परिचय
जरे परिवारमा पर्ने सलगम एक महत्वपूर्ण तरकारी बाली हो । यसमा कार्बोहाइटेड, भिटामिन सी र प्रोटिन पाइन्छ । यो विशेष प्रकारको स्वाद र धेरै अवधिसम्म राख्न सकिने खालको छ । यसको गाँठाको साथसाथै कलिलो अवस्थामा साग पनि खाईन्छ । यसको सागमा खनिज र भिटामिन प्रशस्त हुन्छ । सलगम मुला झैं पकाएर वा सलादको रुपमा खाइन्छ । नेपाली जन(जीवनमा यसले अझै स्थान ओगट्न बाँकी छ ।
हावापानी
सलगम चिसो सहन सक्ने बिरुवा हो । सलगमको बीउ २(३ डि।से। मा उम्रन थाल्छ र ५(१० दिनमा बेर्ना ठूलो हुन्छ । यस्तो बेर्नाले २(३ डि।से। सम्मको चिसो सहन सक्छ । उच्च तापक्रममा र अझ त्यसमा पनि पानीको अभावमा सलगमको जरा मसिना र कमसल हुन्छन् । सलगमको राम्रो बाली उत्पादनको लागि माटोको उर्वराशक्ति पनि राम्रो चाहिन्छ । तर कम मलिलो माटोमा पनि सलगम हुर्कन सक्छ, किनभने यसको जरा प्रणाली राम्ररी विकसित भएको हुन्छ ।
माटो
प्राङ्गारिकरजैविक पदार्थ प्रशस्त भएको हल्का दोमट माटो सलगम खेतीको लागि उपयुक्त हुन्छ । जरे बाली भएकोले चिम्टयाइलो माटो भने राम्रो हुँदैन ।
जातहरु
सलगममा पनि युरोपेली र एशियाली थरिका जातहरू छन् । हाम्रो देशमा प्रचलित सलगमका जातहरूमा पर्पलटप र स्थानीय नै हो ।नेपालमा लगाइएका प्रचलित जातहरुमा पर्पल टप ह्वाईट ग्लोब, भक्तपुर लोकल, काठमाण्डौ रातो आदि छन् ।
बाली लगाउने समय
सलगमलाई मुला जस्तै हिउँदै तरकारीको रुपमा लगाइन्छ । उच्च पहाडमा सलगमलाई जेठ(साउनमा रोपी साउन असोजमा लगाई असोज(पुसमा ताजा सलगम उत्पादन हुन्छ । तराई क्षेत्रमा सलगम असोज कार्तिकमा रोपी मंसिर(माघमा तयार हुन्छ।
जग्गा तयारी तथा मलखाद
सलगमको खेती सबै किसिमको जग्गामा गर्न सकिए तापनि यसको लागि हलुका दोमट माटो उपयुक्त हुन्छ । सलगमको लागि मुलामा जस्तै जग्गा तयार गरिन्छ । जग्गा तयारीमा ८००(१००० किलो कम्पोष्ट वा प्रांगारिक मल चारैतिर पर्ने गरी हालिन्छ । रासायनिक मलको हकमा सलगमलाई बढि नाइट्रोजन र फसफोरस आवश्यकता बढि पर्छ । एक रोपनीमा साढे दुई किलो नाईट्रोजन र फोस्फोरस र डेढ किलो पोटास हालिन्छ ।
बीउ रोपण र बीउ दर
सलगमलाई जातअनुसार विभिन्न दुरीमा रोप्न सिफारिश गरिन्छ । यसलाई ४५ह३० ४०ह२५, ३०ह२० से।मि। आदिमा राख्दछन् । एक रोपनीको लागि २०० ग्राम बीउ यथेष्ट हुन्छ । यसलाई रोपेको एक हप्तापछि बाक्लो भएको ठाउँबाट बेडाउन आवश्यक छ
सिचाई र गोडमल
सलगमलाई बेला बेलामा झारपात हटाइ गोडमेल गरी सिचाइ दिन जरुरी हुन्छ ।
किरा तथा रोग
सलगमलाई क्षति पुण्याउने कीराहरूमा लाही मुख्य हो । यसको नियन्त्रणको लागि घरेलु विधि र निम वा मालाथिन जस्ता सुरक्षित विषादीको प्रयोग गर्नुपर्दछ । हानी पुन्याउने रोगहरूमा कुहिने रोग नै मुख्य हो । त्यसको रोकथामको लागि तातो पानीको उपचार वा बीजोपचार गरिनुपर्छ ।
बाली तयारी तथा उत्पादन स्
सलगम ६०(७० दिनमा ताजा तरकारीको रुपमा तयार हुन्छ । यसलाई मझौला आकार, कलिलो अवस्थामा उखेली प्रयोग गरिन्छ । एक रोपनीमा ७००(१५०० किलोसम्म फल्छ । रातो सलगम चाहिँ रोपनीमा ४००(५०० किलो मात्र फल्छ ।