परिचयः
वेसार जिन्जीबेरेसी परिवारको एक कन्दमुल हो । नेपालमा सदियौ देखि ऋषि मुनिहरुले वेसारको प्रयोग औषधिकारुपमा प्रयोग गर्दै आएको र आयुर्वेदमा यसको गुणहरुको पर्याप्त वयान गरेको पाईन्छ । वेसारमा पाईने प्रमुख तत्वकुरकुमिन एक प्रकारको ‘रङ्’ हो । वेसारको गानोमा सरदर १.८ – ५.४% कुरकुमीन पाईन्छ र २.८ – ६.२%वासनादार तेल पाउन सकिन्छ । सामान्यतया तराई देखि हिमालसम्मका जिल्लाहरुमा वेसारको खेती परापूर्वकालदेखि गरिदै आएको छ । वेसारले हाम्रो भोजनलाई आकार्षक त बनाउछ तर यसको अलावा केही विशेष तत्व प्रदान गर्छ ।वेसारमा कीटाणुहरुलाई मार्ने शक्ति हुन्छ भन्ने तथ्य वैज्ञानिक अनुसन्धानले सिद्ध गरेको छ ।
हावापानीः
बेसार खेती गर्मी र आद्र्र हावापानीमा राम्रो हुने भएता पनि हलुका छायाँ भएको ठाँउमा पनि यो बिरुवाको वृद्धि विकास सफलतापूर्वक हुन सक्छ । बेसार खेती समुन्द्र सतहदेखि १६०० मि. सम्मकोउचाईमा गर्न सकिन्छ । यसको सफल खेतीका लागि २०–३० डि.से.को तापक्रमको आवश्यकता पर्दछ । औसत बार्षिक बर्षा १०००–२००० मि.मि. हुने क्षेत्रमा बिना सिंचाई पनि बेसार खेती सफलतापूर्वक गर्न सकिन्छ । धेरै चिसो र तुषारोले यो बालीलाई नोक्सान गर्दछ ।
माटो ः
यसको खेती सिंचित उवै असिंचित, हल्का कालो देखि दोमट र रातो माटोमा गर्न सकिन्छ । तर पानी नजम्ने जग्गा बलौटे दोमट माटो यसको लागि उत्तम हुन्छ
। पानी जम्ने जग्गा वेसार खेतीको लागि उपयुक्त हुदैन । पि.एच. ५.६ – ६.५ भएको माटो वेसार खेतीका लागी
उपयुक्त हुन्छ । हिँउदमा तुषारो पर्ने वेलामा यसको पात र डाँठ सुकिसकेको अवस्थामा रहने भएकोले तुषारोले खासै
असर गर्दैन ।
जग्गाको तयारीः
चैत्र – बैशाख तिर पानी परिसकेपछि खनजोत गरि वेसार लगाउन सकिन्छ । लगाउँदा स्थानिय हलोले कुलेसोमा १५ –
२० स.मी.को फरकमा बीउ राखिन्छ । यसरी बिउ राखिसकेपछि त्यसलाई माटोले पुरी ड्याङ बनाउनु पर्दछ ।
सामान्यतया १ रोपनी जग्गाको लागि १२० के.जी. बिउको आवश्यकता पर्दछ ।
बिउको छनौट र उपचार
वेसारको फुलबाट फल नलाग्ने हुंदा यसको वानस्पतिक भाग (गानो)लाई नै बीउको रुपमा प्रयोग गरिन्छ । बीउ
छनोट गदाृ कम्तिमा दुईवटा उम्रने मुना भएको ३० – ५० ग्रामको बीउ छान्नुपर्छ । यसरी छानिएको बीउलाई २५
ग्राम म्यान्कोवेब र १० ग्राम कार्बेनडाइजिम १० लिटर पानीमा घोली त्यसमा आधा घण्टा सम्म डुबाउने र त्यस पछि
ओभानो हुने गरि सुकाएर रोप्नु पर्छ ।
जातहरुः
वेसारको गानो आकार र रङ्अनुसार दुई भागमा बाड्न सकिन्छ ।
१. मसलाको रुपमा प्रयोग हुने जातहरुः यी जातहरु ठूला, नरम, बढी वास्नादार र हल्का रङ्का हुन्छन्।
२. रङ्को रुपमा प्रयोग हुने जातहरुः यी जातहरु क्डा, चहकिलो रङ्हुने र छिटो रङ्बस्ने खालका हुन्छन्।
नेपालमा हालसम्म वेसारका जातहरुको उन्मोचन र सिफारिस गरिएको छैन । कृषकहरुले परापूर्वकाल देखि नै स्थानिय
जातहरु खेती गर्दै आएका छन् । भारतमा सुनगाभा, सुवर्ण दर्शन, सुराना आदि जातहरु उन्मोचन तथा सिफारिस
गरिएका छन्।
हलेदो लगाउने दुरीः
लाईन देखि लाईन ३० से.मी. र विरुवा देखि विरुवा २५ से.मी.को दुरीमा लगाउनु पर्दछ । लगाउदा
गानोलाई ५ देखि ७.५ से.मी.कोगहिराईमा रोप्नु पर्दछ ।
लगाउने तरिका
हलेदोलाई दुई किसिमबाट लगाउन सकिन्छ ।
(क) डयाङ्ग र कुलेसो बनाएर
(ख) समथर तरिका
छहारी भित्र लगाउने
हलेदोलाई छहारी भएको ठांउमापनि लगाउन सकिन्छ । खासगरी यसको लागी मध्यम छहारी राम्रो र
उपयुक्त मानिन्छ । बढी घना छहारी भित्र लगाएमा हलेको उत्पादन राम्रो लिन सकिदैन ।
मलखाद
हलेदो खेतिकोलागी प्रति रोपनी निम्नानुसारको मलखादको आवस्यकता पर्दछ ।
१. कम्पोष्ट मल ः १–१.५ मे.टन. र कुखुराको मल ५०० के.जी. जग्गा तैयारीको बेला ।
२. डि.ए.पी. ८ के.जी. जग्गा तैयारीको बेला ।
३.यूरिया ः ३ के.जी. जग्गा तैयारीको बेलामा र बांकी ३ के.जी. बेसार रोपेको ४० देखि ५० दिन पछि
राख्ने र उकेरा दिने ।
४. पोटास ः ४ के.जी. जग्गा तैयारीको बेलामा दिने ।
छापो हाल्ने कार्य
हलेदोलाई चैत्र–बैशाखमा रोप्ने भएकाले माटोको चिस्यान बचाउन र झारपातको नियन्त्रणगर्नकालागी
बाली लगाई सकेपछि उपलब्धताको आधारमा पातपतिङ्गर, स्याउला, धानको भुस, पराल आदीको प्रयोग
गरी माथिबाट छोप्नु पर्दछ । जसले गर्दा माटोमा लामो समयसम्म चिस्यान रहने, झारपात कम आउने,
झारपात कुहिएर माटोको मलिलोपना बढने हुन्छ र उत्पादनमा पनि बृद्धि हुन्छ ।
सिंचाईः
नेपालमा यसलाई बर्षे बालीको रुपमा लगाउने हुदा खासै सिंचाई दिईराख्नु पर्दैन । तरपनि सूख्खा
मौसम भएमा ५÷७ पटकसम्मपनि सिंचाई दिनु पर्दछ ।
बालीचक्र र अन्तरबाली
आंप, लिचि, कटहर, नरिवल, अम्बा, मकैजस्ता बालीहरुको भित्र अन्तरबालीको रुपमा यसलाई लगाउन
सकिन्छ । तर लगातार एउटै जमिनमा प्रत्येक बर्ष हलेदो लगाउने कार्यगर्दा रोग र किराको आक्रमण
बढी हुन सक्दछ । तसर्थ बालीचक्र अपनाई बेसार लगाउनु राम्रो मानिन्छ । बालीचक्रको रुपमा मकै,
भटमास, केराउ, सिमि जस्ता बालीहरुको प्रयोगगर्न सकिन्छ ।
उत्पादन
हलेदो लगाएको ९ देखि १० महिनामा भित्राउन सकिन्छ । यसको उत्पादन साधारणतया १.५ मे.टन.
देखि २ मे.टन. प्रति रोपनी हुने गर्दछ ।