रोग फैलाउने को माध्यम बनी बालीलाई ठूलो क्षति पुयाएको हुन्छ

 

रोेकथाम

 

गाईको गहूँत पानी ९१ः४०अनुपातमा मिसाई दिनको फरकमा पटक पटक छर्ने प्रकोप बढी भएमा थायोडान विषादी मि।ली÷लिटर पानीमा मिसाई छर्ने केराउमा फूल फूलेको खानको लागि कोसा टिप्ने समयको बेलामा विषादी छर्नु हुँदैन

 

कोसामा प्वाल पार्ने गवारो

 

यो कीराले लाभ्रे अवस्थामा कोसामा प्वालपारी भित्रपसी दाना खाई नोक्सान पु¥याउँदछ खोली हेर्दा कोसा भित्र कालो रङ्ग कीराको विष्टा देखिन्छ

 

रोकथाम

 

यसको रोकथामका लागि मेटासिस्टक्स विषादी मि।लि प्रति लिटर पानीमा झोल बनाई फूल कोसाहरुमा मात्र १० लिटर पानीमा झोल बनाई फूल कोसाहरुमा मात्र १० दिनको फरकमा स्प्रे गर्नु पर्दछ

 

बाली तयार तथा उत्पादन

 

कोसा पुष्टिए पछि कलिलो नरम छँदैमा हरियो कोसा हातले टिप्नु पर्दछ कोसाहरु १० दिनको फरकमा पटक टिप्न सकिन्छ केराउ कोसा एक रोपनीमा ५००१००० के।जी सम्म उत्पादन गर्न सकिन्छ