क्राँक्रो खेति प्रविधि
परिचय
काँक्रो लोकप्रिय लहरे बालीमध्येको एउटा हो। नेपालमा यसको खेती प्राचीनकालदेखि नै हुँदै आएको छ । पहिला यसको खेती पाकेको फलको लागि गरिन्थ्यो भने अहिले कलिला फलको लागि गरिन्छ । काँक्राको सलाद, अचार अथवा सीधै फल खाने गरिन्छ । यसलाई तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
हावापानी
काक्रो न्यानो तथा गर्मी मौसमको बाली भएकोले यसलाई लामो समय सम्म न्यानो तापक्रमको आवश्यकता पर्दछ । यसको बोट बृद्धि र फल लाग्न सरदर २५ देखि ३० डिग्री ।से तापक्रम आवश्यक हुन्छ । वीउ उम्रन, फल छिटो परिपक्क हुन र राम्रो उत्पादनको लागी माटोको तापक्रम महत्वपुर्ण हुन्छ । माटोको तापक्रम १० डिग्री से। भन्दा कम र २५ डिगी से। भन्दा माथि हुनुहुदैन ।
माटो
काक्रो खेतीको लागि बलौटे दोमट देखि पाँगो माटो उपयुक्त हुन्छ । ५।५ देखि ६।५ पी एच भएको माटो उत्तम मानिन्छ । काक्रो वाली ५।५ पी एच भन्दा कम अर्थात अम्लिय माटोमा सम्बेदनशिल हुन्छ र विरुवाको उत्पादनमा असर पर्दछ । चिम्टाइलो माटोमा लहरा धेरै जाने र फल ढिलो परिपक्क हुन सक्दछ ।
लगाउने समय
काक्रो गर्मी र वर्षा दुबै मौसममा रोपिने भएकाले
ड्ड गर्मीमा माघ वा फाल्गुनमा र वर्षामा आसाढ र श्रावनतिर रोप्ने ।
ड्ड पहाडमा चैत्रमा रोप्ने ।
बिउ दर
बिउ दर २।५ देखि ४ किलो ग्राम प्रती हेक्टर ।
बिउ उपचार तथा नर्सरी व्यवस्थापन
बीउ उपचार क्यापटन २÷३ ग्राम प्रती किलो बिउको दरले गर्ने ।
लगाउने दुरी
लाइन देखि लाइन दुरी १।५ वा २।५ मिटर र बोटदेखि बोट दुरी ६० वा ९० सेमीको हुनुपर्छ । २ देखि ३ बीउ एउटा खाल्डोमा रोप्ने ।
सिचाई र गोडमेल
सिंचाइ तथा निकास
बीउ वा बेर्ना सारेको केही दिनसम्म हल्का सिंचाइ गर्नुपर्दछ । फूल र फल लाग्ने समयमा सिंचाइ एकदम आवश्यक पर्दछ । तर अन्य बेलामा पनि चिस्यान कायम राखिराख्नु पर्दछ । वर्षात्मा सिंचाइको आवश्यकता पर्दैन । बढी भएको पानीको राम्रो निकास भने हुनुपर्दछ । सिंचाइ गर्दा जाडो मौसममा बिहानीपख र गर्मी मौसममा बेलुकीपख गर्नु पर्दछ । सिंचाइ गर्दा काँक्राको पात तथा फलमा सोझै पानी पर्नुहुँदैन । बिरुवाको पातमा पर्ने गरी सिंचाइ गरेमा एकातिर पात डढ्ने डर हुन्छ भने अर्कातिर डढुवा र ढुसी रोग लाग्ने र फैलिने सम्भावना बढी हुन्छ ।
गोडमेल तथा थप मल
बीउ अथवा बेर्ना रोपेको २०—२५ दिनपछि हल्का गोडमेल गर्नु पर्दछ । बिरुवाको वरपरको माटो खुकुलो बनाउनु पर्दछ र झारपात हटाउनु पर्दछ । बेर्ना सारेको करीब ३० दिनमा एकपटक र ५०—६० दिनमा दोस्रो पटक थप मल हाली उकेरा पनि दिनु पर्दछ । थप मलसँगै सिंचाइ पनि आवश्यक पर्दछ ।
छापो दिने
बेर्ना सारिसकेपछि सुकेको घाँस, पराल, रूखका पात आदिले छापो दिनुपर्दछ । सुक्खा र गर्मी समयमा यस्तो छापोको महत्व एकदम बढी हुन्छ । छापो दिनाले चिस्यान कायम गर्न मद्दत पुग्दछ ।
थाँक्रा दिने
काँक्रोलाई थाँक्रा अनिवार्य रूपमा दिनु पर्दछ । बाँसको भाटा वा रूखका हाँगा बिरुवाको नजिकै गाडेर थाँक्रा बनाउन सकिन्छ । थाँक्रा दिनाले बिरुवालाई सहारा मिल्छ, बिरुवाको प्रत्येक भागमा राम्ररी हावा खेल्न र सूर्यको प्रकाश पु¥याउन सजिलो हुन्छ, फलको गुणस्तर राम्रो हुन्छ, रोग, कीराको प्रकोपबाट बोट र फललाई बचाउन सकिन्छ, फलले जमीन छोई कुहिने सम्भावनाबाट बचाउन सकिन्छ ।
काँटछाँट
नफलेका बूढा हाँगा, बूढा र रोगी पात, आकर्षक नभएका कलिला वा ठूला फलहरू हटाइराख्नु पर्दछ ।जमीनमा माटोलाई छोएका पातहरू पनि समयमा नै हटाउनु पर्दछ । यसो गर्दा रोग कीराको प्रकोप कम हुन्छ ।
बाली टिप्ने समय
सलादको रूपमा वा चिरा पारेर खानको लागि छानिएको बीउ कलिलो छँदै टिप्नु पर्दछ । पोथी फूल फुलेको १०—१५ दिनमा फल टिप्न तयारी हुन्छन्। चार पाँच दिनको अन्तरमा फल टिपिरहनु पर्दछ । फल टिप्दा भेट्नु सहित कैंची अथवा सिकेचरको सहायताले टिप्नु पर्दछ । फल टिपेपछि फललाई घाममा राख्नुहुँदैन । बिरुवालई थाँक्रो दिंदा बोट माथितिर मात्र चढ्ने गरी अग्लो थाँक्रा दिनुभन्दा जमीनबाट ५—६ फिट माथि छापोको आकारमा लहरा दायाँ बायाँ फैलिने गरी दिएमा फल धेरै लाग्ने र फल टिप्न पनि सजिलो हुन्छ । ३—४ वटा शाखा लहरा आइसकेपछि मुख्य मुण्टो चुँडिदिएमा बढी शाखा लहरा आउँछन्र फैलिन्छन्। यस्तो लहरामा बढी मात्रामा पोथी फूलहरू फुल्दछन् जसले गर्दा बढी उत्पादन लिन सकिन्छ । धेरै फल भएमा होशियारीपूर्वक डालो वा टोकरीमा राखी शीतल ठाउँमा राख्नु पर्दछ । पाकेको फलको लागि हरियो फल टिप्नु हुँदैन । बोटमा नै पहेंलो भएपछि पाकेको फल टिप्नु पर्दछ ।
उत्पादन
एक रोपनीबाट १००० देखि २००० के।जी। सम्म उत्पादन लिन सकिन्छ ।
रोग तथा किराहरु
किराहरु
फल कुहाउने औसाः यसले प्राय सबै लहरे तरकारीहरुमा ठुलो नोक्सान गर्दछ । भाउ झिँगा ६ मि।मि लामा खैरा पहेलो पेट भएका, पारदर्शी पखेटा भएका, लार्भाहरु खुट्टा नभएका र एकातर्फ चुच्चो परेका हुन्छन्।माउ खपटेले फलको बोक्रा नजिकै भित्र फूल पार्दछन्, फुलबाट लाभ्रे बनेपछि फललाई छेडेर भित्र गुदी खान थाल्दछन्। लाभ्रे विकसित हुँदै गर्दा प्वाल पारेको ठाउँ कुहिएको धव्वा देखिन्छ पछ िसबै फल कुहिन्छ ।
व्यवस्थापनः
√ प्रभावित फलहरु जम्मा गरी २–३ फिट गहिरो खाडलमा पुर्ने
√ झारपात नियन्त्रण, वाली लिएपछिको जोताई र पानी जमाउनाले प्यूपा अवस्थामा नियन्त्रण गर्न सकिन्छ ।
√ ब्रोकोन्डी प्रासाइड प्रयोग गर्ने ।
√ विषादी युक्त चारा राख्ने ।
√ मोहिनी पासो राख्ने ।नुनमा १ मि।ली प्रति लिटर पानीमा राखेर छर्ने ।
√ भ्ऋ को मालाथायन ९०० मि।लीं४५० ग्राम मर्चा १८० लिटर पानीमा घोलेर स्प्रे गर्ने ९तयार गरेको दिनमा
राता खपटेः
यो किराले लहरे तरकारी बाहेक केराउ बालीमा पनि आक्रमण गर्दछ । खपटे राता चम्कीला हुन्छन्। ७ मि।मि। लामा २।६ मि।मि चौडा र तल्लो भाग कालो हुन्छ । लाभ्रे पहेला सेता र टाउको खैरा र पूर्ण विकसित हुँदा १२ मि।मि लम्बाइका हुन्छन्र माटो मुनी रहन्छन्। माउ खपटेले हरियो भाग खाएर नोक्सान गर्दछन्भने लाभ्रेले जरा र माटोसँग छोइएका फलहरुमा प्वाल पारेर खान्छ । माउ खपटेले १५०–३०० वटा अण्डा पार्दछ जुन माटोमुनी रहेर जरा खान्छन्, र २–३ हप्तामा पूर्ण विकसित हुन्छन्। बर्षमा ५–८ पुस्ता हुर्कन्छन्।
व्यवस्थापन ः
√ खपटे हातले संकलन गरेर मार्ने
√ मालाथिएन पाउडर २० कि।ग्रा÷हेक्टर छर्ने ।
√ सेभिन १ ग्राम वा मालाथियन ५० इं।सि १ मि।ली प्रति लिटरका दरले छर्ने ।
रोगहरु
सेतो धुले ढुसी ः यो ढुसिले लहरे तरकारी बाहेक आलु भिण्डी केराउ आदिमा असर र्गछ र यो अति ठुलो नोक्सान पु¥याउने रोग हो ।यो रोग लाग्दा सुरुमा सेता खैरा धव्वा पातमा देखिन्छ पछि पात डाँठमा सेतो धुलो जम्मा हुँदैजान्छ पात तथा लहरा मर्दछन्। यो रोगका जिवाणु लहरे जातको बाली अवसेस र जंगली लहरे झारमा आश्रय लिन्छन्।कम सापेक्षित आद्रता र ३५ डिग्री से। तापक्रममा चाडों फैलन्छन्।
व्यवस्थापनः
√ लहरे झारपात नोक्सान गर्ने,
√ बाली अवसेस जलाउने वा पुर्ने
√ सल्फर २० कि।ग्रा प्रति हेक्टर डस्टीङ गर्ने
√ क्यारा थियन २ मि।ली प्रति लिटर पानीमा राखेर छर्ने ।
डाउनी मिल्डीउः
यो पनि लहरे तरकारीहरुमा क्षति पु¥याउने ढुसि बाट हुने रोग हो ।गाडा हरियो भागको विच विचमा हल्का हरियो भागको विकास हुन्छ र चाँडैनै त्यस्ता धव्वा हल्का पहेँलो र कुना परेका धव्वामा परिणत हुँदै पुरै पात झर्दछ । यो रोगका जिवाणु लहरे वाली, लहरे झार र वालीका अवसेसहरुमा आश्रय लिन्छन, उक्त आश्रय स्थलबाट पानीले पखालेर माटोमा झार्दछ र खपटे किराहरुले तिनीहरुलाई निरोगी बोट सम्म सार्ने काम गर्दछन्।
व्यवस्थापनः
√ स्वाजातिय झार नष्ट गर्ने
√ घुम्तीवाली अपनाउने
√ थिरम २ ग्राम प्रति किलो विउका दरले उपचार गर्ने ।
√ साप्ताहिक रुपमा डाइथेन्एम्४५ ३ ग्राम प्रति लिटर पानीका दरले स्प्रे गर्ने ।