लोकल कुखुरा
परिचय
कुखुराको मासुमा प्रोटिनको मात्रा २३।१५ हुन्छ। गर्भवती महिलालाई लोकल कुखुरा पालनमा उत्साहित गर्नुको कारण उनीहरुलाई प्रोटिन चाहिने र कुखुराको मासु र अण्डामा यो पाइने भएकोले हो। अण्डामा १३५ प्रोटिन हुन्छ। अण्डामा माछाको मासुमा झैं ओमेगाथ्री भन्ने भिटामिन हुने भएकोले मुटु रोगीलाई धेरै राम्रो हुन्छ। साथै मासुमा भएको सेलेनियमले धमनीलाई राम्रो गर्दछ। साना बालबालिकाको ब्रेन पावर बढाउँछ। मसल बिल्डरहरुकोलागि कुखुराको मासु बरदान हो। मासुमा भएको फस्फोरस र क्याल्सियमले हड्डी बलियो गराउँछ। यसको मासुमा भएको ट्राइप्टोफान र भिटामिन बिछ ले शान्त गराउने भएकोले बढि स्ट्रेस भएको बेला यसको मासु खान उपयुक्त हुन्छ। भिटामिन बिट ले हर्ट अट्याक हुनबाट बचाउँछ। डिप्रेसनबाट बचाउँछ र खुशी गराउँछ। यसमा भएको म्याग्नेसियमले महिलाहरुलाई प्रि मेन्स्ट्रल सिन्ड्रोबाट सुथ गराउँछ। यसमा भएको जिंकले सुक्रकिट निर्माणमा सहायता गर्दछ। यसमा भएको नियासिनले कोलेस्ट्रल घटाई मुटुरोगबाट बचाउँछ।
जग्गा छनौट र खोर निर्माण
ःव्यवसायिक रुपमा धेरै संख्यामा लोकल कुखुरा पाल्नको लागि उन्नत जातका कुखुरालाई जस्तै खोर निर्माण गर्नुपर्ने हुन्छ । खोर निर्माण बारे विस्तृत रुपमा बुझ्नको लागि ूकुखुरापालनको लागि जग्गाको छनौट तथा खोर बनाउने तरिकाू विषयक लेख पढ्न सक्नुहुनेछ ।
ःखोर बाहिर कम्तिमा ५ फिट अग्लो जालीले बाउन्ड्री गरिएको घाँस र बुट्यान लगाइएको खुला जमिन पनि भएमा राम्रो हुन्छ । खुला छोडेर पालिएको लोकल कुखुराको मासु बोशो रहित, कसिलो र बढी स्वादिष्ट हुन्छ ।
ःपरम्परागत रुपमै सानो खोरमा सिमित संख्यामा मात्र पाल्ने हो भने पनि पर्याप्त मात्रामा भेन्टीलेशन पुग्ने गरी लोकल कुखुराको खोरको वनावटमा सुधार गर्नुपर्ने हुन्छ । सुली दिन दिनै सफा गरी सफा र ओभानो राख्नुपर्छ ।
लोकल कुखुराको प्रजातीहरु
१साकिनी
२घाँँटी खुइले
३प्वाँँख उल्टे
४न्युु हेम्शायर सिउर, लोती, र शरीर रातो, खैरो अण्डा, खुट्टा पहेँलो९लोकलको कालो हुन्छ।०। भाले ३(५ किलो र पोथी ३ किलो सम्म। बार्षिक २१० सम्म अण्डा दिन्छ।
५अष्ट्रोलोर्प खुट्टा र जिउ कालो, सिउर र लोति रातो। २१० सम्म बार्षिक अण्डा दिन्छ।
६गिरिराजः बिभिन्न प्रकारको रङ, खैरो अण्डा, १५०(१८० सम्म बार्षिक अण्डा दिन्छ। भाले ४(५ किलो, पोथी ३(४ किलो। २४ हप्ताबाट अण्डा पार्न शुरु गर्ने, बँधुवा तथा खुल्ला दुबै प्रणालीबाट पाल्न सकिने, बोसो बढि हुने, लोकल जस्तै स्वाद भएको।
७कोइलरः छिर्केमिर्के रङ, ३ महिनामा २ किलो भन्दा माथि हुने, रहलपहल दिएर अनि छाडा छोडेर पनि पाल्न सकिने। १५० भन्दा बढि बार्षिक अण्डा दिन्छ। स्वादिलो हुँदैन।
८कडकनाथ ःब्लडप्रेसर रोगी, नपुंसक, मृगौला रोगी, गर्भवती, मुटु रोगीलाई उपयुक्त। मासु, अण्डा, रगतमा इम्युनिटि पावर हुन्छ। चिल्लो पदार्थ र कोलिस्ट्रल कम, प्रोटिन २५५९अरुमा १८(२०५ मात्रै हुन्छ।
ब्रुडिङ
चल्ला आउनु अघि ब्रुडिङ कोठाको तापक्रम ९५ड्ढँ हुन जरुरी छ। ढलान गरेकोमा ४(८ सेमी, र नगरेकोमा ८(१० सेमी एक घाम सुकाएको भुस राखेर भिरकन स्प्रे गरिएको हुनुपर्छ। भिरकन नभएको खण्डमा पानी मात्र छर्केर भए पनि धुलो उड्न रोक्नु पर्छ। तापक्रम नाप्न एउटा डिजिटल थर्मोमिटर हुन जरुरी हुन्छ। ब्रुडर, भुखारी अथवा ब्रुडर बल्ब प्रयोग गरि तापक्रम मिलाउनु पर्दछ। ९५ड्ढ बाट हरेक हप्ता ५ड्ढ घटाएर चौथो हप्ता सम्म तापक्रम मिलाउनु पर्दछ। त्यसपछि तापक्रम मिलाउन जरुरी पर्दैन। खोरको ढोकामा निसंक्रमण गरिएको पानी, चुना, वा फर्मालिन पानी राखिन पर्दछ। र भित्र पस्दा हाम्रो खुट्टाले त्यसमा टेकिन पर्दछ, ताकि बाहिरबाट ब्याक्टेरियाहरु हाम्रो खुट्टाको माध्यमबाट कोठामा नआओस्। साथै खोर भित्र लगाउनको लागि छुट्टै चप्पलको व्यवस्था हुन जरुरी छ। सम्भव भए एप्रोन, ग्लोभ्स, र मास्कको पनि व्यवस्था हुनुपर्छ। अरु मानिसलाई पटक्कै भित्र पस्न दिनु हुँदैन। ५(५ सय चल्लाको लागि अलगै चिकगार्ड किनेर ५(५ सयलाई ब्रुडिङ गराउनु पर्दछ। चल्ला आउनु अघि भुसमाथी पत्रिका बिच्छ्याउनु पर्दछ। र चल्लालाई सोकरेना अथवा सेफगार्ड जस्ता सेनिटाइजर प्रयोग गरिएको पानीमा मुख चोपेर पत्रिका माथि राख्नु पर्दछ। ल्याएको दिनबाट बेच्ने दिन सम्मै सेनिटाइजर प्रयोग गरिएको पानी खुवाउन जरुरी छ। तर रानीखेतको खोप दिने जस्ता दिनहरुमा सेनीटाइजर प्रयोग नगरी नर्मल तर सफा पानी खुवाउनु पर्दछ। चल्ला आईपुगेको २(२।१र२ घण्टा सम्म चिनी अथवा गुढ मिलाएको पानी मात्रै खुवाउनु पर्छ। शुरुको २४ घण्टामा कम से कम २४ मिली पानी पिउन जरुरी छ। २ घण्टा पछि पत्रिकामा २ भागमा दाना राखिदिनु पर्छ, र १ भाग खाली राख्नु पर्दछ। दोश्रो दिन पत्रिका र नाङ्लोमा दाना राखिदिनु पर्दछ। तेश्रो दिन पत्रिका र चिक फिडरमा दाना राखिदिनु पर्दछ। र चौथो दिनबाट चिकफिडरमा मात्रै दाना राखिदिनु पर्दछ। गर्मि समयमा Electrolyte Glucose 5mg/100नरज्ञण्ण् चल्लालाई पानीमा दिनु पर्दछ। अथवा Skimmed Milk 5mg/100चल्लालाई दिन सकिन्छ। ख्याउटे चल्लालाई अलगै राख्नु उपयुक्त हुन्छ। मल्टिभिटामिन अथवा लिभरटोनिक लगातार ५ दिन भन्दा बढि चलाउनु हुँदैन। मल्टिभिटामिन १४ दिन सम्मको चल्लालाई मात्रै दिनु पर्छ, त्यस पछि यसको काम छैन। दिनमा ५(६ पटक पानी बदल्नु पर्दछ। दाना दिएको २ घण्टामा ७५५ गाँड भरिनु पर्दछ। खोरमा राम्रो भेन्टिलेसन प्रयोग भएको हुनु पर्दछ। जाडोको समयमा पर्दा प्रयोग गरिएको भए खोरको माथि ५ सेमी खुल्ला छोड्न जरुरी छ। कुखुराको सुलीबाट एमोनिया ग्याँस उत्पन्न हुने भएकोले पेटमा पानी जम्ने, खुट्टामा घाउ आउने, तौल घट्ने, अन्धोपन हुने, रोग निरोधात्मक क्षमता ह्रास आउने जस्ता समस्या हुने भएकोले उचित भेन्टिलेसनको आवश्यकता पर्दछ। भिरकन स्प्रे गर्दा १मिलीरलिटर को रेसियोमा मिलएर छर्कनु पर्दछ।
जाडोमा लसुन र गर्मीमा प्याज टुक्रा गरेर दिनु पर्छ। १६ दिन भित्रको भाले लागेको अण्डा ओथरा दिनु पर्छ। खोप लगाउन एक हप्ता अघि नै जुकाको औषधि खुवाएको हुनु पर्छ। खोरमा निम, तुलसी र सुर्तीको धुवाँ लगाउँदा भुसुना लामखुट्टे कम हुन्छ। पानी सफा गर्न पानीमा पोटास वा बेसार लगाएर खुवाउन सकिन्छ।
खोप
चल्ला ल्याए पछि ग्लुकोज पानी खुवाउने, २ घण्टा पछि मात्रै द्यण् दानाबाट शुरु गर्ने। लोकल कुखुरालाई लोकलै रुपमा पाल्न सके सम्म दाना खुवाउनु हुँदैन। कनिका, चोकर, कोदो आदि मिलाई पानीमा भिजाएर बुगुल्ठो बनाई दिनु उपयुक्त हुन्छ। त्यसको ६(७ घण्टा पछि अण्डा पचाउने औषधि९एन्टिबायोटिक० दिने। ५(७ दिनमा रानीखेतको, १२(१४ दिनमा गम्बारोको, १८(२० दिनमा गम्बारोको, २८(३२ दिनमा रानिखेतको, त्यसको हरेक डेड महिनामा रानीखेतको खोप दिन सकिन्छ। तर वरपर अरु कुखुरा फारम नभएको र आवश्यक सरसफाइ छ भने गम्बोराको खोप नदिए पनि हुन्छ।
कुखुराको लागि चाहिने क्षेत्रफल
पहिलो हप्ता ०।२५ बर्गफिटरचल्ला
दोश्रो हप्ता ०।५ बर्गफिटरचल्ला
तेश्रो हप्ता ०।७५ बर्गफिटरचल्ला
चौथो हप्ता १ बर्गफिटरचल्ला
दानारपानीको भाँडा संख्यास्
९दाना र पानीको भाँडा क्रसमा राखिदिनु पर्छ०
पहिलो हप्ता ६५ चल्लारभाँडा
दोश्रो हप्ता ५५ चल्लारभाँडा
तेश्रो हप्ता ५० चल्लारभाँडा
चौथो हप्ता ४० चल्लारभाँडा
त्यसपछि १०० चल्लार३ भाँडा
रागहरु
रानीखेत
रानीखेतले स्वासप्रणाली र स्नायुप्रणालीमा असर पुगी स्वास फेर्न कठिनाई हुन्छ, चुच्चो र नाकबाट पिप जस्तो बाक्लो पदार्थ बग्छ, फनफनी घुम्ने, पछाडि हिँड्ने, पखेटा र खुट्टाको पक्षघात हुने, घाँटी बटार्ने, फुल पार्न कम हुने, सिउर र लोति पहेँलो हुने र पछि निलो हुने, हरियो रङको सारै गन्हाउने छेर्दछ। यस रोग लागेको कुखुराले छिँक्दा, दिसा गर्दा निस्केको भाइरस ६(७ महिना सम्म बाँच्ने भएकोले रोग लागेको कुखुरालाई छुट्टै राख्नु पर्दछ, र मरेकोलाई जलाई त्यसको अवशेषलाई गाड्नु पर्दछ। र अन्य स्वस्थ चल्लालाई रानीखेत एफ स्ट्रेन खोप लगाउनु पर्दछ। सोतरलाई पुर्णरुपमा निसंक्रमण गर्नु पर्छ। यो रोग नियन्त्रणको लागि ५(७ दिनमा रानिखेतको खोप, २८(३२ दिनमा लासोटा खोप, र त्यस पछि हरेक डेड महिनामा लासोटा खोप दिनु पर्दछ।
गम्बारो
रोग प्रतिरोध गर्ने क्षमता बिकाश गर्ने अंग मा संक्रमण हुन्छ र अन्य अवशरबादि रोगहरुले आक्रमण गर्दछ। र अन्तमा किड्नी फेल भई कुखुरा मर्दछ। २(६ हप्ता सम्मको कुखुरामा धेरै हुने गर्छ। झोक्रिन्छ, पखेटा लतारेर बस्छ, खाना कम खान्छ, काँप्छ, ज्वरो आउँछ, चकको धुलो जस्तो मलद्वारमा टाँसिन्छ, टाउको निहुराउँछ, आँखा चिम्लन्छ, पखेटा जिङरिङ्ग हुन्छ, टाउको लतार्छ, खुट्टा पछिल्तिर तन्काएर मर्छ। यसको खोप समयमै लगाउनु पर्दछ। यदि लगाएको छैन भने यो रोग लागेको खण्डमा
१. NOVA-PARAXIN
२. HIVIT-SL
३. IMMULIV
४. PUREVIT-H(रातिको समयमा)
५. HERBAL-C
६. IMMUNOCARE
७. Ecosprinn-75
बिफर
आँखा वरिपरि, सिउर, मलद्वार आदिमा ठेउला आउँछ, आँखा देख्न नसकिने गरी सुन्निन्छ। यसको लागि १४ दिनमा खोप लगाउनु पर्छ। र यो रोग लागीसकेको कुखुराको घाउमा बेसार र तोरीको तेल दलिदिने, अथवा फिटकिरीले सफा गरिदिने, अथवा आयोडिन लगाईदिने, अथवा पानीमा टेट्रासाइक्लिन दिने, अथवा प्रति ५० कुखुरा बराबर १ ट्याब्लेट एमोक्सिसिलिन ५००एमजी पानीमा मिलाएर दिनको दुई पटक दुई दिन दिँदा निको हुन्छ
९इकोलाई०
दुसित पानी, खोरमा धुलो, पानी पिउने भाँडा टाढा रहनु, सिआरडि हुनु, सरसफाई नहुनुले यो रोग लाग्न सक्छ। खाना कम खान्छ, झोक्रिन्छ, प्वाँख जिङरिङ्ग हुन्छ, आवाज फरक हुन्छ। रोग लागेमा पानीमा कोलिस्टिन सल्फेट १ ग्रामरलिटर राखेर २ दिन दिने।
कक्सिडिओसिसस्
आइमेरिया नामको परजिवीको कारण सबै उमेरका कुखुरामा लाग्ने रोग। खुल्ला छाडेर या सोतर ओछ्याएर पालिने कुखुरामा यसको प्रकोप बढि हुन्छ। आँखाले देख्न नसकिने यो परजिवीले आन्द्रामा घाउ बनाउँछ, जसको कारण रगत मिसिएको दिसा गर्छ, पखेटा लातारेर झोक्राउँछ, दाना पानी कम खान्छ, रक्तअल्पता हुन्छ,
यो रोग लाग्न नदिन खोर सफा गरेर कडा नुन पानीले सफा गरिदिनु पर्छ। पराल सुक्खा गराउनु पर्छ।
रोग लाग्न नदिन नेपालमा खोप पाईन्छ, १ दिने कुखुरालाई पानीमा खोप दिन सकिन्छ। यो रोग लागीसके पछि एम्प्रोलियम औषधि ५ दिन प्रयोग गर्न सकिन्छ। सल्फा ग्रुपको औषधि १ ग्रामरलिटर पानीमा मिलाई ५ दिन सम्म खुवाउन सकिन्छ। इलेक्ट्रोलाइट १ ग्राम २ लिटर पानीमा ५ दिन खुवाउन सकिन्छ।