परिचयः
सिताके च्याउ नेपालको पहाडी भेगका जंगलहरुमा पाईन्छ । स्थानीय भाषामा यसलाई मृगे च्याउ भनिन्छ । यो च्याउ झरीको मौसममा जंगलमा फालिएका काठको मूढामा उम्रिराखेको हुन्छ । करिब ३५० सय वर्ष अगाडि चीनका वैज्ञानिकहरुले कृत्रिम तरिकाबाट यसको खेतीको शुरुवात गरेका थिए भने पछि जापानीजहरुले यसको विस्तार गरी नामाकरण गरेका हुन् । जसमा जापानीज भाषामा सी भनेकोकाठको मुढा र ताके च्याउ भनिन्छ । ओखर, उत्तिस, सौर, लाकुरी, खस्रु आदि काठका मुढाहरुमा सिताके च्याउ उत्पादन गर्न सकिन्छ । तसर्थ वन विकास कार्यक्रम अन्तर्गत सामुदायिक वन उपभोक्ता समूहले प्राप्त गर्नेकाठहरुमा यो च्याउ खेती गर्न सम्भव देखिएको छ । विश्वका विभिन्न देशहरुमा सिताके च्याउ खेती हुने गरेको पाईन्छ । सिताके च्याउ सबैभन्दा बढी उत्पादन हुने देश चीन नै रहेको छ । सिताके च्याउ विभिन्न तरिकाबाट उत्पादन गर्न सकिन्छ । तर यस पुस्तिकामा काठको मुढामा खेती गर्ने तरीका उल्लेख गरिएको छ ।
काठको छनौटः
विश्वमा सिताके च्याउ विशेष गरेर ओखर जातका काठहरुमा खेती गर्ने गरेको पाईन्छ । तर नेपालमा गरिएको हालैका अनुसन्धानबाट प्राप्त नतिजा अनुसार उत्तिस, सौर, कटुस, लाकुरी, खस्रु आदि मध्ये आफूलाई जुन काठ सहज उपलब्ध हुन्छ त्यसैलाई छनौट गरी खेती गर्न सकिन्छ ।
काठका मुढाहरु कटान गर्नेः
सिताके च्याउ खेती गर्नका लागि काठका मुढाहरु कटान गर्दा ५–१० वर्ष पुरानो रुखहरुबाट १०–२० से.मी. गोलाई भएको काठ १÷१ मिटर लामो काट्नु पर्दछ । काठ काट्दा कार्तिकदेखि फाल्गुण महिना भर काट्न सकिन्छ । मंसिर महिना सबैभन्दा राम्रो समय मानिन्छ । काठ काट्दा बोक्रा उप्कन दिनु हुँदैन ।
काठको मुढाहरु सुकाउनेः
यसरी रुखबाट आपूmलाई चाहिने जति काठको मुढाहरु काटिसकेपछि २०–३० दिनसम्म छायाँमा सुकाउनु पर्दछ । काठहरु सुकाउँदा सिधा घाममा नसुकाईरुखको छहारी वा अलि–अलि स्याउला वा परालले छोपेर सुकाउनु पर्दछ ।उक्त काठ काट्ने बेलामा काठमा ६० प्रतिशत चिस्यान हुन्छ भने सुकाएर ४०–५० प्रतिशत कायम गर्नु पर्दछ । चिस्यान बढी भएमा धेरै ढूसी उम्रिएर काठ चाडै सड्र्दछ भने चिस्यान कम भएमा च्याउ राम्रोसँग उम्रिदैन ।
काठको मुढामा प्वाल पार्ने तरिका
काठको मुढामा प्वाल पार्दा प्वालको गोलाई १ से।मि। र गहिराई २ से।मि हुनु जरुरी छ। काठको मुढामा प्वाल पार्दा एक प्वालबाट अर्को प्वालबिचको दुरि १० से।मि र काटेको भागबाट ५ से।मि भाग छोड्नुपर्दछ। यदि गोलाई ठूलो भएको मुढा भएमा प्वालको संख्या आवस्यकता अनुसार बढाउन पनि सकिन्छ। एउटा लाईनमा प्वाल पारी सकेपछि ३ से।मि छोडेर अर्को लाइनमा प्वालहरु पार्नु पर्दछ।
काठको मुढामा बीउ रोप्ने तरिका
सामन्यतया सिताकेको लागि काठको धुलोमा तयार पारिएको बीउ ९क्बधमगकत कउबधल० र काठ्को टुक्रामा तयार पारिएको बीउ ९एगिन कउबधल० गरि दुई प्रकारका बिउहरु प्रयोग गरेको पाईन्छ। काठको धुलोमा तयार पारिएको बिउलाई बुढी औलाजत्रो एक टुक्रा बीउ लिएर मुढाको प्वालमा राखेर बिस्तारै भित्र पठाउनु पर्दछ र सबै प्वाल भरिसकेपछी मैनको झोलले प्वाल टाल्नु पर्दछ। काठको टुक्रामा तयार पारिएको बीउ छ भने मुढामा भएको प्वालमा काठको टुक्रा सिधै राखेर वरिपरिबाट मैन लगाउन पनि सकिन्छ ।
मुढाको हेरचाह
बीउ रोपिसकेपछिको काठको मुढाहरु एउटा सफा ठाउँमा राख्न जरुरी छ जुन ठाउँलाई “Laying yard” पनि भनिन्छ। मुढालाई घाम नलाग्ने छहारिमा १ महिनासम्म तेर्सो पारेर चाङ लगाएर राख्नु पर्दछ। एक महिनापछी एकपछी अर्को तह बनाएर मुढाले भुइँ नछुने गरि सबैभन्दा तल काठ अथवा ढुङ्गा मिलाएर राख्नु पर्दछ। मुढाको चिस्यान ३५(४०५ राख्नको लागि प्रत्येक दिन आवस्यकता अनुसार पानी हाली राख्नु पर्दछ। यसरी राखिएको मुढालाई प्रत्येक महिना माथिको तल र तलको माथी गरि ८(१० महिनासम्म राख्नु पर्दछ। मुढाहरुमा राम्ररी ढुसी पलाउन थालेपछी मुढाहरुलाई च्याउ पलाउने छाप्रो (Raising room) मा लगेर राख्नुपर्दछ तर यसबेला भने मुढाहरुलाई तेर्सो नपारी ठाडो बनाएर राख्नुपर्दछ। ढुसी पलाएको मुढालाई चिसो पानी छर्किने अथवा १२(१४ घन्टासम्म पानीमा भिजाएर raising room मा लगेर राखिन्छ जसलाई “Forcing in shitake cultivation” भनिन्छ। फोर्सिङ गरेको केही दिनपछी मुढाहरुमा सानो सानो च्याउका टुसाहरु उम्रन थाल्दछन जसलाई Primordia भनिन्छ।यसको एक हप्तापछी च्याउ टिप्न तयार हुन्छ। एउटा मुढामा एक बर्षमा ३(४ पटकसम्म च्याउ फल्दछ। एक पटक च्याउ टिपि सकेपछी आवश्यकता अनुसार मुढामा पानी दिनुपर्दछ।
च्याउ फलाउने तरिकाः
वीउ रोपेका मुढाहरुमा राम्रोसँग ढूसी फैलिएपछि च्याउ फलाउने छाप्रो वा छहारीमा राख्नु पर्दछ । त्यस बेला काठका मुढाहरु भुईमा नराखी ठाँडो पारेर राख्नु पर्दछ । छाप्रोको लम्बाई अनुसार एउटा वादुईवटा बाँस छाप्रोको बीचमा काठको अडेस लगाएर राख्ने अनि यहि बाँसलाई सपोर्ट हुनेगरी वीउ रोपेका मुढाहरु ठाडो पारेर लहरै मिलाएर राख्नुपर्दछ । यसरी एउटै बाँसमा दुवै पट्टिबाट दुईलाईन काठका मुढाहरु राख्न सकिन्छ । यसैबेला छाप्रोको छेउमा एउटा सानो पोखरी बनाएर सफा पानी जम्मा गर्ने अनि यी काठहरुलाई पटक–पटक गरी पोखरीको पानीमा १२–२४ घण्टासम्म ढुबाउने अनि बाँसमाथि सोझै ठडाएर राख्ने र मुढा भिज्ने गरी दिनदिनै पानी हाल्दै गर्ने । यसरी काठहरु ठाडो पारेर राख्दा काठमा घाम छिर्न दिनु हँुंदैन र काठ राखेको ठाउँ ओसीलो हुनुपर्दछ । केही दिनपछि यी वीउं रोपेको काठको प्वालबाट वा अन्य भागबाट सानो सानो च्याउ उम्रन थाल्दछ । यी उमे्रका च्याउ ठूलो हुनलाई ४–६ दिन लाग्दछ । एउटा मुढामा १ वर्षमा ३ पटकसम्म च्याउ फलाउन सकिन्छ । एक चोटि
च्याउ फलिसकेपछि त्यो मुढालाई ४०–६० दिनसम्म पानी नदिइकन आराम गराउनु पर्दछ र फेरी पानीमा डुबाएर पानी छर्नुपर्दछ ।यसरी पटक–पटक गरी काठका मुढाबाट च्याउ फलाउने कोशिस
गर्नुपर्छ । मौसम अनुसार श्रावणदेखि फाल्गुण महिनासम्म च्याउ फल्ने सम्भावना रहन्छ । तर ज्यादै जाडो हुने महिना पुष र माघमा भने खासै फलेको देखिएन । यदि सिताके च्याउ खेती गर्दा कुनै रोग कीराको समस्या आएमा मुढालाई राम्ररी पखाल्ने वा चक्कुको सहाएताले पातलो बोक्रा हटाएर सफा गर्ने गर्नु पर्दछ । माथि उल्लेखित प्रविधिहरु काठ काट्नेदेखि लिएर वीउ रोप्ने र काठलाई सम्हाल्ने कार्यहरु नियमित रुपमा उपयुक्त तरिका र समयमा गरेको खण्डमा उक्त काठबाट महंगो च्याउ फलाई स्थानीय रोजगारीको सृजना गरी आर्थिकस्तर उकास्न सकिन्छ ।
सिताके च्याउको रोगकीरा व्यवस्थापनः
१ धमिराबाट जोगाउन काठहरु प्लाष्टिक माथि राख्ने, सुन्तलाको तेल र भेनेगर छर्ने
२ काठको कुनै भागमा रोग देखिए त्यस भागलाई खुर्केर फाल्ने ।
३मुसाबाट जोगाउन सफासुग्घर राख्ने तथा विषादीको प्रयोग गर्ने ।