कन्य च्याउ खेति प्रविधि

परिचय

कन्ये च्याउ पौष्टिक खाद्य पदार्थको रुपमा रहेको कन्ये च्याउ खेती गरी आय आर्जन गर्न सकिन्छ । धानको पराल, गहँुको छ्वाली, मकैको खोस्टा, तोरीको डाँठ आदिको सदुपयोग गरी यो च्याउ उत्पादन गर्न सकिन्छ ।कन्ये च्याउ खेती गर्दा २०३० डि।से। तापक्रम र आर्द्रता ८०९० प्रतिशत हुनुपर्छ । सुहाउँदो तापक्रम भने २२२५ डि।से। हो ।

कन्ये च्याउ उत्पादन प्रविधि

कन्ये च्याउ खेती गर्दा २०३० डि।से। तापक्रम र आद्र्रता ८०९० प्रतिशत हुनुपर्छ । व्यवसायिक उत्पादनका लागि २२२५ डि।से। तापक्रम उपयुक्त मानिन्छ । गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कन्ये च्याउ खेती चैत्रआश्विन महिनासम्म ज्यादै उपयुक्त हन्छ भने नवलपुर, गोर्खा, लमजुङ, तनहँु, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी जिल्लाहरुमा वर्षभरीनै कन्ये च्याउ खेती गर्न सकिन्छ ।कन्ये च्याउ खेतीका लागि धानको पराल, गहुँको छ्वाली, मकैको खोस्टा, तोरीको डाँठ, कागज आदिको सदुपयोग गरी च्याउ उत्पादन गर्न सकिन्छ, तर धानको परालमा सजिलोसँग गर्न सकिने र राम्रो उत्पादन हुने पाईएको छ ।

 

 उत्पादन विधिः

१। सवैभन्दा पहिला सफा परालको व्यवस्था गर्ने ।

२। वीउको मात्रा मिलाउनेः साधारणतया १ के।जी। परालमा च्याउ उत्पादनगर्नका लागि ५० ग्राम च्याउको वीउ चाहिन्छ ।

३। त्यसपछि पराललाई २३ इन्च वा ४५ अंगुल हुने गरी टुक्रा पार्ने ।

४। टुक्रा पारेको पराललाई ४५ घण्टा सफा पानीमा डुबाउने ।

५। सफा पानीले २३ पटक परालमा भएको धुलो पखाल्ने ।

६। भिजाएको परालमा बढी भएको पानी हटाउन ४५ घण्टासम्म भिरालो ठाउँमा फिँजाई पानी तर्काउने परालमा ठीक्क चिस्यानको मात्रा छ छैन भनी जाँच्नका लागि मुठ्ठीमा पराल राखेर निचोर्दा पानीननिस्कने तरहत्केला चिसो भएको हुनुपर्छ ।

७। परालमा भएका शूक्ष्म जीवाणुलाई मार्न पानीको वाफले १२ घण्टासम्म पराल बफाउने ।

८। बफाएको पराललाई सफा ठूलो प्लाष्टिकमा राखी चिसो भएपछि झोलामा ४ ईन्च जति पराल राखी वीउ छर्ने र फेरी ४ ईन्च पराल राख्ने र वीउ छर्ने । यसै गरी ४५ तहसम्म वीउ छर्ने । परालमा  ढूसी राम्रोसंग फैलाउन राम्रो तरीकाले थिच्नुपर्छ ।

९। प्लाष्टिकभित्र केही मात्रामा अक्सिजनको आवश्यकता पर्ने भएकाले १० से।मी। फरकमा १ से।मी। गोलाईको प्वाल पार्ने ।

१०। वीउ रोपी सकेको प्लाष्टिकको झोलालाई अँध्यारो ठाउँमा २२२५ डि।से। तापक्रम भएको कोठामा झ्याल ढोका बन्द गरी २१ दिनसम्म राख्नुपर्दछ ।

११। परालमा पुरा ढूसी पैmलिएपछि प्लाष्टिक झोला हटाउने वा २३ ठाउँमा चक्कुले प्लाष्टिक काटेर हटाउने र च्याउको बललाई कम अँध्यारो ठाउँमा भेण्टिलेशन भएको ठाउँमा राख्ने ।

१२। च्याउको बललाई झुण्ड््याएर राख्ने हो भने पूरै प्लाष्टिक हटाउनु पर्दैन ।

१३। प्लाष्टिक झोला हटाउने समयमा परालमा ससाना च्याउका दाना पनि देखिन्छ ।

१४। दिनको २३ पटक पानी छर्कने ।

१५। एउटा डल्लोमा ३४ पटकसम्म च्याउ फल्दछ ।

 

रोगकीरा व्यवस्थापनः

१ सरसफाइमा बढी ध्यान दिने

२ गुणस्तरीय वीउको प्रयोग गर्ने

३ पराललाई राम्रोसँग बफाउने ।

४ भुसुनाबाट जोगाउन ढोका र भेण्टिलेशनमा     मसिनो जाली प्रयोग गर्ने, नीमको तेल स्प्रे गर्ने तथा पहेला ट्रापको प्रयोग गर्ने र चिस्यान कम गर्ने ।

५ब्याक्टेरिया र ढूसी रोगबाट जोगाउन फर्मालीन तथा वेभिष्टिन झोल बनाई कपास भिजाई रोगग्रस्त ठाउँलाई राम्रोसंग पुछ्ने ।

६ झिंगाबाट जोगाउन सरसफाइमा ध्यानदिने तथा नीमको झोल तथा तेल छर्ने ।

७ मुसाबाट जोगाउन सफासुग्घर राख्ने र मुसा नियन्त्रणको विधि उपनाउने ।