परिचय
जिरा एक मसला वाली हो । यस्को उत्पत्ति मिश्र ९ इजिष्ट० मा भएको मानिन्छ । उत्पादन गर्ने प्रमुख राष्ट्रहरुमा भारत,इरान, इराक,साउदी अरव मिश्र चीन आदि पर्छन नेपालमा यसको खेति नगण्य रुपमा गरिदै आएको छ । नेपालमा जिरा आयात गर्ने पव्रमुख देश भारत हो ,बर्षको २० अर्ब भन्दा बदी जीरा आयत हुन्छ। यसको विकासका लागि नेपालमा राष्ट्रिय मसला वाली विकास कार्य समितिले काम गर्दै आएको छ । भारत बाट वीउ ल्याई विभिन्न फर्म÷केन्द्रहरुमा परिक्षण प्रशारण गर्दैआईरहेको छ।
हावापानी र माटो
जिरा उष्ण प्रदेशीत विरुवा हो यो उपोष्ण प्रर्दशमा पनि राम्रो हुन्छ । जिरा उष्ण तथा उपोष्ण प्रदेशको शुष्क तथा अर्धशुष्क हावापानि मा लगाउन सकिन्छ । यसवालि हिउदमा रोपिन्छ ।र वढि हुक्ष्सु लाग्ने ,तुसारो पर्ने तथा हिउदे वर्षा, वढीहुने स्थानमा जीरा लगाउन उपयुत्त हुदैन । फूलफूल्ने र दाना लाग्ने वेलामा शुष्क हावापानिले मदत पु¥याउछ । यदी वढी आद्रता भएमा दुसीजन्य रोगले आक्रमण गर्दछ ।
यो खी वाली हो चिसान नभएको सुख्खा जमिनमा यस्को खेती राम्रो नहुने हु“दा यसवालीको लागी सिचाई अति आवश्यक छ । पानी न जाम्ने निकासको राम्रो प्रवन्ध भएको बलौटे दोमट माटो उपयुत्त मानिन्छ । जीरा खेति सधै एउटै स्थानमा लगाई राख्नु राम्रो हुदैन ।लगातार एउटै खेतबाट वाली लिदा काटोको माध्यम बाट सर्ने रोग मध्ये वईलाउने रोग लाग्ने बढी सम्भावना रहन्छ । १५ देखि २५
डि।से।मि तापक्रम वीउ उम्रन र वोट वृधिको लागि उपयुत्तहुन्छ । फूलफूल्न र विउ पाक्नको लागि २०–३० डि।से। तापक्रम चाहिन्छ । समुद्र सतह देखि १००० मी उचाई सम्मका क्षेत्रहरुमा यस्को खेति सफस्ताका साथ गर्न सकिन्छ ।
जातहरु
आर।एस। १ ९राजस्थान० भारतीय प्रचलीत जात हो ।
आर। जेढ १९ ९राजस्थान जीरा–१९०
टोपोल्का – वेल्गेरिया बाट निकालिएको जात हो ।
जि।सि। ४३, जो।सी। २ जी।सी। ३ , य।सी।१९८ ले वढी उत्पादन दिने भएकोले खेति गर्न सिफारिस
गरिएको छ । जात अनुसार वाली तयार हुन ११० देखि ११५ दिन लाग्छ ।
वाली लगाउने र विउदर
जिरा खेति कार्तिक देखि मंसिर महिना सम्ममा रोप्न ९मंसिर १–२५० उपयुत्त हुन्छ । छरुवा तरिका वा लाईनमा वा क्यारी बनाएर जिरा छर्न सकिन्छ । वीऊ दर प्रति रोपनि ६००–७०० ग्राम आवश्यक पर्दछ । वीउ छर्नु अघि सेरेसन वा थिरम वा डाईफोलीटान २।५–३ ग्राम प्रति के।जि। वीउको दरले उपचार गर्नुपर्छ । विउ लाई ८ घण्टा जति भिजाएर छरेमा छिटो उम्रन्छ । वीउ छर्दा १–२ से।मि गहिराईमा छर्नु
पर्छ । रोग किरामो प्रकोप कम गर्नकालागि वाली चक्र अपनाउनुपर्छ । यदी लाईनमा राप्ने हो भने हार देखि हारको दुरी ३० से।मि। र विरुवा देखि विरुवा १५से।मि। दुरी कायम गर्नु पर्छ छरेर रोपेको भन्दा लाईनमा रोपेको राम्रो नतिजा पाईएको छ । लाईन मा रोप्दा सिचाई, गोडमेल र वाली संरक्षण गर्नु सजिलो हुन्छ । वीउ पुर्दा धेरै वाक्लो बढी वा वीउ धेरै गहिराईमा रोप्नु हुदैन । साधारण तथा छरीएको जीराले लाईनमा रोपेको भन्दा उत्पादन दिन्छ भनीएको छ ।
जग्गा तयारी ः
दुईतीन पटक खनजोत गरी डल्ला फुटाएर माटो बुरबुरउदो पार्नुपर्छ । पहिलेका वालीका ठुटाहरु जलाएर नष्ट गर्नु पर्छ । माटोलाई राम्ररी सम्याएर स साना व्याड तयार गर्नुपर्छ जसबाट पानी पटाउन र गोडमेल गर्न सजिलो हुन्छ । माटोको पी ।इच।मान ६–७ जस्मा येथेष्ट मात्रामा हावा तथा पानीको स१चार हुन्छ । त्यही माटोमा सफलताका साथ खेती गर्न सकिन्छ । मल खादको व्यवस्था ः कम्पोष्ट अथवा गोठेमल ४०–५० डोको डी।ए।पी। १।५ के।जी प्रति रोपनि माटोमा मिसाउने । युरीया १।५ के।जी। जग्गा तयार गर्दा १।५ के।जि। जिरा छरेको एक महिना पछी टपड्रस गर्नुपर्छ । तोरीको पिना अण्डीरको पीना, कुखुराको मल जीरा खेतीमा प्रयोग गर्दा उत्पादनमा
वृद्धि ल्याई वइलाउने रोग लाग्न कम गर्छ ।
गोडमेल
सामान्य तथा २–३ पटक झार उखेल्ने पर्छ । लाईनमा छरेको भए हल्का गोडमेल गर्नु उपयुत्त हुन्छ । पछिल्लोपटक झार उखेल्नु र गोडमेल काम जीरा छरेको ३०–४० दिन पछि गर्नुपर्छ । वाक्लो भएका पत्ल्याउनु झारपात नियन्त्रण गर्न वेसालीन विषादी १ लि। प्रति ७०० लि। पानीमा घोली अगाडी छर्नुपर्छ ।
सिचाई ः
वीउ छरेको तुरुन्त हल्का सिचाई गर्नुपर्छ । अर्को सिचाई ८–१० दिन पछि गर्नु पर्छ । जिरा १०–१५ दिन पछि उम्रन सुरु गर्छ । माटोको किसम अनुसार ४–६ पटक सिचाई गर्नुपर्छ त्यस पछिकासिचाईहरु ३०,४५,६५र ८० दिनमा दिनुपर्छ । फूल फूल्ने र दाना लाग्ने वेलामा सिचाई गर्नु अनिवार्य हुन्छ । । वाली पाक्ने वेला सिचाई वन्द गर्नु पर्छ । जिरा वाली अवधी सम्म जीरालाई २२७ मी।ली।पानी
आवश्यक पर्दछ ।
वाली कटाई तथा उत्पादन ः
जीरा पाक्ने समय जात र हावापानी अनुसार फरक पर्दछ । साधारण तथा जीरा ८०–१२० दिनमा तयार हुन्छ । जीरा पूर्ण रुफे छिप्पाएपछि वोट सहित उखेली घाममा सुकाइन्छ सुकाईएको वोट बाट जीरा र १० प्रतिशत भन्दा कम चिस्यान हुनेगरी सुकाएर भणडारण गर्नुपर्छ । प्रतिरोपनि ३०–४५ के।जी उत्पादन हुन्छ ।
रोग तथा कीराहरु ः
जीरावाली लाई केही रोग तथा किराहरुले हानी पु¥याउछ । यसवाली मा लाग्ने मुख्य रोगहरुमा पाउडरी मिल्डयू क्यूमिन विलट, ब्लाईट प्रमुख छन । किराहरुमा लाही किरा ९ब्उजष्म० पातखाने लाभ्रे ९ीभबा अबततभचउष्ििभच० ,प्रमुख छन भने निमालोड ले
पनि यस वालीमा हानी पु¥याउछ ।
किराहरु ः
लाही किरा ः– लाही जीराको मुख्य सत्रु हो यस्ले कलिला भागको रल चुसेर उत्पादन घटाउछ । लाही नियन्त्रणको लागि ०।०३ प्रतिशत डाइमियोएट वा ०।२५ प्रतिशत मिचाचाईल डिमेटोन वा ०।०१ मोनो क्रोटोफस किटनाषक विषादी सिफरीस गरीएको छ ।
पात खाने लाभ्रे
यस किराले जिराका कलिला पातहरु खाएर नोक्सान पु¥याउछ । यस्को नियन्त्रणको लागि वालीको कलिलो अवस्थामा ०।०२ प्रतिशत फेस्फामिडन जीरा उम्रेपछि हुनुपर्छ ।
नेमाटोड
पटेल र साथीहरु कुनै पनि मसला वाली जस्तै ज्वानो, धनिय ,जिरा मेथी आदिपूर्ण रुपमा
नेमाटोडको , असर रहित हुदैनन भन्ने निष्कर्ष गरेका छन तर सौफमा नेमाटोड लाग्दैन ।
खरोन रोग
यस रोगको लक्षण पात र डाठमा सेतो धुलो देखा पर्छ । यस गोगको प्रकोप जीरा खेतिमा फूल फूल्ने
समय देखि फल पाक्ने समय सम्म पनि लाग्न सक्छ । खासगरी फूलखेल्ने र गेडा लाग्नेद समयमा
अत्यधिक मात्रामा देखा पर्छ । न्यानो र आद्र मौषममा बढि लाग्छ । फूल खेल्ने अगावै यो रोग लागेमा
जीराको गेडा लाग्दैन भने फल लागेको अवस्थामा जीराका वोटमा यस रोगले आक्रमण गरेमा जीराको
गेडा सानो हुन्छ र चाउरी पर्छ ।
यसरोगको नियन्त्रणका लागि लक्षण देखिनो साथ क्याराथियन २०–२५ ग्राम प्रति लिटर पानिमा मिसाएर
छर्नुपर्छ । आवश्यक परेमा १०–१५ दिन पछि दोस्रो पटक छर्नु पर्छ । अथवा १ एम।एल। क्याराथियन
प्रति लिटर पानीमा स्प्रे गर्ने ।
वोट वइलाउने रोग
यो जिरा वालीको सवै भन्दा डरलाग्दो रोग हो । यस रोलाई जिरा वालीको अवरोधको रुपामा चिनिन्छ ।
यो रोग पौषको पहिलो हप्तामा उम्रिएको ४–५ हप्ता पुगेको वालीमा देखा पर्दछ । यो रोग पौषको
अन्तिम तिर वढि समस्या देखाउछ । यस रोगबाट प्रभावित विरुवाहरुको पात वटारिन्छ । पछि गएर
सम्पूर्ण वोट मर्छ । कलिलो वोटमा वढि आक्रमण गर्छ । यो रोगको लागि रसायनिक नियन्त्रण छैन ।
वाली चक्रअपनाउने र निमको पानीको प्रयोग बाट रोग सर्नबाट रोक्छ । रोग नलागेको जग्गाको विउ
मात्र प्रयोग गर्नु पर्छ । यस रोगको प्रभावकारी नियगन्त्रणको लागि रोग अवरोधक जात लगाउन
सिफारीस गरेको छ। महता र साथिहरुले ९१९९०० अनुसार कीटनासक औषधि र नेमाटोड नाषक
औषधि कार्वोयुरान, फोरेटे र टेमिक आदिले माटो उपचार गरेमा रोग कम गर्छ ।
डढवा रोग
रोग लागेको विरुवामा खैरो थोप्लाहरु देखा पर्छ जुन पछिगएर कालो बन्छ । प्राय रोगी वोटमा दाना
लाग्दैन । दाना लागे पनी चाउरीएको हलुका र कालो रंगको लाग्छ । यो रोग नियन्त्रणको लागि ०।०२
प्रतिशत डाइथेन एम ४५ रोपेको ४० दिन पछि १० दिनको फरकमा छर्ने सिफारिस गरीएको छ ।
विषादिको राम्रो प्रभावकारीताको लागि प्रति लिटर पानी्मा १ एम।एल सावुनको धmोल मिसाउन
सिफारिस गरिएको छ । वढि सिचाई आवश्यक पर्ने वाली र तोरी वाली जिरा खेतको नजिक लगाउन
हुदैन । वोभिष्टीन ले वीउ उपचार गरी रोप्दा रोग कम लाग्दछ । व्रोडिक्स मिक्चर वा डाइचेन ‘।४५
वा डाईथेन जेड ७८ ले विरुवा र हप्ताको भए पछि १५।१५ दिनको फरकमा फरकमा छर्नाले यो रोग
नियन्त्रण गर्न सकिन्छ । यो रोग कम गर्न र उत्पादन बढाउन टपसिन एम। ९त्यउकष्ल ःष्० ०।२
प्रतिशत र ०।३ प्रतिशतको (Topsin Mi) ले विरुवामा स्प्रेगर्नु सिफारिस गरिएको छ ।