धान खेति प्रविधि

परिचय ः

धान प्रमुख खाद्यान्न बाली हो । पहाड र तराईमा यसको खेती वर्षायाममा गरिन्छ । तल्लो पहाड तथा खोचको सिञ्चित क्षेत्रमा चैते धान पनि लगाउने गरिन्छ । उन्नत प्रविधिबाट डेढदेखि दुई गुणा उत्पादन बढाउन सकिन्छ । धान विश्वका आधा भन्दा बढी जनसंख्या अर्थात् तीन अर्ब ५० करोड मानिसको खाद्यान्नको प्रमुख आधार नै धान हो । एशियाली मुलुकहरूलाई त धानको बास्केट नै मानिन्छ । किनभने ९० प्रतिशतभन्दा बढी धानको उत्पादन र खपत पनि एशियाली मुलुकमा नै हुने गरेको छ । विश्वमा जति धान उत्पादन हुन्छ त्यसको ६÷७ प्रतिशत मात्र बिक्री वितरणका लागि बजारमा जान्छ ।

जातहरु

उच्च पहाडी क्षेत्रमा ः माछापुच्छे«, छोमरुङ, जुम्ली मार्सी

पहाडी क्षेत्रमा ः खुमल–४, खुमल–६, खुमल–७, खुमल–८, खुमल–१०, खुमल–११

तराई क्षेत्रमा ः राधा–४, विन्देश्वरी, हर्दिनाथ–१, सावित्री, मकवानपुर–१, सुख्खा धान–१, २ र ३, सावासब–१, स्वर्णसब–१

बीऊदर ः उन्नत जातको बीऊ प्रतिरोपनी २।५ केजी, प्रति कठ्ठा १।७ केजी, वर्णशंकर जातको बीऊ प्रति रोपनी ७५० ग्राम, प्रति कठ्ठा ५०० ग्राम मिलाएर छर्नु पर्दछ ।

बीऊ उपचारः

बेभिस्टीन २ ग्राम प्रतिकेजी । बीऊलाई २४ घण्टा पानीमा भिजाउने र ४८ घण्टा बोरामा राखी टुसाउने । बीऊलाई धुलो वा हिले ब्याडमा छरी बेर्ना तयार गर्ने । बेर्नाको उमेर २०–२५ दिनको बेर्ना सार्नको लागि उपयुक्त हुन्छ । बेर्नामा ४ पात लागेको हुनुपर्छ ।

जमिनको तयारी ः

रोपाईं गर्नुभन्दा १ हप्ता अगाडि काल्ला खुर्कने, आली लगाउने र मुसाका प्वाल टाल्ने । गह्रामा पानी जमाएर झारपात कुहाउने । जमिनमा पानी लगाइ दुई पटक राम्रोसँग जोतेर हिल्याउने र पाटा लगाइ सम्याउने । तयारी जमिनमा चारदेखि पाँच सेमीसम्म पानी जमाउने ।

रोपाईं गर्ने प्रविधि ः

पंक्तिको दूरी २० सेमी ९एक वित्ता० र बोटको दूरी २० सेमी राख्ने । वर्णशंकर जात ३० सेमी लाइन र २५ सेमी बोटको दूरीमा लगाउने । उन्नत जातको लागि एक ठाउँमा दुईदेखि तीन बेर्ना रोप्ने । वर्णशंकर जातको लागि एक ठाउँमा १ बेर्ना रोप्ने ।रोपाईं गर्दा ३ सेमी भन्दा गहिरो नरोप्ने । गहिरो रोपेमा गाँज हाल्न ढिलो हुन्छ । छरुवा विधिबाट समेत धान खेती गर्न सकिन्छ । यो विधिमा वैशाख र जेठ महिनामा पाँच केजी प्रति रोपनी वा ३।३ केजी प्रति कठ्ठा बीऊ छर्नुपर्ने हुन्छ । यो विधिबाट खेती गर्दा झारपात नियन्त्रण गर्न अति आवश्यक हुन्छ ।

मलखाद ः

रासायनिक मलको परिमाण माटोको उर्वराशक्ति, अघिल्लो बाली, कम्पोष्ट मलको परिमाण र धानको जातमा भर पर्दछ । उन्नत जातको लागि सिफारिस मलखादको मात्रा । वर्णशंकर जातको धान लगाउँदा उन्नत जातको भन्दा डेढ गुणा बढीको दरले मलखाद तथा रासायनिक मलको प्रयोग गर्नुपर्छ । मलखाद व्यवस्थापन धानबालीमा मलको प्रयोग गर्दा स्थानीय स्रोतको परिचालनमा हरियो मल ९सकेसम्म कोशेबाली०, एजोला, गोठेमल, कम्पोष्ट मल, पिना, ब्लुग्रिन एल्गी आदि प्रयोगमा ल्याउन सक्दछौं । यी मलहरू प्रयोग गरेपछि नपुग मात्रा मात्र रासायनिक मलको रूपमा दिनु पर्दछ । धानबालीको लागि रासायनिक सलको सिफारिस मात्रा १००–३०–३० केजी नाइट्रोजन फस्फोरस पोटास प्रतिहेक्टर सिंचित क्षेत्रको लागि छ भने असिंचित क्षेत्रको लागि ६०–२०–२० केजी नाइट्रोजन फस्फोरस पोटास प्रतिहेक्टर छ । धान बालीमा जिंक तत्वको कमी प्रायः देशभरी नै देखिएको छ ।

 धानका प्रमुख रोगहरू र तिनको व्यवस्थापनः

१।ब्लास्ट रोग

लक्षणः

यो रोग लागेपछि पातको दुवै छेउतिर चुच्चिएका अण्डाकार थोप्लाहरू देखा पर्दछन् । यी थोप्लाहरू खैरो रङ्गको हुन्छन् र थोप्लाको बीचमा सेतो बिन्दु हुन्छ । बाला मुन्तिरको डा“ठमा खैरो रङ्ग भएको दाग पनि देखिन्छन् ।

व्यवस्थापनः

» रोग अवरोधक जात लगाउने ।

» ब्याडमा बीउ राख्नुभन्दा पहिले कारवेन्डाजिम २ ग्राम प्रति के।जी बीउको

 दरले बीउको उपचार गर्ने ।

» ब्याडमा यो रोग लागेमा हिनोसान १ मिलिलिटर वा १ ग्राम प्रति लिटर

 पानीका दरले मिलाई ब्याडमा राम्ररी छर्ने ।

» बोट ग“जाई रहेको बेला ट्राईसाइक्लाजोल २ ग्राम प्रतिलिटर पानीका दरले

 अथवा हिनोसान १ं।५ मिलिलिटर वा २ ग्राम प्रतिलिटर पानीका दरले १०–

 १२ दिनको फरकमा दुईपटक राम्ररी छर्ने ।

» प्रोपिकोनाजोल वा हेक्जाकोनाजोल २ मिलिलिटर पानीका दरले प्रयोग गर्न

 सकिन्छ ।

२।पातको फेद डढुवा रोग ः

लक्षणः

शरूमा पातको फेदमा अण्डाकारका खैरा थोप्लाहरू देखा पर्दछन् । यी थोप्लाहरू घद्ध धान बाली उन्नतखेती प्रविधि बढ्दै गएर काला गिर्खाहरू देखा पर्दछन् । पछिल्लो अवस्थामा यो रोग बोटको माथिल्लो भागमा समेत पुगी सुकेर डढेको जस्तो देखिन्छ ।

व्यवस्थापनः

» नाइट्रोजन मल सिफारिस मात्रा भन्दा

 बढी प्रयोग नगर्ने ।

» ब्याडमा बीउ राख्नुभन्दा पहिलो

 कारवेन्डाजिम २ ग्राम प्रति

 के।जी बीउको दरले बीउको उपचार गर्ने ।

» उनन्त जातको धान रोप्दा बोट–बोटको दूरी बढाउने ।

» कारवेन्डाजिम ९वेभिष्टिन ५० प्रतिशत डब्लु पी। वा डेरोसाल ५० प्रतिशत

 डब्लु पी० १।५ ग्राम प्रति लिटर पानी मिसाएर १०–१२ दिनको फरकमा

 दुईपटक राम्ररी छर्ने ।

३। खैरो थोप्ले रोगः

लक्षणः

पात वा धानका गेडामा स–साना गोलाकारवा लाम्चा खैरा थोप्लाहरू देखिन्छन् ।

व्यवस्थापनः

» खेतमा रोगी बोटका ठुटाहरू ं

अन्य झारपात नष्ट गर्ने ।

» उचित मात्रा र उपयुक्त समयमा मलको

प्रयोग गर्ने ।

 लिटर पानीको दरले मिसाई १५ दिनको फरकमा ३ पटक छर्कने ।

४। फेद कुहिने रोग ः

लक्षणःखेतमा रोगी बिरूवा अग्लो नहुने,पहेंलिने र अन्तमा फेद कुहिएर मर्दछन्। रोगी बोटको तल्लो आँख्लाहरूबाट जरानिस्कन्छन् ।

व्यवस्थापनः

» खेतमा रोगी बोट देख्ने बित्तिकै त्यसलाई तुरून्तै उखेलेर बारीबाट

 हटाउने वा जलाएर नष्ट गर्ने ।

» स्वस्थ बीउको प्रयोग गर्ने । डेरोसाल ५० प्रतिशत डब्लु पि विषादी २

 ग्राम प्रति किलोग्राम बीउका दरले उपचार गरी ब्याड राख्ने ।

 धानका प्रमुख कीराहरू तीनको व्यवस्थापनः

१।गवारो कीराः

लक्षण

» बिरूवाको कलिलो अवस्थामा आक्रमण भएमा

 मृत गावा देखिन्छ ।

» बिरूवाको फूल फुल्ने अवस्थामा आक्रमण भएमा

 भुस मात्र भएको सेतो बाला देखिन्छ ।

व्यवस्थापनः

» चाँडै पाक्ने जात लगाएमा नोक्सानी हुनबाट जोगाउन सकिन्छ ।

» धान रोप्ने बेला धानको बेर्नाको टुप्पा चुँडेर रोप्नाले पुतलीले पारेका फूल

» डाइथोएट ९रोगर अल्टागार, नुगर आदि० ३५ ई।सी। १–१।५ एम।एल। प्रति

 लिटर पानीमा हाली बेर्ना सारेको ३० र ६० दिनको आसपासका पुतलीहरू

 देखिएमा छर्ने ।

» परजीवि कीरा ९ट्राइकोग्रामा० ५० हजारदेखि १ लाखप्रति हेक्टरको दरले

 रोपाई गरेको ३–४ हप्ता पछि छोड्ने ।

» गवारो बोटको सतह नजिकै बस्ने हुाँदा जतिसक्दो सतह नजिकै काट्ने ।

२। पतेरा

लक्षणः

» पातमा बढी आक्रमण भएमा पात पहेंलिने हुन्छ ।

» बालामा आक्रमण भएमा दानामा खैरो दागाहरू देखिने र फोस्रा दानाहरू हुने गर्दछ ।

व्यवस्थापनः

» झारपात हटाउने ।

» खासगरी यसको व्यवस्थापनको लागि धानको गेडामा दूध पसाउन शुरू अवस्थामा विषादी छरेमा कीरा नियन्त्रण गर्न सकिन्छ ।

» बिहान वा सांझपख धान खेतमा हाते जालीले पक्रेर मार्ने ।

» जुटको बोरा लठ्ठीको टुप्पामा बेरेर गाइभैंसीको पिसावमा डुवाई सो लठ्ठी खेतमा ठाउं–ठाउंमा गाड्ने । त्यसमा आकर्षण भएका पतेरालाई सााँझ वाबिहान आगोलगाई मार्ने ।

धान बाली उन्नतखेती प्रविधि घठ

३। धानको फड्के कीराहरूः

लक्षण

» खास गरेर खैरो, सेतो र हरियो फड्के  कीराले बिरूवाको डा“ठबाट रस चुसेर खान्छन् जसले गर्दा बिरूवा सुकेर मर्छन्

» बिरूवाहरू गा“जिने र बढ्न सक्दैनन् ।

व्यवस्थापनः

» कीरा लागेको खण्डमा ३ देखि ४ दिनको फरकमा खेतबाट पानी निकास गरी खेतलाई सुख्खा बनाएर फेरि नयाँ पानी जमाउनु पर्दछ ।

» डाइथोएट ९रोगर, अल्टागार, नुगर आदि० ३५ ई।सी १–१।५ एम।एल प्रति २ लिटर पानीमा हाली छर्ने ।

» बत्तीको पासोमा यो कीराको माउलाई पार्न सकिन्छ ।

» धानका गा“जलाई हावा खेल्न मिल्ने गरी ठाउँ–ठाउँमा खेतको एक छेउबाटअर्को छेउसम्म गुभो वा सिउँदो बनाउने ।

४। धानको काँडादार खपटेः

लक्षण ः

» पा कोत्रेर खानाले पातमा सेता धर्साहरू र सेता धब्बाहरू देखिन्छन् ।

व्यवस्थापनः

» बेर्ना ÷ पातको टुप्पो चुाँडेर फूलहरू नष्ट गर्ने ।पात घड धान बाली उन्नतखेती प्रविधि

» ब्याडमा पानी जमाएर उत्रेका खपटेलाई नष्ट गर्ने ।

» मालाथियन ९साइथियन ५० प्रतिशत झोल० २ मि।लि अथवा फेनिट्रोथान ९फोलिथान ५० प्रतिशत झोल० १ मि।लि प्रति लिटर पानीको दरले कुनै

 एक विषादी छर्ने ।

» साइपरमेथ्रिनको झोल २४०–३२० मि।लि प्रति ६००–८०० लि पानीमा मिसाएर प्रति हेक्टरको दरले छर्ने ।

५। पात बेरूवा९ीभबा ँयमिभच०ः

लक्षणः

माउ पुतली पातमा फूल पार्दछ । फूल पारेको १ हप्तामा लार्भाहरू निस्कन्छन् र आृनो वरिपरि पातहरू बेरेर सुरूङ्ग बनाउछन् । त्यसपछि लार्भाहरू सुरू¨भित्र बसी पातको हरिततत्व खोसेर खान्छन् फलस्वरूप पात सुक्दछ ।

व्यवस्थापनः

» खेतमा राम्ररी खनजोत, गोडमेल र सरफाई गर्ने र

 नाइट्रोजनयुक्त मलको उचित प्रयोग गर्ने ।

» का“डेदार डोरीलाई लिई दुवै छेउमा समातेर खेतको

दुई छेउमा बस्ने र धानलाई छुवाएर क्रमशः विपरित दिशातिर

जाने । यसो गर्नाले पातमा रहेका लार्भाहरू पानीमा खसेर नष्ट

हुन्छन् ।

» पातको टुप्पामा भएका फूलहरू नष्ट गर्ने ।

» कीराहरू जालीले या हातले समाती नष्ट गर्नु पर्दछ ।

» साइपरमेथ्रिन, १।५ मि।लि प्रति लिटर पानीमा मिसाएर छर्ने ।

» ब।टी।वा।एन।पी।भी नामक जैविक विषादी १।५ मि।ली÷लीटर पानीमा

 मिसाई खेतमा छर्ने । यो विषादीको झोल प्रति हेक्टर ५००–६०० लिटरका

 दरले छर्ने ।

सिँचाइ तथा निकास ः

बेर्ना रोपेको २०–३० दिन सम्म ४–५ सेमी पानी खेतमा रहनुपर्छ । निकास सुविधा भए १५ दिनको फरकमा ४–५ दिन पानी काटी जमिन सुख्खा राख्दा राम्रो हुन्छ ।

झारपात नियन्त्रण ः

झारपात प्रकृति हेरी बेर्ना सारेको २५ देखि ३० दिनमा पहिलो र ४५ देखि ५५ दिनमा दोस्रो गोलमेल गर्ने, वा झारपात प्रकोप बढी हुने ठाउँमा बेर्ना सारेको ४ दिन भित्र ब्यूटाक्लोर दाना १ केजी २५० ग्राम प्रति रोपनी वा ८०० ग्राम प्रति कठ्ठाका दरले सबै ठाउँमा पर्ने गरी समान रूपले छर्ने, वा छरुवा धानमा झार नियन्त्रण गर्न पेन्डिमेथालिन ३० प्रतिशत रासायनिक विषादी ४ मिली प्रति लिटर पानीमा मिसाइ १ रोपनीमा ३० लिटर ९प्रति कठ्ठा २० लिटर० का दरले रोपेको तीन दिन भित्र छर्ने । रोपुवा धानमा ब्युटाल्कोर ५० इसी रासायनिक विषादी १।५ जिली प्रति लिटर पानीमा २५ लिटर झोल मिसाएर प्रति रोपनी ९प्रति कठ्ठा १६ लिटर० मा तीन दिन भित्र छर्ने ।

बाली काट्ने चुट्ने ः

८०–९० प्रतिशत दाना पाकेको बेला धान काट्दा गेडा झर्ने समस्या हुँदैन । स्थानीय विधि वा थ्रेसर प्रयोग गरी चुट्ने र घाममा राम्ररी सुकाएर सफा गरी भिœयाउने ।

उत्पादन ः

उत्पादन जात, मौसम तथा बाली व्यवस्थापनमा निर्भर गर्दछ । उन्नत जातको उत्पादन २०० केजी प्रति रोपनी वा १३३ केजी प्रति कठ्ठा । वर्णशंकर जातको उत्पादन ४०० केजी प्रति रोपनी वा २६६ केजी प्रति कठ्ठा ।