घिउ सिम खेति प्रविधि

 

परिचय

घिउ सिमी लाई ठाँउ अनुसार फरक नामले चिनिने गरिन्छ जस्तै किडनि बिन, नेभि बिन आदि । घिउ सिमीको लहरा हुदै जान्छ ।तेसैले यसलाई  थाँक्रो दनुपछ । यी दुबै सिमिलाई फ्रन्च बिन पनि भनिन्छ ।  घिउ सिमिको उत्पति दक्षिण  अमेरिकामा भएको पाईन्छ । यसको कोसा र  गेडा तरकारीको रुपमा प्रयोग खान सकिन्छ र सुकेको गेडा  पिछेर दालको रुपमा प्रयोग गर्न सकिन्छ ।

हावापानी

सिमी खेतीको लागि पहारिलो तथा चिसो हावापानीको आवश्यकता पर्दछ । यो बाली धेरै गर्मी र तुषारो पर्ने ठाउँमा राम्रो हुँदैन धेरै वर्षा र चिसोबाहेक अरु भोगोलिक स्थान र समयमा यसको खेती गर्न सकिन्छ । धेरै वर्षा र सुख्खा समयमा यसको फूल र ससाना कोसाहरु ९चिचिला० झर्छन् ।यसको राम्रो वृद्धि विकासका लागि २५३० डि।से।तापक्रम उपयुक्त मानिन्छ । राम्रोसंग कोसा लाग्नलाई १५२१डि।से। तापक्रम भएमा यसको उत्पादन राम्रो हुन्छ ।

 

माटो

यसको खेती सबै किसिमको माटामा गर्न सकिन्छ तर प्रशस्तमात्रामा प्राङ्गारिक पदार्थ भएको र पी।एच। मान ५।५ देखि ६।५ सम्म भएको दोमट तथा बलौटे दोमट, माटामा यसकोखेती उपयुक्त हुन्छ । तर पानी जम्ने ठाउँमा भने यस सिमीको खेती गर्न सकिदैन ।

 

जातहरु

 घिउ सिमी दुई  किसिमका हुन्छन ।

१ इ्राँगे  सिमि ९ मन्दिर , एस ९ , कन्टेन्डर, प्रोभाइडर ०

२ लहेर सिमी  ९ त्रिशुली घिउ सिमी , फोर सिजन , चौमासे घिउ सिमी  आदी

 

जग्गाको तयारी

बाली लगाउनुभन्दा पहिले जमिनलाई २,३ पटक ९जमिनको अवस्था हेरी आवश्यकता अनुसार० खनजोत गरी डल्ला फुटाएर माटो डल्ला रहित बनाउनुपर्छ, साथै माथिको माटो तल र तलको माटो माथि हुने गरी बाली लगाउँनुभन्दा ७ देखि १५ दिन पहिले जमिन खनजोत गर्ने गर्दा जमिनमा भएको झारपात पुरिने हुनाले प्राङ्गारिक मल बन्छ र रोग कीराहरुको प्रकोप केही हदसम्म कम गर्न सकिन्छ ।

मलखाद

सिमी खेतीको लागि प्रतिरोपनी राम्रोसँग पाकेको गोठे तथा कम्पोष्ट मल २० देखि २५ डोको ९१५०० के।जी। ÷ रो।० जमिन तयारीका समयमा नै जमिनमा मिलाउनु पर्छ । यसको हालसम्म व्यावसायिक खेती नभएको हुनाले रासायनिक मलको प्रयोग गरिएको छैन ९गर्न परेमा २ के।जी। नाइट्रोजन,२के।जी। फस्फोरस, र ३ के।जी। पोटास ÷ रो। जमिन तयारीको समयमा नै मिलाउनु पर्दछ ।

 

रोप्ने तरिका,

रोप्ने समय तथा बीउदर सिमीलाई २ तरिकाबाट लगाइन्छ, वर्षाको समयमा १५ देखि २० से।मी। जमिन उठाएर र हिउँदको समयमा जमिन नउठाईलगाइन्छ जसले गर्दा सिँचाई र निकासको व्यवस्थापन गर्न सजिलो हुन्छ । यसको खेती माघदेखि फागुन ९हिउँदे० रसाउनदेखि भदौ ९बर्खे० गरी दुई याममा गर्न सकिन्छ । दुबै याममा खेती गर्दा हार ९लाइन० बनाई खेती गर्नुपर्दछ जसमा एक बोटदेखि अर्को बोटबीचको दूरी ३० से।मी हुनु पर्छ भने एक हारदेखि अर्को हारबीचको दूरी ७५ से।मी हुनु पर्दछ र यसरी खेती गर्दा यसको बीउदर २ देखि २।५ के।जी प्रतिरोपनी हुन आउँछ ।

 

गोडमेल तथा थाँक्रा लगाउने समय

बीउ रोपेको २५ देखि ३० दिनमा पहिलो पटक झारपात निकालीकुटो वा कोदालाले खनी माटो खुकुलो बनाउनु पर्दछ । आवश्यकताअनुसार २ देखि ४ पटकसम्म गोडमेल गर्नुपर्छ ।वसन्त याममा२ पटक गोडमेल गरे हुन्छ भने वर्षाको याममा ४ पटकसम्मगोडमेल गर्नुपर्ने हुन्छ । वीउ रोपेको १५ देखि ३० दिनभित्रमा वा बिरुवा १५ देखि २० से।मी लहरिन थालेपछि थाँक्रा दिनुपर्छ । यसभन्दा बढी लहरा गएपछि थाँक्रा दिंदा लहराहरु चुँडिने र भाँचिने सम्भावना हुन्छ । थाँक्रा लगाउने सामग्रीहरुमा बाँसका भाटा, निगालो, रुखका हाँगा आदिको प्रयोग गर्न सकिन्छ । ९सकेसम्म बाँसका भाटाको क्रस गरेर थाँक्रा लगाउँदा काम गर्न सजिलो हुनाका साथै आकर्षक पनि देखिन्छ ०

सिँचाइ तथा निकास

यसको खेती व्यावसायिक रुपमा हालसम्म नभएकाले सिँचाइ गर्ने चलन कम रहेको छ । यो बालीमा सुक्खा सहन सक्ने क्षमता अरु बालीको भन्दा बढी रहेकोछ । सम्भव भएमा वसन्त याममा लगाएको सिमीलाई फूल फुल्ने समयमा सिँचाइ गर्दा राम्रो उत्पादन दिनाका साथै दाना पुष्ट हुन्छन् । वर्षाको याममा निकासको व्यवस्था गर्नुपर्छ । यदि जमिनमा पानी जमेमा बिरुवाको जरा कुहिन्छन् ।

रोगहरु तथा किराहरु

सिमीमा लग्ने रोगहरुमा मोजेक बिषाणु, एन्थ्रेकनोज, सिन्देर,कोसा डढ्ने आदि लाग्दछन ।यसका लागि  विउ उपचार गर्ने सिफारिज यरिएका जातहरु मात्र लगाउनुपर्छ ।मोजेक भाइरस लागेमा रोकथाम गर्न रोगि बोटहरु  उखेल्ने र रोग नलाग्ने जात रोप,्रे ुिसन्दुरे  रोग रोकथाम गर्न विषादिले विउ  उपचार गरी रोप्रपर्छ ।किराहरुमा लाहि। कोसा प्वाल पार्ने लाभ्रे हुन । लाही कीरालाई  डेसिनस र लाभ्रे कीरालाई मालथियन छर्नुपर्छ ।