जटामसी खेति प्रविधि
परिचय
लाम्चा पात हुने, पातका बीचमा सेता धर्सा हुने, नीला रङका फूल र बोटका फेदमा खैरा झुसे भुत्ला हुने, हिमालयमा पाइने, विभिन्न भेद हुने र औषधीका निम्ति उपयुक्त एक सुगन्धी बुटीलाई जटामसी भनिन्छ । यो बाह्रै महिना पाइने र धेरै वर्षसम्म बाँच्ने वनस्पति हो । जटामसी ६० से।मि।सम्म अग्लो पाइन्छ । यसको गानु वा फेद जमिन बाहिरबाट जमिन भित्रसम्म धसिएको हुन्छ । जमिन भित्रको मूल काण्ड वा जरालाई राता वा खैरा जटाजस्ता झुस ९मसिना जरा० ले ढाकेको हुन्छ, यसैले यसलाई जटामसी नाम दिइएको हो । जमीन माथिको काण्डबाट पात पलाउने र फूल फुल्ने गर्दछ । यसको अण्डाकार, लाम्चा पात ६ से।मि। सम्म लामा हुन्छन् । फूलहरू गुलावी, प्याजी वा सेतो रङ्गका फुल्ने गर्दछन् ।
माथितिर फुकेको र तलतिर साँघुरिएको जमीन मुनिको काण्ड ९राइजोम० राता र खैरा रौँँ जस्ता बाक्ला भुत्लाहरूले ढाकिएका हुन्छन् । यसै कारणले यसलाई स्थानीय भाषामा भुत्ले पनि भन्ने गरिन्छ । काण्डहरूको भित्री रङ्ग सेतो सेतो खालको हुन्छ । यसको मूल जरो पहेँलो, २० देखि ३० से।मि। सम्म लामो र २ देखि ७ र कहिलेकाही त १२ वटासम्मका काण्डहरूसँग जेलिएको हुन्छ ।
खेती
जरा सहितको काण्डका टुक्राहरूबाट जटामसीका विरुवा उमारिन्छ। बीउबाट पनि यसको बोटहरू उमार्न सकिन्छ। यसरी उमारिएका विरुवाहरूलाई मल जल गरि तयार गरिएको बारीमा वा खेतमा सारिन्छ। एक ड्याङ्गमा सारिएका विरुवा आपसमा ३० से। मी। दुरीमा राखिन्छन् रएक ड्याङ्गबाट अर्को ड्याङ्ग ६० से। मी।को फरकमा हुनु पर्दछ। हरेक दुई महिनाको अन्तरमा गोड्नु पर्दछ। नेपालको निम्न लिखित जिल्लाहरूमा जटामसीको खेती गर्न सकिन्छ , ताप्लेजुङ्ग , संखुवासभा , सोलुखुम्बु , ९खुम्जङ्ग , दूधकुण्ड , थ्यांगबोचे ० , गोरखा ९ खरीबिरे , प्रोक , गम्दा , सिर्दिवास ० , लमजुङ्ग ९ बाहुन डाँडा , चौधखोला , डुलिबेसि ०, काश्की ९ गोरुजुरे , माछापुच्छरे , हिमालफेंदी ० पर्वत ९ धानढुगां , जलजल , नागी ० , वाग्लुङ्ग ९तारा खोला मैकोट० , गुल्मी ९ झुले , खुंजो ० , मुस्ताङ्ग , म्याग्दी , रोल्पा , दैलेख , जुम्ला , जाजरकोट आदि स्थान।
संकलन
हिँउ हटेपछि श्रावणदेखि कार्तिक सम्ममा जमीन विस्तारै खनी विरुवा पल्हाउने केही भाग त्यही छोडी काण्ड मात्र संकलन गर्नुपर्दछ। यसले गर्दा विरुवा मासिने डर रहन्न र प्रत्येक दुई वर्षमा यसको काण्ड प्राप्त गर्न सकिन्छ।
सुकाउने तथा संरक्षण संकलन गरिएको जरा र काण्डहरूबाट माटो राम्ररी झारेर वा बगेको पानीमा पखाली सकेपछि यसमा रहेका गुण , तत्त्व संरक्षण गरि राख्न हावामा राम्ररी सुकाउनु पर्दछ। त्यसपछि यसलाई बोराहरूमा बाँधेर सुख्खा ठाउँमा राखिन्छ।
उपयोगिता
आयुर्वेदिय प्रणाली अनुसार यसको विभिन्न उपयोगिता वर्णन गरिएको छ। यो तागत दिने , उत्तेजना , अपस्मार , मृगी , छारे , हृदय , कम्पा , अजीर्ण तथा वाल सम्बन्धि आन्द्राको बातशुल वा वात विष्फोटक , पेट दुखेको शमन गर्ने ,वायु शमन गर्ने , पिशाब गराउने र हैजा तथा रजस्वला गराउने इत्यादिका औषधिहरूमा प्रयोग गरिन्छ। सुगन्धवालको सट्टा पनि यसको प्रयोग गरिन्छ।