गरिन्छ भने मध्य तथा उच्च–पहाडमा यसको खेती वर्षै भरि गर्न सकिन्छ ।
हावापानीः
जाडो मौसममा खेती गरिने बन्दाको लागी चिसो हावा पानी उपर्युक्त मानिन्छ । यो बालीले काउली भन्दा केहि ज्यादा तपक्रम सहन सक्दछ । यसलाई १५० देखि २८०से तापक्रममा पनि उत्पादन गर्न सकिन्छ ।
जातहरुः
कोपनहेगन मार्केटः यो जातको बन्दाको डल्ला हरियो रंगको, कस्सिएको, अण्डा आकारको गोलो र थोरै चुच्चो परेको हुन्छ । यो बेर्ना सारेको ७०–९० दिनमा तयार हुन्छ । यसको उत्पादन क्षमता सरदर ३०–४० मे.टन रहेको छ ।
प्राईड अफ इन्डियाः यो जातको बन्दाको डल्ला हरियो रंगको, थोरै कडा तथा मध्यम खालको गोलो हुन्छ । यो बेर्ना सारेको ६५–८० दिनमा तयार हुन्छ । यसको उत्पादन क्षमता सरदर २०–३० मे.टन रहेको छ ।
ग्रिन कोरोनेटः यो जातको बन्दाको डल्ला गाढा हरियो रंगको, कस्सिएको, चेप्टोगोलाकारको हुन्छ । यो जातमा डल्ला फुट्ने समस्या कम हुन्छ । यो बेर्ना सारेको ७०–८० दिनमा तयार हुन्छ । यसको डल्लाको औसत तौल १.६–२.८ किलो सम्म हुन्छ ।
नेपाल ग्रिनः यो जातको बन्दाको डल्ला गाढा हरियो रंगको, कस्सिएको, चौडाकारको हुन्छ । यो बेर्ना सारेको ५५–६० दिनमा तयार हुन्छ । यसको डल्लाको औसत तौल १.५–१.८ किलो सम्म हुन्छ ।
ग्रिन स्टोनः यो जातको बन्दाको डल्ला हरियो रंगको गोलाकारको हुन्छ । यो बेर्ना सारेको ५५–६५ दिनमा तयार हुन्छ । यसको डल्लाको औसत तौल १–१.५ किलो सम्म हुन्छ ।
माटो
काउली, बन्दाको उत्पादन विभिन्न किसिमको माटोमा गरिएता पनि केहि गहिरो दोमट माटो भएको ठाँउ राम्रो मानिन्छ । माटो उर्वराशक्तियुक्त प्रांगरिक पदार्थ प्रशस्त भएको र पानी निकास सजिलै हुनुपर्दछ बढी अम्लीय माटोमा यी वालीहरु राम्रो फस्टाउदैनन । तसर्थ राम्रो उत्पादनको लागि माटोको अन्लीय पना ५।५ – ६।५ सम्म भएमा विरुवाले आवश्यक पोषकतत्व सजिलै माटोबाट लिन सक्छन् र उत्पादकत्व समेत बढदछ । बन्दा बालीको लागि अगौटे वालीको उत्पादनमा वलौरे दुमर माटो राम्रो भएता पनि बढी उत्पादन लिनका लागि पांगो दुमर माटो राम्रो हुन्छ ।
बिउदर
अगौटे जात – २५ ग्राम प्रति कठा
१० ग्राम प्रति कठा ९ हाइव्रिड ०
मध्य मौसमी र पछौटे जात – १५ ग्राम प्रति कठा
१० ग्राम प्रति कठा ९ हाइव्रिड ०
जग्गाको तयारीः
बनदा खेतीबाट राम्रो उत्पादन लिनका लागि मलिलो, बलौटे दोमट किसिमको माटो उपयुक्त हुन्छ । प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको र पानीको निकासको राम्रो व्यवस्था भएको माटो हुनुपर्दछ । बन्दा लगाउने जग्गाको पि.एच. ६ देखि ६.५ सम्म भएमा उपर्युक्त मानिन्छ ।
मलखाद
४० – ४५ डोको कम्पोस्ट मल अर्थात १००० – १५०० के।जी। प्रति कठा । रासायनिक मलको हकमा माटोको उर्वराशक्तिको अधारमा केहि फरक भए पनि साधारण सिफारिस अनुसार ३०५ के।जी। नाइट्रोजन, २।५ के।जी। फरसफोरस र १।६ के।जी पोटास अर्थात ५ के।जी। डि।ए।पी।, यूरिया ५।७ के।जी। र म्यूरेट अफ पोटास २।६ के।जी। आवश्यक पर्दछ । डि।ए।पी।, म्यूरटे अफपोटास को पुरैमात्रा तथा यूरियाको आधार मात्रा कम्पोस्ट मल संगै जग्गा तयारी गर्न बेलामा बेसल डोजका रुपमा दिनु पर्दछ भने बाँकी आधा यूरियालाई दुई स्पिलिट डोजमा प्रयोग गर्नु पर्दछ । पहिलो टपडे सिग वाली लगाएको २०–२५ दिन पछि ९सारेको० र दोश्रोपल्ट ४०–४५ दिन पछि ।
गोडमेल र सिचाई
बिरुवा सारिसकेपछि ४–५ दिनको फरकमा माटोको चिस्यान हेरि पानी लगाउनुपर्छ । १०–१५ दिन पछि बिरुवा वरिपरि गोडी झार निकालि दिनु पर्दछ ।
जग्गाको तयारीः
बनदा खेतीबाट राम्रो उत्पादन लिनका लागि मलिलो, बलौटे दोमट किसिमको माटो उपयुक्त हुन्छ । प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको र पानीको निकासको राम्रो व्यवस्था भएको माटो हुनुपर्दछ । बन्दा लगाउने जग्गाको पि.एच. ६ देखि ६.५ सम्म भएमा उपर्युक्त मानिन्छ ।
बाली टिपाइ
जात, सिजन तथा मौसम अनुसार बन्दा टिप्ने समय फरक पर्दछ । बन्दाको डल्लालाई हातले छामेर बन्दा टिप्न तयार भए नभएको थाहा पाउन सकिन्छ । बाली काटे पछि रोग लागेका पातहरुलाई हटाउनु पर्दछ । बन्दा टिप्दा सकभर साँंझपख घाम अस्ताउने बेलामामात्र टिप्नु पर्दछ । टिपेका बन्दाहरुलाई बाँसको टोकरी, डोको वा बोरामा प्याक गरी ढुवानी गर्नु पर्दछ ।
उत्पादन
जात, ठाउँ तथा लगाउने समय अनुसार बन्दाको उत्पादनमा फरक पर्दछ । सरदर एक हेक्टरमा २० देखि ५० टन सम्म उत्पादन लिन सकिन्छ ।
काउली तथा बन्दामा लाग्ने रोग र तिनको व्यवस्थापन
काउली तथा बन्दा खेतीका प्रमुख रोगहरु अल्टरनेरिया÷पात थोप्ले, डाँठ कुहिने, कालो
सडन÷कुहिने, गाँठे रोगे आदि हुन्।
. अल्टरनेरिया÷पात थोप्ले रोगः
थोप्ले रोगले बिरुवाको पातहरुमा कालो चक्र आकारका थोप्लाहरू देखिन्छन् । बन्दाको डल्लाहरुमा थोप्लाहरूको संख्या बढेर कालै हुन्छ । रोगको प्रकोप बढ्दै गएमा काउलीको खाने
भागमा समेत लक्षण देखा पर्दछ र अन्त्यमा सम्पूर्ण सेतो भाग कालो हुन्छ ।
थोप्ले रोग व्यवस्थापनका लागिः
रोगी पात र अन्य झारपात बटुलेर जलाउनु पर्दछ ।
व्लाइटक्स २ ग्राम प्रति के.जि. बिउका दरले बीउ उपचार गर्नु पर्दछ ।
डाइथेन एम ४५ दुई ग्राम प्रतिलिटर पानीमा मिसाइ ७ देखि १० दिनको फरकमा २÷३
पटकसम्म प्रयोग गर्नु पर्दछ ।
३.२. डाँठ कुहिने रोगः
यो रोगका कारण काउली तथा बन्दाको डाँठको माटोको सतह नजिकको भाग कुहिन्छ र सेतो
ढुसी देखिन्छ । काउलीको फूल फुलेको बेलामा बोट ओइलाउँछ र काउली र बन्दाका डाँठ भित्र
काला गिर्खाहरु देखिन्छन्।
डाँठ कुहिने रोग व्यवस्थापनका लागिः
कपर अक्सिक्लोराइड (व्लाइटक्स ५० डब्लु. पि.) २ ग्राम प्रति के.जि. बिउमा राखेर उपचार गर्नु पर्दछ ।
वेभिस्टिन २ ग्राम प्रतिलिटर पानीमा मिसाएर ८ दिनको फरकमा ३ पटक बिरुवाको पातमा छर्नु पर्दछ ।
धानबालीसँग घुम्तीबाली प्रणाली अपनाउनु पर्दछ ।
ब्याक्टेरियाबाट नसा कालो भई कुहिने रोग (कालो सडन)ः
ब्याक्टेरियाको कारण पातको छेउबाट शुरु भई अङ्ग्रेजी अक्षर भि ूखू आकारको पहँेलो लक्षण
देखा पर्दछ र पछि नसाहरू कालो भई बोट कुहिन्छ ।
कालो सडन रोग व्यवस्थापनका लागिः
स्वस्थ बीउको प्रयोग गर्ने ।
रोगी बोटबिरुवा हटाइ नष्ट गर्नु पर्दछ ।
घुम्तीबाली प्रणाली अपनाउनु पर्दछ ।
स्ट्रेप्टोसाइक्लिन र प्लान्टोमाइसिन १ ग्राम ५ लिटर पानीमा राखी
छर्कनु पर्दछ ।
गाँठे रोगः
काउली तथा बन्दामा गाँठे रोगका कारण बिरुवाको वृद्धि रोकिन्छ, पहँेलिन्छ र बढ्न सक्दैन ।
बिरुवा उखेलेर हेरेमा जरामा गााँठोजस्तो डल्लो परेको आकार देखिन्छ । जरा बाक्लो, मोटो र
ठूलो हुनाले जराको तलको भाग अत्यधिक ठूलो देखिन्छ । यो रोग लागेपछि काउली र बन्दा
उत्पादन नै हुंदैन वा रोगले ढिलो आक्रमण गरेमा निकै कम मात्रामा उत्पादन हुन्छ । रोगग्रस्त
बोटको जराले माटोमा रहेको खाद्य पदार्थ तथा पानी प्रयाप्त मात्रामा सोस्न वा तान्न सक्दैन
जसले गर्दा बोटको बृद्धिमा प्रतिकूल असर पर्दछ । जसको फलस्वरुप उत्पादनमा प्रत्यक्ष ह्रास
आउंछ । यस रोगबाट उत्पादनमा ह्रास हुनुमा, आक्रमण हुंदा बखत बोटको उमेरमा भर पर्दछ ।
यदि ब्याडैदेखि रोग लाग्न शुरु भएमा उत्पादमा बढी ह्रास आउँदछ ।
रोगको लक्षण ः
यो रोगको लक्षण स्वरुप बोट होचो र
कमजोर देखिई पातहरु केही नुहेको जस्तो
देखिन्छ । बिहानीपख वा हल्का घाम
लागेको बेलामा त्यस्ता बोटहरु स्वस्थ
देखिन्छन् तर घाम चर्काे हुंदै गएपछि
ओइलाएको देखिन्छ । त्यस्ता बोटहरु उखेर
हेर्दा मुल जरामा गाँठा या डल्ला बसेका
हुन्छन् भने सहायक जराहरुमा स–साना
औंला जस्ता जराहरु बनेका हुन सक्छन् ।
तथा मसिना साधारण जराहरु कम मात्र
हुन्छ । रोगको जीवाणुले प्रवेश पाएको करिब ३ हप्ता पछि मात्र जरामा गांठाहरु देखिन्छन्।
गाँठे रोग व्यवस्थापनका लागिः
यो रोग एक पटक लागि सकेपछि यसको जीवाणु धेरै वर्षसम्म माटोमा जिवितनैरहि सहने
भएकोले दिगो रुपमा जिवाणु माटोबाट निर्मूल पार्न प्राय असम्भव हुन्छ । तर एकिकृत बाली
संरक्षण पद्धति (क्ष्लतभनचबतभम बउउचयबअज) बाट यस रोगको व्यवस्थापन गर्न सकिन्छ । जस
अनुसार गाँठे रोग व्यवस्थापनको लागि निम्न उपायहरु अपनाउनु पर्दछ ।
रोगमुक्त बेर्ना लगाउने
खेती प्रणालीमा सुधार
कृषि चुनको प्रयोग
अग्लो ड्याङ्गमा बाली लगाउने
घुम्ती बाली लगाउने
रोग लागेको खेत भएर बगेको पानी सिंचाईमा प्रयोग नगर्ने
प्रशस्त मात्रामा कम्पोष्ट मलको प्रयोग गर्ने
छिप्पिएको बेर्नाको प्रयोग
खेतबारी को सरसफाई
जंगली झारपातहरु निर्मूल गर्ने
रोगी बोटको जराको व्यवस्थापन गर्ने
कृषि औजारको सरसफाई
विषादीको प्रयोग
नेबिजिन नामक विषादी १० किलो प्रति रोपनीका दरले जग्गा तयार गर्ने बेलामा माटोमा
प्रयोग गर्ने । विषादीलाई २ ग्राम प्रतिलिटर पानीमा घोलेर काउली÷बन्दा रोप्ने ड्याङ राम्ररी
भिज्ने गरी छर्कन पनि सकिन्छ । यो विषादीहरुको प्रयोगबाट रोगको प्रकोप केही हदसम्म