लेयर्स कुखुरापालन तरिका
परिचय
लेयर्स कुखुरापालन मुख्यतया अण्डाको लागि गरिन्छ । नेपालको सवै क्षेत्र तथा स्थानहरू (तराई, मध्य पहाड र उच्चपहाड) मा लेयर्स पालन गर्न सकिन्छ । लेयर्सले धैरै गर्मी तथा धेरै जाडो सहन
नसक्ने र मृत्यू समेत हुने भएकोले धेरै गर्मी हुने क्षेत्रहरू तथा धेरै जाडो हुने क्षेत्रहरूमा सहजरूपमा लेयर्स पालन कठिनाई हुन्छ । त्यस्ता क्षेत्रहरूमा सहजरूपमा लेयर्स पालन गर्न उपयुक्त तापक्रम व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
जातहरु
अण्डा उत्पादनका लागि संसारभर विभिन्न जातका कुखुराहरू लोकप्रिय छन् । नेपालको हकमा खैरो रंगको अण्डा मन पराइने भएको हुँदा खैरो अण्डा उत्पादन गर्ने हाइलाइन, लोह् म्यान, एचएनएन, हाइसेक्स, नोभोजेन आदि जातहरू पालन गर्दैआइएको छ ।
रानीखेत
रानीखेत रोगले कुखुराको श्वास–प्रश्वास प्रणाली र स्नायु प्रणाली प्रभावित भई कुखुराले सास फेर्न कठिन महसुस गर्दछ
। कुखुराको चुच्चो र नाकबाट पानी जस्तो बाक्लो पदार्थ निस्किन्छ र कुखुराले टाउको झट्काल्ने र घाटी तान्ने गर्दछ । यस रोग लागेमा कुखुरा एकै ठाँउमा फनफन घुम्ने, पछाडि हिड्ने, पखेटा र खुट्टाको प्राणघात हुने र घाटि बटार्ने हुन्छ साथै कुखुराले हरियो रंगको निकै गन्हाउने छेर्दछ ।
घरेलु उपचार ः
आँपको रुखको सुकेको बोक्रालाई धुलो बनाएर १ लिटर पानीमा ५ ग्राम हालेर कुखुरालाई खानेपानीसंगै दिनुपर्दछ ।
घिउकुमारीको पातलाई मसिना टुक्राहरु बनाएर पानीमा खान दिनुपर्दछ ।
खोरकोसरसफाईमा ध्यान दिनुपर्दछ ।
कक्सिडियोसिस
बाह्रय कक्सिडियोसिसका लक्ष्यणमा धेरैजसो प्वाँख खस्रो हुने, रगतको कमी हुने हुन्छ । आन्द्रामा हुने
कक्सिडियोसिसमा आन्द्रामा घाउ भई दिसामा रगत देखिन्छ ।
घरेलु उपचार ः
लौकालाई धेरै साना मसिना टुक्रा पारेर पानीमा मिसाई कुखुरालाई खुवाउनुपर्दछ ।
संक्रमणको बेलामा खोरभित्र सोत्तर सुख्खा राख्ने र प्रत्येक १०० वर्ग फिटमा ५–७ केजीको दरले
चुना छर्किनु पर्दछ ।
कोलिब्यासिलोसिस
यो रोग खोरको नियमित र उचित व्यवस्थापनको कमीका कारणले हुने भएकाले खोर व्यवस्थापनमा
बिशेष ध्यान पुराई सुधार गर्नुपर्दछ । कुखुराले खाने पानी, दाना दुषित भएमा ई. कोलाई (भ्। ऋयष्)ि
नामक जीवाणुले योरोग लगाउँछ ।
घरेलु उपचार ः
पानी सफा गर्न ५ ग्राम बेसार १ लिटर पानीमा हालेर कुखुरालाई खुवाउने र पानीको स्रोतहरु
सफा गर्नुपर्दछ ।
फोल पक्स
कुखुराको सियुर, आखा र लोतीमा स–साना दाना
आउनु, पहिले रातो देखिने दाना बिस्तारै बढ्नु अनि
कालो हुदै जानु यो रोगको प्रमुख लक्षण हो ।
लामखुट्टेको टोकाईबाट सर्ने यो रोगलाई ‘फोल पक्स’
भनिन्छ । यसमा श्वासप्रश्वासको समस्या पनि
देखिन्छ । एउटा कुखुराबाट अर्कोमा सर्ने भएकाले
यसले कुखुराको उत्पादकत्वमा हानी पुर्याउछ ।
घरेलु उपचार ः
दुई पोटी लसुनलाई पिसेर ४ लिटर पानीमा
मिसाउने र हरेक चल्लालाई दिनको एक
चोटी नुहाईदिने गर्नुपर्दछ ।
बाह्रय परजिवी
कुखुरामा जुम्रा तथा किर्ना परेमा कुखुराको विकास राम्रो हुदैंन र उत्पादनमा कमी आँउछ ।
घरेलु उपचार ः
यस्तो बेलामा हरेक कुखुरालाई खरानी–पानीले नुहार्ई्दिनेगर्नुपर्दछ ।
यस्तो बेलामा मेवाको पातलाई जलाएर खरानी बनाई कुखुराको शरीरमा लगाईदिनेगर्नुपर्दछ ।
आन्तरिक परजिवी
कुखुरामा जुका पर्ने समस्या प्रचुर मात्रामा पाईन्छ र यसले कुखुराको शारीरिक विकासमा कमी ल्याउँछ।
यदि कुखुराको दिसामा जुका देखिनुका साथैशारीरिक वृद्दीदर कम भएमा उपचार गर्नुपर्ने हुन्छ ।
घरेलु उपचार ः
यस्तो अवस्थामा कुखुरालाई प्याजको हरियो पात खान दिनुपर्दछ ।
यस्तो अवस्थामा निबुवाको रस पानीमा मिसाई कुखुरालाई खान दिनुपर्दछ ।
यस्तो अवस्थामा नीमको पात वा बोक्रा धुलो पारेर पानीमा मिसाई कुखुरालाई खान दिनुपर्दछ ।
चिसो लाग्ने
कुखुरालाई चिसो लागेमा नाकबाट तरल पदार्थ बग्ने वा झोक्राउने गर्दछ ।
चिसो व्यवस्थापन गर्ने घरेलु उपायहरु ः
कुखुरालाई चिसो लागेमा लसुन र खुसार्नी मिलाई साना–साना टुक्रा बनाएर खान दिनुपर्दछ ।
यस्तो अवस्थामा अदुवाको धुलो ५ ग्राम दुई लिटर पानीमा मिसाई खान दिनुपर्दछ ।
यस्तो अवस्थामा पिडालुको धुलोलाई पानीमा मिसाई ३ थोपा कुखुराको नाकमा हालि दिनुपर्दछ ।
यसबाहेक कुखुराले पातलो दिशा गरेमा घिउकुमारीको एउटा पात तिन लिटर पानीमा साना–साना टुक्रा
बनाइ मिसाएर खुवाउन सकिन्छ । कुखुरा राम्रोसँग नबढेमा मोथेको झार पानीमा मिसाएर खुवाउन
सकिन्छ। कुखुराको स्नायु सम्बन्धि समस्या जस्तै टाउको लत्राउने, खुट्टाको समस्या भएमा मकै भुटेर तातै
खुवाउन सकिन्छ ।