चम्सुर

परिचय

चम्सुर सागबालीहरू मध्येको अर्को महत्वपूर्ण तथा छिटो तयार हुने बाली हो। यसको खेती काठमाडौं उपत्यका पहाडी इलाकामा बढी गरिए पनि नेपालको सबै ठाउँमा यसको उत्पादन गर्न सकिन्छ यसका कलिला डाँठ पात सागका रूपमा पकाएर खाइन्छ चम्सुर स्वादिलो साग भएकोले यसलाई अरूसँग मसलाको रूपमा मिसाएर पनि पकाउन सकिन्छ

पौष्टिक महत्व

यो साग एकदमै पोषिलो हुन्छ यसमा प्रशस्त मात्रामा फलाम, क्याल्सियम, प्रोटिन भिटामिन सी पाइन्छ ।यसको आयुर्वेदिक महत्व पनि

हावापानी माटो

चम्सुरलाई चिसो हावापानी आवश्यक पर्दछ, त्यसैले यसको खेती हिउँदमा गरिन्छ तर काठमाडौं उपत्यका सरहहावापानी भएको पहाडी क्षेत्र अथवा यो भन्दा चिसो ठाउँमायसको खेती बाह्रै महीना गर्न सकिन्छ ।यसको खेती सबै किसिमको माटोमा हुने भए पनि प्राङ्गारिक पदार्थ प्रशस्त भएको दोमट माटोमा उत्पादनराम्रो हुन्छ

जातहरु

ुूकाठमाडौं स्थानीय

बाली लगाउने तरीका

जमीनको तयारी

जमीनलाई पटक जोती, डल्ला फोरेर झार हटाई माटो बुर्बुराउँदो पारी राम्रोसँग सम्याउनु पर्दछ जमीनमा अघिल्लो बालीका अवशेष रहन दिनुहुँदैन राम्रोसँग पाकेको गोबर मल अथवा कम्पोष्ट पनि

माटोमा मिलाउनुपर्दछ मिटर चौडाइ तथा आवश्यकता अनुसार लम्बाइ भएका साना ड्याङ बनाउनु राम्रो हुन्छ

खानयोग्य १०० ग्राम चम्सुरको सागमा

निम्नानुसार खाद्यतत्व पाइन्छ

कार्बोहाइड्रेटः५. ग्राम

चिनीः . ग्राम

रेसाः . ग्राम

प्रोटिन . ग्राम

भिटामिन एः ३४६ न्यानो ग्राम

क्याल्सियमः ८१ मिलि ग्राम

फलामः . मिलि ग्राम

ज्ञढद्ध

मलखाद व्यवस्थापन

प्रति रोपनी राम्रोसँग पाकेको ६०० के.जी. गोबर मल अथवा कम्पोष्ट आवश्यक पर्दछ

बीउ

एक रोपनीको लागि ५००७०० ग्राम बीउ पर्याप्त हुन्छ

 बाली लगाउने समय

क्षेत्र          लगाउने समय           बाली लिने समय

तराई           भदौपुस              असोजमाघ

मध्य पहाड       भदौमाघ             असोजचैत

उच्च पहाड       बाह्रै महीना           बाह्रै महीना

बीउ छर्ने विधि

चम्सुरको बीउ ब्याडमा नराखी सोझै खेतबारीमा छरिन्छ बीउ छर्ने बेलामा कहीं बाक्लो कहीं पातलो हुनुहुँदैन, एकनाशले फिंजाएर छर्नुपर्दछ बीउ छरेलगत्तै छापो राखी सिंचाइ गर्नुपर्दछ ।चम्सुरसँग घुसाउन सकिने अन्य बालीः पालुङ्गो, रायो, भान्टा, काउली

सिंचाइ तथा निकास

चम्सुरको बाली अवधि निकै छोटो हुन्छ त्यसकारण माटोको चिस्यान हेरीे आवश्यकता अनुसार सिंचाइ गर्नुपर्दछ

गोडमेल

झारपात हटाई एक वा दुई पटक गोडमेल गर्नुपर्दछ पहिलो गोडमेल सँगै हल्का थप मल पनि दिनुपर्दछ

 

चम्सुरमा लाग्ने मुख्य कीरा तथा रोग

कीराः लाई झुसीलकीरा

रोगः जरामा गाँठो पर्ने, सेतो ढुसी

बाली लिने समय

बीउ छरेको करीब २५ देखि ३० दिनमा बाली लिन सकिन्छ ठूल्ठूला बोट उखेल्नुपर्दछ ४०४५ दिनमापूरै बाली लिन सकिन्छ

उत्पादन

जात अनुसार प्रति रोपनी ५००७०० के.जी.सम्म उत्पादन गर्न सकिन्छ उत्पादन धेरै भएमा बजारमा बेचबिखन पनि गर्न सकिन्छ पहेंला बूढा पातहरू हटाउने, जरा काट्ने, आवश्यक परे पानीले सफा गर्नेर उपभोक्ताको चाहना अनुसारका मुठा बनाई स्थानीय बजारमा लैजान सकिन्छ ।सागजन्य तरकारीहरू जुन दिन टिप्यो त्यही दिन खाने वा बेच्ने गर्नु पर्दछ तथापि यसलाई रेफ्रिजेरेटरमा

राखी (३५ डिग्री फरेनहाइट तापक्रममा) तीनचार दिनसम्म भण्डारण गर्न सकिन्छ