परिचयः

वेसार जिन्जीबेरेसी परिवारको एक कन्दमुल हो । नेपालमा सदियौ देखि ऋषि मुनिहरुले वेसारको प्रयोग औषधिकारुपमा प्रयोग गर्दै आएको र आयुर्वेदमा यसको गुणहरुको पर्याप्त वयान गरेको पाईन्छ । वेसारमा पाईने प्रमुख तत्वकुरकुमिन एक प्रकारको ‘रङ् हो । वेसारको गानोमा सरदर १.८ – ५.४% कुरकुमीन पाईन्छ र २.८ – ६.२%वासनादार तेल पाउन सकिन्छ । सामान्यतया तराई देखि हिमालसम्मका जिल्लाहरुमा वेसारको खेती परापूर्वकालदेखि गरिदै आएको छ । वेसारले हाम्रो भोजनलाई आकार्षक त बनाउछ तर यसको अलावा केही विशेष तत्व प्रदान गर्छ ।वेसारमा कीटाणुहरुलाई मार्ने शक्ति हुन्छ भन्ने तथ्य वैज्ञानिक अनुसन्धानले सिद्ध गरेको छ ।

हावापानीः

बेसार खेती गर्मी आद्र्र हावापानीमा राम्रो हुने भएता पनि हलुका छायाँ भएको ठाँउमा पनि यो बिरुवाको वृद्धि विकास सफलतापूर्वक हुन सक्छ बेसार खेती समुन्द्र सतहदेखि १६०० मि. सम्मकोउचाईमा गर्न सकिन्छ यसको सफल खेतीका लागि २०३० डि.से.को तापक्रमको आवश्यकता पर्दछ औसत बार्षिक बर्षा १०००२००० मि.मि. हुने क्षेत्रमा बिना सिंचाई पनि बेसार खेती सफलतापूर्वक गर्न सकिन्छ धेरै चिसो तुषारोले यो बालीलाई नोक्सान गर्दछ

 

माटो

यसको खेती सिंचित उवै असिंचित, हल्का कालो देखि दोमट रातो माटोमा गर्न सकिन्छ तर पानी नजम्ने जग्गा बलौटे दोमट माटो यसको लागि उत्तम हुन्छ

पानी जम्ने जग्गा वेसार खेतीको लागि उपयुक्त हुदैन पि.एच. .. भएको माटो वेसार खेतीका लागी

उपयुक्त हुन्छ हिँउदमा तुषारो पर्ने वेलामा यसको पात डाँठ सुकिसकेको अवस्थामा रहने भएकोले तुषारोले खासै

असर गर्दैन

जग्गाको तयारीः

चैत्रबैशाख तिर पानी परिसकेपछि खनजोत गरि वेसार लगाउन सकिन्छ लगाउँदा स्थानिय हलोले कुलेसोमा १५

२० .मी.को फरकमा बीउ राखिन्छ यसरी बिउ राखिसकेपछि त्यसलाई माटोले पुरी ड्याङ बनाउनु पर्दछ

सामान्यतया रोपनी जग्गाको लागि १२० के.जी. बिउको आवश्यकता पर्दछ

बिउको छनौट उपचार

वेसारको फुलबाट फल नलाग्ने हुंदा यसको वानस्पतिक भाग (गानो)लाई नै बीउको रुपमा प्रयोग गरिन्छ बीउ

छनोट गदाृ कम्तिमा दुईवटा उम्रने मुना भएको ३०५० ग्रामको बीउ छान्नुपर्छ यसरी छानिएको बीउलाई २५

ग्राम म्यान्कोवेब १० ग्राम कार्बेनडाइजिम १० लिटर पानीमा घोली त्यसमा आधा घण्टा सम्म डुबाउने त्यस पछि

ओभानो हुने गरि सुकाएर रोप्नु पर्छ

जातहरुः

वेसारको गानो आकार रङ्अनुसार दुई भागमा बाड्न सकिन्छ

. मसलाको रुपमा प्रयोग हुने जातहरुः यी जातहरु ठूला, नरम, बढी वास्नादार हल्का रङ्का हुन्छन्।

. रङ्को रुपमा प्रयोग हुने जातहरुः यी जातहरु क्डा, चहकिलो रङ्हुने छिटो रङ्बस्ने खालका हुन्छन्।

नेपालमा हालसम्म वेसारका जातहरुको उन्मोचन सिफारिस गरिएको छैन कृषकहरुले परापूर्वकाल देखि नै स्थानिय

जातहरु खेती गर्दै आएका छन् भारतमा सुनगाभा, सुवर्ण दर्शन, सुराना आदि जातहरु उन्मोचन तथा सिफारिस

गरिएका छन्।

हलेदो लगाउने दुरीः

लाईन देखि लाईन ३० से.मी. विरुवा देखि विरुवा २५ से.मी.को दुरीमा लगाउनु पर्दछ लगाउदा

गानोलाई देखि . से.मी.कोगहिराईमा रोप्नु पर्दछ

लगाउने तरिका

हलेदोलाई दुई किसिमबाट लगाउन सकिन्छ

() डयाङ्ग कुलेसो बनाएर

() समथर तरिका

छहारी भित्र लगाउने

हलेदोलाई छहारी भएको ठांउमापनि लगाउन सकिन्छ खासगरी यसको लागी मध्यम छहारी राम्रो

उपयुक्त मानिन्छ बढी घना छहारी भित्र लगाएमा हलेको उत्पादन राम्रो लिन सकिदैन

मलखाद

हलेदो खेतिकोलागी प्रति रोपनी निम्नानुसारको मलखादको आवस्यकता पर्दछ

. कम्पोष्ट मल . मे.टन. कुखुराको मल ५०० के.जी. जग्गा तैयारीको बेला

. डि..पी. के.जी. जग्गा तैयारीको बेला

.यूरिया के.जी. जग्गा तैयारीको बेलामा बांकी के.जी. बेसार रोपेको ४० देखि ५० दिन पछि

राख्ने उकेरा दिने

. पोटास के.जी. जग्गा तैयारीको बेलामा दिने

छापो हाल्ने कार्य

हलेदोलाई चैत्रबैशाखमा रोप्ने भएकाले माटोको चिस्यान बचाउन झारपातको नियन्त्रणगर्नकालागी

बाली लगाई सकेपछि उपलब्धताको आधारमा पातपतिङ्गर, स्याउला, धानको भुस, पराल आदीको प्रयोग

गरी माथिबाट छोप्नु पर्दछ जसले गर्दा माटोमा लामो समयसम्म चिस्यान रहने, झारपात कम आउने,

झारपात कुहिएर माटोको मलिलोपना बढने हुन्छ उत्पादनमा पनि बृद्धि हुन्छ

सिंचाईः

नेपालमा यसलाई बर्षे बालीको रुपमा लगाउने हुदा खासै सिंचाई दिईराख्नु पर्दैन तरपनि सूख्खा

मौसम भएमा ÷ पटकसम्मपनि सिंचाई दिनु पर्दछ

बालीचक्र अन्तरबाली

आंप, लिचि, कटहर, नरिवल, अम्बा, मकैजस्ता बालीहरुको भित्र अन्तरबालीको रुपमा यसलाई लगाउन

सकिन्छ तर लगातार एउटै जमिनमा प्रत्येक बर्ष हलेदो लगाउने कार्यगर्दा रोग किराको आक्रमण

बढी हुन सक्दछ तसर्थ बालीचक्र अपनाई बेसार लगाउनु राम्रो मानिन्छ बालीचक्रको रुपमा मकै,

भटमास, केराउ, सिमि जस्ता बालीहरुको प्रयोगगर्न सकिन्छ

उत्पादन

हलेदो लगाएको देखि १० महिनामा भित्राउन सकिन्छ यसको उत्पादन साधारणतया . मे.टन.

देखि मे.टन. प्रति रोपनी हुने गर्दछ