परिचय
पिपला एउटा भूँइमा फैलिएर जाने सदावहार लहरेदार विरुवा हो। सहारा पाएको खण्डमा यो रुख वा झ्याँङमा समेत चढ्दछ अन्यथा आँख्लाबाट निस्किएका जराहरूको मद्धतले भुइँमा फैलिदै जान्छ। यो हल्का सुगन्धित हुन्छ। नेपालमा व्यापारिक piper longum, piper peepuloidesमहत्त्वका पिपलामा छन् र हाल मलेसियाबाट आयात गरिने पिपलाको फल हो, जसलाई इन्डोनेसियन वा जाभा पिपला भनिन्छ ।यसका पातहरू मुटु आकारका ६–१० से।मी। लामा र ३ देखि ५ से।मी। चौडा हुन्छन्। पातको माथिल्लो सतह चम्किलो र हरियो हुन्छ भने तल्लो सतह फिका हरियो हुन्छ। यसमा भाले र पोथी फूलहरू अलग अलगै हुन्छन्। फूलहरू मसिना र लामो डाँठमा लाग्दछन्। भाले फूलहरूको डाँठ भन्दा लामो मसिनो र हल्का पहेँलो हुन्छ। भाले फुलहरू लाग्ने डाँठ २।५ देखि ७।५ से।मी लामा हृन्छन् भने पोथी फूलहरू लाग्ने डाँठ १।२५ – २ से।मी। सम्म लामो, केही मोटा हुन्छन्। यिनीहरू पहिला हरियो र पाकेपछि काला हुन्छन्।यो भारत, भुटान, श्रीलङ्का, मलेसिया लगायत नेपालमा २०० देखि ८०० मीटर सम्मको उचाइमा पाइन्छ। यो खास गरी सालको जंगल, खोल्सा तथा जंगल भित्रका सेपिला र चिस्यान हुने ठाउँहरूमा हुर्कन्छ। यसको लागि वर्षा बढी हुने र गर्मी बढी हुने ठाउँ उपयुक्त हुन्छ। चून मिसिएको माटो यसको लागि राम्रो मानिन्छ।
वासस्थान
यो भारत, भुटान, श्रीलंका, मलेसिया लगायत नेपालमा २०० देखि ८०० मिटरसम्मको उचाईमा
पाइन्छ । यो खासगरी सालको जंगल, खोल्सा तथा जंगलभित्रका सेपिला र चिस्यान हुने ठाउँहरूमा
हुर्कन्छ । यसको लागि वर्षा बढी हुने र गर्मी बढी हुने ठाउँ उपयुक्त हुन्छ । चून मिसिएको माटो
यसको लागि राम्रो मानिन्छ ।
उपयोग
पिपलाको फल मसलाको साथै औषधिको रुपमा पनि प्रयोग गरिन्छ । यसको डाँठ पनि प्रयोग
गरिन्छ जसलाई पिपलामूल भन्ने गरिन्छ । फल र डाँठ दुवै व्यापारिक महत्वका छन् । फलहरू
कफ, खोकी, दम, खाना पचाउने, कुष्ठरोग निकोपार्नको निमित्त प्रयोग गरिन्छ । साथै मांसपेशी
दुखेको वा जलनमा समेत यसको प्रयोग गरिन्छ । यसका फलहरूबाट ०.७ प्रतिशतसम्म तेल
निस्कन्छ । यसको फलमा पिपरिन, पिपलाटिन जस्ता तत्वहरू पाइन्छ जबकि जरामा पिपरिन
बाहेक पाइपर लंगुमिनिन र पाइपर लंगुमिन जस्ता तत्वहरू पाइन्छन् ।
खेती विधि
यसको खेती गर्न यसको विरुवाहरू तयार गर्नु पर्दछ जुन बिउ, सकरर कलमीबाट तयार
गरिन्छन् । बिउबाट तयार गर्नुभन्दा सकर र कलमीबाट विरुवाहरू तयार गर्न सजिलो भएकोले
यसका विरुवाहरू सकर कलमीबाट नै तयार गर्नेचलन छ ।
नर्सरी विधिः यसको प्रसारण विधि यसका जरा सहितका काण्डका टुक्राहरू सार्ने हो
जसलाई सकर भन्ने गरिन्छ । वर्षातको समयमा यसका जरा सहितका आँख्लाहरू निकालेर
तयार पारिएको ब्याडमा रोपिन्छ र पछि सारिन्छ । यसलाई जमिनको तयारी गरेर सिधै
जमिनमा पनि सार्न सकिन्छ । नर्सरी ब्याडमा रोप्दा १० से.मि.को फरकमा विरुवाहरू
रोपिन्छ भने सिधै जमिनमा रोप्दा १.५ मिटरको फरकमा रोपिन्छन् । नर्सरी ब्याड बनाउँदा
जंगलबाट पतकर कुहिएको मलिलो माटो, बालुवा र गाईभैंसीको राम्ररी कुहिएको मल चालेर
क्रमश ३ भाग र एक÷एक भाग गरी मिश्रण बनाई ब्याड तयार गर्नुपर्छ । ब्याडको चौडाई
१ मिटर, लम्बाई ठाउँ हेरी वा १० मिटरसम्म र १५ से.मि. अग्लो हुनुपर्छ । यसमा १०
से.मि.को फरकमा बेर्ना लगाइन्छ । यसरी तयार गरिएका विरुवाहरू खेतीको लागि अर्काे
वर्षातमा सार्न सकिन्छ ।
सिधै जमिनमा रोप्ने विधिः पिपलाको बोटबाट ३ देखि ५ वटा आँख्ला भएका कलमी काटेर
सिधैं जमिनमा रोप्ने पनि गरिन्छ । यसको लागि पहिला जमिनको तयारी गर्नुआवश्यक छ ।
जमिनलाई राम्ररी जोति गाईवस्तुको राम्ररी कुहिएको मल र हल्का चूना छरी १ मिटर
चौडाई, १५ से.मि. माथि उठाएको ब्याड बनाउनु पर्छ । यसरी बनाएको ब्याडमा विरुवादेखि
विरुवाको दुरी १.५ मि. राखेर लगाउनु पर्छ । अलि हुर्किसकेपछि थाँक्रो लगाई विरुवालाई
सहारा दिनुपर्छ । यसको खेतीको लागि प्रशस्त मलको आवश्यक पर्दछ । २० टन कम्पोष्ट
मल सहित ५० के.जी. नाइट्रोजन, २० के.जी. एद्द
इद्द र ७० के.जी. पोटासियम अक्साइड
प्रति हेक्टर राख्नाले यसको वृद्धि र बालीको लागि राम्रो मानिन्छ ।
बाली संकलन
क) फल संकलनः यसको मुख्य काम लाग्ने भाग फल हो । फलहरू विरुवा लगाएको १८ महिनापछि लाग्दछन् । दोस्रो वर्ष १ हेक्टरमा १.५ मिटरको फरकमा लगाएका विरुवाहरूबाट
कम्तिमा २०० र बढीमा ५६० के.जी. फलहरू फल्दछन् । तेस्रो वर्षमा सबैभन्दा बढी फल
लाग्दछ । जुन कम्तिमा १००० के.जी. र बढीमा १,६८० के.जी. प्रति हेक्टर उत्पादन हुन
सक्छ । लगाएको १८ महिनादेखि ३० वर्षसम्म पनि फल संकलन गर्न सकिन्छ तापनि ३
वर्षपछि कम फल्ने हुनाले नयाँ बाली लगाउनु उचित हुन्छ ।
ख)संकलन गर्ने तरिकाः फलहरू गाढा हरिया कालो रंगका हुन थालेपछि टिप्न लायकका
हुन्छन् । यसको पीरोपन नै महत्वपूर्ण मानिन्छ । यसबेला यसको पीरोपना बढी हुन्छ ।
यसपछि यसको पीरोपना कम हुदै जान्छ र त्यसको ँ मूल्य कम हुन्छ । खासगरी मंसिर पुषतिर
यो टिप्न लायकको हुन्छ । टिपी सकेपछि ४÷५ दिनसम्म घाममा सुकाउनु पर्छ ।
ग) डाँठ संकलनः लगातार तीन वर्ष फलेपछि बोट धेरै झाँगिन्छ र फल लाग्ने क्रम कम हुदैँ
जान्छ । त्यसकारण विरुवाहरूको डाँठहरू पनि संकलन गरी बिक्री गर्न सकिन्छ । डाँठ
संकलन गरी सकेपछि त्यस ठाउँमा नयाँ विरुवाहरू लगाइन्छ । यस्ता डाँठहरू खनि सफा
गरी २.५५ से.मि. लामा टुक्रा काटी सुकाइन्छ जसलाई पिपलामूल भनिन्छ । यस्ता डाँठहरू
प्रतिवर्ष एक हेक्टरमा करीब ५०० कि.ग्रा. उत्पादन लिन सकिन्छ । मोटा जराहरू भएका र
जमिनमुनि रहेको डाँठहरू बढी मूल्यका बिक्री हुन्छन् ।