काउली खेती प्रबिधि
परिचय
परम्परागत रुपमा हिंउदमा चीसो हावापानीमा खेती हुने वाली काउली केही गर्मी सहन सक्ने जातहरुको विकास गरिएपछि हाम्रो देशको मध्यपहाडी क्षेत्रमा गर्मी याममा पनि खेती गर्न सकिन्छ । त्यस्तै लेकाली क्षेत्र जहाँ वर्षयाममा पनि खासै गर्मी हुदैंन त्यस क्षेत्रमा पनि वर्षायाममा काउली खेतीको विस्तार भएको छ । त्यसैले मध्य तथा उच्च पहाडी क्षेत्रमा गर्मी समयमा अर्थात जेठ देखि कात्तिकसम्म उत्पादन गरिने वालीलाई वैमौसमी काउली खेती भनिन्छ भने कातिक पछि जेठसम्म उत्पादन हुने काउली मौसमि काउली हो ।
हावापानि
काउलीको खेती धेरै किसिमको हावापानी भएको स्थानमा गर्न सकिन्छ । यद्यपि काउली जाडोयाममा हुने तरकारी
भएकोले शीतल र ओसिलो मौसममा भने यसको गुणस्तर उच्च किसिमको हुन्छ । काउलीको लागि १५–२० डि।से।को
तापक्रम उपयुक्त हुन्छ र यसको पातले तुषारो पनि सहन सक्छ । काउलीको फूल लाग्न आवश्यक पर्ने तापक्रम र
बाली अवधि अनुरुपका अगौटे, मध्यम र पछौटे जातहरूको खेती गर्नेसमय पनि फरक–फरक हुन्छ । अगौटे जातको
काउली खेती गर्न २०–२७ डि।से। को तापक्रम आवश्यक पर्दछ र यदि यसलाई जाडो मौसममा रोपिएमा वानस्पतिक
विकास हुन नपाई गुच्चा जत्रो फूल लाग्ने ९दगततयलष्लन० गर्दछ । त्यसैगरि १६–१९ डि।से।को तापक्रम आवश्यक पर्ने
मध्यम जात र १०–१६ डि।से।को तापक्रम आवश्यक पर्ने पछौटे जातलाई गर्मी मौसममा खेती गरियो भने पातै पातको
विकास हुन गई ठण्डा मौसम पाएपछि मात्र फूल लाग्नेगर्दछ ।
माटो
काउली खेती धेरै प्रकारको माटोमा गर्न सकिने भएता पनि दोमट र बलौटे माटो काउली खेतीका लागि उपयुक्त हुन्छ
। प्रांगारिक पदार्थ प्रशस्त मात्रामा भएको उर्वर, सिंचाइ र
काउली समूहका बाली नलगाएको जमिनमा काउलीको गुणस्तर र उत्पादन दुवै राम्रोहुन्छ । अगौटे जातको काउलीको लागि प्रांगारिक पदार्थ पर्याप्त मात्रामा भएको बलौटेर दोमट माटो उपयुक्त हुन्छ भने मध्यम र पछौटे जातको लागि दोमट र चिम्ट्याइलो दोमट माटो उपयुक्त हुन्छ । काउली खेतीको लागि पि।एच। मान ५।५ देखि ६।६ भएको माटो उपयक्त हन्छ ।
जातहरु
काठमाण्डौ स्थानीयः यो जात मध्य–पहाडी क्षेत्रका लागि उपयुक्त जात हो । यो बेर्ना सारेको
१००–११० दिनमा तरकारीका लागी तयार हुन्छ ।
ज्यापुः यो काठमाण्डौ स्थानीयबाट छनौट गरिएको जात हो । काठमाण्डौ स्थानीय भन्दा केही
छिटो तयार हुन्छ । तरकारी खानका लागि ८०–९५ दिनमा तयार हुन्छ ।
किबो जायन्टः यो पछौटे जात हो । बेर्ना सारेको १२०–१४० दिनमा तरकारी खानको लागि
तयार हुन्छ ।
डोल्पा स्नोबलः यो पछौटे जात हो । यो जातको काउली उच्च–पहाडको लागि सिफारिस
गरिएको छ । खानको लागि ११०–१२० दिनमा तयार हुन्छ ।
खुमल ज्यापूः यो जात मध्य–पहाडी क्षेत्रका लागि उपयुक्त जात हो । यो खुल्ला सेचन हुने जात
हो । यो काउलीको रंग क्रिमी सेतो हुन्छ र भदौ पहिलो हप्ता यसको बेर्ना सारिन्छ ।
वर्णसंकर जातहरू
स्नोमिष्टिक ः पात ठूलो, ठाडो, कोपी सेतो, गोलो, तौल १।५–३।० के।जी।, १२०–१३५ दिनमा तयार हुन्छ ।
रमी स् बोट ठूलो, पात चिल्लो, ठाडो, वर्षा, कालो कुहिने रोग र डाउनी मिल्ड्यू रोग सहने क्षमता, कोपीको तौल ०।८–१ के।जी र ५०–६०
दिनमा तयार हुन्छ ।
स्नोकिङ्गस् कोपी सेतो, कसिलो, गर्मी र वर्षा सहन सक्ने, कोपीको तौल ०।५ – ०।८ के।जी, ५५–७० दिनमा तयार हुन्छ ।
स्नोक्राउन स् पात ठूलो, हरियो, ठाडो, कोपी सेतो, तौल १।५–२ के।जी।, ७५–९० दिनमा तयार हुन्छ ।
काश्मीरेस् पात ठूलो, कोपी पातले छोपेको, सेतो र कसिलो, तौल ०।८–१ के।जी।, १००–११० दिनमा तयार हुन्छ ।
अन्ना–६० ः पात हरियो, ठाडो पात, सुख्खा सहन सक्ने हुन्छ ।
एन।एस स् पात ठाडो, ठूलो, कोपीको तौल १–२ के।जी।, ९०–१०० दिनमा तयार हुन्छ ।
ह्वाईट फ्लसस्ः पात ठाडो, कोपी सेतो, वर्षा सहन सक्ने, तौल १–२ के।जी।, १००–११० दिनमा तयार हुन्छ ।
सिल्भर कप–६०स् पात फैलिएको, कोपी सेतो, तौल ०।६–१ के।जी।, वर्षा सहन सक्ने, ६०–७० दिनमा तयार हुन्छ ।
ह्वाईट टप स् कोपी सेतो, गोलो, कसिलो, तौल १–१।५ के।जी।, ९० दिनमा तयारहुन्छ ।
देवी–१स् कोपी गोलो, सेतो, कसिलो, पातले छोपेको, तौल १।५–२ के।जी।, ९०–१०० दिनमा तयार हुन्छ ।
देवी–२स् कोपी सेतो, पात ठूलो, हरियो, ठाडो, कोपीको तौल १।५–२ के।जी।, १००–११५ दिनमा तयार हुन्छ ।
अन्ना–९ स्पात ठूलो, चौडा, ठाडो, कोपी सेतो, थुँगा–थुँगा उठेको, तौल १।५–२ के।जी।, ९०–१०० दिनमा तयार हुन्छ ।
डमीस् ः पात हरियो, ठाडो, कोपी सेतो, तौल १–१।५ के।जी।, ७०–९० दिनमा तयार हुन्छ ।
मिल्की वेस्ः मध्य आकारको बोट, कोपी सेतो, तौल ०।८–२ के।जी। सम्म, १२०–१३० दिनमा तयार हुने, वर्षा केही सहन सक्छ ।
जग्गाको तयारीः
काउली खेती प्राय सबै प्रकारको माटोमा गारिन्छ । राम्रो उत्पादन लिनको लागि भने मलिलो बलौटे दोमट किसिमको माटो उपयुक्त हुन्छ । प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको माटो र पानीको निकासको पनि राम्रो व्यवस्था भएको हुनुपर्दछ । छनौट गरिएको जग्गालाई ३–४ पटकसम्म राम्रोसँग खनजोत गरि डल्ला फुटाउनु पर्दछ । जग्गाको पि।एच।५–५ देखि ६।५ को विच हुन जरुरी हुन्छ ।
बिरुवा लगाउने दुरीः
अगौटे जातको काउली खेतीका लागी ४५ ह् ४५ से।मि। र ६० ह् ४५ से।मि। को दुरीमा रोप्नुपर्दछ ।
विरुवा रोप्ने समय
क्र स
बाली
जातहरु
उच्च पहाड
मध्य पहाड
तराई
काउली
अगौटे
चैत देखि असार चैत्र देखि बैशाख असार श्रावण
चैत्र देखि बैशाख
असार श्रावण
मध्यम
माघ देखि श्रावण
साउन देखि भाद्र
भाद्र देखि असोज
पछौटे
माघ देखि बैशाख
असोज देखि पुष
असोज देखि मंसिर
मलखादः
काउली खेतीलाई प्रशस्तमात्रामा मलखाद चाहिन्छ । कम्पोष्ट मल २५–३० मेट्रिक टन र
रसायनिक मल १२०ः८०ः६० किलो नाईट्रोजन, फस्फोरस र पोटास प्रति हेक्टरको दरले प्रयोग
गर्नु पर्दछ । यसको अलावा २० किलो बोरेक्स र १–१।५ किलो सोडियम् मोलिब्डेट प्रति
हेक्टरका दरले माटोमा प्रयोग गर्नु पर्दछ । बेर्ना रोपेको एक महिनामा बिरुवामा पहिलो टपड्रेस
गर्नुपर्दछ भने ४५–५० दिनमा दोस्रो टपड्रेसगरि माटो चढाउनु पर्दछ । यसो गर्नाले बोटहरुलाई
ढल्नबाट बचाउन सकिन्छ ।
सिंचाईः
बेर्ना राम्ररी नसरुन्जेलसम्म प्रत्येक दिन हजारीको सहायताले हल्का सिँचाई गर्नु पर्दछ । बिरुवा
सरिसकेपछि भने आवश्यकताका आधारमा माटोको चिस्यान हेरि १०–१५ दिनको फरकमा बिरुवालाई सिंचाई दिनुपर्दछ ।
उत्पादन
जात, ठाउँ तथा लगाउने समय अनुसार काउलीको उत्पादनमा फरक पर्न सक्छ । सरदर एक
हेक्टरमा २० देखि ५० टन सम्म उत्पादन लिन सकिन्छ ।
बजार व्यवस्थापन
बजारको मागअनुसार उत्पादन हुनेगरी ठीक समयमा क्रियाकलाप सञ्चालन गर्नु पर्दछ ।
बजारमा हुने जोखिमहरुमा मूल्य घट्ने, कुहिने, बजार बन्द हुने, आम हडताल आदि बारे पनि
पूर्वानुमान र विश्लेषण गर्नु पर्दछ । समूहगत रूपमा उत्पादन गरी ढुवानी साधनमा परिमाण
पुग्ने खालको हुनु पर्दछ । यसै गरी मागलाई ध्यानमा राखी नियमित रूपले आपूर्तिको व्यवस्था
मिलाउनु पर्दछ ।
काउलीमा लाग्ने रोग र कीरा व्यवस्थापन
१ रोग अवरोधक जातहरु जस्तै रेमी,स्नो क्राउन जातको खेती गर्ने ।
२ सिरेसान वा क्याप्टान २ ग्रा प्रति किलो का दरले वीउ उपचार गर्ने ।
३ नर्सरीको राम्रो व्यवस्थापन गरी स्वस्थ विरुवा मात्र सार्ने ।
४ राम्ररी पाकेको गोवरमल को प्रसस्त प्रयोग गर्ने ।
५ निकासको राम्रो व्यवस्था गर्ने वा बेर्ना ड्याङमा लगाउने ।
६ झारपात तथा पुरानो पातहरु हटाएर खेतबारी सफा राख्ने ।
७ लामो फसल चक्र अपनाएर खेती गर्ने ।
८ राम्ररी अवलोकन गरी पातको तल्लोपट्टी भएका पूतलीका पहेला अण्डाहरु र लार्भा हरु थिचेर मार्ने ।
रोगकिरा
१ ड“ाठ, फेद, वा जरा कुहिने रोग– यो रोग लागेर विरुवा ओईलाएमा डाईथेन एम–४५ एक लिटर पानीमा २ ग्राम का दरले १० दिनको फरकमा २ पटक छर्कने । गोवर पानी को झोल ४,५ पटक प्रयोग गरेमा पनि यो रोगको क्षति कम गर्न सकिन्छ ।
२ कालो सडन– पातको नसाहरुको बीचमा तीनकुने आकारको पहेलो खैरो धब्बा देखिन्छ र पछि डाठ पात कालो भई कुहिने र गन्हाउने हुन्छ । यसको व्यवस्थापन को लागि पी। सुरक्षा प्रतिलिटर पानीमा घोलेर ४,५ दिनको फरकमा छर्कने । वा प्लान्टोमाइसीन वा स्ट्रेप्टोमाइसीन १–२ मि। लि। प्रति १० लि। पानीको दरले २र३ पटक छर्कने । लामो वाली चक्र अपनाएर खेती गर्ने ।
किराहरु
१ लाही किरा– यी किराहरुले कलिलो मुन्टा वा पात मुन्तिर वसेर रस चुसेर क्षति पु¥याउछन् । जसले गर्दा वोट नबढने र पात खुम्चने गर्छ । यसको रोकथामको लागि १ भाग गौंत मा १० भाग पानी मिसाएर छर्कने । खरानी छर्कने ।
२ पात खाने लार्भा– यी लार्भाहरुले पातको हरीयो भाग खाई पात जालीजस्तो वनाईदिन्छ र यसको प्रकोप बैशाख जेष्ठमा बढि हुन्छ । यसको रोकथामको लागि मार्गोसोम वा मल्टिनिम ३ मिली लीटर प्रति लिटर पानीका दरले छर्कने । १० दिनको अन्तरमा बानस्पतिक बिषादिको प्रयोग गर्ने । लार्भालाई खाने बारुलाको संरक्षण का लागि घातक बिषादिको प्रयोग नगर्ने ।
काउलीमा देखिने केहि समस्याहरु
१ ब्राउन रट खैरो सडन०ः– शुरुमा काउलीको फुलमा बैजनी रंगको धब्बाहरु देखिन्छ पछि गएर पूरै फूल खैरो भएर गुण बिगार्छ । काउलिको डाँठ भित्रपट्टी खोक्रो हुन्छ र खैरो रंगको लक्षण देखिन्छ । रोकथामको लागि बोरेक्स वा फर्टिमिन–बी २–३ ग्राम प्रतीलीटर पानीको दरले छर्कने ।
२० काउलीको पात डाडुजस्तो हुने समस्या– यो समस्या भएका काउलीको पातहरु मुख्य नसा मोटो भई पातहरु साँघुरो भई छियाछिया परेका हुन्छन् । यसको रोकथामको लागि सोडियम मोलिब्डेट १ किलो प्रतिरोपनीका दरले जमिन तयार गर्दा माटोमा मिसाउने । २ ग्राम सोडियम मोलिब्डेट प्रतीलीटर पानीमा हालेर छर्कने ।
काउलीको फुल टाँकजस्तो हुने समस्या ९बटनिङ०
यो समस्या भएमा काउलीको फुल सानो भईरहने र नबढने हुन्छ । नाईट्रोजनको कमि भएमा, अगौटे जातको काउली ढिलो लगाएमा र छिप्पीएको बेर्ना लगाएमा यो समस्या देखिन्छ । यसको रोकथामको लागि काउलीलाई ठिक मात्रामा मलखाद दिने, अगौटे जातहरुलाई ढिलो गरि नलगाउने । बेर्ना ३–४ पातको भएपछि सारीहाल्नुपर्छ ।
उत्पादन–मौसमि काउली प्रतिरोपनी ५००– ८०० किलोसम्म हुन्छ । बेमौसममा काउलीको मुल्य रु १०–१५ सम्म पर्छ ।