गहु खेति प्रविधि

 

परिचय

 

गहुँ (Triticum aestivum) बिश्वोमा सबैभन्दा धेरै उत्पदान हुने नेपालको लागि धान मकै पछीको महत्त्वपूर्ण अन्न बाली हो। गाउँ घरमा यस्को रोटी, ढिडो, हलुवा, पुरी बनायर सेवन गर्नेगरिन्छ भने सहर बजारमा यस्को  पाउरोटी, केक, बिस्कुट, चाउचाउ बनाउन प्रयोग गरिन्छ।गहुँको भुस दानाहरु पनि गाई भैसिलाइ खुवाउन प्रयोग गरिन्छ। गहुँको उत्पति दक्षिण पश्चिम एसिया बाट भएको मानिन्छ।

 

हावा पानी

समुन्द्र सतह बाट ३३०० मिटरसम्म गहुँ लगाउन सकिन्छ। बीउ उम्रनको लागि २० देखि २५ डिग्री सेल्सियस तापक्रम उपयुक्त मानिन्छ भने पाक्नको लागि औसत तापक्रम १४ देखि १५ डिग्री सेल्सियस हुनु पर्दछ। फुल खेल्ने बेलामा  जिरो डिग्री भन्दा कम तापक्रम भयमा दाना लग्दैन बाली पाक्ने बेलामा तापक्रम बढी भयमा ९२५ डिग्री भन्दा माथी० छिटो दाना पाक्छ उत्पादन घट्छ।

माटोः पि यच(५।५ देखि ७।५, दोमट माटो। पानी नजम्ने वा पानीको निकास राम्रो भएको ठाउँ।

 

जातहरु

 

तराईस् बि। यल।१४७३, बि। यल ११३५, भृकुटी , गौतम, आदित्य, बिजय।

 

मध्य पहाडस् डव्लु के १२०४, पासङ्गल्हामु, अन्नपूर्ण ३, अन्नपूर्ण ४।

 

उच्च पहाडस् डव्लु के १२०४, पासङ्गल्हामु, अन्नपूर्ण १, अन्नपूर्ण ३।

बिउ दर

१२० केजी प्रती हेक्टर ९६ केजी प्रती रोपनि०। मिश्रित बाली लगाउदा ४ केजी गहुँको बिउसंग दुई केजि केराउ वा २५० ग्राम तोरी प्रती रोपनी रोप्नुपर्छ।

 

 मलखाद

 

संचित क्षेत्रकोलागि १००ः५०ः५० र असंचित क्षेत्रकोलागी ५०ः५०ः२० केजि नाईट्रोजन, फस्फोरस र पोटास सँगै १५ टन प्राङ्गारिक मल एक हेक्टरमा हाल्नुपर्छ।

 

यो मात्रा पूरा गर्न एक कठ्ठामा संचित क्षेत्रकोलागि प्राङ्गारिक मल २० डोको९५०० केजी०, युरिया ५।५ केजी, डियपी ३।२ केजी, म्युरेट अफ पोटास १।५ केजी र असंचित क्षेत्रकोलागी युरिया २।२ केजी, डियपी ३।२ केजी, म्युरेट अफ पोटास १ केजी हाल्नु पर्छ।

 

संचित क्षेत्रमा २र३(१र२ भाग नाईट्रोजन र पूरा भाग फस्फोरस र पोटास बीउँ छर्ने समयमा र बाँकि रहेको निट्रोजन १र३(१र२ पहिलो सिचाई गर्ने समयमा हाल्नुपर्छ। असंचित क्षेत्रमा भने पुरै मल बिउँ छर्नेबेला हाल्नु पर्छ।

जमिनको तयारी

खेतमा प्रशस्त चिस्यान हुनुपर्छ    यदि चिस्यान छैन अथवा कम भने सिँचाइ गरी उपयुक्त चिस्यान व्यवस्थापन गर्नुपर्दछ   झारपात भएमा हटाउनु पर्दछ   खनजोत गर्दा गोबर वा कम्पोस्ट मल मिसाएर माटोलाई तयार गरिन्छ   अन्तिम जोत्नु अगाडि डिए पि ,पोटास जस्ता रासायनिक मल क्षेत्रफल ओगट्ने गरि राम्ररी खनजोत गरिन्छ

 

बीउ लगाउने दूरी गहिराई

तयार गरिएको खेतमा अथवा डोरीको सहायताले २०ह२० से।मी को दूरीमा बीउ लगाइन्छ   बीउ राखेपछि माथिबाट माटोले पुरिन्छ   बीउलाई ( से।मी गहिराई भएको खाल्डो बनाएर रोपिन्छ

लगाउने समयः गहुँ छर्ने समयलाई अत्यन्तै ध्यान दिनु पर्छ। चाँडो छर्दा बालिको पाक्ने अवधी लामो हुने उत्पादन राम्रो नहुन सक्छ। यदि ढिलो छरेमा वाली फुल्ने समयमा सुख्खा हावा चल्ने माटोको चिस्यान कमी हुने भएकोले उत्पादनमा ठूलो ह्रास आउँछ। त्यसैले यो बलिलाई नेपालको हावापानी अनुसार कार्तिकको अन्तिम हप्ता देखि मंसिरको पहिलो हप्ता सम्म लगाउन उत्तम हुन्छ।

 

बीउ रोप्नेःसामान्यतया बीउ छरेर रोप्ने चलन छ। लाइनमा लगाउद हारको दुरि २० सेन्टिमिटर राखी बिउँलाइ देखी सेन्टिमिटर दुरिमा हारमा लगातार खसाल्नु पर्छ। बिउलाई सेन्टिमिटर गहिरो रोप्नुपर्छ। मिश्रित बालिको रूपमा केराउ बढी उपयुक्त भयपनी तोरि पनि सफलता पूर्बक लागाईन्छ। यसोगर्दा दुई हार गहुँको बिचमा एक हार केराउ लगाउनु पर्छ।

 

सिँचाई

बीउ छरेको १०(१५ दिनमा जरा निस्किन थाल्छ  

यतिबेला पहिलो सिँचाई गर्न सकिन्छ   प्रथम सिँचाई गरेपछि किलो यूरिया वा ( किलो कम्पोस्ट मल प्रति रोपनी छर्किईन्छ  बीउ छरेको २५ दिनमा दोस्रो सिँचाई गरिन्छ भने ३५(४० दिन पछि तेस्रो सिँचाई गरिन्छ   यसपछि बीउ छिटो बढ्न थाल्छ    तेस्रो सिँचाई पछि किलो यूरिया के।जी पोटास प्रति रोपनी छर्किइन्छ   गहुँलाई आवश्यकता अनुसार सिँचाई गरिराख्नुपर्छ   बीउ छरेको ७०,८०,१०० दिनमा चौथो पाचौं छैटौं सिँचाई गरिन्छ

 

गोडमल

पहिलो , दोस्रो तेस्रो सिँचाई गरेको केही दिनमा  Conoweeder मेसिनको मद्धतले गोडमल गरेर माटोलाई कलिलो बनाईन्छ   यसो गर्दा विरुवाको जराले हावा पानी प्रशस्त मात्रामा पाँउछ यसको राम्रो विकास हुन्छ

रोग व्यवस्थापन

कालो पोके भाइटाभेक्स २००, ग्राम प्रति के.जी. ले बीउ छर्नु अगावै उपचार गर्ने

कालो सिन्दूरे डढुवा अवरोधी जातहरु लगाउने

पहेंलो खैरो सिन्दूरे रोग अवरोधी जात लगाउने, दुबै सिन्दुरे रोगको लागि प्रोपिकोनाजोल २५ .सी.

. प्रतिशत झोल प्रयोग गर्ने

किरा ब्यवस्थापन

बाली अवधिभर गहुँबालीमा कीराको प्रकोप क्षतिजन्य हिसाबले कमै देखिन्छ कुनै समय गवारो लाही कीराको प्रकोप अन्य कीरा भन्दा बढी नै देखिन्छ यी कीराहरुको ब्यवस्थापन निम्न प्रकारले गर्न

सकिन्छ

गुलावी गवारो गवारो लाग्ने क्षेत्रमा बीउ दर १० देखि १५ प्रतिशत सम्म बढाउने साथै ट्रायजोफस२ एम.एल. प्रति लिटर पानीमा मिसाइ छर्कनुपर्छ

लाही कीरा इमिडाक्लोप्रीड (कन्पmीडोर २०० एस.एल) ४०० मिलिलिटर, ५०० लिटर पानीमा मिसाई १हेक्टर जमिनमा छर्कनुपर्छ

(पाक्ने अवधि

यो जातलाई उचित समय (कार्तिकको तेश्रो हप्ता देखि मंसिरको दोश्रो हप्तासम्म लगाएको) सरदर १६३ देखि १७० दिन भित्र पहाडी तथा हिमाली क्षेत्रमा पाक्ने समय लिन्छ

काट्ने, चुट्ने थन्क्याउने

गहँुको वाला मुनिको डाँठ पहेंलो भएपछि गहँु पाकेको मानिन्छ बाला हातमा माड्दा दाना राम्ररी छुट् यो भने गहुँ काट्न थाले हुन्छ अथवा गहुँको दानामा चिस्यानको मात्रा २० प्रतिशत पुगेको भने

काट्न लायक भएको मानिन्छ यसरी पाकेको गहँुंलाई गहुँ काट्ने कम्बाईन हार्भेस्टर तथा हँसिया आदिले काटी थ्रेसरबाट चुट्ने कार्य गर्नु पर्दछ काटिसकेपछि राम्ररी सफा गर्ने घाम सुकाई भण्डारण गर्नुपर्दछ भण्डारणमा लाग्ने कीराहरुबाट गहँुलाई बचाउन एलमुनियम फोस्फाइडको (सेल्फस) चक्की करिब १० क्विन्टल बरावरको गहँुमा राख्नु पर्दछ

 उत्पादन क्षमता

यो जातले ४४०० देखि ५५०० कि.ग्रा. प्रति हेक्टर उत्पादन दिएको पाइयो