चिराइतो खेति प्रविधि
परिचय
चिराइतो महत्वपूर्ण औषधीयुक्त वनस्पति हो । यो प्रजाति करीब आधा मिटर देखि १.५ मिटरसम्म
अग्लो हुने र २ वर्षसम्म बाँचिरहने विरुवा हो । हरेक आँख्लाको दुवैतिर पात र हाँगा पलाएको हुन्छन् ।
एउटै फूलमा भाले तथा पोथी दुवै अंग पाइन्छन् । नेपालमा चिराइतो हिमाली र पहाडतिर समुन्द्री
सतहबाट १२०० देखि ३००० मिटर सम्मको भेगमा पाइन्छ । यसको लागि साधारणतया २००० मिटर
उचाई उपयुक्त मानिन्छ । पूर्व र पश्चिम फर्केका पाखाहरुमा राम्रो हुन्छ ।
माटो (माटोको स्केच र त्यस माथी जानकारी)
प्राङ्गारिक पदार्थ प्रशस्त भएको माटो राम्रो हुन्छ । ४.७ दखि ५.५ सम्म माटोको अम्लीपना भएको ठाउँमा राम्रोसंग सप्रिन्छ ।
जातहरु
हालसम्म नेपालमा चिराइतोको कुनै जात सिफारिस गरिएको छैन । ठाउँ र उचाई अनुसार यसका विभिन्न स्थानिय जंगली जातहरु पाइन्छन ।
विरुवा प्रसारण
चिराइतोको खेती बीउबाट गरिन्छ । यसको बीउज्यादै मसिनो र हावाले उडाउन सक्ने हुनाले ब्याडमाबीउ छर्नु अघि एक भाग बीउमा करीब १० भागजति बालुवा मिसाएर छर्नुपर्दछ । बीउ छर्दा ४ देखि ५ इन्चको लाइनमा राम्रो हुन्छ । यसरी राखेको बीउबाट २०–२५ दिन भित्र बेर्नाहरु उम्रन थाल्दछन् । कार्तिक र मंसिरमा संकलन गरेको बीउ राम्रो सँग सफा गरेमा ९० प्रतिशतसम्म अंकुरण हुन्छ । भण्डारण गरेको बीउको उमार शक्ति २–३ महिनापछि घट्दै जान्छ
बिऊ वाहेक अन्य भाग बाट पनि बेर्ना उत्पादन गर्न सकिन्छ । पातबाट चिराइतोको प्रसारण गर्दा एक वर्षे बिरुवाबाट २५% सम्म विरुवा उत्पादन गर्न सकिन्छ । काण्डबाट प्रसारण गर्दा२५–४०% बिरुवा उत्पादन गर्दा कटिङ्ग लाई रुटेक्स हर्मोनमा डुबाएर बालुवामा घुसार्नु पर्दछ । यस्तो टुक्राबाट १५ दिनभित्रै जरा पलाउन थाल्दछन । यसरी तयार भएको बेर्नालाई चिराइतोको खेती गर्न तयार पारेएको जमिनमा सार्नु पर्दछ ।
जमिन तयारी र बेर्ना सार्ने
बेर्नाहरु करिब ६ देखि ८ इन्च अग्ला भएपछि खनजोत गरी तयार गरेको जग्गामा विरुवा देखि विरुवा बीचको दूरी एक हात र ड्याङ्गहरु बीचको दूरी डेढ देखि दुई हात फरक पारी बर्षाको समयमा
सार्नुपर्दछ । यसरी विरुवाहरु सारेको ठाउँमा पानीको निकासको राम्रो ब्यवस्था हुनु अति आवश्यक छ । यो ब्रोसर अमेरिकी जनताद्वारा अमेरिकी विकास नियोग (युएसएड) को माध्यमबाट प्रदान गरिएको उदार सहयोगबाट सम्भव भएको हो । यसमा उल्लेखित विषयवस्तु लेखकको जिम्मेवारी हो र यसले युएसएड तथा अमेरिकी सरकारको धारणा प्रतिनिधित्व गरेको मानिने छैन ।”
संकलन तथा भण्डारण
चिराइतोको विरुवा उम्रेको पहिलो बर्षमा गाँज हाल्ने र दोस्रो बर्षमा मात्र विरुवामा डाँठ हाली फूल
तथा बीउ लाग्ने गर्दछ । तसर्थ बीउ तथा वाली संकलन पनि विरुवा उम्रिएको दोस्रो बर्षमा गरिन्छ ।
संकलन गर्दा विरुवाहरु पुरै उखेल्ने गरिन्छ । उखेल्ने काम सकिएपछि ५–७ दिनसम्म घाममा सुकाउनुृ
पर्छ । यसका बीउहरु ज्यादै मसिनो हुने हुनाले सुकाउँदा कपडा वा पोलिथिन ब्यागमा सुकाउनु
उपयुक्त हुन्छ । ताकि बीउ संकलन समेत सजिलै गर्न सकियोस ।
बजार ब्यवस्था र वित्तीय विश्लेषण
चिराइतोको बजार माग निकै राम्रो पाइएको छ । यसको बजार मूल्य प्रति किलो ग्राम २५०–३०० रुपैया
सम्म पर्दछ । हाल नेपालका ४० जिल्लाबाट चिराइतो सङ्कलन भइरहेको छ । तर पूर्वाञ्चल क्षेत्रबाटै
चिराइतोको ८०% भन्दा बढी परिमाण उत्पादन हुन्छ ।