परिचय
बोधि ं चित यी दुई शब्दहरु मिलेर बनेको छ । जसको अर्थ बोधि अर्थात स्वच्छ बुद्धि र चित अर्थात मन । यसको समग्र अर्थ भन्नुपर्दा स्वच्छ सफा मन र बुद्धिको लागि यो माला बहुउपयोगी हुने बौद्ध धर्मावलम्बीहरुको विश्वास मालाको जप गरेमा राम्रो लाभ हुने धार्मिक विश्वास रहेको छ । बोधिचित माला जति धेरै पुरानो हुँदैजान्छ, यसको रेखाहरुमा उति नै धेरै चमक आउँदै जान्छ । यो माला जति पुरानो भयो त्यत्ति नै राम्रो मानिन्छ ।
खेती प्रविधि
बोधिचितको बिरुवा समशितोष्ण वर्गमा पर्ने बिरुवा हो । यसलाई पुष, माघमा रोप्नु उत्तम मानिन्छ । तर पनि उचित हेरचाह गरेमा असार साउनमा पनि यो बिरुवा रोप्न सकिन्छ । यसलाई समुन्द्रि सतहबाट ४०० देखि २००० मिटर सम्मको उचाइमा सफल खेती गर्न सकिन्छ । बिरुवा रोप्नको लागि थोरैपानी पर्ने सुख्खा ठाँउ धेरैजसो रातो माटो भएको ठाँउमा यसको खेती राम्रो हुन्छ । बिरुवा राम्रोसंग हुर्किएपछि अन्य बिरुवालाई झै यसलाई स्याहार नगरे पनि हुन्छ । यो बिरुवा रोप्दा ५ मिटरको दुरी कायम गरी रोप्नु उत्तम हुन्छ । बिरुवा रोपेपछि आवश्यक मात्रामा त्यसलाई सिंचाई, मलखाद तथा गोडमेलको उचित प्रबन्ध मिलाउनुपर्छ ।
उत्पत्ति
सातौं शताब्दीको मध्यकाल तिर भारतबाट नेपाल हुँदै तिब्बत जाने क्रममा बौद्ध धर्मगुरु रिम्पोछे ९पद्म सम्भव० नेपालको काभे्रको तिमाल हुँदै जानु भएको थियो । हाल उक्त स्थान यारिनाग ९धेलुङ पहरा० भनी प्रख्यात छ । उक्त स्थानमा गुफा रहेको छ । जसभित्र बुद्ध धर्मसंग सम्बन्धित विभिन्न वस्तुहरुको आकृति अहिले पनि देख्न सकिन्छ र गुफा बाहिर गुरु पद्म सम्भवको जुत्ताको शिला देख्न सकिन्छ । गुरु रिम्पोछे ९पद्म सम्भव० त्यस स्थानमा तपस्या पश्चात उक्त स्थलमा बोधिचित मालाको बिउ÷बिजन छरेर आफ्नो गन्तव्य तिर पाल्नु भएको थियो भनी बौध धर्मग्रन्थ पेमा काथाङ्गमा उल्लेख गरीएको पाइन्छ । उक्त समय देखी नै यो बोधिचित माला प्रचलनमा आइरहेको छ ।
महत्व
विशेष गरी बोधिचित माला बौद्ध धर्मालम्बीहरुले प्रयोग गर्ने गरेको पाइन्छ । यसको प्रयोगबाट मन स्थिर हुने चित्त शुद्ध तथा शान्त हुने विश्वास रहेको छ । बोधिचित काभ्रेको तिमाल क्षेत्रमा परापूर्वकालदेखि नै फल्दै आएको छ । यसको प्रयोग र महत्वबारे हाल आएर व्यापक चर्चा भईरहँदा यसलाई अति महत्वका साथ भएकोले बौद्धमार्गीहरुले यस मालाको महत्व महसुश गरी यस मालाको मागमा दिनानुदिन वृद्धि भईरहेको यो अवस्थामा व्यावसायिक रुपमा तिमाल लगायतका आसपासका अन्य क्षेत्रमा पनि यसको बिरुवा रोप्ने कार्य भईरहेको छ । बिरुवाको बढ्दो मागलाई ध्यानमा राखी बुद्ध फलफूल नर्सरीबाट विविध अध्ययन तथा अनुसन्धान गरी बिउ बिजन राखी गुणस्तरीय बिरुवा उत्पादन गर्ने कार्य भईरहेको छ । बोधिचितको सफल कमली परीक्षण गरी यस बिरुवा उत्पादन गर्ने पहिलो नर्सरी “बुद्ध फलफूल नर्सरी” बन्न सफल भएको छ । नेपालमा मात्र पाइने बोधिचित विश्व बजारमा व्यापारको लागि निकै फाइदाजनक हुने देखिन्छ ।
बोधिचित्त माला ९बोलीचालीमा बुद्धचित्त० तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने जप गर्ने माला हो । यो एक प्रकारको वनस्पतिमा फल्ने गर्दछ । खास गरी परापुर्वकाल देखी काभ्रेको तिमाल क्षेत्रमा मात्रा यसको विरुवा पाइंदो रहेछ । यसको प्रयोग र महत्व बारे हाल आएर व्यापक चर्चा भईरहदा उच्चा बजारमूल्यले गर्दा किसान र व्यवसायीलाई अत्यन्तै फाईदा भैरहेको छ । अत्यादिक माग र उच्चा मुल्यको कारण व्यवसायिक खेति तथा सौख र आम्दनीका लागि गमलामा पनि रोप्न सकिने भएकोले विरुवा उत्पादन गरी धमाधम ब्रिक्री गरिरहेका छौ ।
लगाउने विधि ः २ फीटगहिरोतथा २ फिटगोलाइको खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछिविरुवालाई रोप्ने र आवश्यकताअनुसार सिचाँइदिने । हिउदको समयमापानीको राम्रो व्यवस्थापनगर्न सकिन्छभने हिउदमापनि राम्रोसंग यसलाईलगाउन सकिन्छ ।स्याहार सुसार राम्रोसँग गरेर एक पटकहुर्काएको विरुवालाई हुर्किसकेपछित्यति धेरै हेरचाहगरिरहन पर्दैन ।
बजार मुल्य
बोधिचित्त मालाको बजार मूल्य यसको प्रकार र साइज अनुसार निर्धारण हुन्छ । हाल फली रहेको प्रकार अनुसार ३ देखी ७ मुखे सम्मको मुल्य प्रती गोटा रु। ४ सय देखी ४ लाख सम्मा पर्छ । त्यसै गरी दुई मुखे मालाको भने साइज अनुसार मुल्या हुन्छस ७ मिमी को १०८ गेडा ९एक माला० रु। ४ लाख पर्छ भने साइज बढ्दै जांद मुल्य कम हुंदै जान्छ । अन्त्यममा सबभन्दा ठुलो साइजको माला भने पाथिमा भरेर २५ हजार देखी ३० हजर सम्ममा बेचिन्छ ।