भण्टा खेति प्रविधि

परिचय

भण्टाको उत्पत्ति चीन, नेपाल तथा भारतको गर्मी क्षेत्रबाट भएको मानिन्छ। गोलभेंडा र भण्टा एउटै परिवारमा पर्दछन् र नेपालमा प्रयोग गरिने फल तरकारीमा गोलभेडापछि भण्टाकै स्थान आउँछ। पोषणको दृष्टिकोणबाट भण्टामा पनि गोलभेंडामा जस्तै भिटामिन ए।बि।सि। तथा खनिज पदार्थमा क्याल्सियम, फोस्फोरस, फलाम र प्रोटिन प्राप्त हुन्छ । भण्टालाई तराकारीको रुपमा उपयोग गरिन्छ ।

हावापानि र माटो

भन्टा गर्मी मौसममा फल्ने तरकारी हो । भन्टा खेतीका लागि २१ देखि २७ डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ । भन्टाका लागि १५ डिग्रीदेखि तल र ३५ डिग्रीदेखि माथिको तापक्रम भयो भने फल राम्रो नलाग्ने हुन्छ ।   सबै किसिमको माटोमा यसको खेती गर्न सकिने भए पनि दोमट र बलौटे माटो उपयुक्त मानिन्छ । ५।५ देखि ६ सम्म पी।एच। भएको माटो भन्टा खेतीका लागि उत्तम मानिन्छ ।भन्टा खेती नेपालमा उच्च पहाड, मध्य पहाड र तराई सबै ठाउँमा गर्न सकिन्छ । तर फरकफरक समयमा यसको खेती गर्नुपर्दछ । उच्च पहाडमा चैतमा बिउ छरेर वैशाखमा रोप्दा उत्तम मानिन्छ । मध्य पहाडमा माघमा बिउ राखेर फागुनमा बेर्ना सार्दा उत्तम मानिन्छ भने तराईमा भदौमा बिउ राखेर असोजमा बेर्ना सार्दा फल राम्रो दिन्छ । बेर्ना सार्दा ४५ दिनभन्दा माथिको र ६० दिनसम्मको बेर्ना सार्दा उत्तम हुने कृषि विज्ञको भनाइ छ ।

जग्गा को तयरि र मलखाद

भन्टा खेती गरिने जमिन एक फिट गहिरो गरी तीन चार पटक खनजोत गर्नुपर्दछ । माटोका डल्ला मसिनो बनाइ जमिन समथर बनाउनु पर्दछ । खनजोतका क्रममा एक रोपनी जग्गामा १५०० के.जि. राम्ररी पाकेको कम्पोष्ट मल १०÷१५ दिन अगाडि माटोमा मिसाउनु पर्दछ । अन्तिम जोताइको बेला सिफारिस गरिएको एक रोपनीमा ७ के.जि. युरिया मध्ये ३.५ के.जि. युरिया, ६.५ के.जि. डि.ए.पि. र ४.५ के.जि. पोटास राख्नु पर्दछ । बाँकी रहेको ३.५ के. जि. युरिया दुई बराबर भागमा बाँडेर बेर्ना सारेको एक महिनामा एक भाग र बेर्ना सारेको दुई महिनामा दोश्रो भाग हाल्नु पर्दछ ।अग्लो हुने जातको भन्टाको लागि लाइनदेखि लाइनकोदुरी ७५ से. मि. र बोटदेखि बोटको दुरी ४५ से. मि. हुनु पर्दछ । यसैगरी मध्यम तथा हाोचाजातहरुको लागि लाइनदेखि लाइनको दुरी ६० से. मि. र बोटदेखि बोटको दुरी ४५ से. मि. हुनु पर्दछ । खाल्डो प्रविधिबाट भन्टाको खेती गर्दा एक रोपनी जग्गामा अग्लो हुने जातका लागि लाइनदेखि लाइनको दुरी ७० से.मि. र बोटदेखि बोटको दुरी ४० से.मि. कायम गर्नु पर्दछ भने होचा तथा मध्यम जातहरु भएमा लाइनदेखि लाइनको दुरी ६० से. मि. र बोट देखि बोटको दुरी ४० से.मि.को फरकमा खाल्डा तयार गर्नु पर्दछ । तयार भएका खाल्डामा बेर्ना सार्नु भन्दा ५÷६ दिन अघि प्रतिखाडल ३÷४ के.जि. राम्ररी पाकेको गोबरमल राखी माटोमा राम्ररी मिसाउनु पर्दछ । त्यस पछि १० ग्राम युरिया, १५ ग्राम डि.ए.पि. र १० ग्राम पोटास राखी सबै मललाई राम्ररी मिसाउनु पर्दछ । यसरी मल राखे पछि नोक्सान हुन नदिन रचर्काे घामबाट जोगाउन छोपेर वा माटोले पुरेर राख्नु पर्दछ ।

बीउ दर

 उन्नत ः प्रति रोपनी २५ देखि ३० ग्राम (प्रति कठ्ठा १७ देखि २० ग्राम)

 बर्णशङ्कर ः प्रति रोपनी १० ग्राम (प्रति कठ्ठा ६.६ ग्राम)

 बेर्ना भए प्रति रोपनी १३३३ १८५० बोट (प्रति कठ्ठा ८५०१२५० बोट )

बेर्ना रोप्ने दुरी, उमेर र सार्ने तरिका

 हारदेखि हार र बोटदेखि बोटको दुरी जात र मौषम अनुसार फरक पर्छ । नुर्की जातको लागि बसन्त ऋतुमा हारको दुरी ६० से.मी. र बोटदेखि बोटको दुरी ४५ से. मी. र पि पि एल बर्षा याममा उठाएको ड्याङमा हारको दुरी ७५ से. मी र बोट देखि बोटको दुरी ५० से.मी. मा रोप्ने । जाडा याममा करिब ४० देखि ४५ दिनको ५६ पाते बेर्ना सार्ने ।बेर्ना सारेको ३४ दिन भित्र बेर्ना मरेको ठाँउमा नयाँ बेर्ना पुन ः सार्ने

गोडमेल

 भान्टाबालीमा झारपात हटाएर माटो खुकुलो बनाई राख्न २३ पटक गोडमेलगरी उकेरा लगाउने । बिरुवा सानो हुदाँ झारपात नबढोस् भनेर बिषेश ध्यान दिने र बिरुवामा छापो लगाउने ।

  सिंचाई र निकास

 आवश्यकता अनुसार सुख्खा याममा ५७ दिनको फरकमा सिंचाई गर्नुपर्दछ । ३ देखि ४ पटक ड्याङको आधा भाग भिज्नेगरी सिंचाई गर्ने ।गोडमेल पछि युरिया मल दिएर सिंचाई गर्ने ।बिरुवा भएको ठाँउमा पानी जम्न नदिने ।

बाली संरक्षण

 

रोगहरू

 

१। पातलो भोप्ले रोग

 

लक्षणस्( पातमा गोलाकार वा अन्य आकारमा खैरो रङ्गका थोप्लाहरू हुन्छन्

 

रोकथाम( डाइथेन ४५ विषादी ग्राम प्रतिलिटर पानीमा मिसाई छर्कने।

 

२। फोमोप्सिस डढ़वा फल सड्ने रोग

 

लक्षण ( माटोलाई छोएका पातहरूमा पहिला दागहरू देखापर्दछन् यो रोगले डाँठमा समेत आक्रमण गरी बोक्रा खैरो रङ्गको भई सड्दछ फलमा बाहिर गडेका पहेंला दागहरू भित्र पुरै सुख्खा किसिमले सड्दछ

 

रोकथाम ( डाइथेन एम ४५

 

कीराहरू

 

१। डाँठ फलको गवारो

 

पहिचानः( वयस्क पुतलीको दुवै जोर पखेटा सेतो रङ्गका हुन्छन् हानीकारक अवस्था लाभ्रे ९झुसिलकीराजस्तै० हो जसको रङ्ग हलुका गुलाफ़ी हुन्छ

 

रोकथाम( कौरा लागेको डाँठ फल समयमै जम्मा गरी नष्ट गर्ने

 

( ल्युसिन ल्युरको प्रयोग गर्ने, नेट हाउस भित्र भन्टाको खेतीगर्ने

 

२। पोप्ले खपटे

 

पहिचान ( पखेटामा १२ वटा २८ वटा काला थोप्ला भएका अर्धगोलाकार खैरी रङ्गका खपटे हुन्छन् लाभ्रे पहेँलो रङ्गका शरीरभरी कौडा भएका हुन्छन् दुवैले क्षति गर्दछन्

 

रोकथाम ( तालिम तथा काँटछाँटमा ध्यान दिने, ल्युरको प्रयोग गर्ने नेट हाउस भित्र खेती गर्ने

 

३। लाही कीरा

 

पहिचान ( वयस्क लाही सानो, हरियो, पहेंलो, मिसिएको हरियो अथवा कालो रङ्गको हुन्छ

 

रोकथाम ( थोप्ले खपटेलाई जस्तै

 

४। फट्के कीरा

 

पहिचान ( वयस्क कीरा हल्का हरियो रङ्गको हुन्छ तर मौसम अनुसार रङ्ग बदलिन सक्छ यी कीरा छड्के हिँड्दछन् फट्टफट्ट उफ्रन्छन्

 

५। पात बेरुवा

 

पहिचान( पुतली हल्का सेतो रङ्गको हुन्छ बाङ्गटिङ्ग धर्सा हुन्छन् लाभ्रेको रङ्ग रातो हुन्छ पातला झुस हुन्छन् लाभ्रेले मुण्टाका कलिला पातहरू बेरेरभित्र बसी खान्छ

 

रोकथाम ( माथि बताइएका विषादिको यसमा पनि प्रयोग गर्न सकिन्छ

 

बालीको तयारी उत्पादन

 

बाली सारेको ६० देखि ७५ दिनमा पहिलो बाली तयार हुन्छ तरकारीको लागि भण्टा कलिलो अवस्थामा नै टिप्नुपर्छ फूल झरेको (१० दिनमा भण्टा टिप्नुपर्छ यस प्रकार प्रत्येक (१० दिनको फरकमा भष्टा टिप्नुपर्छ यसरी टिप्दा प्रति बोट देखि १।५ के। जि। सम्म ताजा तरकारी उत्पादन हुन्छ प्रति रोपनी १५०० के।जि। देखि २५०० के। जि। सम्म ताजा भण्टा उत्पादन हुन्छ