गाजर खेति प्रविधि

 

परिचय

गाजर जरे परिवारको यो एक महत्वपूर्ण बाली हो । यसको उत्पत्ति मध्ये एशियाबाट भएको मानिन्छ । यसको पहेंलो, सुन्तला रङ्गका जरा काँचै वा अन्य तरकारीसित मिसाई पकाउन सकिन्छ । गाजरमा प्रशस्त भिटामिनहरू हुन्छन् । यसलाई त भिटामिन एको प्रमुख स्रोतको रुपमा लिइन्छ । भिटामिन ए। बाहेक यसमा भिटामिन बी।सी।, के आदि पनि प्रशस्त छन् । यसबाहेक क्याल्सियम, फसफोरस, फलाम जस्ता खनिज पनि छन् ।

हावापानी

गाजर खेतीको लागि १८ डि।से। देखि २० डि।से। सम्मको तापक्रम उपयुक्त हुन्छ राम्रो जरा विकास २० डि।से। मा हुन्छ । अधिक तापक्रममा गाजरको जराको रङ्ग हरियो हुन थाल्दछ । कम तापक्रममा जरा ढिलो गरी बढ्छ। यस्तोमा गाजर लामो वा छोटो हुन्छ । यसको लागि नरम खुकुलो माटो आवश्यक पर्दछ । यो प्रकाश मनपराउने बिरुवा भएको हुँदा अन्य बालीको छायाँमा फस्टाउन सक्दैन ।

माटोः

 गाजर खेती प्रायः सबै किसिमको माटोमा गरिन्छ तर गहिरो, खुकुलो रदोमट माटोमा राम्रो हुन्छ । चाँडो बाली उत्पादनको लागि बलौटे दोमट माटोउपयुक्त हुन्छ । धेरै अम्लीय माटोमा गाजरको वृद्घि विकास राम्रो हुँदैन ।अध्ययनअनुसार ५।०६।३ पी।एच।मा राम्रो भएको पाइएको छ । धेरै गह्रौं खालकोमाटोमा चुना हालेर बढी उत्पादन लीनसकिन्छ ।

 

जमिनको तयारी तथा मलखादः

जमिनलाई ४५ पटक जोती बुर्बुराउँदो बनाउनुपर्दछ र जमिनका ेसतह एकनासले मिलाउनुपर्दछ । जमिनको अन्तिम तयारीमा १।५ मे। टन राम्रो पाकेको गोबर मल प्रति रोपनी एकनासले माटोमा मिलाउनुपर्दछ र साथमा युरिया ४ के।जी।, डी।ए।पी। २।५ के।जी।, ३ के।जी। पोटास जमिनको अन्तिम तयारीमा नै हाल्नुपर्दछ ।

 

जातहरूः

न्यूकुरोडा जात नेपालमा भित्राइएका जातहरूमध्ये नयाँ हो । तर यस जातिले विस्तारै लोकप्रियता प्राप्त गर्दैछ । यो जातको माग बढ्दैछ । नेपालमा खेती गरिने गाजरका जातहरू निम्नानुसार छन्ः

नान्टिस फोर्टोः यो जातको भित्री र बाहिरी भाग सुन्तला रङको हुन्छ र चिल्लो हुनुका साथै टुप्पो बोधो हुन्छ । रोपेको ९०१०० दिनमा बाली सकिने हुन्छ । यो जात तराई र मध्य पहाडका लागि सिफारिस गरिएको जात हो । जराको लम्बाइ१५२० से।मि। हुन्छ र यसलाई २०४६ सालमा उन्मोचित गरिएको हो ।

 कुरोदा मार्कः यो वर्णशंकर जात हो । जरा हल्का सुन्तला रंगको, चिल्लो र एकनासको हुन्छ । यस्को रोप्ने समय असार देखि कात्तिक हो र बोटको उचाइ १० से।मि। हुन्छ । यो जातको उत्पादन ३५० के।जी। प्रति रोपनी हुन्छ । बीउ रोपेको ५०६० दिनमा बाली लिन सकिने हुन्छ । यो तराई र मध्य पहाडको लागि सिफरिस गरिएको छ र २०६७ सालमा पञ्जीकृत गरिएको हो ।

नेपा ड्रिमः यो वर्णशंकर जात हो र यसको बोट ५७।५ से।मि। हुन्छ । बीउ रोपेको १२० दिनमा बाली लिन सकिने हुन्छ । यसको उत्पादन करिब १ मे। टन प्रति रोपनी हुन्छ । यो जात तराई र मध्य पहाडका लागि सिफारिस गरिएको छ रयो २०६६ सालमा पञ्जीकृत गरिएको हो ।

 सिग्माः यो पनि वर्णशंकर जात हो र यसको उचाइ ५७।६ से।मि। हुन्छ । यो जात १२० दिनमा बाली तयार हुन्छ र उत्पादन १ मे। टन प्रति रोपनी हुन्छ । यो तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ र २०६६ सालमा नै पञ्जीकृत गरिएको हो ।

 न्यू करोदाः  यो पनि वर्णशंकर जात हो र बोटको उचाइ १२१५ से।मि। हुन्छ । यो जात रोपेको १०० दिनमा बाली तयार हुन्छ । यसको उत्पादन ३ मे।टन प्रति रोपनीसम्म हुन्छ । यसलाई तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ र यसलाई २०६६ सालमा पञ्जीकृत गरिएको हो ।

 

बीउ रोपण

गाजरको बीउ ढिलो गरी उम्रन्छ। यस्तो ढिलोपनलाई छोट्याउन बीउलाई पानीमा केही घण्टा भिजाएर रोपिन्छ । यसलाई रामरी तयार पारेको जमिनमा लाईनमा वा छरेर रोपिन्छ । लाईनमा रोप्दा एक लाईनदेखि अर्को लाईनको दुरी ४५ से।मि। राखिन्छ। लाईनमा १० से।मि। को फरकमा पर्ने गरी बीउ खसालिन्छ। एक रोपनी जग्गामा २५०९३०० ग्राम बीउ लाग्दछ। माटोको उपयुक्त चिस्यानमा यो एक हप्तामा उम्रन्छ ।

 

बाली लगाउने समयः

भौगोलिक क्षेत्र        बीउ रोप्ने बेर्ना सार्ने समय      बाली लिने समय

उच्च पहाड          चैत्र देखि असार           बैशाख देखि आश्विन

मध्य पहाड खोच बेसी  जेठ देखि माघ सम्म    असार देखि बैशाख सम्म

तराई, भित्रि मधेश    श्राबण देखि माघ सम्म    भाद्र देखि बैशाख सम्म

 

गोडमेल र सिंचाई

गाजर उमेपछि गोडमेल, झारपातको नियन्त्रण र सिंचाईको प्रबन्ध गरिनु आवश्यक छ । रोपेको बीउ सिफारिश गरिएको दुरी भन्दा बाक्लो छ भने बेडाउन अति आवश्यक छ । उम्रेका बेर्नाहरू शुरुको अवस्थामा ढिलो गरी बदछन् र यस अवस्थामा झारपातले छोप्नेहुँदा तिनको नियन्त्रण गर्नु आवश्यक छ। गोडमेल गरेर झारपातको नियन्त्रण गरिन्छ। माटोको चिस्यान हेरी १९२ पटकसम्म सिंचाई दिनु लाभदायक छ ।

रोगहरूः

डढुवा वा अल्टरनेरिया डडुवाः यो जाडो याममा लाग्ने रोग हो । यो रोगमा पातमा सानो खैरोथोप्ला र पगघार पहेलो हुन्छ । अन्त्यमा पातहरू मर्दछन् र चाउरिन्छन् । यसोहेर्दा तुषारोले खाए जस्तै हुन्छ । यो बीउबाट सर्ने रोग हो र ओसिलो अवस्थामा यसको प्रकोप बढी हुन्छ । यसको नियन्त्रण गर्न थिरम÷क्याप्टानलेबीउ उपचार गर्नुपर्दछ ।

सरकसपोरा डढुवाः ््यो पनि पातमा लाग्ने एक किसिमको रोग हो र यो पातको छेउमा लाग्दछ र घुम्रिने हुन्छ । आद्रता बढी भएको बेला यसको प्रकोप बढी हुन्छ ।यसमा माथिकै बिषादी दिई नियन्त्रण गर्न सकिन्छ ।

 पाउडरी मिल्डयुः यो रोग ढुसीले गर्दा हुन्छ । कहिलेकाहीँ यो प्रमुख रोग बन्दछ ।पातमा साना दुलोका दागहरू देखा पर्दछन् । पातको तल्लो भाग खैरो र पर्पल रंग देखा पर्दछ । यसको नियन्त्रणमा गन्धरको धूलो छर्नु पर्दछ ।

 भाईरस रोगः अरू रोगहरूमा गाजरको मसिनो पातलो पात हुने विषाणु प्रमुख हो । यो फट्के कीराले सार्दछ । यसको नियन्त्रणमा फट्के कीरा नियन्त्रण गर्नुपर्दछ ।यसबाहेक नरम सडिन ९जरा० ढुसी सडन, कालो सडन आदि हुन् ।

कीराहरूः

गाजरमा खासै कीराको प्रकोप देखि ँदैन तर गाजरलाई झिँगाले कुनै बेला आक्रमण गर्दछ । यो गाजर छर्ने समय हेरफेर गरी नियन्त्रण गर्न सकिन्छ