परिचय
नेपालको पूर्व देखि पश्चिम सम्मका मध्य पहाडी एवं तराईका जिल्लाहरुमा गरिने व्यावसायिक खेतीहरु मध्ये अदुवा
पनि एक हो । यो नेपालवाट विभिन्न देशहरुमा निर्यात हुने प्रमुख कृषिजन्य उपज हो । अदुवा तथा अदुवाको सुठो
भारत लगायत बंगलादेश, चीन, जापानलगायतका मुलुकहरुमा निर्यात भइरहेको छ । नेपालमा इलाम, भोजपुर,
तेह्रथुम, मकवानपुर, सिन्धुपाल्चोक, धादिङ्ग, नवलपरासी, पाल्पा, तनहुँ, कास्की, सल्यान, दाङ्ग, प्यूठान, कैलाली, डोटी
आदि अदुवा उत्पादन हुने प्रमुख जिल्लाहरु हुन् । यी जिल्लाहरुमा विगत केही वर्षदेखि व्यावसायिक अदुवा उत्पादन
भइरहेको छ । उत्पादित अदुवा संकलन भई आन्तरिक तथा वाह्य वजारको माग अनुसार आपूर्ती हुने गरेको छ ।
अदुवा एक बहुबर्षिय विरुवा भएता पनि एक बर्षे बालीको रुपमा खेती गरिन्छ । अदुवाको रेशादार जरा हुन्छ र यो
हत्केला झै फिजीएकोहुन्छ । अदुवाको प्रमुख महत्वपुर्ण भाग भनेकै हत्केला झै फिजीएको२०–३० से.मी लामा र २–
३ से.मी मोटा भित्र फल्ने रुपान्तरित डांठ गानो हो । अदुवाको फुल लागे पनि फुलमा वीउ लाग्दैन त्यसैले अदुवाको
खेति बानस्पतिक प्रसारणबाट गरिन्छ । अदुवा संसारमै एउटा मुख्य मसला बाली हो ।
अदुवा खेती को लागि उपयुक्त हावापानी र माटो
अदुवा प्राय खुला वातावरणमा खेति गरिने भएता पनि प्रचण्ड गर्मी र घाम लाग्ने ठाउँमा र छाया पनि उत्तिकै
उपयुक्त मानिन्छ । अदुवाखेतिको लागि न्यानो तथा ओसिलो स्थानअझ राम्रो ह्ुन्छ । यो खेति समुन्द्री सतह देखी
६०० मिटरसम्मको उचाईमा गर्न सकिन्छ । तर ६०० मि देखी ११०० मि सम्मको उचाइ सबैभन्दा राम्रो मानिन्छ ।
दक्षिण तथा पुर्वी मोहडा भएको जमिनमा अदुवा खेति राम्रो हुन्छ । न्युनतम तापक्रम २० देखी ३० डि.सेल्सियस
भएमा अदुवा खेतीको लागि राम्रो मानिन्छर दिनको बार्षिक औषत बर्षा १५०० देखी ३००० मि. मी सम्म उपयुक्त
मानिन्छ । यस खेतिको लागि शित र तुषारो नभएको ठाउँलाई निकै राम्रो मानिन्छ । प्राङ्गरिक पदार्थ प्रशस्त भएका
रातो÷दोमट माटोलाई (माटोको पि एच ५.५ देखी ६.५ )अदुवा खेतीकोलागि अति उत्तम मानिन्छ ।
अदुवाको जात
नेपालमा विषेशगरी २ स्थानिय जातकोअदुवाको खेती ग।िन्छ । रेशा भएको आधारमा अदुवालाई नशे ( बढी रेसा
भएको) र बोसे (कम रेशा भएको ) नाम दिईको छ । नेपाल कृषि अन्ुसन्धान परिषद, अदुवा अनुसन्धान कार्यक्रमले
२०५६ सालमा कपुरकोट –१ जातको अदुवा सिफारिस गरिएको थियो जुन नेपालका विभिन्न भागमा खेती गरिन्छ ।
बाली लगाउने समय
अदुवा बाली लगाउदा ठाँउ विषेशका आधारमा फाल्गुण देखी बैशाखसम्म लगाइन्छ ।नेपालको १०० मि. देखि माथिल्लो
भागमा फाल्गुण देखि चैत्र पहिलो हप्ता र खोंच बेशी ठाउँमा चैत्र दोस्रो हप्ता देखी बैशाख १५ सम्म लगाइन्छ ।
भण्डारण बाट निकालेको बिउ १५ दिन भित्रैलगाई सक्नु पर्छ । १५ दिन भन्दा बढी खुल्ला रहेमा अदुवाको बिउ सुक्न
गई यसमा नकरात्मक प्रभाव पर्दछ ।
बाली प्रणाली र अन्तर बाली प्रणाली
अदुवालाई एकल तथा बहुबालीकोरुपमा लगाउन सकिन्छ
।बाली चक्र अपनाएर एक पछि वा वा संग संगै अन्तर
बालीको रुपमा एउटै जग्गाबाट २ भन्दा बढी बाली
लगाउन सकिन्छ ।मसुरो अन्तर बालीको महत्वपूर्ण बाली हो
। एउटै जग्गामा लामो समयसम्म अदुवा खेती गर्दा
उत्पादन घट्ने तथा राग लाग्ने भएकोले प्रत्येक तीन
बर्षको अन्तरालमा एक पटक अदुवा लगाउुनु पर्छ । अन्तर
बालीको रुपमासानो रुख हुने फलफुलहरु तथा मकै बाली
लगाई आम्दामी बढाउन सकिन्छ ।
जग्गा तयारी र मलखाद
अदुवाको खेती गर्दा जग्गा तयारी तथा मलखादको व्यवस्थापनमा विषेश ध्यान दिनुपर्दछ । जाडो यामको अन्त्यसँगै
पानी परेमा जमीनलाई ३–४ पटक जोत्नु पर्दछ । अन्तिम पटक जोत्नुअगाडी राम्रोसंग पाकेको गोबर मल५० देखी
२०० डोको प्रति रोपनीका दरले राख्नुपर्दछ । त्यसैगरी ७५ः५० ः५० एन.पि.के प्रति हेक्टर ६ः५ः४ युरिया, डिएपी,
पोटास किलोग्राम प्रति रोपनीका दरले राशायनिक मल प्रयोग गर्नु पर्दछ ।
बीउ÷राइजोम दर
वीउको जात, मोटाई तथा लगाउने तरिकाको आधारमा बिउ दर फरक फरक पर्न सक्छ । सामान्यतया सानो गानो
हुने (नश जात)े २०० केजी प्रति रोपनी ÷ गानो ठुलो हुने ( बोसे जात) ठाउँ अनुसार फरक फरक हुने गर्दछ ।
सामान्यतया २२५ देखी २७५ के.जी प्रति रोपनी वीउ गानो उपयुत्तकm मानिन्छ ।
वीउ गानोको छनोट
वीउ खनी सकेपछि छनोट तथा गे्रडिङ गरि वीउ संचय गर्नु पर्दछ । वीउ छनोट गर्दा निम्न कुरामा ध्यान पु–यानु
पर्दछ।
वीउ बनाउदा ५० देखी ६० ग्राम तौल भएकोवीउ रोज्नु पर्दछ ।
रोग नलागेको अदुवा छनोट गर्नु पर्दछ ।
नचाउरिएको वीउ छनोट गर्नु पर्दछ । बीउ भन्नाले राइजोम लाई बुझिन्छ ।
घ
एउटा वीउको टुक्रामा कम्तिमा एउटा सुनिश्चित टुसा आउने भाग हुनु पर्दछ । वीउ गानो बिचमा
नकाटिएको हुनु पर्दछ ।
वीउ गानोको बोक्रा खुइलिएको हुनु हुदैन ।
लामो टूसा भएको वीउ गानो उपयुक्त मानिदैन ।
वीउ उपचार
नेपालमा अदुवाको गानो रोगको संक्रमण अत्याधिक भएकोले अदुवा खेतिकालागि वीउ उपचार एक महत्वपुर्ण कार्य हो
। यो समस्या बाट बच्न वीउलाई उपचार गर्नु आवश्यक हुन्छ । वीउ उपचारको लागि १० लिपानीमा २५ ग्राम
इण्डोफील एम ४५ , मेन्कोजेव १० ग्राम बेभिष्टिन मिसाएको झोलमा वीउ गानोलाई १ घण्टा सम्म डुवाएर राख्नु
पर्छ वा कपर अक्सिक्लोराईड समुहको विषादीले विउ उपचार गर्न सकिन्छ । रिडोमिल १ ग्राम र बेभिष्टिन १ ग्राम
प्रति लि. पानीमा घोली विउ उपचार पनि गर्न सकिन्छ ।
लगाउने दुरी
अदुवा लगाउदा हार देखी हारको दुरी ३० से.मी र बोट देखि बोटको दुरी ३० से.मी को अन्तरमा वीउ गानो ह’न’
पर्दछ । वीउ रोप्नको लागि ६–१० से.मी गहिरो हुने गरी कुलेसोबनाउनु पर्दछ र वीउ रोपेपछी ६–७ से.मी बाक्लो हुने
गरी माटोले पुर्नु पर्दछ । यसरी रोपीएको अदुवाको १ रोपनीमा ५५०० विरुवा संख्या कायम हुन आंउदछ । पानी जम्ने
क्षेत्रमा भने १५ से.मी अग्लो र १–१.५ मिटर चौडाई भएको ड्याङ्गमा अदुवा रोप्नु पर्दछ ।
छापो राख्ने
पहिले लगाइएको बिरुवाका झारपातले अदुवा बालीसंग खाधतत्व, चिस्यान, प्रकाश, उपलब्ध ठांउ आदीकालागि
प्रतिस्पर्धा गर्ने भएकाले झारपातकोव्यवस्थापन गर्न‘ पर्दछ । अदुवा खेतीमा सुरु अवस्थामा र्बद्धिदर ढिलोह’ने कारणले
गर्दा झारपातले उत्पादनमा बढी असर गर्छ ।यस कारण छापो प्रयोग गरी झारपात नियन्त्रण गर्न‘ पर्दछ। त्यसैलेझारको
अवस्था अनुसार कम्तीमा दुई पटक गोडमेलगरी समयमै झारपात हटाउनु पर्दछ ।युरिया मल टप डे्रसिङ्ग गर्नु अघि
झार उखेली सफा गर्नु पर्दछ ।
अदुवाको बु्रनी माउ निकाल्ने विधि
अदुवा खेती अन्य बालीको तुलनामाज्यादै खर्चिलो भएको कारणले किृषकहरुले बृहत रुपमा नगरी सिमीत जग्गामा
मात्रै गर्ने गरिएको पाइन्छ । व्यावसायिक रुपमा खेती गर्दा कुल खर्चको ५० प्रतिशत भन्दा बढी वीउमा मात्र खर्च हुने
हुनाले अदुवाको बु्रनी निकाली खेती गर्ने गरेमा बाली नपाक्दै वीउमा भएको आंशिक खर्च फिर्ता पाउन सकिन्छ ।बु्रनी
माउ निकाल्ने भनेको लगाएको अदुवा बाली तयार नहुंदै लगाएको वीउ गानो विरुवा स्थापित भई सकेपछि विरुवाबाट
विस्तारै अलग गरी माटोबाट बाहिर निकाल्ने तरिका हो। बु्रनी निकाल्दा लगाएको वीउको ९० प्रतिशत सम्म निकाल्न
सकिन्छ । बु्रनी निकाल्ने कार्य श्रावण देखी भाद्र १५ सम्म उपय्ुक्त हुन्छ । यस समयभित्र बु्रनी निकाल्दा पानी नपरेको
सुख्खा बुरबुराउदो माटो भएको समयमा निकाल्नुपर्दछ ।
वीउ गानो सामान्यतया ६० ग्राम भन्दा ठुलो लगाउनु पर्दछ ।
प्रत्येक ४ लाईन अदुवा लगाएपछी अनिवार्य रुपमा ३०–४० से.मी खाली ठाउ हुनु पर्दछ । लगाउदा वीउ
गानोको टुसा वा सम्भावित टुसाउने भाग एकैतिर फर्काएर र घोप्टो गरी लगाउनु पर्दछ ।
श्रावण भाद्रमा बजार भाउ राम्रो भएको समयमा माउ निकाल्नु पर्दछ ।
सुख्या समयमा बु्रनी निकाल्नु पर्दछ ।
छापो तथा माटो विस्तारै हटाई वीउ गानो र नया गानो छुट्याई वीउ गानो विस्तारै जोडिएको ठांउबाट प्याट्ट
भाची छुट्याउनु पर्दछ ।
वीउ गानो निकाली सकेपछी पुनः माटो राम्रो संग बोटको चारैतिर राखी माथितिर बाट छापो यथावत
मिलाउनु पर्दछ ।
अदुवा बालीमा लाग्ने मुख्य रोग र रोकथाम
१. अदुवाको गानो कुहिने रोग
व्यवसायिक अदुवा खेतिमा यो रोग सबैभन्दा हानी कारक रोग हो । यसको संक्रमणले ५ देखी ७५ प्रतिशत सम्म
नोक्सानी ह्ुने गर्दछ । यो रोग मुख्य गरी पिथियम प्रजातिको ढुसीको संक्रमणबाट लाग्दछ । यो रोग लागेपछि बोटको
माथिल्लो पातको टुप्पो पहेलीदै पातको किनारा हुँदा तलतिर बढ्दै जान्छ । पछि तल पातसँग जोडिएको ठाँउमा
पानीले भिजेको जस्तो भएर गिलोहुन्छ र विरुवा तान्दा सजिलै पात सँग छुट्टिएर आउछ ।
व्यावस्थापन विधि
बिउ ल्याउँदा रोग रहित ऺेत्रफाट वीउ ल्माउनुपर्दछ ।
रोग कम लाग्ने जात कपुरकोट–१ लगाउनु पर्दछ ।
प्रत्येक जग्गामा ३ वर्षमा एक पटक मात्र अदुवा लगाउनु पर्दछ । अनिवार्य बाली चक्र अपनाउनु पर्दछ ।
पानीकोनिकासको राम्रो व्यावस्था मिलाउनु पर्दछ ।
अदुवा रोप्नु अघि वीउ उपचार गरेर मात्र रोप्नु पर्दछ ।
गोडमेल गरी जमिन सफा राख्नु पर्दछ ।
२. पातको थोप्ले रोग
यो रोग फाईलोस्टिक्टा प्रजातिको ढुसीबाट लाग्दछ । पातमा सानागोला अण्डाकार देखी हल्का पंहेलो थोप्ला देखा पर्दछ
र पछि सुकेर प्वाल पर्नसक्दछ । पात दोव्रिन्छ र बोट होचो हुन्छ ।
व्यावस्थापन विधि
रोगी पात जम्मा गरी जलाईदिने ।
सानो चाउरीएको वीउ नलगाउने ।
बाली चक्र अपनाउने ।
कपर अक्सिक्लोराईड ३ ग्राम प्रति लिटर पानीका दरले रोग देखा परेपछि छर्कने ।
अदुवा बालीमा लाग्ने मुख्य कीराहरु नियन्त्रण बिधि स्
अदुवामा कीराहरुको असर अलि थोरै हुने भएता पनि केही कीराहरु अदुवाखेतीमा देखा पर्दछन्।
१. खु्रम्रे किरा
खु्रम्रेको लार्भा माटोमा बसी अदुवा लगाएपछि अदुवामा क्षति पु¥याउंछ । यसकोरोकथामको लागि राम्ररी सडेको र
पाकेको गोवर मल प्रयोग गर्नुपर्दछ । अघिल्लो वर्ष खुम्रेको प्रकोप देखिएको जमिनमा क्लोरोपाईरीफस वा मालाथियान
१ के.जी प्रति रोपनी क्षेत्रफलमा जग्गाको अन्तिम तयारीमा प्रयोग गर्नु पर्दछ ।
२. गवारो
यसको लार्भाले जराको ५–७ से.मी माथि फेंदमा प्वाल पारी गुवोखांदै टुप्पोतिर जान्छ । यसले गर्दा जरा सुक्न जान्छ ।
औषत एउटा गाँजमा एउटा जरामा गवारो लागेमा रोगर वा डेसिस ०.१ प्रतिशत घोल छर्नु पर्दछ ।
बाली तयारी तथा भित्रयाउने
सामान्यतया ७५ प्रतिशत सरा सुकेर ढल्न थाले.पछि अदुवा खन्नतयार भएको सम्झनु पर्दछ । आवश्कयकता अनुसार
अदुवा लगाएको ६महिना पछिबाट उपयोग, बजार स्थिति तथा उदेश्य अनुसार खन्न सकिन्छ ।
६ महिना – बजार भाउ राम्रो भएमा ताजा अदुवा प्रयोगकोलागि
८ महिना– सुठो बनाउने प्रयोगको लागि
९ महिना– वीउ प्रयोजनकालागि