नस्पति खेति प्रविधि

परिचय

नासपति मौसमी फल हो जनु  बाहिरबाट हेदा स्याउ जस्तो देखिन्छ । यो फल  गर्मीयाम देखि बर्षातको समयमा पाइन्छ । नासपति  फलफुल मध्यकै एउटा उत्कृष्ट फल हो । यसको स्याद जातिको रुवादिलो हुन्छ  त्यतिकै पौष्टिक पनि हुन्छ ।

हावापनि

नस्पति एक समशितोष्ण पतझड फलफूल हो । यसका खेती चिसो आद्र कम भएको ठाउँहरुमा बढी फस्टाउछ गुणस्तरीय फल उत्पादन हुन्छ ।नास्पाती खेती २२२६० से। तापक्रम भएको ठाउँमा सबभन्दा राम्रो हुन्छ तर यस भन्दा बढी वा घटि भएका स्थानहरुमा पनि उत्पादन भने हुन्छ । नास्पातीले तुसारो सहन गर्न सक्दैन ।नास्पातीका थुपै्र जातहरु पाइन्छन् । कुनै जातहरु अलिक होचो स्थानमा रुचाउछन् भने कुनै अग्लो ठाउमा फस्टाउदछन् । फरपिङ्ग नास्पाती १०००१७०० मीटरसम्म ब्यवसायिक खेती गर्न सकिन्छभने जापानिज जातका नास्पाती १४०० मीटर माथि सफल हुन्छन् ।

माटो

नास्पाती खेती गर्न जस्तोसुकै माटो उपयुक्त हुन्छ तर प्राङ्गारिक पदार्थको प्रचुरता र पानीको विकास भने राम्रो हुनु पर्दछ । माटोको पि।एच। मान ५।५ देखि ६।० भएको राम्रो मानिन्छ ।

 

विरुवा रोपे्र दुरी

जापानजीज जातका बिरुवाहरु ४ ४ मीटर दुरीमा लगाईन्छ भने स्थानीय फरपिङ्ग जातलाई भने कम्तीमा पनि  ६ ६ मीटरको दुरी कायम गर्नु पर्दछ ।

 

विरुवा रोप्र समय

करीब ३ फीट उचाईका स्वस्थ्य बिरुवाहरु पौषमाघ महिनामा पहिले खनि राखेको खाडलमा सार्दा भने संख्या नीकै न्यून हुन आउछ ।

 

जातहरु

 क युरोपियन जातहरु

१ वार्टलेट

ठुलो हरियो फल टिप्ने वेलामा पंहेलोरङ्ग हुने, भदौको पहिलो हप्तातिरफल टिप्न सकिने, फलको तौल२२० ग्राम, जापानिज नास्पातीसँग कलमी गर्न सकिने, बढी चिसो चाहिने जात

२ कन्फ्रेन्स

फल मध्यम आकारको, फलको रङ्गहरियो हुने रसिलो, भदौको पहिलो हप्तातिर फल टिप्न सकिने, बढी चिसो चाहिने जात

३ अन्जु

फल ठुलो आकारको, फलको रङ्ग चम्किलो हरियो हुने रसिलो, भदौको पहिलो हप्तातिर फल टिप्न सकिने, ढिलो पाक्ने जात, बढी चिसो चाहिने जात

४ हवाना

ठुलो वोट, हाँगा मसिनो, जापानिज नास्पाती सँग सँगै फुल्ने, फल टिप्ने समय श्रावण अन्त्य तिर, गाढा खैरो र पहेलो फल

ख। एशियन जातहरु

१ फर्पिङ्ग स्थानिय

वलियो र ठुलो वोट, लामो समयसम्म फल दिईरहने, फूल फुल्ने फाल्गुन पहिलो हप्ता र फल टिप्ने भदौको तेश्रो हप्ता, फलको तौल ३५० ग्राम सम्म, कम चिस्यान चाहिने जात

२ होसुई

फल्ने हाँगा धेरै भएको, २ –३ मीटरसम्म अग्लो, फूल फुल्ने समय चैत्र दोश्रो हप्ता, फलको तौल ४०० ग्राम सम्म, फलको रङ्ग हल्का खैरो देखी पंहेलो, कालो थोप्ले रोग निरोधक, कम चिस्यान चाहिने जात

३ कोसुई

सवैभन्दा छिटो पाक्ने जापानीज जात, आषाढको तेश्रो हप्तामा टिप्न सकिन्छ, फलको तौल ३०० ग्राम सम्म, वोक्राको रङ्ग खैरोपहेंलो र वोक्रा चिल्लो हुने, कालो थोप्ले रोग निरोधक, कम चिस्यान चाहिने जात

४ सिन्को

 वोट फैलने, फूल फुल्ने समय चैत्र तेश्रोहप्ता तिर, फल टिप्ने समय भदौको तेश्रो हप्ता, फलको तौल ४०० ग्राम सम्म, पाकेको फल घिउ रङ्गको हुन्छ कम चिस्यान चाहिने जात नास्पातीको उन्नत खेती प्रबिधि

५ चोजुरो

होसुई सँगै फुल्ने, रातोखैरो रङ्गको फल, टिप्ने समय श्रावणको अन्तिम हप्ता तिर फलको तौल ३५०४०० ग्राम सम्म, कम चिस्यान चाहिने जात

६ निईताका

वोट वलियो, फूल चोजुरो सँग फुल्ने, टिप्ने समय भदौको तेश्रो हप्तातिर, ६०० ग्रा सम्म फलको तौल, रातो नास्पाती

७ आतागो

ठुलो फल, ढिलो पाक्ने, फल टिप्ने समय भदौको दोश्रो तेश्रो हप्ता, फलको तौल ७०० ग्राम सम्म हुने,रोक कमलाग्ने

 

मदखाद

नास्पातीको बोटलाई उमेर अनुसारको अलग अलग मात्रा सिफारिस गरिएको हुन्छ । २ वर्षको नफलेको बिरुवालाई २० के।जी। कम्पोष्ट, १०० ग्राम नाईट्रोजन, ५० ग्राम फस्फोरस, १०ग्राम पोटासको आवश्यक हुन्छ भने सोही बिरुवालाई १० वर्ष पुगेपछि ६० के।जी। कम्पोष्ट, ४०० ग्राम नाईट्रोजन, २०० ग्राम फस्फोरस र ४० ग्राम पोटासको आवश्यकता पर्दछ ।

 

किराहरु

१ लाहि कीरा                         

यो किरा विशेष गरी आरु र आरुबखडामा लाग्दछ । यो किराको पनि माउ र बच्चा बुदैले कलिलो भागबाट रस चुसेर खान्छन् । यो बिराले कलिलो पात भएको बेला आक्रमण गर्दछ । यो किरा लागे पछि पातहरुको आकार प्रकार बिग्रन्छ र पात कक्क्राक कुक्क्रुक पर्दछ ।

व्यवस्थापनः

  गाईको गहुंत २३ दिनको फरकमा ३४ पटक छर्ने ।  यसले नियन्त्रण नभएमा डेसीस, रोगर जस्ता विषादी २ मि।लि। प्रति लीटर पानीमा मिसाएर छर्ने ।

 

२थ्रिप्स

हल्का पहेलो र खैरो रङ्गको एकदमै मसिनो किरा हो । साधारणतया आँखाले स्पष्टसँग देख्न सकिदैन । लामो समय एकैठाँउमा नवस्ने यो किरा उफ्रेर ठाँउ सरि रहन्छ । यस्ले फूल, पात, तथा नरम फलको सतहमा कोतरेर रस निकालेर खाने गर्दछ । यस्ले क्षति पुर्याएको फलमा कोतरेर दागहरु देखिन्छ जुन फलको वृद्घि विकास सँगसँगै दाग पनि वढ्दै जान्छ जस्ले गर्दा गुणस्तर घट्दछ । थ्रिप्सको अत्याधिक प्रकोप भएको खण्डमा फल नलाग्ने  समस्या हुन्छ ।

व्यवस्थापनः

 यस्को वैकल्पीक  क्लोभर भएको हुनाले त्यसको  उचित व्यवस्थापन र सरसफाईमा विशेष ध्यान दिनु पर्दछ । यो चुसाहा किरा भएको हुनाले कुनै पनि दैहिक किटनाशक विषादी  प्रयोग गर्न सकिन्छ ।

३सुलसुले÷माईट

रातो रङ्गका साह्रै मसिना र नाङ्गो आँखाले मुस्कीलले देख्न नसकिने खालका हुन्छन ।जाडो मौसममा रुखको वोक्राभित्र वस्ने सुलसुले फाल्गुन÷चैत्र तिर नयाँ पालुवा पलाउँछ र पातको पछाडि वसी पातवाट रस चुसेर खाने गर्दछ । सुलसुलेवाट संक्रमित पातहरु पंहेलो फिक्का रङ्गको देखिन्छ र पात दोव्रिन थाल्दछ र अन्त्यमा पातहरु खैरो, कालो रङ्गको भई झर्न थाल्दछ । यसरी पात झर्दै गएपछि उत्पादन घट्दछ । प्राय सुलसुले किराले सुख्खा मौसममा वढि क्षति गर्दछ र पानी पर्न थाले पछि विस्तारै हराउँदै जान्छ ।

 

  व्यवस्थापनः

  वोटको पाप्रा परेको वोक्राहरु खुर्केर हटाउने ।  गन्धक सल्फर मिसिएको विषादी प्रयोग गरेमा राम्रोसँग नियन्त्रण हुन्छ ।

 

रोगहरु

१ बोक्रा खुइलिने रोग

यो रोग  ढुसीको कारणले लाग्दछ । यो रोग बढी मात्रामा कोसुईमाल ागेको देखिएको छ । यस प्रकारको रोग लागेपछि शुरुमा बोक्रामा साना गोलाकार बैजनी रङ्गका दागहरु देखा पर्दछन् र पछि दागहरु बढ्दै गएर बोक्राहरु नै चर्कन्छन् । यस प्रकारको ढुसी फैलिएपछि बोक्राको पातलो सतह सुख्खा हुन्छ र बोक्रा फुट्ने तथा खुइलिने लक्षण देखाउदै विरुवाको सबै भागमा फैलिन्छ र रोगको संक्रमण बढ्दै गए पछि बोट नै मर्दछ ।

 

व्यवस्थापन ः

    रोगले बढी असर पारेका हांगाहरु काटेर हटाउनु र जलाउनु पर्दछ ।

    रोग लागेको ठाउँमा चक्कुले हल्कासंग खुर्केर बोर्डोपेष्ट लगाउनु पर्दछ ।

    बगैंचामा काँटछाँट गरेपछि १ प्रतिशत बोर्डो मिक्चर छर्नुपर्दछ ।

    पोटास मलको प्रयोगले रोगसंग लड्ने क्षमताको बिकास गर्दछ ।

 

२पात डढ्ने

यो रोग  व्याक्टेरियाले गर्दा लाग्ने गर्दछ । यस रोगले नास्पातीको फूल, पात, नयाँ मुनाहरु, फल, हाँगा तथा काण्डमा क्षती पुर्याउन सक्दछ ।यो रोग विशेषगरी नयाँ मुना र फूलहरुवाट प्रवेश गर्दछन् । विस्तारै पात वैलाउने, खैरो र कालो वर्णमा परिणत हुने र डढेको जस्तो देखिन्छ ।

व्यवस्थापनः

    यो रोग संग सहन क्षमता कम भएका जातहरु नलगाउने ।

    रोग लागी सुकेका हांगाहरु काटेर राम्रो संग व्यवस्थापन गर्ने ।

    माघ महिनामा १ प्रतिशतको बोर्डो मिक्चर छर्ने ।

    पूmल फुल्ने समयमा १ एम एल प्रति ५ लिटर पानीमा मिसाई छर्ने ।

    समय समयमा किराहरुको नियन्त्रण गर्ने ।

 

३पातमा थोप्लाहुने रोग

शुरुमा पातमा मसिना मसिना खैरो थोप्लाहरु देखा पर्दछ, र ती थोप्लाहरु क्रमश वढ्दै र १ से।मी। सम्मको व्यास भएको थोप्लाहरु र त्यसको विचमा खरानी रङ्गको डढेको जस्तो देखिन्छ र यस्ता रोगी पातहरु छिट्टै झर्ने गर्दछ । यसको संक्रमण असार श्रावण महिनामा ज्यादा देखिन्छ । जस्ले गर्दा फलको गुणस्तरमा कमि आउँछ । रोगले संक्रमित पातहरु झर्ने हुनाले जवरजस्ती पुर्व शुसुप्त अवस्था मा गएर असोज कार्तिक महिनामै फूल फुलेर विरुवाको चक्र नै विग्रने भई अर्को सिजनको फल उत्पादनमा कमी हुन जान्छ ।

व्यवस्थापनः

  स्वगैचाको सरसफाईमा विशेष ध्यान पुर्याउने ।  स्हिउँदको समयमा वोटको वरिपरि झरेका पातहरु संकलन गरी जलाईदिने ।  स्जेठ देखि श्रावणसम्म महिनाको एक पटक कपर अक्सिक्लोराईड ढुसिनासक विषादी छर्ने ।