मुला खेति प्रविधि
परिचय
तरकारीहरूमा मुला एक निकै प्रचलित जरे तरकारीबाली हो । मुलालाई खेतबारीमा रोपेर एकल खेती वा अरु बालीसँगै मिसाएर वा अरुबालीको छेउछाउमा लगाउने चलन नेपालमा छ । मुला मध्य वा पश्चिम चीन या भारतबाट उत्पत्ति भएको मानिन्छ । यो क्षेत्रमा यसको प्रयोग प्राचीनकालदेखि भएको पाइन्छ जङ्गली मुलाहरू भूमध्यसागरीय क्षेत्रमा पनि पाइन्छ । मुला काँचै वा अन्य तरकारीसित मिसाई पकाएर वा अचार बनाई वा सिन्की बनाएर प्रयोग गरिन्छ, पछि सुकाएको मुलाको चाना प्रयोग गरिने चलन पनि छ । पोषण तत्वको दृष्टिकोणले मुलामा अन्य पौष्टिक पदार्थका साथै बढि भिटामिन, जैविक रस र क्याल्सियम र फोस्फोरस जस्ता खनिज पनि पाइन्छ । यसको रसले पाचन प्रक्रियामा मद्दत पुन्याउँछ ।
जातहरु
मिनो अर्ली ःयो जातको मुला नेपालमा धेरै प्रचलित छ । यसको जरा सेतो हुन्छ र तलतिर टुप्पिँदै गएको हुन्छ । यसको जरा सेतो, सरदर ४० से.मि. लामो र मोटाइ ८–१० से.मि. र मध्यम कसिलो हुन्छ । एउटा मुलाको तौल ३००–४०० ग्रामको हुन्छ । यो मुला केही पिरो र गुलियो हुन्छ । यसको पात गाढा हरियो, काटिएको हुन्छ र पात तेर्छाे जान्छन् । बीउ छरेको सरदर ४५–५० दिनमा जरा खान लायक हुन्छ ।
यूठाने रातो ःयो नेपालको स्थानीय जात हो । यो जात पछौटे जात हो र ढिलो तयार हुन्छ । बीउ छरेको ७०–८० दिनमा मुला तयार हुन्छ ।
चालीस दिने ःयो मुला गर्मी याममा लगाउन हुने र चाँडो जरा तयार हुने अघौटे जातको मुला हो । बीउ छरेको ३५ देखि ४५ दिनमा बाली तयार हुन्छ ।
टोकिनासी ः यो बढी तापक्रम सहन सक्ने ढिलो हुने पछौटे जात हो । यसको बीउ छरेको ५०–५५ दिनमा बाली तयार हुन्छ ।
जग्गा तयारी र मलखाद
मुला खेतीको लागि हलुका दोमट माटो उपयुक्त हुन्छ। यसको लागि २०(३० से।मि।को गहिराइमा राम्ररी २(३ पटक जोतेको जमिन उपयुक्त मानिन्छ । यसरी खनेको जग्गामा एक टन प्रतिरोपनीका दरले गोबर मल चारैतिर पर्ने गरी हाल्नुपर्छ । डल्ला फोरेपछि रासायनिक मल प्रतिरोपनी ५ के। जि। नाइट्रोजन, ३ के। जि। फोस्फोरस र ४ के। जि। पोटास हाल्नुपर्छ ।
बीउ रोपण
मुला ड्याङ ड्याडमा रोपिने तरकारी हो। कहिलेकाही सानो मुला वा साग खाने हेतुले छर्ने गरेको पनि देखिन्छ। यसको दुरी जात जात अनुसार फरक छ। सानो एक महिना जतिमा बाली तयार हुने जात जस्तै चालिस दिने मुला भएमा बाक्लो रोप्नु आवश्यक छ । ठूलो उष्ण प्रदेशीय वा एशियाली जातका मूला ४५ह२५ से।मि। को स्थानान्तरणमा लगाउँदछन् । यस्तो स्थानान्तरणमा लगाउन तयार गरी राखेको खेतमा ७५ से।मि। को फरकमा लामालामा ड्याड बनाइन्छ र हरेक ड्याङमा ४५ से।मि। को फरकमा २ लाईनमा बीउ खसालिन्छ । यसमा प्रतिरोपनी २५०(३०० ग्राम बीउ लाग्दछ ।
गोडमेल र सिंचाई
झारपातको नियन्त्रण गर्न, माटो खुकुलो पार्न र टपड्रेस गर्नको लागि गोडमेलको आवश्यकता पर्छ । गोडमेल गर्दा झारपात उखेली फाल्ने, माटो राम्ररी गोड्ने नाइट्रोजन टपड़ेस गरी माटोको उकेरा दिइन्छ। मुलाको बिरुवालाई वृद्धि अवस्थामा बढ़ता फस्फोरस र पोटासको आवश्यकता पर्दछ ।
बाली संरक्षण
मुला बालामा लाही, उफ्रने खपटे आदिले आक्रमण गर्छ। लाही कीरा खास गरी पात र गुवोमा लाग्दछ । यसले रस चुसी हानी पुयाउँछ यसको नियन्त्रणको लागि घरेलु विधि तथा विषादीको प्रयोग गर्न पर्दा मालाथियन जस्ता सुरक्षित विष वा निमजन्य विषादीको प्रयोग गर्न सकिन्छ ।
मुला खेतीमा लाग्ने रोगहरूमा कालो कुहिने रोग उल्लेखनीय छन् । काले कुहिने रोग पहिले पातबाट शुरु भई जरासम्म पुग्छ। रोग लागेको पातका नसाहरू खैरो भई पछि कालो हुन्छ यो रोग कलिलो बोटामा लाग्दा ओइलिएर मर्छ र छिप्पिएको बोटमा लाग्यो भने जरा गोलो भई कुहिएर मर्छ । यसको नियन्त्रणको लागि बीउ रोपणपूर्व बीउलाई ५० सेन्टिग्रेड तातो पानीमा आधा घण्टासम्म डुबाई उपचार गर्नुपर्छ ।
बाली तयारी तथा तरकारी उत्पादन
विभिन्न जातका मुला एक महिनादेखि दुई वा अढाई महिनासम्ममा तयार हुन्छन् । ताजा तरकारी उपयोगको लागि कलिलो र रमिलो अवस्थामै मुला उखेल्नुपर्छ । मुलालाई राम्ररी धोई पखाली सफा गरी मुठा पारी बिक्री गरिन्छ । ढिलो गरी टिपेको छिप्पिएको र काठ पसेको मुला विवन गाहो हुन्छ। सानो युरोपेली जातका मुला प्रतिरोपनी ४०० किलोसम्म र ठूला(ठूला १५००(२५०० किलोसम्म फल्छ ।