अंगुरु खेति प्रविधि

परिचय

अंगर एक बहपयोगी, लोकप्रिय,स्वादिष्ट  पोषण तत्वले भरिपर्ण भएको फल हो । यो बहवर्षिय , लहरा  जाने र पतइाड बर्गमा  पर्ने बाली हो । तराई देखि उच्च पहाडमासम्म खेती गर्न सकिने  एक मात्र फलफलमा अंगर पर्दछ ।यसको उत्पती दक्षिण पर्वि एसियाको भमध्यसागरीय क्षेत्र र  अमेरिकी महाद्धिपमा भएको मनिन्छ । इजिप्टमा  ६ हजार बर्ष  पहिले देखि यसको खेति भएको इतिहासमा उल्लेख गरिएको छ । विश्रको हरेक राष्टमा यसको खेति गरिएको पाईन्छ ।

अंगुरका जातहरुः

यसका धेरै किसिमका जातहरु भए पनि केही जातको मात्र जानकारी गराइएको छ । यी मध्ये कुनै पनि जात छनोट गरी लगाउन सकिन्छ ।

परेलेट ः यो जात ज्यादै नै मिठो, बिँया नभएको, छिट्टै पाक्ने, सेतो खालको जात हो ।

हिमरोडः यो जात पनि परलेट जस्तै मिठो, बिँया नभएको छिट्टै पाक्ने जात हो ।

ब्यूटी सिडलेसः यो जात कालो, बोक्रा पातलो, बिँया नभएको जात हो ।

क्याहो ः यो जात भने हल्का रातो, कालो बिँया हुने, ठूलो खालको, ढिलो पाक्ने र वर्षा सहन सक्ने जात हो । यी जातका अंगुरको खेती बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा राम्रोसग हुने गरेको पाइएको छ ।

हवापनि ः

पतझड फलफूल बर्गमा पर्ने समशितोष्ण हावापानीमा लगाईने भएता पनि समुन्द्री सतह देखि उच्च पहाडी भाग सम्म पनि खेती गर्न सकिने एक मात्र फलफुल बाली हो । तर यसो भन्दैमा जुनसुके ठाँउमा जुनसुकै जात लगाउन चाँही हुदैन । यसको बर्गिकरण्को आधारमा ठाँउ अनुसार को हावापानीमा जातहरुको छनौट गर्नु पर्दछ । तथापी अत्यधिक बर्षा र उच्च आद्र्रता हुने स्थानमा अंगुर खेती गर्दा रोगको चुनौती आई पर्दछ । त्यसैले सफल अंगुर खेतीको लागी कम बर्षा,छोटो जाडो  लामो सुखखा समय भएको स्थान वा क्षेत्र उपयुक्त मानिन्छ । त्यसैले नेपालको परिवेशमा पूर्वि नेपाल भन्दा पश्चिम नेपाल अंगुर खेतीको लागी उपयुक्त क्षेत्र मानिन्छ ।

माटोः

अंगुर खेतीको लागी प्राङ्गारिक पर्दाथ  प्रशस्त भएको बलौटे दुमट  माटो देखि गेग्रेन बलौटे  दुमट चिम्ट्याईलो माटो पानी नजम्ने माटोमा सफलतापूर्वक खेती गर्न सकिन्छ तर अती चिम्ट्याईलो माटो र पानी जम्ने सीम माटो अंगुर खेतीको लागी अनुपयुक्त हुन्छ । अंगुर विरुवाले अम्लिय माटो भन्दा हलुका क्षारिय माटो  माटो मन पराउदछ । माटोको  पि एच ५ देखि ७ सम्म राम्रो मानिन्छ ।

 

लगाउने समय ः पतझड खालको बेर्ना हुने भएको हुँदा  यसको मुख्य लगाउने समय पुसदेखि माघसम्म राम्रो मानिन्छ । तसर्थ यी महिनाभित्रै बेर्नाहरु लगाउनु पर्दछ ।

लगाउने तरीका ः यसको बेर्ना लगाउनको लागि लाइनदेखि लाइनको दूरी तीन मिटर र बोटदेखि बोटको दूरी पनि तीन मिटरको फरक पारी तीन फिटको गहिरो खाडल खन्नुपर्दछ । खाडल खन्दा माथिको माटो र तलको माटोलाई छुट्टाछुट्र्टै राखी प्रतिखाडल दश केजी गोबर मलका दरले उक्त माटोमा मिलाई माथिको माटोलाई तल पिंधको मा र तलको माटोलाई माथि पर्ने गरी खाडल भर्नु पर्दछ । त्यसपछि बीच सेन्टरमा पर्ने गरी बेर्ना रोप्नुपर्ने हुन्छ ।

अंगुरको काँटछाँट

अंगुर एउटा यस्तो बाली हो ,जुन काँटछाँट बीना न गुणस्तर उत्पादन गर्न सकिन्छ न उत्पादन नै लिन सकिन्छ । त्यसैले हरेक हिँउदमा अनिबार्यरुपमा काँटछाँट गर्नु पर्दछ । काँटछाँट गर्दा पुरै बोटको तीन भागको दुई भाग लहरा हटाउनु पर्दछ अर्थात ६० प्रतिशत काँटछाँट गरी हटाउनु पर्दछ । तर जात अनुसार कतिवटा मूना  राख्ने भन्ने ख्याल गर्नु पर्दछ । जस्तै, धेरै लहरा नबढ्ने जातको छ भने २ वटा मूना ,मध्यम बढ्ने  जातको ४देखि ६ वटा र धेरै बढ्ने जातलाई ६ देखि १४ गोटासम्म मूना राख्नु पर्दछ । पुरानो हाँगालाई विस्थापन गरी नयाँ हाँगा तैयार गर्नु पर्दछ । यो महत्वपूर्ण प्रविधि हो ।

 

मलखाद ः

मलखादले विरुवालाई स्वस्थ र बलियो,दिर्घायू बनाउनु का साथै फलको गुणस्तर तथा उत्पादन उत्पादकत्वमा महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले सिफारिस गरेको मलखादको मात्रा अनिबार्य प्रयोग गर्नु पर्दछ । बयस्क बगैंचाको लागी भिन्न देशमा भिन्न मात्रामा

 

 

क्।ल्इ

 

अयगलतचथ

 

ऋयmउयकतर ँथ्ः

 

ल्ष्तचयनभलयगक

 

एजयकउजयचगक

 

एयतबककष्गm

 

च्झबचपक

 

ज्ञ

 

लभउब

ि

घण् पन

 

ठटण्नm

 

द्दद्धछनm

 

द्धज्ञटनm

 

भ्बअज उबिलत

 

सिंचाई ः

अन्य फलफुल खेतीको तुलनामा अंगुर खेतीमा न्यून सिंचाईको सुविधाले पुग्दछ । तर पनि अंगुरको विरुवाको जरा धेरै गहिरो नजाने भएकाले चिस्यानको ख्याल गर्नु पर्दछ । मुख्य दुई अबस्थामा, पालुवा तथा फूल फुल्ने समय र फलको बृद्धि अबस्थामा सिंचाईको अनिबार्यता रहन्छ तर फल पाक्ने बेलामा सिंचाई दिनु हुदैन । हिंउद र बर्षा मौसममा सिंचाईको आबश्यकता पर्दैन ।

गोडमेलः

अंगुर बगैचामा झारपात बाक्लो भएमा हावा र प्रकाश राम्रोसंग संचार हुन पाउदैन जसले गर्दा रोग र किराको आश्रयस्थल बन्न पुग्दछ र समस्या निम्तिन सक्दछ ।त्यसैले बगैचा हमेसा सफा भई रहनु पर्दछ । बगैंचा सरसफलाईको लागी दुई तरिका अबलम्बन गर्न सकिन्छ ।

 

९क० अभिबल अगतिगचभ स् खासगरी समथर जग्गामा अंगुर बगैचा लगाईएको स्थानमाझारनाशक विषादी प्रयोग गरेर बगैचाको सरसफाई गर्न सकिन्छ । विशेषगरी झारनाशक विषादीको प्रयोग बसन्त र बर्षा मा मात्र गर्नु उपयुक्त हुन्छ । यसका लागी  नामक झारनाशक विषादी प्रति लिटर पानीमा ५ मि।लि।का दरले घोली अंगुरको पातमा नपर्ने गरी छर्नु पर्दछ ।

 

९ख० क्यम अगतिगचभः भिरालो किसिमको जग्गामा अंगुर बगैंचा लगाईएको स्थानमा यो विधि अपनाउने गरिन्छ । यस विधिमा बोटको वरिपरि मात्र घाँस उखेली बाँकी घाँसको चउरलाई खनजोत नगरीकन घाँस काट्ने मेशिन वा हसियाँले मसिनो गरी काट्ने गरिन्छ ।यस तरिकाबाट भिरालो जग्गामा भूक्षय तथा भूस्खलन हुन पाउदैन साथै झारपातको अबशेषहरु त्यही कुहिने भएकाले माटोको भौतिक सुधार पनि हुन जान्छ । तर जिउदा झारका जराहरुले पानी र पोषण तत्वहरुमा प्रतिश्पर्धा हुन जान्छ ।

 

अंगुर पाक्ने समय ः

अंगुर पाक्ने समय ठाँउअुनसार र जातअनुसार हुने गर्दछ । सरदर भन्नुपर्दा रोपेको १२० देखि १३० दिनभित्र पाक्ने गर्दछ । अंगुरको फलमा गुलियो मिठास भएपछि टिप्ने गरिन्छ । अन्य फलहरु भने काँचै टिपी पकाउने गरिन्छ भने यसको फलमा यो तरीकाबाट हुन सक्दैन, पाकेपछि मात्रै टिप्ने गरिन्छ । छिट्टै टिपेका अंगुरहरु अमिलो हुनेगर्दछन् । त्यसैले समय पुगेपछि मात्र टिपाई गर्नु राम्रो हुन्छ ।अंगुरका बोटबाट पातहरु झरेपछि बोटको काँटछाँट गर्नुपर्ने हुन्छ । यो काम कार्तिक, मंसिरतिर गर्नुपर्दछ र त्यसबाट बेर्ना निकाल्ने भए कटिङ्ग गरी माथि बताएअनुसारको तरीका अपनाई बेर्ना तयार गर्नुपर्दछ । यदि कसैलाई यसको बेर्ना रोप्न इच्छा भएमा सम्बन्धित कार्यालयमा सम्पर्क राखी बेर्ना प्राप्त गर्न सक्नुहुन्छ ।

उत्पादन ः

अंगुर खेतीको उत्पादन उत्पादकत्वमा अती नै विविधता पाईन्छ । किनकि यसको जातीय गुणको विविधता, खेती गरिने स्थान खुल्ला वा ग्रीन हाउस खेतीको उदेश्य,र खेती गर्ने प्रणालीको फरकताले गर्दा उत्पादनमा धेरै भिन्नता पाईन्छ । विभिन्न देशको उत्पादकत्वको तथ्याड्ढ हेर्ने हो भने ११ मे।ट। देखि ७५ मे।ट। प्रति हेक्टरसम्म रहेको पाईन्छ ।

भण्डारण ः

ताजा फललाई खुलारुपमा अर्थात बाह्यवातावरणमा धेरै लामो समय राख्न सकिदैन । यसरी राख्दा फलहरु गीलो भई झुप्पाबाट झर्न थाल्दछ तर शितभण्डारणमा ० डिग्री से।र ८० प्रतिशत सापेक्षित आर्द्रतामा ३० देखि५० दिनसम्म भण्डारण गर्न सकिन्छ । तर ल्पाष्टिक वा पेपरमा बेरेर बढीमा तीन तहसम्म मात्र खप्टाएर कार्टुनबाकसमा प्याकिङ् गर्नु पर्दछ ।