भण्टा खेति प्रविधि
परिचय
भण्टाको उत्पत्ति चीन, नेपाल तथा भारतको गर्मी क्षेत्रबाट भएको मानिन्छ। गोलभेंडा र भण्टा एउटै परिवारमा पर्दछन् र नेपालमा प्रयोग गरिने फल तरकारीमा गोलभेडापछि भण्टाकै स्थान आउँछ। पोषणको दृष्टिकोणबाट भण्टामा पनि गोलभेंडामा जस्तै भिटामिन ए।बि।सि। तथा खनिज पदार्थमा क्याल्सियम, फोस्फोरस, फलाम र प्रोटिन प्राप्त हुन्छ । भण्टालाई तराकारीको रुपमा उपयोग गरिन्छ ।
हावापानि र माटो
भन्टा गर्मी मौसममा फल्ने तरकारी हो । भन्टा खेतीका लागि २१ देखि २७ डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ । भन्टाका लागि १५ डिग्रीदेखि तल र ३५ डिग्रीदेखि माथिको तापक्रम भयो भने फल राम्रो नलाग्ने हुन्छ । सबै किसिमको माटोमा यसको खेती गर्न सकिने भए पनि दोमट र बलौटे माटो उपयुक्त मानिन्छ । ५।५ देखि ६ सम्म पी।एच। भएको माटो भन्टा खेतीका लागि उत्तम मानिन्छ ।भन्टा खेती नेपालमा उच्च पहाड, मध्य पहाड र तराई सबै ठाउँमा गर्न सकिन्छ । तर फरकफरक समयमा यसको खेती गर्नुपर्दछ । उच्च पहाडमा चैतमा बिउ छरेर वैशाखमा रोप्दा उत्तम मानिन्छ । मध्य पहाडमा माघमा बिउ राखेर फागुनमा बेर्ना सार्दा उत्तम मानिन्छ भने तराईमा भदौमा बिउ राखेर असोजमा बेर्ना सार्दा फल राम्रो दिन्छ । बेर्ना सार्दा ४५ दिनभन्दा माथिको र ६० दिनसम्मको बेर्ना सार्दा उत्तम हुने कृषि विज्ञको भनाइ छ ।
जग्गा को तयरि र मलखाद
भन्टा खेती गरिने जमिन एक फिट गहिरो गरी तीन चार पटक खनजोत गर्नुपर्दछ । माटोका डल्ला मसिनो बनाइ जमिन समथर बनाउनु पर्दछ । खनजोतका क्रममा एक रोपनी जग्गामा १५०० के.जि. राम्ररी पाकेको कम्पोष्ट मल १०÷१५ दिन अगाडि माटोमा मिसाउनु पर्दछ । अन्तिम जोताइको बेला सिफारिस गरिएको एक रोपनीमा ७ के.जि. युरिया मध्ये ३.५ के.जि. युरिया, ६.५ के.जि. डि.ए.पि. र ४.५ के.जि. पोटास राख्नु पर्दछ । बाँकी रहेको ३.५ के. जि. युरिया दुई बराबर भागमा बाँडेर बेर्ना सारेको एक महिनामा एक भाग र बेर्ना सारेको दुई महिनामा दोश्रो भाग हाल्नु पर्दछ ।अग्लो हुने जातको भन्टाको लागि लाइनदेखि लाइनकोदुरी ७५ से. मि. र बोटदेखि बोटको दुरी ४५ से. मि. हुनु पर्दछ । यसैगरी मध्यम तथा हाोचाजातहरुको लागि लाइनदेखि लाइनको दुरी ६० से. मि. र बोटदेखि बोटको दुरी ४५ से. मि. हुनु पर्दछ । खाल्डो प्रविधिबाट भन्टाको खेती गर्दा एक रोपनी जग्गामा अग्लो हुने जातका लागि लाइनदेखि लाइनको दुरी ७० से.मि. र बोटदेखि बोटको दुरी ४० से.मि. कायम गर्नु पर्दछ भने होचा तथा मध्यम जातहरु भएमा लाइनदेखि लाइनको दुरी ६० से. मि. र बोट देखि बोटको दुरी ४० से.मि.को फरकमा खाल्डा तयार गर्नु पर्दछ । तयार भएका खाल्डामा बेर्ना सार्नु भन्दा ५÷६ दिन अघि प्रतिखाडल ३÷४ के.जि. राम्ररी पाकेको गोबरमल राखी माटोमा राम्ररी मिसाउनु पर्दछ । त्यस पछि १० ग्राम युरिया, १५ ग्राम डि.ए.पि. र १० ग्राम पोटास राखी सबै मललाई राम्ररी मिसाउनु पर्दछ । यसरी मल राखे पछि नोक्सान हुन नदिन रचर्काे घामबाट जोगाउन छोपेर वा माटोले पुरेर राख्नु पर्दछ ।
बीउ दर
उन्नत ः प्रति रोपनी २५ देखि ३० ग्राम (प्रति कठ्ठा १७ देखि २० ग्राम)
बर्णशङ्कर ः प्रति रोपनी १० ग्राम (प्रति कठ्ठा ६.६ ग्राम)
बेर्ना भए प्रति रोपनी १३३३— १८५० बोट (प्रति कठ्ठा ८५०—१२५० बोट )
बेर्ना रोप्ने दुरी, उमेर र सार्ने तरिका
हारदेखि हार र बोटदेखि बोटको दुरी जात र मौषम अनुसार फरक पर्छ । नुर्की जातको लागि बसन्त ऋतुमा हारको दुरी ६० से.मी. र बोटदेखि बोटको दुरी ४५ से. मी. र पि पि एल बर्षा याममा उठाएको ड्याङमा हारको दुरी ७५ से. मी र बोट देखि बोटको दुरी ५० से.मी. मा रोप्ने । जाडा याममा करिब ४० देखि ४५ दिनको ५—६ पाते बेर्ना सार्ने ।बेर्ना सारेको ३—४ दिन भित्र बेर्ना मरेको ठाँउमा नयाँ बेर्ना पुन ः सार्ने
गोडमेल
भान्टाबालीमा झारपात हटाएर माटो खुकुलो बनाई राख्न २—३ पटक गोडमेलगरी उकेरा लगाउने । बिरुवा सानो हुदाँ झारपात नबढोस् भनेर बिषेश ध्यान दिने र बिरुवामा छापो लगाउने ।
सिंचाई र निकास
आवश्यकता अनुसार सुख्खा याममा ५—७ दिनको फरकमा सिंचाई गर्नुपर्दछ । ३ देखि ४ पटक ड्याङको आधा भाग भिज्नेगरी सिंचाई गर्ने ।गोडमेल पछि युरिया मल दिएर सिंचाई गर्ने ।बिरुवा भएको ठाँउमा पानी जम्न नदिने ।
बाली संरक्षण
रोगहरू
१। पातलो भोप्ले रोग
लक्षणस्( पातमा गोलाकार वा अन्य आकारमा खैरो रङ्गका थोप्लाहरू हुन्छन् ।
रोकथाम( डाइथेन ४५ विषादी २ ग्राम प्रतिलिटर पानीमा मिसाई छर्कने।
२। फोमोप्सिस डढ़वा र फल सड्ने रोग
लक्षण ( माटोलाई छोएका पातहरूमा पहिला दागहरू देखापर्दछन् । यो रोगले डाँठमा समेत आक्रमण गरी बोक्रा खैरो रङ्गको भई सड्दछ । फलमा बाहिर गडेका पहेंला दागहरू र भित्र पुरै सुख्खा किसिमले सड्दछ ।
रोकथाम ( डाइथेन एम ४५
कीराहरू
१। डाँठ र फलको गवारो
पहिचानः( वयस्क पुतलीको दुवै जोर पखेटा सेतो रङ्गका हुन्छन् । हानीकारक अवस्था लाभ्रे ९झुसिलकीराजस्तै० हो । जसको रङ्ग हलुका गुलाफ़ी हुन्छ ।
रोकथाम( कौरा लागेको डाँठ र फल समयमै जम्मा गरी नष्ट गर्ने ।
( ल्युसिन ल्युरको प्रयोग गर्ने, नेट हाउस भित्र भन्टाको खेतीगर्ने ।
२। पोप्ले खपटे
पहिचान ( पखेटामा १२ वटा र २८ वटा काला थोप्ला भएका अर्धगोलाकार खैरी रङ्गका खपटे हुन्छन् । लाभ्रे पहेँलो रङ्गका शरीरभरी कौडा भएका हुन्छन् । दुवैले क्षति गर्दछन् ।
रोकथाम ( तालिम तथा काँटछाँटमा ध्यान दिने, ल्युरको प्रयोग गर्ने र नेट हाउस भित्र खेती गर्ने ।
३। लाही कीरा
पहिचान ( वयस्क लाही सानो, हरियो, पहेंलो, मिसिएको हरियो अथवा कालो रङ्गको हुन्छ ।
रोकथाम ( थोप्ले खपटेलाई जस्तै ।
४। फट्के कीरा
पहिचान ( वयस्क कीरा हल्का हरियो रङ्गको हुन्छ । तर मौसम अनुसार रङ्ग बदलिन सक्छ । यी कीरा छड्के हिँड्दछन् र फट्टफट्ट उफ्रन्छन् ।
५। पात बेरुवा
पहिचान( पुतली हल्का सेतो रङ्गको हुन्छ र बाङ्गटिङ्ग धर्सा हुन्छन् । लाभ्रेको रङ्ग रातो हुन्छ र पातला झुस हुन्छन् । लाभ्रेले मुण्टाका कलिला पातहरू बेरेरभित्र बसी खान्छ ।
रोकथाम ( माथि बताइएका विषादिको यसमा पनि प्रयोग गर्न सकिन्छ ।
बालीको तयारी र उत्पादन
बाली सारेको ६० देखि ७५ दिनमा पहिलो बाली तयार हुन्छ । तरकारीको लागि भण्टा कलिलो अवस्थामा नै टिप्नुपर्छ । फूल झरेको ७(१० दिनमा भण्टा टिप्नुपर्छ । यस प्रकार प्रत्येक ७(१० दिनको फरकमा भष्टा टिप्नुपर्छ । यसरी टिप्दा प्रति बोट १ देखि १।५ के। जि। सम्म ताजा तरकारी उत्पादन हुन्छ । प्रति रोपनी १५०० के।जि। देखि २५०० के। जि। सम्म ताजा भण्टा उत्पादन हुन्छ